Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Bijeta Kunwar
  • May 18, 2023
  • 447

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. छैटौँ हिन्द महासागरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०२३ मे १२–१३, बङ्गलादेश 

नारा : ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी।’

नेपालका तर्पबाट परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रतिनिधित्व गरेका। 

सम्मेलनमा हिमाल र महासागरबिचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्ने, हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै मुलुकले आपसी सहकार्य गर्नुपर्ने, हिन्द महासागरको रणनीतिक, आर्थिक र वातावरणीय महìवमा जोड एवं तटीय र दुर्गम क्षेत्रको जनजीवनमा जलवायु परिवर्तनको असरलाई सबैले मिलेर सम्बोधन गर्नुपर्नेमा जोड दिइएको। 

२. विसं २०८० वैशाख २५ को संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कसलाई सिफारिस गरेको हो ?

 हरिकृष्ण कार्की 

पद रिक्त भएको पाँच महिनापछि कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको नाम सिफारिस गरिएको। संसदीय सुनुवाइ प्रक्रिया  पूरा भएपश्चात् कार्कीको नियुक्ति हुने।

उमेर हदका कारण २०८० साउन १९ सम्म उहाँको कार्यकाल रहने। 

तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले निलम्बनमा रहेकै अवस्थामा अवकाश पाएपछि २०७९ मङ्सिर २७ यता प्रधान न्यायाधीश पद रिक्त थियो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा कार्की २०७२ आश्विन २८ देखि फागुन १८ गतेसम्म महान्यायाधिवक्ता बन्नुभएको थियो।

उहाँ २०७९ असोजदेखि कायममुकायम प्रधान न्यायाधीशको रूपमा काम गर्दै आउनुभएको। 

३. लाउरेस वल्र्ड स्पोर्ट्स अवार्ड अन्तर्गत स्पोटर्सम्यानसिप अवार्ड–२०२३ जित्ने फुटबल खेलाडी को हुन् ?

 लियोनल मेसी 

त्यसै गरी लाउरेस स्पोटर्स अवार्ड अन्तर्गत ‘टिम अफ दी इयर’ को अवार्ड अर्जेन्टिनाले जितेको। 

महिलातर्फको उपाधि (स्पोटर्स वुमन अफ दी इयर जमैकन स्प्रिन्टर) सेली फ्रेजर (दौड) ले जितेकी।

अवार्ड कार्यव्रmममा डेनमार्कका मिडफिल्डर व्रिmस्टियन इरिक्सनले कमव्याक अफ दी इयरको उपाधि जितेका। 

लाउरेस स्पोटर्स फर गुड अवार्ड बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेबान्डोस्कीले प्राप्त गरेका।

विश्वका प्रसिद्ध मिडियाकर्मीहरूले वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र क्लबस्तरीय खेलमा खेलाडीले गरेको प्रदर्शनका आधारमा मनोनयन गर्ने र सोपश्चात् लाउरेस स्पोटर््स एकेडेमीका ७१ सदस्यले मनोनयनमा परेका खेलाडीको विश्लेषण गरी विजेता छनोट गर्ने। 

४. दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन कहिले भएको हो ?

 विसं २०८० वैशाख २७

आन्दोलनको व्रmममा १४ वर्षकै उमेरमा २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका मुकेस करिब १७ वर्ष अर्धचेत अवस्थामा जीवन बिताइरहेका थिए ।

५. वल्र्ड इकोनोमिक फोरम (डब्लुइएफ) को फ्युचर अफ जब्सको पछिल्लो (सन् २०२३) प्रतिवेदन अनुसार आगामी ५ वर्षमा कति व्यक्तिको रोजगारी गुम्ने आकलन छ ?

 एक करोड ५० लाख

डब्लुइएफका अनुसार आगामी पाँच वर्षमा विश्वभरिबाट आठ करोड ३० लाख रोजगारी समाप्त हुने छ। यसमा छ करोड ९० लाख नयाँ रोजगारीसमेत सृजना हुने छ। अर्थात् अहिलेको हिसाबमा सन् २०२७ सम्म एक करोड ४० लाख रोजगारी कम हुने । 

डिजिटल कमर्स, शिक्षा र कृषि क्षेत्रमा भने रोजगारीको अवस्था राम्रो हुने। रोजगारी गुम्नुमा प्रमुख कारण प्रविधि रहेको। ४४ प्रतिशत कर्मचारीले रोजगारीमा टिक्न सिप बढाउनुपर्ने। 

६. नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कहिलेदेखि कार्यान्वयनमा ल्याएको हो ?

 वि.सं. २०८० जेठ १

सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडिएमएस लागु हुन लागेको। 

मोबाइल सेटको गैरकानुनी आयात, बिव्रmी–वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न यो सिस्टम लागु गरिएको। यसले मोबाइल आयातलाई व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ–ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्ने ।

भन्सार विभागका अनुसार यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ बमोजिम विदेश भएका नेपाली यात्रुले नेपाल फर्कंदा आपूmले प्रयोग गरेकोबाहेक साथमा नयाँ एक सेट मोबाइल ल्याउन सक्ने । 

विदेशबाट फर्केका नेपालीले साथमा ल्याएको मोबाइल सेट आपैmँ अनलाइनमार्पmत एमडिएमएसमा दर्ता गर्न सक्ने। 

योे सिस्टम लागु भएसँगै मोबाइल आयातकर्ताले पनि प्राधिकरणसँग अनुमति लिएर र आइएमइआई नम्बर दर्र्ता गरेर मात्रै मोबाइल आयात गर्नुपर्ने। 

प्राधिकरणले नेपाली बजारमा मोबाइल खरिद गर्दा एमडिएमएसमा दर्ता नभएको यकिन गरी सजगता अपनाएर मात्र खरिद गर्न आग्रह गरेको। प्राधिकरणको वेबसाइटमा गएर मोबाइल सेटको आइएमइआई नम्बर राखेपछि सेट एमडिएमएसमा दर्ता भए–नभएको थाहा पाउन सकिने ।

सरकारले २०७८ साउनदेखि नै यो प्रणाली लागु गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै २०७९ पुस १५ गतेको भाका सरिएको थियो। सरोकारवालाहरूबाट विरोध भएपश्चात् स्थगित हुन पुगेको सो व्यवस्था जेठ १ बाट सुरु भएको । 

७. नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ‘प्रत्यक्ष पहुँच एकाइ’ को रूपमा मान्यता दिने संस्था कुन हो ?

 हरित जलवायु कोष (जिसिएफ)

८. हुम्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कहिले गरिएको हो ?

 विसं २०८० वैशाख ३०

हुम्ला पूर्ण खोप सुनिश्चित घोषित हुने ७१ औँ जिल्ला हो। 

यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका। सात वटै पालिका पछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको। 

९. राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको फास्ट ट्र्याक अर्थात् द्रुत मार्गको लम्बाइ कति रहेको छ ?

 ७२.५ किलोमिटर 

यस मार्गको निर्माण व्यवस्थापनको जिम्मेवारी सरकारले विसं २०७४ वैशाख २१ मा नेपाली सेनालाई सुम्पेको। 

निर्माण लागत एक खर्ब सात अर्ब अनुमान गरिएको। 

विसं २०८० वैशाख ५ मा बसेको मन्त्रीपरिषद् बैठकले फास्ट ट्र्याक सडक आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको। 

१०. सार्वजनिक संस्थान सुझाव समितिको संयोजकमा कसलाई नियुक्त गरियो ?

 शङ्करप्रसाद अधिकारी

विसं २०८० वैशाख ५ को मन्त्रीपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समितिको अवधारणापत्र, २०८० स्वीकृत गरेको। साथै अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने निर्णय गरेको। 

११. जलवायु परिवर्तनसम्बन्धी ‘पेरिस सम्झौता’ बाट अमेरिका कहिले बाहिरिएको हो ?

 सन् २०२० नोभेम्बर ४ 

विश्वमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने सम्बन्धमा सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले विश्वका शक्तिराष्ट्रहरूसँग एक सम्झौता गरेको थियो। 

त्यो सम्झौतामा अमेरिकाले पनि हस्ताक्षर गरेको थियो तर पछि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि उनले यस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए। 

१२. श्रमसम्बन्धी मुद्दा हेर्ने उद्देश्यका साथ श्रम अदालतको गठन कहिले गरिएको हो ?

 वि.सं. २०७७ असोज २९ 

१३. भौगोलिक खोजकर्ता व्रिmस्टोफर कोलम्बस र भास्को डी गामाद्वारा प्रयोग गरिएको नक्साको निर्माण गर्ने व्यक्ति को हुन् ?

 मुहम्मद अल–इद्रिसी

१४. गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कारको स्थापना कहिले भएको हो ?

 विसं २०६२

(प्रत्येक पाँच–पाँच वर्षमा प्रदान गरिने गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार पहिलोपल्ट विसं २०६५ बुद्ध पूर्णिमाका दिन प्रदान गरिएको।)

१५. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?

 ‘पिजेन’

१६. नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ ?

 जेठ १५

(संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाउँदै आइएको।)

१७. विश्वमै पहिलो पटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण कहिले गरिएको हो ?

 सन् २०२२ जनवरी ७ 

आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्ति डेभिड बेनेट हुन्। उनको मार्च ८ (२०२२) मा निधन भएको। 

पहिलो पटक मृत व्यक्तिको मुटु ज्यँदो व्यक्तिमा प्रत्यारोपण गर्ने चिकित्सक डा. कुमुद धिताल हुन्।

मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक डा. व्रिmश्चियन बनार्ड (दक्षिण अफ्रिका) हुन्।

मुटु प्रत्यारोपण प्राप्त प्रथम व्यक्ति लुइ वास्कान्स्की हुन्।

कृत्रिम मुटु प्राप्त प्रथम व्यक्ति वार्नी क्लार्पm हुन्।

१८. नेपालमा जनगणना कार्य कहिलेदखि सुरु भएको हो ?

 विसं १९६८

विसं २०७८ मा १२ औैँ राष्ट्रिय जनगणना 

सम्पन्न भएको। 

नेपालमा प्रथम राष्ट्रिय जनसङ्ख्या सम्मेलन विसं २०७१ जेठ २२–२४ सम्म भएको। 

पहिलो विश्व जनसङ्ख्या सम्मेलन सन् १९५४ मा इटालीमा सम्पन्न भएको। 

१९. नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले भएको हो ?

 विसं २०७७ पुस ६

खास गरी क्यान्सर, थाइराइड एवं हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने। 

यस प्रविधिमार्पmत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवं इन्जेक्सनमार्पmत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने। 

२०. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?

 सन् १९८९ 

यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको।

 स्थापना कालमा १२ देश रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन्। 

यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको। 

२१. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) मा ‘स्मार्टकार्ड’ को व्यवस्था कहिलेदेखि गरेको हो ?

 विसं २०७२ मङ्सिर १४

२२. ‘रानाथारू’ लाई आदिवासी/जनजातिको सूचीमा कहिले सूचीकृत गरिएको हो ?

 विसं २०७७ जेठ ५ (राजपत्रमा सूचना प्रकाशित भएसँगै), मन्त्रीपरिषद्ले विसं २०७६ माघ २० मा आदिवासी जनजाति सूचीमा समावेश गर्ने निर्णय गरेको थियो। 

आदिवासी/जनजातिमा सूचीकृत हुने जनजाति वा समुदायको सङ्ख्या ६० पुगेको।

२३. ‘रानाथारू’ जातिको मुख्य बसोबास कहाँ रहेको छ ?

 कैलाली र कन्चनपुर

यो जातिले चैत, वैशाख र जेठमा चराई पर्व मनाउने। 

यस जातिले सबैभन्दा लामो होली मनाउने। 

सरकारी स्तरबाट रानाथारूको पहिचान प्राप्त गर्ने पहिलो व्यक्ति लवरु रानाथारू रहेका।

प्रस्तुतकर्ता : टङ्क केसी

Source: Gorkhapatra Online

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

एन्डी बर्नह्याम (Andy Burnham) बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

  • Jul 29, 2026
  • 27
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 19
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 87
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 101
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 79
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA