Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • February 28, 2024
  • 842

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

  • वि.सं. २०८० फागुन ३–७, काठमाडौँ
  • ९८ राष्ट्रका एक हजार चार सयभन्दा बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरूको सहभागिता थियो ।
  • सम्मेलनमा नवउदारवादी व्यवस्थाले ल्याएका सङ्कटहरू युद्ध, असमानता, विभेद, गरिबी, आप्रवासन, जलवायु परिवर्तन जस्ता मुद्दामा आवाज उठाइएको छ ।
  • कार्यक्रममा ६० भन्दा बढी घोषणापत्र जारी भएका छन् ।
  • विश्व सामाजिक मञ्चको कार्यक्रम अन्तर्गत विश्व महिला मञ्च, वल्र्ड डिगनिटी फोरम, श्रमिक अधिकार मञ्च, मानव अधिकार सभा, बालबालिका सभा जस्ता मूल विषय/मुद्दामा बहस भएको छ ।
  • सामाजिक मञ्चको कार्यक्रम सन् २००१ मा ब्राजिलबाट सुरु भएको हो ।

२. विश्वका शक्तिशाली राहदानीको सूची, २०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

  • १०३ औँ 
  • विश्वका शक्तिशाली राहदानीको सूचीमा नेपाली राहदानी अन्तिमबाट सातौँ स्थानमा परेको छ ।
  • अध्ययन अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (आइएटिए) को विशेष तथ्याङ्कमा आधारित रहेको हेन्ली पासपोर्ट इन्डेक्सले जनाएको छ ।
  •  हाल नेपालको राहदानी ४० वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्ने छ ।
  • वरीयतामा सबैभन्दा कम शक्तिशाली रहेको अफगानिस्तानको राहदानी १०९ औँ स्थानमा रहेको छ । अफगानिस्तानको राहदानीमा २८ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्ने छ ।

दक्षिण एसियाली राष्ट्रको स्थिति:

  1. माल्दिभ्स : ५८ औँ
  2. भारत : ८५ औँ
  3. भुटान : ९२ औँ
  4. श्रीलङ्का : १०१ औँ
  5. बङ्गलादेश : १०२ औँ
  6. नेपाल : १०३ औँ
  7. पाकिस्तान : १०६ औँ
  8. अफगानिस्तान : १०९ औँ
  • सूचीमा सबैभन्दा शक्तिशाली राहदानीको पहिलो स्थानमा फ्रान्स, जर्मनी, इटाली, जापान, सिङ्गापुर र स्पेन छन् । यी देशका राहदानीले १९४ मुलुकमा अनअराइभल भिसा लाग्छ ।

वरीयतामा अन्तिम पाँचमा रहेका राहदानी:

  1. यमन : १०५ औँ
  2. पाकिस्तान :१०६ औँ
  3. इराक : १०७ औँ
  4. सिरिया : १०८ औँ
  5. अफगानिस्तान : १०९ औँ

 

३. भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधन कहिले भएको हो ?

  • वि.सं. २०८० फागुन १४
  • झन्डै चार सय गीतमा स्वर तथा सङ्गीत दिनुभएका आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत गीत लोकप्रिय छन् ।
  • स्वरसम्राट् नारायणगोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मनुभएको हो ।

४. सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई कुन निकायसँग गाभ्ने निर्णय गरेको हो ?

  • सूचना प्रविधि विभाग 
  • २०८० माघ ९ मा बसेको मन्त्रीपरिषद् बैठकले विभाग र केन्द्रसहित राष्ट्रिय साइबर सुरक्षा केन्द्रको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ । यससँगै राष्ट्रिय सूचना प्रविधि केन्द्र विभाग मातहत आएको छ ।
  • राष्ट्रिय साइबर सुरक्षा केन्द्र सोभैm सञ्चार मन्त्रालय अन्तर्गत रहने गरी स्थापना गरिने छ । केन्द्र अहिले पनि मन्त्रालयभित्रै रहेको छ ।
  • राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचनाको डाटा बैङ्कका रूपमा काम गर्दै आएको छ । सरकारी कार्यालयमा रेकर्डको प्रविधीकरण गर्न र सामग्रीको विकास र विस्तारमा केन्द्रले सहयोग गर्दै आएको छ ।
  • कामको दोहोरोपन हटाउन र खर्च कटौती गर्न भन्दै सरकारले अनावश्यक कार्यालय खारेजी, मर्ज, पुनर्संरचना र हस्तान्तरण गर्ने घोषणा चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत गरेको थियो ।

५. हृदयचन्द्र स्मृति सम्मान–२०८० बाट कसलाई सम्मानित गरियो ?

  • साहित्यकार डा. माघवप्रसाद पोखरेल 

६. चौथो राष्ट्रिय लघुवित्त सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

  • वि.सं. २०८० फागुन ५–६, काठमाडौँ 
  • सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गरेको छ ।
  • सम्मेलन समापन कार्यक्रममा यस वर्षको संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट भएर जीवन विकास लघुउद्यम वित्तीय संस्था एक लाख रुपियाँसहित पुरस्कृत भएको छ ।

७. वर्षको उत्कृष्ट उपकुलपतिको अवार्डबाट सम्मानित हुने उपकुलपति को हुनुहुन्छ ?

  • प्राडा नन्दबहादुर सिंह (मध्यपश्चिम विश्वविद्यालय) 
  • काठमाडौँमा आयोजित ‘विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार सम्मान’ कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा उत्कृष्ट उपकुलपति तथा रजिस्ट्रारलाई नेपाल एजुकेसन अवार्ड–२०२४ बाट सम्मानित गरिएको हो ।
  • यस्तै वर्षको उत्कृष्ट रजिस्ट्रारको अवार्ड लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, ‘प्रोमिसिङ भाइस चान्सलर अफ दी इयर’ काठमाडाैँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र ‘प्रोमिसिङ रजिस्ट्रार अफ दी इयर’ पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीलाई प्रदान गरिएको छ ।

८. नइ प्रकाशनद्वारा २०७९ सालको नइ देरुनिरव अन्तर्राष्ट्रिय पुरस्कारबाट कसलाई सम्मानित गरियो ?

  • प्राज्ञ नव सापकोटा (आसाम, भारत)
  • पुरस्कार : ताम्रपत्रसहित दुई लाख रुपियाँ
  • नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार भारत दार्जिलिङका स्नेहलता राईलाई प्रदान गरिएको छ ।
  • पुरस्कार : तामपत्रसहित एक लाख रुपियाँ
  • दुवै पुरस्कार नेपाली भाषा साहित्यमार्फत अन्तर्राष्ट्रि«य क्षेत्रमा ख्याति कमाएका विशिष्ट नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ ।

९. नइ प्रकाशनले २०७९ सालको नइ चन्द्रधन पुरस्कार कसलाई प्रदान ग¥यो ?

  • कमल रिजाल 
  • नइ कीर्तिनिधि पुरस्कार : डा. भेषबहादुर थापा
  • नइ भूपालदुर्गा पुरस्कार : प्रा. जर्ज जोन
  • नइ भावी पुरस्कार : डा. सरस्वती पाध्या
  • नइ भाजप पुरस्कार : मोहनबहादुर शाही
  • नइ यउजा पुरस्कार : कृष्णगोपाल रञ्जित
  • नइ देरुनिख सुकीर्ति पुरस्कार : हरिहर विरही
  • नइ धनरूप पुरस्कार : विश्वप्रेम अधिकारी
  • नइ ईश्वरबल्लभ पुरस्कार : श्रीओम श्रेष्ठ
  • सबै पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ ।

१०. दिगो विकाससम्बन्धी ११ औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा को निर्वाचित भएका छन् ?

  • डा. मीनबहादुर श्रेष्ठ
  • बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा सन् २०२४ फेब्रुअरी २० देखि २३ सम्म आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
  • मित्रराष्ट्र जापानले उपाध्यक्ष श्रेष्ठलाई मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो भने बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिले समर्थन गरेका थिए ।
  • एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा ५३ सदस्य राष्ट्र तथा नौ वटा अन्य संस्था आबद्ध छन् ।

११. त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरियो ?

  • प्राडा केशरजङ्ग बराल 
  • वि.सं. २०८० फागुन १० मा प्राडा बराललाई उपकुलपति पदमा नियुक्त गरिएको छ ।
  • विराटनगरबाट अध्यापन सुरु गर्नुभएका बराल २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपति बन्नुभएको थियो ।

१२. संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सहभागी १९ राष्ट्रका सैनिकको संयुक्त सैन्य अभ्यास कहिले सुरु भएको हो ?

  • वि.सं २०८० फागुन ८
  • सञ्चालन मिति : विसं २०८० फागुन ८–२१
  • संयुक्त सैन्य अभ्यास कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको हो ।
  • नेपालले यसअघि सन् २००२, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका तीन वटा संस्करण सञ्चालन गरिसकेको छ ।
  • संयुक्त राष्ट्रसङ्घको कार्यादेश अनुरूप विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिँदा शान्ति सैनिकहरूबिच एक आपसमा पारस्परिक सम्बन्ध तथा व्यावसायिकता अभिवृद्धिमा अभ्यास फलदायी हुने विश्वास लिइएको छ ।
  • संयुक्त अभ्यासमा नेपालसहित १९ राष्ट्रका एक हजार १२५ जना सुरक्षाकर्मीको सहभागिता रहेको छ ।

१३. पहिलो पुरुष अन्तरिक्ष पर्यटक डेनिस टिटो हुन् भने पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ? 

  • अनुसेह अन्सारी

१४. नेटुवा जातिको बसोबास कहाँ रहेको छ ?

  • कपिलवस्तुको शुद्धोधन

१५. संसारकै ठुलो सर्प कहाँ फेला परेको छ ?

  • अमेजन जङ्गल 
  • उत्तरी हरित एनाकोन्डा प्रजातिको उक्त सर्प शोधकर्ताहरूले हालै फेला पारेका हुन् ।
  • ग्रिन एनाकोन्डा विश्वकै सबैभन्दा वजनदार तथा सबैभन्दा लामो सर्प हो ।
  • यसको कुल लम्बाइ २६ फिट र वजन २०० केजी रहेको छ ।
  • यसअघिसम्म विश्वकै ठुलो सर्प अमेजन जङ्गलमै पाइने दक्षिणी हरित एनाकोन्डा प्रजातिको सर्प मानिएको थियो ।
  • शोधकर्ताहरूका अनुसार उत्तरी हरित एनाकोन्डा र दक्षिणी हरित एनाकोन्डा उपप्रजाति एक करोड वर्षअघि छुट्टिएका थिए ।

१६. विश्वको पहिलो काठको भूउपग्रह कुन देशले निर्माण गरेको छ ?

जापान 

  • लिग्रो स्याट नाम दिइएको यो भूउपग्रह छिटै अमेरिकी रकेटबाट प्रक्षेपण गर्ने जनाइएको छ ।

१७. हालै पाँच हजार ५५५ किलोको महाघन्ट कहाँ अनावरण गरिएको छ ?

  • सर्वसिद्धिधाम पञ्चकोट, बागलुङ
  • वि.सं. २०८० फाल्गुन १० मा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यस मुक्तिनाथ महाघन्टको अनावरण गरिएको हो ।
  • पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएको यो घन्टीलाई ‘महाघन्टी’ नाम दिइएको छ ।
  • महाघन्टीलाई पञ्चकोटमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो गण्डकी विश्वशान्ति कलश र निर्माण सम्पन्न भइसकेको हनुमानको मूर्तिनजिकै राखिएको छ ।

१८. विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?

  • रुस

१९. नेपाल भाषाका महाकवि भनी कसलाई चिनिन्छ ?

  • सिद्धिदास अमात्य 

२०. भारतका चर्चित गजल गायक पङ्कज उधासको निधन कहिले भएको हो ?

सन् २०२४ फेब्रुअरी २६ 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 177
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 178
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 126
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 254
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA