Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • March 27, 2024
  • 445

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. वल्र्ड ह्याप्पिनेस रिपोर्ट, २०२४ अनुसार विश्व खुसी सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

  • ९३ औँ
  • वल्र्ड ह्याप्पिनेस रिपोर्ट, २०२४ अनुसार विश्व खुसी सूचकाङ्कमा नेपाल ९३ औँ स्थानमा रहेको छ ।
  • यस वर्ष पनि फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश बनेको छ । लगातार सात वर्षदेखि फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीको पहिलो स्थानमा पर्न सफल भएको छ ।
  • सूचीको अन्तिममा दक्षिण एसियाली राष्ट्र अफगानिस्तान रहेको छ ।
  • सूचीमा अग्रस्थानमा रहेका १० राष्ट्र क्रमशः फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जेम्वर्ग, स्विट्जरल्यान्ड र अस्ट्रेलिया ।
  • सूचीको अन्तिम स्थान (१४३ औँदेखि १३४ औँ) मा रहेका राष्ट्र क्रमशः अफगानिस्तान, लेबनान, लेसोथो, सिएरालियोन, कङ्गो, जिम्बावे, बोत्स्वाना, मलावी, इस्वातिनी, जाम्बिया ।
  • दक्षिण एसियाली राष्ट्रहरूमा नेपाल ९३ औँ, पाकिस्तान १०८ औँ, भारत, १२६ औँ, श्रीलङ्का १२८ औँ र बङ्गलादेश १२९ औँ स्थानमा छन् ।

२. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ? 

  • मार्च २४
  • सन् २०२४ को नारा : ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं ।’
  • सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगका किटाणु पत्ता लगाएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउँदै आइएको छ ।
  • सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने विश्वव्यापी प्रतिबद्धतामा नेपाल पनि अडिग रहेको छ ।
  • राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धता अनुरूप नेपालले क्षयरोगविरुद्धको लडाइँलाई साकार पार्न सन् २०२१/२२ देखि २०२५/२६ सम्मको पञ्चवर्षीय रणनीतिक योजना तयार गरेको छ ।
  • विश्व स्वास्थ्य सङ्गठनको आकलन अनुसार आर्थिक वर्ष २०७९/८० मा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान गरिएकोमा ३७ हजार ४४७ जना बिरामी उपचारको दायरामा आएका छन् । यीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी छन् ।
  • विश्वमा औषधी प्रतिरोधी क्षयरोग (ड्रग रेसिस्टेन्ट ट्युबरकुलोसिस) को उच्च भार भएका ३० देशमध्ये नेपाल परेको छ ।

३. बिबिसीको १०० शक्तिशाली महिलाको सूची (सन् २०२४) मा पर्ने नेपाली अभियन्ता को हुनुहुन्छ ?

  • रुक्सना कपाली 

४. माल्दिभ्सबाट भारतीय सैनिक कहिले फिर्ता भएको हो ?

  • सन् २०२४ मार्च १० 
  • (माल्दिभ्स चीनसँग नजिकिएपश्चात् भारतले आफ्नो सेना फिर्ता लागेको हो ।)

५. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको १८२ औँ राष्ट्र कुन हो ?

  • टोङ्गा 

६. विश्वमै पहिलो पटक  मानव मस्तिष्कमा ‘चिप’ प्रत्यारोपण कहिले गरिएको हो ?

  • सन् २०२४ जनवरी २९ 
  • अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी न्युरालिङ्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको छ ।
  • चिपको सहयोगबाट व्यक्तिले सोचेकै भरमा फोन, कम्प्युटर एवं अन्य उपकरण नियन्त्रण गर्न सकिने जनाइएको छ । स्नायुसम्बन्धी जटिल रोगको सामना गर्न मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहेको कम्पनीले जनाएको छ ।

७.  नेपालमा पहिलो पटक ‘अल ब्रिड च्याम्पियनसिप डग सो’ कहिले सम्पन्न भएको हो ?

  • वि.सं. २०८० माघ ६

८.  कर्मणाः र मान्छेभित्रका योद्धाहरू कृतिका लेखक को हुनुहुन्छ ?

  • झमक घिमिरे 

९.  ‘फ्रिडम इन एक्साइल’ नामक कृतिका लेखक को हुन् ?

  • दलाई लामा
  • (माई ल्यान्ड एन्ड माई पिपुल नामक कृतिका लेखक पनि दलाई लामा हुन् ।)

१०.  ‘अमेरिका फस्र्ट’ नारा दिने अमेरिकी राष्ट्रपति एन्ड्रिउ ज्याक्सन हुन् भने ‘किप अमेरिका ग्रेट’ नारा दिने अमेरिकी राष्ट्रपति को हुन् ?

  • डोनाल्ड ट्रम्प

११.  टाइम म्यागजिनद्वारा टाइम वर्ष व्यक्ति–२०२३ को उपाधि कसलाई प्रदान गरियो ?

  • टेलर स्विफ्ट 
  • सबैभन्दा कम उमेरमा टाइम वर्ष व्यक्ति घोषित हुने स्विडेनकी पर्यावरण अभियन्ता ग्रेटा थनवर्ग (१६ वर्षको उमेरमा) हुन् ।
  • तीन पटक टाइम पर्सन अफ दी इयर घोषित हुने एक मात्र व्यक्ति एफडी रुजबेल्ट हुन् ।
  • सन् १९९९ मा प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई टाइम पर्सन अफ द सेन्चुरी घोषित गरिएको थियो ।
  • टाइम वर्ष व्यक्ति घोषणाको सुरुवात सन् १९२७ मा गरिएको हो ।

१२.  उच्च स्थानमा रहेको तिलिचो तालमा गीत रेकर्ड गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल गायक को हुन् ? 

सागर अधिकारी (वि.सं. २०८०)

१३. वानिरा प्रज्ञा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • साहित्यकार प्रा. पुष्कर लोहनी (पुरस्कार राशि : एक लाख रुपियाँ)
  • त्यसै गरी वानिरा शङ्कर पुरस्कार (एक लाख रुपियाँ) मदनदास श्रेष्ठलाई प्रदान गरिएको छ ।
  • ५० हजार रुपियाँ राशिको वानिरा पुरस्कार अनिता तुलाधरलाई प्रदान गरिएको छ ।

१४.  रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा एक सय तिसभन्दा बढी मानिसको ज्यान जाने गरी हतियारधारीद्वारा आक्रमण कहिले भएको हो ?

  • सन् २०२४ मार्च २२

१५.  २०८० सालको मैनाली कथा पुरस्कार कसलाई प्रदान गरियो ?

  • नरेन्द्रराज पौडेल (पुरस्कार राशि : ५१ हजार रुपियाँ)

१६.  १८ औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०८० मा वर्षका सर्वश्रेष्ठ खेलाडी को हुनु भयो ? 

  • पुरुषतर्फबाट दीपक अधिकारी (एथलेटिक्स) र महिलातर्फ सुष्मा तामाङ (बक्सिङ)
  • वि.सं. २०८० चैत १२ मा दीपक र सुष्मा एनएनआइपिए वर्षका सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको हो ।
  • दुवै जनाले सर्वश्रेष्ठ खेलाडीको अवार्डसहित जनही एक लाख रुपियाँ प्राप्त गर्नुभएको छ ।
  • यसै गरी महिलातर्फ पौडीकी डुवाना लामा र पुरुषतर्फ नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले प्रतिभाशाली खेलाडीको अवार्ड प्राप्त गर्नुभएको छ । दुवै जनालाई अवार्डसहित ५०/५० हजार रुपियाँ प्रदान गरिएको छ ।
  • नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलका खेलाडीबाट एक जनालाई वर्षको उत्कृष्ट खेलाडी घोषित गरिएको हो । ३६ खेलका ३६ उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट प्रतिभाशाली पुरुष/महिला खेलाडी छनोट गरिएको हो ।
  • टेबुलटेनिसकर्मी धर्ममान वज्राचार्य गजराज आदर्श खेल व्यक्तित्व सम्मान (राशि : ३५ हजार रुपियाँ) बाट सम्मानित हुनुभएको छ ।
  • भारोत्तोलनका दुर्गामान तामाङलाई पारा एथलिट सम्मान (राशि: १५ हजार रुपियाँ) र खेलाडी डटकमका प्रधान सम्पादक अजय फुयाललाई खेलकुद पत्रकारिता सम्मान (राशि : ३५ हजार रुपियाँ) प्रदान गरिएको छ ।

१७.  इन्डोनेसियाको राष्ट्रपति पदमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ?

  • प्रबोवो सुबिआन्तो
  • सुबिआन्तोले ५८.५९ प्रतिशत मत प्राप्त गरेका छन् ।
  • प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रतिशत मत प्राप्त गरेका छन् ।

१८.  नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृतमा विद्यावारिधि गर्ने पहिलो मुस्लिम महिला को हुनुहुन्छ ? 

  • डा. तबस्सुम सिद्धिकी

१९. त्रिभुवन विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र अनलाइन प्रणालीबाट दिन कहिले सुरु ग¥यो ?

वि.सं. २०८० माघ १५

ट्रान्सकिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग प्रतिलिपिलगायत सेवा अनलाइनबाट दिइने भएको छ ।

२०.  पशुपति मन्दिर परिसरमा स्तनपान कक्ष कहिलेदेखि सुरु गरिएको हो ? 

  • वि.सं. २०८० पुस २४

२१.  १३ औँ नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव (वि.सं. २०८० चैत) मा उत्कृष्ट चलचित्रको अवार्ड कुन वृत्तचित्रलाई प्रदान गरियो ? 

  • ड्रिम्स

२२.  बेँसीसहरदेखि हिमाली जिल्ला मनाङसम्म पुग्ने गरी सञ्चालनमा ल्याइएको वैकल्पिक पदमार्गलाई के नामकरण गरिएको छ ?

  • लालुपाते पदमार्ग (वि.सं. २०८०)

२३.  २०८० को कमल राष्ट्रिय सुकर्म पुरस्कार कसलाई प्रदान गरियो ? 

  • डा. रचेल कारख (पुरस्कार राशि : ५१ हजार रुपियाँ)

२४.  बाघसम्बन्धी जानकारी समेटिएको पुस्तक ‘पाटेबाघ’ का लेखक को हुनुहुन्छ ?

  • डा. हेमसागर बराल
  • बाघको ऐतिहासिक पृष्ठभूमि, बासस्थान, संरक्षणमा भइरहेका राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रयास, चुनौतीलगायतका पक्ष समेटी तयार पारिएको सो पुस्तकमा बाघलाई विचरण गर्न आवश्यक पर्ने क्षेत्र, आहारा प्रजाति, सिकार गर्ने तरिका, प्रजनन अवस्था, बाघसँगको सांस्कृतिक एवं धार्मिक महìव र यो जन्तुका अन्य आनीबानीलाई यसमा समेटिएको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 177
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 178
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 126
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 254
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA