Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री २०८१/०३/२४

  • Maishma Shrestha
  • July 08, 2024
  • 488

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री २०८१/०३/२४

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री २०८१/०३/२४

वस्तुगत प्रश्नोत्तर

१. २०१५ सालमा सोहौं योजनाले खुला सरकार सूचकाङ्क कति पुन्याउने लक्ष्य लिएको छ ?
– ० दशमलव ६३

२. आटिफिसियल इन्टेलिजेन्सको शुरूआत कहिलेदेखि भएको हो ?
– सन्‌ १९५०

३ संरक्षित क्षेत्रले नेपालको क्षेत्रफलको कति प्रतिशत भू-भाग ओगटेको छ ?
– २३ दशमलव ४ प्रतिशत

४. हृयारी पोर्टर एन्ड द फिलोसफर स्टोन पुस्तकका लेखक को हुन्‌ ?
– जेके रोलिङ

५. विश्वकै पहिलो जिरो कार्वन सिटी घोषित गरिएको शहर कुन हो ?
– यूएईको मस्दार शहर

६. एलिजा भनर एआइको सिर्जना कसले गरेको थिए ?
– जोसेफ विनेबाउम

७. नेपालले कहिलेसम्म उच्च मध्यम आय भएको मुलुकमा परिणत हुने दीर्घकालीन लक्ष्य लिएको छ ?
– सन् २०४३

८. नेपालको पहिलो महिला उपकुलपति को हुन् ?                                                                                                                                         – भूषण श्रेष्ठ (सुदूरपश्चिमाञ्चल विश्वविद्यालय)

९. नेपालको बेरोजगारी दर कति रहेको छ ?
– ११ दशमलव .४ प्रतिशत

१०. डिजिटल नेपाल फ्रेमवर्क कहिले स्वीकृत भएको हो ?
– २०७६ कात्तिक ५ गते

११. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
– प्रकाश विच्छेदन

१२. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहा“ दिएका थिए ?
– सारनाथ

१३. जिरो नेट एड भन्नाले के बुझिन्छ ?
– अर्थव्यवस्था सबल भई विदेशी सहयोग नचाहिने अवस्था

१४. भष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री  जङबहादर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
– धर्म कचहरी

१५. विकिलिक्सका संस्थापक को हुन् ?
– जुलियन असान्ज 

१६. बेलायतका नवनिर्वाचित प्रधानमन्त्री को हुन् ?
– किअर स्टार्मर

१७. नया  ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?
– सुमन सत्याल

१८. अस्वीकार्य व्यक्ति (पर्सन ननग्राटा) भन्नाले के बुझिन्छ ?
– कूटनीतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा प्रदान गरिएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने एवं कूटनीतिक मर्यादाको उल्लङ्घन गर्ने
व्यक्तिलाई होस्ट कन्ट्रीद्वारा अस्वीकार भनी घोषणा गरिएको व्यक्ति

विषयगत प्रश्नोत्तर

१. आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग कुन – कुन क्षेत्रमा गर्न सकिन्छ ? आर्टिफिसियल इन्टेलिजेन्सको महत्व र सिदान्त माथि प्रकाश पार्दै यसको कार्यान्तरान गर्न उत्पन्न हुने समस्या एवं चुनौती उल्लेख गर्नुहोस्‌।
पृष्ठभूमि
– आर्टिफिसियल इन्टेलिजेन्स विज्ञान र प्रविधिको संयोजन हो, जुन गणित, मनोविज्ञान, कम्प्युटर विज्ञान, जीव विज्ञान, इन्जिनियरिङ र भाषाविज्ञानमा आधारित भई मानवले जस्तै सोच्न र कार्य गर्न सक्ने क्षमता मेसिनमा विकास हुन्छ।

– एआईलाई सङ्किर्ण एआई, सामान्य एआई र सुपर ए आई गरी तीन प्रकारमा विभाजन गर्न सकिन्छ।

– आर्टिफिसियल इन्टेलिजेन्सलाई नेपालीकरण गर्दा कृत्रिम बौद बाैद्धिकता भन्ने गरिन्छ, जुन मेसिनमा आधारित प्रणाली हो, जसले मानव व्यवहारहरुको अनुशरण गर्न सक्दछ।

आर्टिफिसियल इन्टेलिजेन्सको उपयोज गर्न सकिने क्षेत्रहरु

(क) स्वास्थ्य सेवा
(ख) कृषि
(ग) शिक्षा
(घ) पर्यटन
(ङ) स्मार्ट शहर यातायात र पूर्वाधार विकास
(च) वातावरणीय अनगुमन तथा विपद् व्यस्थापन
(छ) प्राकृतिक स्रोत व्यवस्थापन
(ज) सांस्कृतिक कला र भ ाा अनुवाद
(झ) वित्तीय क्षेत्र
(ञ) सुशासन र सार्वजनिक सेवा

आर्टिफिसियल इन्टेलिजेन्सका सिद्धान्तहरु
युनेस्कोले घोषणा गरेका दश आधारभूत सिद्धान्तहरु देहायबमोजिम रहेका छन् –
– एआई प्रणालीको प्रयोग सामाजिक स्कोरिङ वा बहुनिगरानीको उद्देश्यका लागि प्रयोग नगरी आवश्यकता र समानुपातिकताको सिद्धान्तबाट
नियन्त्रित हुनुपर्ने।
– एआइ र्पणालीबाट उत्पन्न हुने चुनाैलाइ मानव जाति पर्यावरणको कल्याण हुने गरी सम्बोधन गर्नुपर्दछ।
– एआई सरोकारवालाहरुको निष्पक्षता र भेदभावरहितताको प्रत्याभूत गर्नुपर्दछ।
– एआई प्रविधिबाट हुनसक्ने मानवीय, सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय प्रभावको नियमित
परीक्षण गरिनुपर्दछ                                                                                                                                                                                      – एआई प्रणालीको सम्पूर्ण जीवनचक्रमा गोपनीयताको सुरक्षा हुनुपर्दछ।
– एआई प्रणालीहरुबाट उत्पन्न हुने नैतिक र कानुनी दायित्व मानिसलाई दिन सम्भव छ भनी सुनिश्चित गर्नुपर्दछ।
– लाकतान्त्रिक शासनलाइ समर्थ नगर्न एआई प्रणालीहरु पारदर्शी र व्याख्यामूलक बनाउन पहल गर्नुपर्दछ।
– एआई प्रणालीका लागि जवाफदेहिता सुनिश्चित गर्न उपयुक्त निगरानी, निरीक्षण, प्रभाव मूल्याङ्कन, लेखापरीक्षणसहितको उचित प्रबन्ध गर्ने संयन्त्रको विकास गरिनुपर्दछ।
– एआई प्रविधिहरुको जनचेतना र बुझाइलाई बढावा दिनुपर्दछ।
– राज्यहरु आ–आफ्नो क्षेत्रभित्र उत्पन्न हुने वा क्षेत्र हुदै जाने डाटालाई नियमन गर्न सक्षम हुनुपर्दछ।                                                     

आर्टिफिसियल इन्टेलिजेन्सको महत्व
– विशेषज्ञ प्रणालीहरू सिर्जना गर्दै यस्तो प्रणाली मार्फत प्रयोगकर्तासग बौद्धिक व्यवहार प्रदर्शन गर्न
– मानिसले जस्तै बुझ्ने, सोच्ने, सिक्ने, व्यवहार प्रदर्शन गर्न सक्ने र अन्तरक्रिया गर्न सक्ने प्रणालीहरू सिर्जना गरी मानव बुद्धिमत्ता लागू गर्न
– बारम्बार गर्नुपर्ने कार्यहरूलाई स्वचालित तरिकाले सञ्चालन गर्न
– मानव संशाधनहरूलाई थप जटिल र रचनात्मक कार्य गर्नको लागि समय बचत गर्न
– एआई प्रणालीको दक्षताले त्रुटिहरूलाई कम गर्न र प्रक्रियालाई छिटो तरिकाले सञ्चालन गर्न
– डाटाहरुलाई छिटो र सही रूपमा विश्लेषण गर्न
– डाटाका विभिन्न ढाचाहरू, पव्रृत्तिहरू र अन्तर्रदृष्टिहरू पत्ता लगाउन डाटाबाट अर्थपूर्ण अन्तर्दृष्टि प्राप्त गर्न, निर्णय लिन र रणनीति निर्माण गर्न
– डाटाको ढाचा र अनुक्रमहरू पहिचान गर्न
– विभिन्न एल्गोरिदमहरू विकास गर्न र परिष्कृत गर्न
– एआई प्रणालीहरूलाई निरन्तर सुधार गर्न र नया सीपहरू प्राप्त गर्न
– उत्पादन, प्रक्रिया र प्रणालीहरूमा बौद्धिकता थप्दै, तिनीहरूको कार्यक्षमता र अनुकूलनता बढाउन
– एआई सञ्चालित सिफारिसहरुले प्रयोगकर्ताको अनुभवहरुमा सुधार गर्न
– अपव्ययहरुको न्यूनीकरण गर्दै स्रोत दक्षतामा योगदान गर्न
– लागत वचत गर्नुका साथै प्रभावकारी स्रोत विनियोजन र दिगोपन कायम गर्न

आर्टिफिसियल इन्टेलिजेन्सको कार्यान्वयन गर्न उत्पन्न हुने समस्या एवं चुनौतीहरु                                                                                  – एआईको विकास प्रयोग र उपयोगका सम्वन्धमा क्षमता, अनुभव र विज्ञताको कमी रहनु
– एआईको कार्यान्वयनका लागि डाटाको पहुचमा अवरोध रहनु
– सक्षम डाटा इकोसिस्टमको अभाव रहनु
– एआईको विकास प्रयोग र उपयोगका लागि साक्षरताको कमी रहनु
– एआईको विकास प्रयोग र उपयोगका लागि उच्च लागत र स्रोतको आवश्यकता रहनु
– डाटाको सुरक्षा र गोपनीयता सम्बन्धी नीतिगत र कानुनी व्यवस्थाको अभाव रहनु
– एआईको विकास प्रयोग र उपयोगका सम्बन्धमा पर्याप्त सहकार्य र समन्वय हुन नसक्नु
– सवै क्षत्रहरुमा एआईको प्रयोग आवश्यक भएको तर एआईको आफ्नै प्रणाली विकास नहुनाले आयातीत प्रविधिको प्रयोग हुदा डाटा सुरक्षा र गोपनीयतामा समस्या हुनु
– निष्पक्षता र नैतिकताको अवलम्बन
– पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको सुनिश्चितता
– बाद्धिक सम्पत्तिको प्रभावकारिताका अभावमा एआइ को अनुसन्धान र विकासमा चाख नहुनु
– प्रभाकारी एआईको प्रयोगका आवश्यक पर्ने अनुसन्धानमा कमी हुनु
– नेपालमा कृत्रिम बुद्धिमत्ताको विकास र प्रयोगमा कम्प्युटेसनल स्रोतहरूको उपलब्धताको अभाव
– सरकारको स्पष्ट मार्गचित्र र प्राथमिकता क्षेत्र परिभाषित नहुनु
– नियामक वा नियन्त्रण गर्ने निकायको अभाव

निष्कर्ष
आर्टिफियल इन्टेलिजेन्सलाई स्वास्थ्य रोग, निवारण र उपचार, वित्तीय सेवा एवं विश्लेषण, निर्माण तथा उत्पादन, शिक्षा र विकास, संचार र अनुभव सुधार, सांगठनिक प्रबन्ध, सरकारी सेवा, अनुसन्धान, विकास कृषि र पर्यटन जस्ता क्षेत्रमा उपयोग गरी असिमित लाभ हासिल गर्न सकिन्छ।

२. संगठनमा तनाव उत्पन्न हुनुका कारणहरु उल्लेख गर्दै संगठनमा उत्पन्न हुने तनाव व्यवस्थापनका उपायबारे चर्चा गर्नुहोस्।
पृष्ठभूमि
– व्यक्तिमा अनुभूत हुने मानसिक दबावको अवस्था नै तनाव हो।
– परिस्थितिजन्य माग र आपूर्तिबीचको असन्तुलनका कारण मानिसको जीवनमा पर्ने शारीरिक तथा मानसिक असरको परिणामलाई नै तनावका रूपमा लिन सकिन्छ।                                                                                                                                                               

संगठनमा तनाव उत्पन्न हुनुका कारणहरु
– प्रतिकूल कार्य वातावरण
– आन्तरिक तथा बाह्य सम्बन्ध
– अनावश्यक हस्ताक्षेप
– संगठनात्मक पुरस्कार प्रणाली
– संगठनात्मक पुरस्कार प्रणाली
– दोहोरो तथा अस्पष्ट भूमिका
– चुनौती र कठिनाइको सामना गर्न नसक्नु
– अवसरको असन्तुलित वितरण
– व्यक्तिगत मनोवृत्ति र संकुचित धारणा

तनावहरु व्यवस्थापनका उपायहरु
– गुनासो सुनुवाइ संयन्त्रको निर्माण
– न्यायपूर्ण संगठनात्मक पुरस्कार प्रणाली
– राइट म्यान इन राइट प्लेस
– सहभागितात्मक तथा अन्तरक्रियात्मक कार्य वातावरणको व्यवस्थापन
– पीरमर्का र गुनासो तथा असन्तुष्टिको यथेष्ट सम्बोधन
– सबैको अपनत्व हुने वातावरण
– कार्य सम्पादनमा खुसी हुने वातावरण सिर्जना गर्ने
– सकारात्मक दृष्टिकोण युक्त मूल्याकन प्रणालीको प्रयोग
– प्रतिसोधको भावना छोड्ने
– सहभागितात्मक सहमतीय प्रणालीको विकास गर्ने
– आ–आफ्नो मनोवृत्ति परिवर्तन गर्ने
– यथार्थवादी आशा र व्यवहारको विकास गर्नुपर्ने
– व्यवस्थित र संगठित हुने
– सधैं समय योजना बनाउने, तालिका बनाउने, आफ्नो प्राथमिकताहरू निर्धारण गर्ने
– व्यस्त दिनको समय समयमा आराम लिने बानीको विकास गर्ने
– परिस्थितिको मूल्यांकन गर्ने र काम गर्ने
– नियमित व्यायामको लागि समय दिने
– सन्तुलित जिवनयापनका लागि विभिन्न गतिविधिमा सहभागी हुने
– प्रत्येक दिन कति कार्य प्रभावकारी ढंगले गर्न सकिन्छ त्यसको प्रक्षेपण गर्ने र सो अनुसारको यथार्थ कार्य योजना बनाउने
– सम्पादित कार्यको गुणस्तर कायम राख्न पर्याप्त समय लगाएर कार्य गर्ने
– प्रफुल्लित हुने
– विश्राम प्रविधिहरू मार्फत आनन्द लिने, रमाउने

तनावहरु व्यवस्थापनका उपायहरु
– गुनासो सुनुवाइ संयन्त्रको निर्माण
– न्यायपूर्ण संगठनात्मक पुरस्कार प्रणाली
– राइट म्यान इन राइट प्लेस
– सहभागितात्मक तथा अन्तरक्रियात्मक कार्य वातावरणको व्यवस्थापन
– पीरमर्का र गुनासो तथा असन्तुष्टिको यथेष्ट सम्बोधन
– सबैको अपनत्व हुने वातावरण
– कार्य सम्पादनमा खुसी हुने वातावरण सिर्जना गर्ने
– सकारात्मक दृष्टिकोण युक्त मूल्याकन प्रणालीको प्रयोग
– प्रतिसोधको भावना छोड्ने
– सहभागितात्मक सहमतीय प्रणालीको विकास गर्ने
– आ–आफ्नो मनोवृत्ति परिवर्तन गर्ने
– यथार्थवादी आशा र व्यवहारको विकास गर्नुपर्ने
– व्यवस्थित र संगठित हुने
– सधैं समय योजना बनाउने, तालिका बनाउने, आफ्नो प्राथमिकताहरू निर्धारण गर्ने
– व्यस्त दिनको समय समयमा आराम लिने बानीको विकास गर्ने
– परिस्थितिको मूल्यांकन गर्ने र काम गर्ने
– नियमित व्यायामको लागि समय दिने
– सन्तुलित जिवनयापनका लागि विभिन्न गतिविधिमा सहभागी हुने
– प्रत्येक दिन कति कार्य प्रभावकारी ढंगले गर्न सकिन्छ त्यसको प्रक्षेपण गर्ने र सो अनुसारको यथार्थ कार्य योजना बनाउने
– सम्पादित कार्यको गुणस्तर कायम राख्न पर्याप्त समय लगाएर कार्य गर्ने
– प्रफुल्लित हुने
– विश्राम प्रविधिहरू मार्फत आनन्द लिने, रमाउने

निष्कर्ष
परिवर्तित वातावरण अनुकूल व्यक्तिको व्यवहारमा पनि रूपान्तरण गरी तनावलाई सिर्जनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक एवं मानसिक सन्तुलन कायम राख्न सकेमा मात्र कुनै पनि व्यक्तिले आफ्नो लक्ष्य उद्देश्य हासिल गर्न सक्दछ।

३. नेपालको निजामति सेवामा गरिएका उत्परणा सम्बन्धी व्यवस्थाका सकारात्मक र नकारात्मक पक्षहरु के–के हुन् ? निजामति सेवामा उत्प्रेरणाका अवरोधक तत्वहरु पहिचान गरी निजामति सेवामा उत्प्रेरणा अभिवृद्धि गर्न उपयुक्त उपायहरु प्रस्तुत गर्नुहोस्।

पृष्ठभूमि
– कुनै पनि काम गर्नका लागि उत्पन्न हुने इच्छा वा जागर एवं व्यक्तिलाई काम प्रति जागृत वा प्रयासरत गराउन गरिने क्रियाकलाप नै उत्प्रेरणा हो।
– संगठनका अपक्षित उपलब्धिहरु हासिल गर्न कर्मचारीलाई आफना काम प्रति उत्प्ररित गर्न उसका इच्छा, आकाक्षां र आवश्यकताहरुलाइ सम्र्बा धन गर्नुपर्दछ ।

सकारात्मक पक्षहरु
– सीमित स्रोत साधन भए पनि सेवाप्रति आकर्षित वृत्ति विकासको अवसर
– सामाजिक प्रतिष्ठा
– निजामती सेवालाई सुरक्षित भबिष्यका रूपमा लिइने
– सेवाको सुरक्षा
– अवकासपछि निवृत्तिभरणको व्यवस्था
– औषधि उपचार, बीमा लगायतका माैद्रिक र गाैरमाैद्रिक सुविधाको व्यवस्था
– अवकासपछि पनि सरकारी सेवाप्रति आकर्षण
– बढुवा, अध्ययन बिदा लगायतका सेवा–सुविधाहरुको व्यवस्था

नकारात्मक पक्षहरु
– न्यून आर्थिक सुविधा (तलब भत्ता)
– वृत्ति विकास योजना नहुनु
– सेवा सुविधामा विभेद
– राइट म्यान इन राइट प्लेस नहुनु
– कार्यवातावरण अनुकूल नहुनु
– कार्य जिम्मेवारी स्पष्ट रूपमा विभाजित नगरिनु
– दण्ड र पुरस्कार प्रभावकारी नहुनु
– स्वयं उत्प्रेरित भएर गर्नेको पनि उपयुक्त मूल्यांकन नहुन्जेल क्रमशः उत्प्रेरणा घट्दै जाने अवस्था रहन

उत्प्रेरणाका अवरोधक तत्वहरु
– कार्य जिम्मेवारी स्पष्ट नहुनु
– पद र अनुभवको उचित कदर नहुनु
– समान अवसरका आधारमा वृत्ति विकास प्रणाली नहुनु
– व्यक्तिगत वृत्ति विकासका पर्याप्त प्रावधान नहुनु
– सरुवा र पदस्थापन प्रणाली वैज्ञानिक र व्यावहारिकनहुनु
– तालिम, सेमिनार तथा अवलोकन भ्रमणको अवसरमा समानता नहुनु
– तलब भत्ता तथा अन्य सुविधा जीवनयापनका लागि पर्याप्त नहुनु
– पुरस्कार र दण्डको व्यवस्था उत्प्रेरणालाई प्रवद्र्धन गर्ने खालको नहुनु
– कार्य वातावरण अनुकूल नहुनु
– सेवा सुविधा अपर्याप्त तथा असमानता
– कार्यसम्पादन सूचक को अभाव र केही भएका कार्यालयमा पनि औपचारिकतामा सीमित छ कार्य विवरणको अभावले कार्य सम्पादन प्रभावकारी नहुनु

उत्प्रेरणाका अभिवृद्धिका उपयुक्त उपायहरु
– नतिजामूलक कार्यतालिका अनिवार्य बनाइनुपर्ने
– तलब भत्ताको व्यवस्थालाई वास्तविक धरातलमा ल्याउने
– कार्यसम्पादन प्रोत्साहन कोष र कार्यसम्पादन बीचको सम्बन्ध
– कार्यजिम्मेवारी र कर्मचारीको मनोबलबीच सन्तुलन ल्याउने
– कर्मचारीको योग्यताको बिकास र उत्प्रेरणाका प्रावधानहरू
– राजनीतिकरणबाट मुक्ति
– कार्यवातावरण र कार्य सुरक्षाको अवस्थामा सुधार
– समान अवसर र लाभ
– कर्मचारी परिवार र सन्ततिको हेरचाह
– कर्मचारीको तनावलाई यथोचित व्यवस्थापन
– कार्य सम्बन्धलाई कामको उपलब्धि स“ग आबद्ध गर्ने
– कार्य स्वतन्त्रताको व्यवस्था
– बाह्य हस्तक्षेपबाट मुक्त
– वृत्ति विकासका लागि समान अवसर
– सामाजिक सुरक्षा
– लर्निङ संगठन संस्थाको बिकास
– आर्थिक तथा गैरआर्थिक सुविधा बीच सामञ्जश्यता र सन्तुलन

निष्कर्ष
कर्मचारीको उत्प्रेरणा उसले पाउने उपलब्धि, उन्नति, विकास, पहिचान, सम्मान, जिम्मवारी, अवसर, अधिकार, सगठनकों नीति, सुपरीवेक्षकको व्यवहार, कार्य वातावरण तथा कर्मचारीबीचको अन्तरसम्बन्धमा निर्भर रहन्छ।

४. डिजिटल भक्तानी प्रणालीका कार्यन्वयनबाट के–कस्ता उपलब्धिहरु हासिल भएका छन् ? डिजिटल भुक्तानी प्रणालीको कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधानका उपायहरु प्रस्तुत गर्नुहोस्।

पृष्ठभूमि
– एक व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई कुनै पनि वस्तु तथा सेवा उपलब्ध गराए बापत दिनुपर्ने भुक्तानी मोबाइल, इन्टरनेट वा अन्य कुनै विद्युतीय भुक्तानी उपकरणमार्फत गरिने भुक्तानी प्रणाली नै डिजिटल भुक्तानी प्रणाली हो।
– भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध रूपमा काम गर्दै आएको छ। सन् २०१४ मा पहिलोपटक भुक्तानी प्रणाली विकास रणनीति तर्जुमा भयो। त्यसपछि मात्र नेपालमा विद्युतीय भुक्तानी प्रणालीको विकासले
गति लिएको हो।

विद्युतीय भुक्तानी प्रणालीका उपलब्धिहरु
– भुक्तानी प्रणाली सम्बन्धी कानुनी र नियामकीय संरचनामा सुधार भई भुक्तानी प्रणालीका लागि अनुकल वातावरण सिर्जना ना भएको
– भुक्तानी प्रणालीको सुरक्षा र सक्षमतालाई थप सुदृढ बनाइएको
– विद्युतीय मुद्राको प्रयोगको क्षेत्र विस्तार भएको
– भुक्तानी प्रणालीको नियमन, अनुगमन र निरीक्षणका लागि आवश्यक पूर्वाधार तयार भएको
– ठूला मूल्यका भुक्तानीका लागि रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम स्थापना भई सञ्चालनमा आएको
– साना मूल्यको भुक्तानी विद्युतीय प्रणालीबाट सम्पन्न गर्न भुक्तानी सेवा प्रदायकहरुको ठूलो योगदान रहेको
– अन्तर्राष्ट्रियरूपमा स्थापित भई नेपालमा भुक्तानी सम्बन्धी कारोवार गर्ने संस्थाहरु नेपाल राष्ट्र बैंकको नियमाकीय क्षेत्रमा आइसकेको
– विद्युतीय भुक्तानीका उपकरणहरु सर्वसाधारणको पहुचमा आई कारोवारमा वृद्धि हुदै गएको छ।
– सरकारी राजस्व पनि विद्युतीय माध्यमबाट काराबार सम्पन्न हुदै गएको
– क्यूआर कोडमा आधारित भुक्तानी र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएको

डिजिटल भुक्तानी प्रणालीको कार्यान्वयनमा देखिएका समस्याहरु
– विद्युतीय भुक्तानी उपकरणका सम्बन्धमा पर्याप्त जानकारीको अभाव रहेको
– ज्ञानको अभाव रहेको
– विश्वासको कमी भई प्रयोग गर्न नचाहेको
– वित्तीय साक्षरताको कमी
– भुक्तानी प्रणालीका विषयवस्तु पाठ्यक्रम सामेल नभएर विस्तारमा यथेष्ट रूपान्तरण हुन नसकेको
– सूचना प्रविधि क्षेत्रमा साइवर क्राइम र ह्याकिङको समस्याले कारोवारमा जोखिम महसुस हुने गरेको
– सफ्टवेयर, हार्डवेयर, भौतिक पूर्वाधारका समस्याहरु विद्यमान रहेको
– भुक्तानी प्रणालीको सञ्चालन, अनुगमन, निगरानी, नियमन आदि कार्य हेतु दक्ष जनशक्तिको अभाव वा पर्याप्त जनशक्ति तयार नरहेको
– भक्तानी प्रणाली विकासका क्रममा रहेको र सोसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई अनुमतिपत्र दिई रहने विद्यमान व्यवस्थाबाट एकै प्रकृतिका अनेकौं संस्था कार्य प्रणालीमा रहदा समस्या उत्पन्न हुने गरेका

समस्या समाधानका उपायहरु

– प्रणालीगत रूपमा अत्यन्त महत्वपूर्ण मानिएका भुक्तानी प्रणालीको पहिचान गर्न विशेष निगरानी व्यवस्था गर्नुपर्ने                                          – राष्ट्रिय भुक्तानी स्विचको प्राविधिक कार्यान्वयनले भुक्तानी प्रणालीका धेरै समस्यालाई सम्बोधन गर्ने भएकाले तत्कालीक र दीर्घकालीन कार्य योजना बनाउनुपर्ने                                                                                                                                                                                       – – साइबर जोखिमलाई न्यून गर्न दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने                                                                                                                – राष्ट्रिय भुक्तानी बोर्डको माध्यमबाट संलग्न विभिन्न निकायबीच समन्वय, सहयोग र उपलब्धि हासिल गर्न आवश्यक नीति र योजना बनाउनुपर्ने  – भुक्तानी प्रणालीको विकासलाई सबल बनाउन यससँग सम्बन्धित तथ्यांकहरुको संकलन, प्रशोधन र सम्प्रेषण सम्बन्धी कार्यलाई सुदृढ बनाउनुपर्ने                                                                                                                                                                                                    – भुक्तानी प्रणालीसँग सम्बन्धित अन्तर्राष्ट्रिय क्षेत्रमा भएको असल अभ्यास र विकासलाई अंगिकार गरी नेपालमा प्रयोग गर्नका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने
– कारोवारको लागत घटाउन र ग्राहकको हित संरक्षणगर्न संरचना र व्यवस्था मिलाउनुपर्ने
– अनुमतिपत्र छनोटपूर्ण ढंगले दिँदा संस्थाको प्रकृति आवश्यकता, त्यसको जीवन्तता आदिका आधारमा दिइनुपर्ने
– ग्राहक हित संरक्षण, पारदर्शिता, गोपनीयता, सुरक्षा र सेवाको उपयोगिता, सुनिश्चित गर्नुपर्ने
– फिनटेकको प्रयोगबाट डिजिटल अर्थतन्त्रको विकासमा सुधार हेतु सम्बन्धित सरोकार पक्षहरुबीच आवश्यक समन्वय र सहयोग हुनुपर्ने

निष्कर्ष

विद्युतीय भुक्तानीमा उत्पन्न हुन सक्ने प्रणालीगत जोखिम न्यूनीकरण गर्दै साइबर रिजिलेन्स क्षमता अभिवृद्धिका लागि रेगुलेटरी स्यान्डबक्स, प्रणालीमा महत्तवपूर्ण भुक्तानी सेवा प्रदायकका रूपमा रहेका संस्थाको छुट्टै नियमन तथा सुपरीवेक्षण, विद्युतीय भुक्तानी गर्ने ग्राहकको हित संरक्षणका लागि छुट्टै संरचना बनाउने, ग्राहकको डाटाको सुरक्षा गर्न एवं गोपनीयता सुनिश्चित गर्न पर्याप्त संरचना निर्माण गर्नेलगायतका कामहरूमा प्राथमिकता दिन जरुरी छ।

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 105
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 42
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 106
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 104
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA