Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१२ मंसिर २०८१, बुधबार)

  • Ajnabee Khadka
  • November 27, 2024
  • 589

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१२ मंसिर २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१२ मंसिर २०८१, बुधबार)

१. नेपाल राष्ट्र बैङ्कले २०८१ मङ्सिर ४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोज मसान्त (२०८१) सम्म विदेशी मुद्रा सञ्चिति कति रहेको छ ?

➤ रु. २२ खर्ब ३२ अर्ब (हालसम्मकै उच्च) 

  • गत आर्थिक वर्षको असोजमा १६ खर्ब ४३ अर्ब नौ करोड रुपियाँ विदेशी मुद्रा सञ्चिति थियो । 
  • हाल सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैङ्कले जनाएको । 

★ २०८१ असोज मसान्तसम्म अर्थतन्त्रको झलक :

  • विदेशी मुद्रा सञ्चिति : रु. २२ खर्ब ३२ अर्ब 
  • बैङ्कहरूमा लगानीयोग्य पुँजी : रु. सात खर्ब ७८ अर्ब (कात्तिक मसान्तसम्म) 
  • निक्षेपको औसत ब्याजदर : ५.२४ प्रतिशत (वाणिज्य बैङ्कको मात्रै) 
  • कर्जाको औसत ब्याजदर : ९.३३ प्रतिशत (वाणिज्य बैङ्कको मात्रै) 
  • मुद्रास्फीति : ४.८२ प्रतिशत (असोज २०८० मा ७.५ प्रतिशत) 
  • आयात : ४.२ प्रतिशतको गिरावट 
  • निर्यात : ६.१ प्रतिशतको गिरावट
  • शोधनान्तर बचत : एक खर्ब ८४ अर्ब ९९ करोड 
  • रेमिट्यान्स आप्रवाह : चार खर्ब सात अर्ब ३१ करोड (११.५ प्रतिशतको वृद्धि) 
  • तलब वृद्धिदरः ३.३६ प्रतिशत 
  • चालु खाता बचत : रु. एक खर्ब ११ अर्ब ८७ करोड 
  • भ्रमण आय : रु. १७ अर्ब ७२ करोड 
  • भ्रमण व्यय : २३ अर्ब ६० करोड
  • शिक्षा व्यय : ३२ अर्ब १८ करोड 
  • राजस्व सङ्कलन : रु. दुई खर्ब ४८ अर्ब २६ करोड 
  • सरकारको खर्च : रु. तीन खर्ब २९ अर्ब २० करोड 
  • कर्जा प्रवाह : एक खर्ब २८ अर्ब ६५ करोड (२.५ प्रतिशतको वृद्धि) 
  • निक्षेप सङ्कलन ; एक खर्ब ७० अर्ब (२.६ प्रतिशतको वृद्धि)

२.  मिस युनिभर्स–२०२४ को ताज चुम्न सफल प्रतिभा को हुन् ?

➤ भिक्टोरिया केजर थेलभिग

  • उपाधि चुमेसँगै भिक्टोरियाले डेनमार्कका लागि पहिलो उपाधि दिलाउँदै इतिहास रचेकी ।
  • फस्ट रनर्स अप : मारिया फर्नान्डा बेल्ट्रान (मेक्सिको) 
  • सेकेन्ड रनर्स अप : निडिमा अदेतशिना (नाइजेरिया) 
  • थाइल्यान्डकी ओपल सुचाता चुआङश्री र भेनेजुयलाकी इलिआना मार्केजले प्रथम पाँचभित्र स्थान बनाएका । 
  • नेपालको प्रतिनिधित्व गरेकी सम्पदा घिमिरे सुरुवाती चरणबाटै बाहिरिएकी ।

३.  हालै नेपालको भ्रमण गर्ने भारतीय स्थल सेनाध्यक्ष को हुन् ?

➤ उपेन्द्र द्विवेदी (२०८१ मङ्सिर ५–९ तदनुरूप सन् २०२४ नोभेम्बर २०–२४) 

  • सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको परमाधिपति समेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ मङ्सिर ६ मा मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको ।
  • नेपाल भारतबिचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप सन् १९५० देखि दुवै देशले एकअर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको ।
  • सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । त्यस्तै, २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।

४.  बेइजिङ ३० एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

➤ बैङ्कक (थाइल्यान्ड), सन् २०२४ नोभेम्बर १९–२१

  • संयुक्त राष्ट्रसङ्घको एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (इस्केप) र युएन वुमेनको संयुक्त आयोजनमा भएको तीन दिवसीय सम्मेलन आगामी वर्ष बेइजिङ घोषणाको ३० औँ वर्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको हो । 
  • सम्मेलनले एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरू, नागरिक समाजसँग सम्बन्धित सङ्गठनहरू, युवा सङ्गठन, शिक्षाविद्, निजी क्षेत्र, संयुक्त राष्ट्रसङ्घका संस्थाहरू, स्वतन्त्र विज्ञहरू र अन्य प्रमुख सरोकारवालालाई एकैसाथ सहभागी गराइएको । 

५.  श्रीलङ्काको नयाँ प्रधानमन्त्रीमा चयन हुने राजनीतिक व्यक्तित्व को हुन् ?

➤ हरिनी अमरासूर्या (सन् २०२४ नोभेम्बर) 

  • प्रधानमन्त्री बन्ने उनी तेस्रो महिला नेता हुन् । उनी दुई महिनाअघि श्रीलङ्कामा बनेको अन्तरिम सरकारमा पनि प्रधानमन्त्री भएकी थिइन् । 
  • श्रीलङ्कामा सन् २०२४ नोभेम्बर १४ मा संसदीय निर्वाचन भएको थियो, जसमा अनुराकुमार दिसानायकेको गठबन्धन विजयी भएको थियो । 

६.  जलवायुसम्बन्धी एसिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

➤ वि.सं. २०८१ मङ्सिर ३–५ (सन् २०२४ नोभेम्बर १८–२०), काठमाडौँ 

  • सम्मेलनमा पूर्वाधार विकाससँगै वातावरणलाई पनि संरक्षित गरिनु पर्नेमा जोड दिइएको । 

७.  भारतले पहिलो पटक हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ?

➤ सन् २०२४ नाभेम्बर 

  • नयाँ प्रविधिमा आधारित हाइपरसोनिक क्षेप्यास्त्र जमिनदेखि कम दुरीमा उड्न सक्ने र बलिस्टिक क्षेप्यास्त्रको तुलनामा प्रहार गरेको पत्ता लगाउन कठिन हुने । 
  • साथै हाइपरसोनिक क्षेप्यास्त्र लक्षित गरिएको स्थानसम्म छिटो पुग्न सक्ने र मध्य उडानमा नै लक्ष्य परिवर्तन गर्न आदेश दिन सकिने । 
  • यसअघि अमेरिका, रुस, चीन र उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिसकेका । अन्य केही देशले पनि यो प्रविधि विकसित गरिरहेका। 

८.  पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भएको हो ?

➤ वि.सं २०८१ मङ्सिर २

  • उनी २०४८ सालमा काठमाडौँबाट निर्वाचित भएपछि प्रतिनिधि सभामा सभामुख बनेका थिए । 
  • ढुङ्गानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सव्रिmय भूमिका निर्वाह गरेका थिए । 
  • ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।

९.  नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो ?

➤ वि.सं २०८१ मङ्सिर २

  • सुन्धारास्थित टेलिकमको कार्यालयमा ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको । 
  • सामान्य सोधपुछदेखि एनटिसी सेवाका थुप्रै प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत पाउन (सुन्न) सक्ने ।
  • रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको । 

१०.  विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह कहिले मनाउने गरिन्छ ?

➤ नोभेम्बर १८–२४

  • सन् २०२४ को नारा : प्रतिजैविक प्रतिरोध बुझौँ, बुझाऔँ, आजैबाट रोकथाममा जुटौँ । 
  • प्रतिजैविक प्रतिरोध अर्थात् सङ्क्रमणको उपचारमा प्रयोग हुने औषधीले उपचारको क्रममा आवश्यक परेको अवस्थामा प्रभावहीन हुने अवस्था हो । 
  • प्रतिजैविक प्रतिरोध मानव, पशु र कृषिमा एन्टिबायोटिक (प्रतिजैविक औषधी)को अत्यधिक प्रयोग र दुरुपयोगसँग जोडिएको हुँदा यो समस्या न्यूनीकरण तथा रोकथाम गर्न सबै क्षेत्र र निकाय एकजुट हुनुपर्ने अनिवार्यता रहेको । 
  • विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिजैविक प्रतिरोधका कारण विश्वभर करिब १२ लाख मानिसको मृत्यु भइरहेको छ । यस मुद्दालाई बेलैमा सम्बोधन गर्न नसके सन् २०५० सम्ममा करिब ५० लाख मानिसको मृत्यु हुने आकलन गरिएको । 
  • प्रतिजैविक प्रतिरोधले विश्वव्यापी रूपमा पारिरहेको असरलाई सम्बोधन गर्न यसै वर्ष ७७ औँ विश्व स्वास्थ्य सभा (वल्र्ड हेल्थ ऐसेम्ब्ली) तथा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा प्रतिजैविक प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकमा नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको । 

 

११.  विश्व शौचालय दिवस कहिले मनाइन्छ ?

➤ नोभेम्बर १९

  • नेपाल २०७६ असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा भएको । 
  • राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसङ्ख्याको ४.५ प्रतिशत अझै खुला शौच गरिरहेको पाइएको । 
  • संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश गरेको छ । 

 

१२.  राजधानी काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी कहिले भएको हो ?

➤ वि.सं २०८१ मङ्सिर ५–७ 

  • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रबल प्रमानिक्स एकेडेमी अफ आर्ट्स, भारतको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न भएको । 
  • प्रदर्शनीमा नेपालसँगै भारत, बङ्गलादेश, श्रीलङ्का, मौरिसस, स्पेन, अर्जेन्टिनाका कलाकारहरूले आफ्ना कलाकृति प्रदर्शन गरेका थिए । 

१३. दैवज्ञ विशिष्ट स्रष्टा सम्मान २०८१ कसलाई प्रदान गरियो ?

➤ गीतकार कालीप्रसाद रिजाल 

  • दैवज्ञ साहित्य पुरस्कार कवि श्रीकृष्ण न्यौपाने (लमजुङ), दैवज्ञ बालसाहित्य पुरस्कार प्रभा भट्टराई आचार्य (तनहुँ) र दैवज्ञ समाज सेवा पुरस्कार परोपकार अभियान समूह (विराटनगर)लाई प्रदान गरिएको । 
  • सम्मानवापत ५५ हजार ५५५ रुपियाँ तथा पुरस्कारबापत जनही ३३ हजार ३३३ रुपियाँ प्रदान गरिएको । 

१४.  प्रतिष्ठित ग्लोबल एम्बेसडर अवार्ड–२०२४ प्राप्त गर्ने नेपाली राजदूत को हुन् ?

➤ तपस अधिकारी 

  • पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी सो अवार्डबाट सम्मानित भएका । 
  • पाकिस्तानको ग्लोबल पब्लिक डिप्लोमेसी संस्था ‘द डिप्लोम्याटिक इनसाइटले छोटो अवधिमा दुई राष्ट्रलाई द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय फोरममा एकसाथ नजिक ल्याउन महìवपूर्ण योगदान पु¥याएको भन्दै छैटौँ ग्लोबल एम्बेसडर अवार्ड प्रदान गरेको । 
  • सन् २०२० नोभेम्बरदेखि पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा कार्य गरेका अधिकारी गत महिना मात्र आफ्नो चारबर्से कार्यकाल पूरा गरी नेपाल फर्केका । 

१५.  नेपालमा नागरिक सुरक्षा दिवस कहिले मनाउने गरिन्छ ?

➤ असोज १२ (विसं २०६८ देखि मनाउन थालिएको ।)

 

१६.  नेपालमा पहिलो हरित वडा घोषणा गर्ने गाउँपालिका कुन हो ?

➤ रोल्पाको सुकिदह गाउँपालिका

 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 87
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 39
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 98
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 101
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 111
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA