Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२६ मंसिर २०८१, बुधबार)

  • Ajnabee Khadka
  • December 11, 2024
  • 542

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२६ मंसिर २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२६ मंसिर २०८१, बुधबार)

१.  इजरायल र लेबनानबिच युद्धविरामको घोषणा कहिले भएको हो ? 

➤ सन् २०२४ नोभेम्बर २६

  • इजरायल र लेबनानबिच भएको युद्धविराम सम्झौता नोभेम्बर २७ देखि लागु भएको । 
  • इजरायल र लेबनानको हिजबुल्लाहबिचको १३ महिनाको द्वन्द्व रोक्ने सम्झौता मुख्य रूपमा संयुक्त राष्ट्रसङ्घको १७०१ नम्बर प्रस्तावको कार्यान्वयनमा आधारित रहेको।
  • सम्झौताले लेबनानी सेना र संयुक्त राष्ट्रसङ्घका शान्ति सेना मात्र दक्षिणी क्षेत्रमा हुनुपर्ने र हिजबुल्लाहको नियन्त्रण रहेको यस क्षेत्रबाट इजरायली सेना पछि हट्नुपर्ने व्यवस्था गरेको । 
  • दक्षिण बेरुत उपनगरले नोभेम्बर २६ सम्म पनि तीव्र इजरायली हवाई आक्रमण सामना गरेको थियो । 
  • गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामाथिको इजरायली आक्रमणविरुद्ध हिजबुल्लाहले सुरु गरेको बमबारीको करिब एक वर्षपछि युद्धविराम भएको । 
  • इजरायलले पछिल्लो एक वर्ष लेबनानमा हिजबुल्लाहका गढलक्षित आक्रमण बढाई दक्षिणी सीमापारी सेना तैनाथ गरेको थियो । 

२. जुम्ला जिल्ला साक्षर जिल्ला घोषणा कहिले भएको हो ? 

➤ वि.सं २०८१ मङ्सिर १२

  • राष्ट्रिय साक्षरता मापदण्ड अनुसार जिल्लामा १५–६० वर्ष उमेर समूहका ९५ प्रतिशतमाथि साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधानबमोजिम सो जिल्लालाई साक्षर घोषित गरिएको । 
  • हाल जुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ७२ हजार ३१९ जनसङ्ख्यामध्ये ६९ हजार ४७७ अर्थात् ९६.०७ प्रतिशत जनसङ्ख्या साक्षर रहेका । 
  • साक्षर घोषित हुने जुम्ला ६६ औँ जिल्ला हो । 

३.  जिटुजी अवधारणा केसँग सम्बन्धित छ ?

➤ वैदशिक रोजगार

 

४. पश्चिम सेती जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? 

➤ ८०० मेगावाट

  • २०८१ मङ्सिर १३ मा सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले पश्चिम सेतीको उत्पादन क्षमता ७५० मेगावाटबाट बढाई ८०० मेगावाट कायम गर्ने निर्णय गरेको ।
  • पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको भारतीय कम्पनी एनएचपिसी लिमिटेडले क्षमता बढाउन र सर्वेक्षण अनुमतिपत्रको म्याद थपका लागि लगानी बोर्डसमक्ष अनुरोध गरेको थियो । सोही अनुसार पश्चिम सेतीको क्षमता विस्तारसँगै सर्वेक्षण अनुमतिपत्रको अवधि एक वर्ष थप भएको । 
  • २०७९ भदौ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा पश्चिम सेती र एसआर ६ जलविद्युत् आयोजनाको जिम्मा दिने गरी लगानी बोर्ड र एनएचपिसीबिच सम्झौता भएको थियो । लगत्तै २०७९ कात्तिकमा सर्वेक्षण अनुमतिपत्र जारी भएको थियो ।
  • लगानी बोर्ड नेपाल र एनएचपिसी लिमिटेडबिच २०७९ भदौ २ मा भएको समझदारीपत्र अनुसार व्यावसायिक उत्पादन सुरु भएपश्चात् २१.९ प्रतिशत बिजुली नेपालले प्राप्त गर्ने उल्लेख रहेको ।

५. सामाजिक सुरक्षा दिवस कहिले मनाइन्छ ? 

➤ मङ्सिर ११

  • २०८१ मङ्सिर ११ मा सातौँ सामाजिक सुरक्षा दिवस मनाइएको । 
  • विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको । 
  • सामाजिक सुरक्षा कोषमा हालसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रका करिब १८ लाख श्रमिक सूचीकृत भएका । 

 

६.  मधेश प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका कुन हो ?

➤ सुरुङ्गा

 

७.  नेपालमा पहिलो पटक पाइलटको सहायताबिना जहाज अवतरण कहिले गराइयो ?

➤ विसं २०६९ असोज १५

  • कतारको दोहाबाट काठमाडौँ आएको दुई सय यात्रु सवार कतार एयरवेजको जहाजलाई स्याटेलाइटमा आधारित नेभिगेसन प्रणाली (ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम) बाट सफल अवतरण गराइएको।

 

८.  सन् २०१५ मा दक्षिण एसियाका कुन–कुन राष्ट्रबिच बिबिआइएन मोटर भेइकल सम्झौता भएको थियो ?

➤ नेपाल, भारत, बङ्गलादेश र भुटान

 

९. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?

➤ वि.सं २०६९ माघ

 

१०.  एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?

➤ सन् १९८९

  • यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।
  • यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।

 

११.  प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?

➤ स्नातक तह

 

१२. नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी को हुन् ?

➤ जितबहादुर केसी

  • धावक जितबहादुर केसीले सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन फास्ट एन्ड ट्र्याक च्याम्पियनसिपमा नेपाललाई कास्यपदक दिलाएका थिए । सो पदक नेपालकै पहिलो अन्तर्राष्ट्रिय पदक थियो।

 

१३.  अष्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?

➤ थारू

 

१४.  द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ? 

➤ एकराजशमशेर र ब्रह्मशमशेर 

 

१५.  नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ? 

➤ विसं १९६१ माघ 

 

१६.  नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?

➤ सेन्सस गोश्वारा 

 

१७. सार्कको लोगो कुन देशका कलाकारले बनाएका हुन् ? 

➤ नेपाल (शैलेन्द्र महर्जन)

 

१८.  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?

➤ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली 

 

१९.  चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?

➤ सन् १९२९ 

  • (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलो पटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो । हालसम्म ‘बेनहुर’ र ‘टाइटानिक’ चलचित्रले सर्वाधिक ११/११ विधामा ओस्कार अवार्ड जित्न सफल भएका ।)

 

२०.  माइक्रो क्रेडिट र माइक्रोफाइनान्सका सफल प्रयोगकर्ता मानिने मोहम्मद युनुस कुन देशका नागरिक हुन् ?

➤ बङ्गलादेश

 

२१.  विमानमा जडित ब्ल्याक बक्सको रङ कस्तो हुन्छ ?

➤ सुन्तला रङ

 

२२. धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण कहिले गरिएको हो ? 

➤ वि.सं २०८१ मङ्सिर १०

  • प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी आठ फ्रेन्चाइजका मार्की खेलाडीद्वारा संयुक्त रूपमा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरिएको । 
  • ट्रफीको माथिल्लो भागमा जडित सगरमाथा आधार शिविर कालापत्थरबाट ल्याइएको ढुङ्गा विशेष आकर्षणका रूपमा रहेको । नेपालको प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्धनको सन्देश दिन ट्रफीमा कालापत्थरको ढुङ्गा राखिएको बताइएको ।
  • सगरमाथा आरोहीद्वय निमा शेर्पा र मिङमा शेर्पाद्वारा ट्रफीमा प्रयोग गरिएको ढुङ्गा ल्याइएको । 

२३.  स्वतन्त्र भारतका पहिलो गभर्नर को हुन् ?

➤ लर्ड माउन्टवेटन

 

२४. कालो अक्षरका लेखक को हुन् ? 

➤ कमलमणि दीक्षित

 

२५. पृथ्वी प्रज्ञा पुरस्कार पाउने प्रथम साहित्यकार को हुन् ? 

➤ बालकृष्ण सम

 

२६. हावामा सबैभन्दा बढी पाइने तत्व (ग्यास) कुन हो ? 

➤ नाइट्रोजन

 

२७.  सिंहदरबारलाई नेपाल सरकारको कार्यालयका रूपमा कहिलेदेखि प्रयोग गर्न थालिएको हो ?

➤ वि.सं २००७

  • (सिंहदरबार तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा विसं १९६० मा निर्माण गरेका । नवशास्त्रीय वास्तुकला (नियोक्लासिकल वास्तुकला) को नमुना मानिने सो दरबारमा स्टेट हल र ग्यालरी बैठक मुख्य आकर्षणका रूपमा रहेका । युरोपेली शैली–संरचनामा निर्मित यस भवनलाई त्यतिबेला एसियाकै सबैभन्दा ठुलो दरबार मानिन्थ्यो । राणा शासन अन्त्यपछि सो भवनलाई नेपाल सरकारको कार्यालयको रूपमा २००७ सालबाट प्रयोग गर्न थालिएको हो । २०३० मा आगलागी हुँदा यो भवनको केही भाग नष्ट भयो र केही पुनः निर्माण पनि गरियो ।)

 

२८.  भीमसेन स्तम्भ अर्थात् धरहराको पुरानो नाम के हो ?

➤ मिनार 

 

२९.  पूर्वको कञ्चनजङ्घादेखि पश्चिम धौलागिरी हिमालसम्मको दृश्यावलोकन गर्न सकिने पिके डाँडा अर्थात् लुकेको हीरा अवस्थित जिल्ला कुन हो ?

➤ सोलुखुम्बु

 

३०.  कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनी चिनिन्छ ?

➤ राइट लिभ्लिहुड पुरस्कार 

  • यो पुरस्कारको स्थापना सन् १९८० मा जर्मन–स्विडिस नागरिक ज्याकोव भन मुक्सकुलद्वारा भएको ।
  • वातावरण संरक्षण, दिगो विकास, मानव अधिकार, शान्ति शिक्षालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति/संस्थालाई यो पुरस्कार प्रदान गरिने । 
  • यो पुरस्कार सन् १९८० देखि प्रदान गर्न थालिएको ।

 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 84
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 39
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 98
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 101
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA