Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३ पुस २०८१, बुधबार)

  • Ajnabee Khadka
  • December 18, 2024
  • 517

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३ पुस २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३ पुस २०८१, बुधबार)

१. दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ‘मार्सल ल’ को घोषणा कहिले गरेका हुन् ?

➤ सन् २०२४ डिसेम्बर ३

  • ‘मार्सल ल’ घोषणा भएको दुई घण्टा नबित्दै बहुमत सांसदद्वारा उनको आदेशविरुद्ध मतदान भएपश्चात् उनको सो कदम असफल बनेको । अन्ततः राष्ट्रपतिले मार्सल ल फिर्ता लिएको घोषणा गरेका । 
  • राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस भएको थियो । सत्तारूढ दलका सांसदको बहिष्कारपश्चात् डिसेम्बर ७ मा राष्ट्रपति माथिको महाभियोग प्रस्ताव विफल भएको थियो। 

२. १२ औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जित्न सफल चलचित्र कुन हो ?

➤ रेमन्यान्ट्स 

  • नेपाली पानारोमा अवार्ड : रेमन्यान्ट्स
  • उत्कृष्ट महिला चलचित्रकर्मीको अवार्ड : सुविना श्रेष्ठ (देवी वृत्तचित्रकी निर्देशक)
  • उत्कृष्ट सर्ट फिक्सन अवार्ड : दी फस्र्ट फिल्म
  • उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड : ह्वेर वी युज्ड टु स्लिप वाई
  • उत्कृष्ट फिचर फिक्सन अवार्ड : अल वी इम्याजिन एज लाइट 
  • ‘सामाजिक न्याय’ नारासहित २०८१ मङ्सिर २४ देखि २७ सम्म चलेको महोत्सवमा नेपालसहित विभिन्न २३ देशका ५३ चलचित्र प्रदर्शन गरिएको । 

३.  २०८०/८१ को पहिचान पुरस्कार विजेता स्रष्टा को हुन् ?

➤ राजु स्याङ्तान (कवितासङ्ग्रह : ओ पेङदोर्जे)

  • पुरस्कार राशि चार लाख दुई हजार दुई रुपियाँ रहेको । 
  • सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले यस महोत्सवको आयोजना गर्दै आएको ।

४. अमेरिकामा जातीय विभेदविरुद्ध १९५०/६० को दशकमा सञ्चालित अभियानलाई के भनी चिनिन्छ ? 

➤ सिभिल राइट्स मुभमेन्ट

  • अमेरिकामा गोरा जाति र काला जातिबिच विभेद रहेको, गोरा जातिको तुलनामा काला जातिले मौलिक अधिकार कम पाएको साथै गोरा र कालाबिच आर्थिक असमानता बढ्दै गएको भनी यसको अन्त्य गर्नका लागि सन् १९५४–१९६८ को अवधिमा सञ्चालित अभियान ।
  • यस अभियानका प्रमुख अभियन्ता मार्टिन लुथर किङ जुनियर, रोजा पाक्र्स, मालकोम एक्स, क्यासियल क्ले (मोहम्मद अली) आदि रहेका । 
  • यस आन्दोलनका क्रममा मार्टिन लुथर किङ जुनियर र माल्कम एक्सको हत्या भएको । 
  • क्यासियल क्लेले जातीय विभेदप्रति विरोध जनाउँदै क्रिश्चियन धर्म त्यागेर इस्लाम धर्मबाट दीक्षित भई आफूलाई मोहम्मद अलीका रूपमा चिनाएका । 

५. सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने (विसं २०१३ मा) स्रष्टा को को हुनुहुन्छ ? 

➤ सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी

 

६.  जङ्गबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?

➤ श्री ५ सुरेन्द्र (विसं १९०५ मा) 

 

७.  पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?

➤ बुचो 

 

८.  नेपालकै पहिलो सहकारी गाउँका रूपमा घोषित गाउँ कुन हो ?

➤ चुहानडाँडा, तेह्रथुम

 

९.  इन्च्योन रणनीति (२०१३–२०२२) केसँग सम्बन्धित छ ?

➤ अपाङ्गता भएका व्यक्तिहरूको अधिकार 

 

१०.  जन्ती एवं बटुवाको स्वागतका लागि बिच बाटोमा सेतो कपडामा लोटा वा घैलामा पानी राखी त्यो सँगै सिन्दूर, दुबो एवं पैसा राख्ने कार्यलाई के भनिन्छ ?

➤ चात्रो 

  • एक गाउँबाट अर्को गाउँमा जाने जन्ती तथा बाटोमा हिँड्ने बिटुवाको साइत राम्रो होस् भनी चात्रो राख्ने गरिएको हो ।
  • चात्रोमा राखेको सिन्दूरलाई बटुवाले आफैँ लगाउने र केही दक्षिणा त्यो चात्रोमा राख्ने चलन रहेको छ ।

 

११.  सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ ?

➤ मकवानपुर

 

१२.  नेपालकै पहिलो मानव अधिकारमैत्री गाउँका रूपमा घोषित गाउँ कुन हो ?

➤ राँचुली गाउँ, कालीकोट

 

१३.  सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो ?

➤ तिलोत्तमा नगरपालिका (रुपन्देही)

 

१४.  अनुपम कारिगरीको नमुना शाश्वतधाम कहाँ पर्छ ?

➤ नवलपुर (नवलपरासी बर्दघाट–सुस्ता पूर्व)

 

१५.  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टद्वारा निर्माण गरिएको पहिलो ह्युमोनोइड एआई रोबोट कुन हो ?

➤ यान्त्रिका रोबोट

 

१६.  निजामती सेवामा रहेको आरक्षणसम्बन्धी व्यवस्था कति वर्षमा पुनरवलोकन गर्नुपर्ने प्रावधान रहेको छ ?

➤ प्रत्येक १० वर्षमा 

(नेपालको निजामती सेवामा आरक्षणको व्यवस्था निजामती सेवा नियमावलीमा दोस्रो संशोधन गरी विसं २०६४ देखि प्रारम्भ गरिएको हो ।)

 

१७.  ‘रोमको एउटा फूल’ र ‘पेरिसको एउटा काँडा’ का लेखक को हुन् ?

➤ लैनसिंह बाङ्देल

 

१८.  ‘जैविक विविधता शैक्षिक उद्यान’ को स्थापना कहाँ गरिएको छ ?

➤ ललितपुर 

 

१९. गुरिल्ला अफ टाइम भनी केलाई बुझिन्छ ? 

➤ फिडेल क्यास्ट्रोको जीवनीमा आधारित पुस्तक

 

२०.  ‘इतिहासबिना राजनीतिको कुनै जरा हुँदैन र राजनीतिबिना इतिहासको कुनै फल हुँदैन’ भन्ने विद्वान् को हुन् ?

➤ सीले

 

२१.  निजामती सूचना केन्द्र निर्माणका लागि चयन गरिएको स्थान कहाँ हो ? 

➤ निजामती किताबखाना (काठमाडौँ)

  • सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर डिजिटलाइजेसन गर्दै निजामती किताबखानालाई निजामती सूचना केन्द्रका रूपमा निर्माण गर्न लागिएको ।
  • सूचना केन्द्र निर्माण भएपछि कर्मचारीको विगतदेखि हालसम्म सबै विवरण सहज र सर्वसुलभ रूपमा प्राप्त गर्न सकिने ।
  • अहिले कर्मचारीको नियुक्तिपत्र,नागरिकता, शैक्षिक योग्यता, सरुवा, बढुवा, बिदा, जोडिएको सेवा अवधि, कर्मचारीले पाएको पुरस्कार र विभागीय कारबाहीलगायत (नियुक्तिदेखि अवकाशसम्मको अभिलेखीकरण) का दस्ताबेजलाई डिजिटलाइजेसन कार्य भइरहेको । सबै कर्मचारीको व्यक्तिगत विवरणको अभिलेख डिजिटलाइजेसन भएपछि कर्मचारीको विस्तृत विवरण कम्प्युटरमा निश्चित कोर्ड नम्बर हानेपछि प्राप्त गर्न सकिने ।
  • विसं १९०५ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरको पालामा निजामती, प्रहरी, जङ्गी र मिलिसियाका कर्मचारीको लगत राख्ने मुख्य कार्यका लागि मुलुकी किताबखानाको नाममा किताबखाना कार्यालय स्थापना गरिएको थियो ।

 

२२.   निजामती कर्मचारीहरूले एकै प्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?

➤ विसं २०६८ साउन १ 

 

२३.  ‘डिप स्टिक टेस्ट’ कुन अङ्गमा लाग्ने रोग सँग सम्बन्धित छ ?

➤ मिर्गाैला

 

२४.  प्रशासकीय अदालत ऐन, २०७६ अनुसार सर्वोच्च अदालत वा प्रशासकीय अदालतमा परेको पुनरावेदनको टुङ्गो नलाग्दै पुनरावेदन दिने व्यक्ति सेवावाट अवकाश भएमा वा निजको मृत्यु भएमा सो पुनरावेदन सम्बन्धमा के व्यवस्था रहेको छ ?

➤ पुनरावेदन खारेज नहुने (अन्तिम किनारा गर्नुपर्ने)

 

२५.  नागरिक लगानी कोषद्वारा सञ्चालनमा ल्याइएको नागरिक पेन्सन योजना अनुसार पेन्सन पाउनका लागि बचतकर्ताले सामान्यतया कति वर्षसम्म रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ?

➤ १५ वर्ष

 

२६.  संयुक्त राष्ट्रसङ्घको महासभाका पहिलो अध्यक्ष को हुन् ?

➤ बेल्जियमका पाउल हेनरी स्पार्क 

(युएनओ महासभाको पहिलो महिला अध्यक्ष भारतकी विजयालक्ष्मी पण्डित हुन् ।) 

 

२७. नेपालमा ज्येष्ठ नागरिक दिवस कहिलेदेखि मनाउन सुरु गरिएको हो ?

➤ वि.सं. २०६२

 

२८.  वायो भिलेज नमुना कार्यक्रम सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो ?

➤ तनहुँ

 

२९.  नेपाललाई पहिलोपल्ट कुन संविधानले हिन्दु राज्यका रूपमा घोषणा गरेको थियो ?

➤ नेपालको संविधान, २०१९

 

३०.  प्रशासन क्षेत्रको अध्ययन र अनुसन्धान गरी सरकारलाई सल्लाह सुझाव दिने प्रयोजनका लागि सरकारले कुन कार्य अघि बढाउने निर्णय (२०७८ माघ) गरेको  छ ?

➤ प्रशासनविज्ञको नाम सूचीकृत गर्ने

  • यसमा सार्वजनिक निकायबाट सहसचिवस्तरको सेवाबाट अवकाश भएका व्यक्तिले नाम सूचीकृत गराउन सक्ने ।
  • त्यस्तै, विश्वविद्यालयका जनप्रशासन, नीति व्यवस्थापन विषयमा स्नातकोत्तर वा सोभन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरी सार्वजनिक प्रशासनका क्षेत्रमा कार्य गर्ने सङ्घ संस्थामा अनुसन्धानकर्ताका रूपमा न्यूनतम सात वर्ष काम गरी प्रशासनसम्बन्धी पुस्तक प्रकाशन तथा अनुसन्धानमूलक लेख प्रकाशन गरेका व्यक्तिलाई प्रशासन विज्ञको रूपमा लिन सकिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको ।

 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 84
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 39
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 98
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 101
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA