Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Ajnabee Khadka
  • September 11, 2026
  • 251

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24

१. निम्नमध्ये कुनले वायुमण्डलीय नाइट्रोजन स्थिरीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैन?

  • A) राइजोबियम

  • B) फस्फेट सलुवलाइजर ✓

  • C) एजोला

  • D) एजोटोब्याक्टर

२. नेपालको संविधानको कुन धारामा खाद्यसम्बन्धी मौलिक हकको व्यवस्था गरिएको छ?

  • A) १६

  • B) २६

  • C) ३६ ✓

  • D) ४६

३. तलका मध्ये कुन क्षेत्र/बालीले हरितगृह ग्यास (Green House Gas) सबैभन्दा बढी उत्सर्जन (emission) गर्छ?

  • A) पशुपालन

  • B) धान खेती ✓

  • C) फलफूल खेती

  • D) तरकारी खेती

४. जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण गर्ने निम्नमध्ये सबैभन्दा उपयुक्त कृषि प्रविधि कुन हो?

  • A) जलवायु-स्मार्ट कृषि प्रविधिको अवलम्बन ✓

  • B) रासायनिक मलको मात्रा नियन्त्रित रूपमा बढाउने

  • C) बाली चक्र निरन्तर बढाउँदै जाने

  • D) खेतीयोग्य जमिनलाई एक वर्ष बाँझो छोड्ने

५. नेपालको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा कुन उपक्षेत्रको योगदान धेरै छ?

  • A) बागवानी

  • B) खाद्यान्न बाली ✓

  • C) वन

  • D) पशुपन्छी

६. नेपाल सरकारले हालसम्म तलका मध्ये कुन बालीको न्यूनतम समर्थन मूल्य तोकेको छैन?

  • A) वर्षे धान

  • B) चैते धान

  • C) गहुँ

  • D) मकै ✓

७. नेपालमा उत्पादनको दृष्टिले धान पछि सबैभन्दा बढी उत्पादन हुने बाली कुन हो?

  • A) मकै ✓

  • B) आलु

  • C) गहुँ

  • D) उखु

८. कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (Agriculture Gross Domestic Product) मा धानबालीको योगदान कति प्रतिशत रहेको छ?

  • A) ७

  • B) १०

  • C) १३ ✓

  • D) १५

९. "एक गाउँ एक उत्पादन" कुन संस्थासँग गरिएको साझेदारी (partnership) कार्यक्रम हो?

  • A) सहकारी विकास बोर्ड

  • B) कृषि सामग्री कम्पनी लिमिटेड

  • C) दुग्ध विकास बोर्ड

  • D) नेपाल उद्योग वाणिज्य महासंघ ✓

१०. Jab Planter के सँग सम्बन्धित छ?

  • A) आलुको ड्याङ पार्ने मेसिन

  • B) मकै रोप्ने मेसिन ✓

  • C) उखुको ड्याङ पार्ने मेसिन

  • D) शून्य खनजोतबाट गहुँ छर्ने मेसिन

११. नेपालसँग प्रत्यक्ष सम्बन्ध नभएको दिगो विकासको लक्ष्य (Sustainable Development Goal) कुन हो?

  • A) जल मुनिको जीवन ✓

  • B) जलवायु कार्य

  • C) किफायती र स्वच्छ ऊर्जा

  • D) जमिन माथिको जीवन

१२. बाली विकासको प्रमुख कार्य कुन हो?

  • A) श्रम र पूँजीको उत्पादन बढाउने

  • B) उच्च उत्पादन, गुणस्तर र प्रतिकूल वातावरण सहन सक्ने जात विकास गर्ने ✓

  • C) जमिन बाँझो नराख्ने

  • D) रासायनिक मलको प्रयोगको मात्रा बढाउने

१३. तलका मध्ये कुन मसिनो (Fine) प्रकृतिको धानको जात हो?

  • A) सावित्री

  • B) हर्दिनाथ ३ ✓

  • C) हर्दिनाथ ६

  • D) राधा-४

१४. नेपालमा विकास तथा सिफारिस गरिएका मकैका जातमध्ये अरूण-२ जातको मकैको दानाको रङ कस्तो हुन्छ?

  • A) सेतो

  • B) कालो

  • C) खैरो

  • D) पहेँलो ✓

१५. कुन अवस्थाले बाली सघनता बढाउन सबैभन्दा बढी सहयोग पुर्याउँछ?

  • A) सिँचाइ सुविधा विस्तार, उन्नत जातको प्रयोग र बहुबाली प्रणाली अपनाउनु ✓

  • B) खेतीयोग्य जमिनमा वर्षमा २ बाली लगाउनु

  • C) वर्षमा एउटै मात्र बाली लगाउनु

  • D) उत्पादन बढ्ने बालीचक्र अपनाउनु

१६. मकैको वर्णशंकर बीउ उत्पादनका लागि नेपालमा प्रचलनमा रहेको भाले र पोथीको अनुपात कति हो?

  • A) १:४

  • B) १:८

  • C) १:१० ✓

  • D) १:१२

१७. तलका मध्ये कुन कृषि विकास रणनीति (Agriculture Development Strategy) को सूचक होइन?

  • A) खाद्य तथा पोषण सुरक्षा

  • B) कृषि ऋण र बीमा ✓

  • C) जीविकोपार्जन

  • D) समावेशिता

१८. नेपालको आन्तरिक बजारलाई दृष्टिगत गर्दा प्रांगारिक कृषि उत्पादनका अवधारणाहरूमध्ये तलको कुन सबैभन्दा बढी उपयुक्त हुन्छ?

  • A) आन्तरिक नियन्त्रण प्रणाली (Internal Control System)

  • B) प्रांगारिक प्रमाणीकरण (Organic Certification)

  • C) सहभागितामूलक ग्यारेन्टी प्रणाली (Participatory Guarantee System) ✓

  • D) आन्तरिक प्रमाणीकरण प्रणाली (Internal Certification System)

१९. बीउ बिजनको दीर्घकालीन सोच (२०१३-२०२५) ले विभिन्न बालीहरूको कतिवटा हाइब्रिड जातहरूको विकास गर्ने लक्ष्य राखेको छ?

  • A) ४०

  • B) ६० ✓

  • C) ७०

  • D) ८०

२०. घसुवा बाली पद्धतिलाई संकेत गर्दा कुन चिन्हले जनाउने गरिन्छ?

  • A) +

  • B) / ✓

  • C) =

  • D) $

२१. तलका मध्ये कुन बजारीकरणको सिद्धान्त The Four Ps of Marketing अन्तर्गत पर्दैन?

  • A) Product

  • B) Productivity ✓

  • C) Price

  • D) Promotion

२२. कुनै बालीमा ९२ के.जी. नाइट्रोजन आवश्यक परेको छ भने कति परिमाणमा युरिया प्रयोग गर्नुपर्दछ?

  • A) १२५ के.जी.

  • B) १५३.३ के.जी.

  • C) १९६ के.जी.

  • D) २०० के.जी. ✓

२३. Cyanobacteria are also known as ..... algae.

  • A) Green

  • B) Red

  • C) Brown

  • D) Blue-green ✓

२४. Azotobacter is a ..... nitrogen fixer.

  • A) symbiotic

  • B) parasitic

  • C) non-symbiotic ✓

  • D) pathogenic

२५. Soil order having largest area in Nepal is .....

  • A) Alfisol

  • B) Vertisol

  • C) Mollisol

  • D) Entisol ✓

२६. Which of the following does not fall under agricultural economics discipline?

  • A) Farm management

  • B) Production economics

  • C) Environmental management ✓

  • D) Agricultural marketing

२७. The efficiency of urea can be increased by using .....

  • A) Neem cake ✓

  • B) Deep ploughing

  • C) Flooding

  • D) Early harvesting

२८. Complementary वस्तुको उदाहरण कुन हो?

  • A) चिया र कफी

  • B) कलम र कागज ✓

  • C) चामल र गहुँ

  • D) सुन र चाँदी

२९. खाद्य सुरक्षाका मुख्य स्तम्भहरू (Pillars) कतिवटा हुन्छन्?

  • A) २

  • B) ३

  • C) ४ ✓

  • D) ५

३०. माटोको नमुना कति गहिराइबाट लिनु उपयुक्त हुन्छ?

  • A) ५ सेमी

  • B) १० सेमी

  • C) १५-२० सेमी ✓

  • D) ५०-६० सेमी

३१. Hans Jenny द्वारा प्रतिपादित माटो निर्माणको समीकरण, $S = f(P, Cl, O, R, T)$ मा "O" ले के जनाउँछ?

  • A) Organic matter

  • B) Organisms ✓

  • C) Oxygen

  • D) Soil horizon

३२. तलका मध्ये कुन अवस्थामा माटो निर्माणको प्रक्रिया तीव्र हुन्छ?

  • A) न्यानो तथा आर्द्र जलवायु भएको क्षेत्र ✓

  • B) चिसो तथा सुक्खा जलवायु भएको क्षेत्र

  • C) मरूभूमीय जलवायु भएको क्षेत्र

  • D) हिमाली तथा अत्यधिक चिसो क्षेत्र

३३. अनुसन्धानकर्ताले आफ्नो अध्ययनको उद्देश्य पूरा गर्न सर्वेक्षण (Survey) मार्फत प्रत्यक्षरूपमा संकलन गरेको तथ्यांकलाई के भनिन्छ?

  • A) प्राथमिक तथ्यांक ✓

  • B) सहायक तथ्यांक

  • C) प्रकाशित तथ्यांक

  • D) अप्रकाशित तथ्यांक

३४. उत्पादन लागत निकाल्दा तलका मध्ये कुन हेरिँदैन?

  • A) ह्रासकट्टी

  • B) जग्गाको भाडा

  • C) घरमुलीको रोजगारीको अवस्था ✓

  • D) उत्पादन गर्दा लागेको श्रम

३५. नेपालमा सबैभन्दा बढी कुन कृषि सहकारी तुलनात्मक रूपले सफल देखिन्छ?

  • A) चिया

  • B) कफी

  • C) तरकारी/फलफूल

  • D) दुग्ध ✓

३६. माटो परीक्षण किट बक्सबाट सामान्यतया कुन कुन तत्त्वको परीक्षण गर्न सकिन्छ?

  • A) नाइट्रोजन, फस्फोरस, पोटास र pH ✓

  • B) क्याल्सियम, म्याग्नेसियम र सल्फर

  • C) कार्बन र अक्सिजन

  • D) माटोको बनोट मात्र

३७. बिरुवाको नयाँ पातमा शिराहरू हरियो रहने तर बीचको भाग पहेँलो हुने (Interveinal Chlorosis) लक्षण प्रायः कुन सूक्ष्म पोषक तत्त्वको कमीका कारण देखिन्छ?

  • A) तामा (Cu)

  • B) क्लोरिन (Cl)

  • C) मोलिब्डेनम (Mo)

  • D) फलाम (Fe) ✓

३८. यदि कुनै अंकहरूको श्रृंखलामा ८, १०, १०, १२, १५ छन् भने यसको बहुलक (Mode) कुन हो?

  • A) ८

  • B) १० ✓

  • C) १२

  • D) १५

३९. फार्म गेट मूल्य (Farm Gate Price) भन्नाले के बुझिन्छ?

  • A) उपभोक्ताले खुद्रा पसलमा तिर्ने मूल्य

  • B) कृषकले आफ्नो उत्पादनस्थल वा खेतमै बिक्री गर्दा प्राप्त गर्ने मूल्य ✓

  • C) थोक विक्रेताले खुद्रा विक्रेतालाई बिक्री गर्ने मूल्य

  • D) सरकारले निर्धारण गरेको अधिकतम मूल्य

४०. गहुँ बालीलाई सिँचाइको लागि सबैभन्दा महत्वपूर्ण समय कुन हो?

  • A) गाँज हाल्ने समय

  • B) पोटाउने समय

  • C) Crown Root Initiation Stage ✓

  • D) Milking Stage

४१. राष्ट्रिय कृषि नीति, २०६३ नेपाल सरकार मन्त्रिपरिषद्बाट कहिले स्वीकृत गरिएको हो?

  • A) विसं २०६३/३/२४ ✓

  • B) विसं २०६३/३/१०

  • C) विसं २०८३/२/२१

  • D) विसं २०८३/२/१३

४२. तलका मध्ये कुन कृषि मल होइन?

  • A) प्रांगारिक

  • B) रासायनिक

  • C) जीवाणु

  • D) कीटनाशक ✓

४३. राष्ट्रिय बीउ बिजन नीति, २०५६ का ४ वटा उद्देश्यहरूमा तलको कुन पर्दैन?

  • A) गुणस्तरीय र परिणामात्मक बीउ बिजन सुव्यवस्थित रूपले उपलब्ध गराउने

  • B) बीउको विकास र उत्पादन बढाउन सरकार र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने

  • C) गुणस्तरीय बीउ उत्पादन गरी निर्यात प्रवर्धन गर्ने ✓

  • D) विद्यमान अन्तर्राष्ट्रिय विश्व व्यापारलाई दृष्टिगत गरी बीउ व्यवसायलाई प्रभावकारी बनाउने

४४. जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ मा व्यवस्था गरिएको जीवनाशक विषादी व्यवस्थापन समितिमा मनोनित हुने सदस्यको मनोनयन कति वर्षका लागि गरिन्छ?

  • A) २

  • B) ३ ✓

  • C) ४

  • D) ५

४५. तलका मध्ये कुन बुँदा सार्वजनिक खरिद ऐनको मूल उद्देश्यसँग बढी सम्बन्धित छ?

  • A) प्रतिस्पर्धीलाई सीमित गर्नु

  • B) खरिद प्रक्रियालाई छिटो बनाउनु

  • C) सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्नु ✓

  • D) व्यवसायीसँग सम्बन्ध विकास गर्नु

४६. विषादीको दर्ता प्रक्रियामा दिइएका मध्ये बढी आकर्षित हुने कानून कुन हो?

  • A) स्थानीय कानून

  • B) नेपालको प्रचलित कम्पनी ऐन

  • C) नेपालको कृषि नीति

  • D) जीवनाशक विषादी नियमावली ✓

४७. कृषि सामग्री कम्पनी लिमिटेडको वार्षिक बजेट कसले स्वीकृत गर्दछ?

  • A) सञ्चालक समिति ✓

  • B) प्रबन्ध निर्देशक

  • C) अर्थ मन्त्रालय

  • D) कृषि, वन तथा पर्यावरण मन्त्रालय

४८. कम्पनीको कर्मचारी प्रशासन विनियमावली, २०८० बमोजिम कम्पनीको काममा प्रशंसनीय योगदान पुर्याएमा वा तोकिएको जिम्मेवारी परिश्रमका साथ पूरा गरेको छ भन्ने लागेमा प्रबन्ध सञ्चालकले कुनै कर्मचारीलाई पुरस्कार दिन सक्नेछन्।

  • A) ५ ग्रेडसम्म वा बढीमा रू २५ हजारसम्म

  • B) ३ ग्रेडसम्म वा बढीमा रू ५० हजारसम्म

  • C) १ महिनाको तलब बराबरको रकमसम्म वा ५ ग्रेडसम्म ✓

  • D) १ महिनाको खाइपाइ आएको तलब बराबरको रकम

४९. राष्ट्रिय कृषि नीति, २०६१ का उद्देश्यहरूमा तलको कुन पर्दैन?

  • A) कृषि उत्पादन एवम् उत्पादकत्व बढाउने

  • B) प्राकृतिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण, सम्बर्द्धन र सदुपयोग गर्ने

  • C) निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्ने

  • D) व्यावसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरूको विकास गर्ने ✓

५०. भाडामा दिइने गोदाम वा सम्पत्तिको बीमासम्बन्धी व्यवस्था कसरी गरिएको हुन्छ?

  • A) कम्पनीले सबै सामानको बीमा गरिदिन्छ

  • B) बहालमा लिने पक्षले सामानको बीमा आफैँ गर्नुपर्दछ ✓

  • C) बीमा गर्न पाइँदैन

  • D) बैंकले बीमा गर्दछ

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

Lumbini Province, Education Officer, Seventh Level, 2083/06/06
Past Questions

लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६

  • Sep 22, 2026
  • 31
History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 81
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 118
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 249
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA