Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

CTEVT कार्यालय सहायक/सहलेखापाल परीक्षा - २०८३/०३/१३

  • Ajnabee Khadka
  • July 04, 2026
  • 369

CTEVT कार्यालय सहायक/सहलेखापाल परीक्षा - २०८३/०३/१३

CTEVT Office Assistant/Assistant Accountant Exam - 2083/03/13

विषय: सामान्य ज्ञान र सामाजिक अध्ययन

१. नेपालको पहिलो वैज्ञानिक कसलाई मानिन्छ ?

A) महावीर पुन

B) गेहेन्द्र शमशेर

C) डा निरञ्जन कोइराला

D) भीम शमशेर

२. वि.सं. २०८३ वैशाख शुक्ल पूर्णिमामा कति औँ बुद्धजयन्ती मनाइयो ?

A) २५६७

B) २५६८

C) २५६९

D) २५७०

३. वालेन्द्र शाहको प्रधानमन्त्री पदको सपथग्रहण कार्यक्रम कहिले भएको हो ?

A) विसं २०८२ चैत १२

B) वि.सं. २०८२ चैत १३

C) विसं २०८२ चैत २१

D) विसं २०८२ चैत २९

४. वि.सं. २०८३ वैशाखामा जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन नेपालको कुन जिल्लामा सम्पन्न भयो ?

A) जुम्ला

B) गुल्मी

C) गोरखा

D) खोटाङ

५. जेन-जी (Gen-Z) पुस्ता भन्नाले कुन उमेर समूहलाई जनाउँछ ?

A) सन् १९९६ देखि सन् २०१० सम्म जन्मेका व्यक्ति

B) सन् १९९७ देखि सन् २०११ सम्म जन्मेका व्यक्ति

C) सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेका व्यक्ति

D) सन् १९९८ देखि सन् २०११ सम्म जन्मेका व्यक्ति

६. वि.सं. २०३० असार २५ गते सिंहदरबारमा आगलागी हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

A) सूर्यबहादुर थापा

B) कीर्तिनिधि विष्ट

C) लोकेन्द्रबहादुर चन्द

D) डा. तुलसी गिरी

७. भ्रष्टाचार अनुभूति सूचकांक - २०२५ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

A) ९९

B) १०७

C) १०९

D) १४७

८. सन् २०२५ को G-20 शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?

A) ब्राजिल

B) दक्षिण अफ्रिका

C) संयुक्त राज्य अमेरिका

D) भारत

९. विश्वविख्यात दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?

A) बेल्जियम

B) युक्रेन

C) संयुक्त राज्य अमेरिका

D) ग्रीस

१०. प्रतिनिधि सभाको वर्तमान उपसभामुख को हुन ?

A) सोविता गौतम

B) रूबी कुमारी

C) वासना थापा

D) डोल प्रसाद अर्याल

११. The Descent of Man कृतिका लेखक को हुन ?

A) लेमार्क

B) ग्रेगर मेन्डल

C) चार्ल्स डार्विन

D) फ्रान्सिस क्रिक

१२. अरुणा शाही कुन खेलसँग सम्बन्धित छन ?

A) क्रिकेट

B) फुटबल

C) पौडी

D) भलिबल

१३. नेपाली भाषाको पहिलो पाठ्यपुस्तकको रूपमा रहेको अक्षराङ्क शिक्षा कसले लेखेका हुन्?

A) जयपृथ्वीबहादुर सिंह

B) मोतीराम भट्ट

C) भानुभक्त आचार्य

D) लेखनाथ पौड्याल

१४. महाभारत पर्वतको सबैभन्दा अग्लो भाग कुन हो ?

A) शैलुङ्ग

B) ट्याम्के

C) शिवपुरी

D) स्वर्गद्वारी

१५. तल दिइएका हिमशृङ्खला र हिमालबिच जोडा मिलाइ कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।

हिमशृङ्खला हिमाल
क) कञ्चनजंघा १) मकालु
ख) महालंगुर २) गौरीशकर
ग) रोल्वालि ३) अपि
घ) गुराँस ४) कुम्भकर्ण

A) क-२ ख-३, ग-१, घ-४

B) क-४, ख-१, ग-२, घ-३

C) क-४, ख-२ ग-३, घ-१

D) क-३ ख-४ ग-२, घ-१

१६. भित्री मधेशमा पर्ने जिल्ला तलका मध्ये कुन हो ?

A) कपिलवस्तु

B) सुनसरी

C) रूपन्देही

D) उदयपुर

१७. नेपालको करिब २१०० मिटरदेखि ३३०० मिटरसम्मको उचाइमा पाइने वनलाई के भनिन्छ?

A) मौसमी (समशीतोष्ण) पतझर

B) उपोष्ण सदाबहार

C) कोणधारी

D) लेकाली

१८. फोक्सुण्डो तालको सम्बन्धमा तलका तथ्यहरूको उपयुक्त विकल्प छान्नुहोस् ।

क) "Y" आकारको देखिने यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र पर्छ ।

ख) यो ताल नेपालको सबैभन्दा ठूलो ताल हो ।

A) क मात्र ठिक

B) ख मात्र ठिक

C) क र ख दुबै ठिक

D) क र ख दुबै बेठिक

१९. चाँगुनारायण मन्दिर कसको पालामा बनेको हो ?

A) अंशुवर्मा

B) नरेन्द्रदेव

C) मानदेव

D) जयदेव

२०. अन्तिम किराँती राजा कसलाई मानिन्छ ?

A) जितेदास्ती

B) गस्ती

C) हुमती

D) स्थुको

२१. तीनजना राजाको शासनकालमा प्रधानमन्त्री रहने देहायका मध्ये को हुन ?

A) सूर्यबहादुर थापा

B) जंगबहादुर राणा

C) भीमसेन थापा

D) फत्तेजंग चौतरिया

२२. वैष्णवी स्वरूपा नामले समेत चिनिने नेपालको नदी कुन हो ?

A) मादी

B) कोशी

C) कालीगण्डकी

D) सेतीगण्डकी 

२३. चार वेदमा तलका मध्ये कुन पर्दैन ?

A) ऋग्वेद

B) यजुर्वेद

C) सामवेद

D) आयुर्वेद

२६. नेपालमा दास प्रथाको अन्त्य कहिले भएको थियो ?

A) विसं १९७७

B) विस १९८१

C) विसं १९८७

D) विसं १९८९

२७. जिरेल जातिको मुख्य बासस्थान कहाँ पर्दछ ?

A) सिन्धुपाल्चोक

B) रामेछाप

C) सिन्धुली

D) दोलखा

२४. विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा देहायका मध्ये कुन हो ?

A) खोकना वस्ती

B) पनौती

C) नुवाकोट दरबार

D) चाँगुनारायण मन्दिर

२५. नेपालको कुन जातिलाई उराव नामले समेत चिनिन्छ ?

A) धिमाल

B) झाँगड

C) तामाङ

D) चेपाङ

२८. तिहारमा लगाइने भाइटीका कुन तिथिमा पर्दछ?

A) कार्तिक शुक्ल एकादशी

B) कार्तिक शुक्ल द्वितीया

C) मंसिर शुक्ल पञ्चमी

D) मंसिर कृष्ण चतुर्दशी

२९. आ.व. २०८२/८३ को पुस मसान्तसम्म देहायमध्ये नेपालले धेरै निकासी गरेको वस्तु कुन हो ?

A) अलैंची

B) सेन्थेटिक यार्न

C) ऊनी गलैंचा कार्पेट

D) सूर्यमुखीको प्रशोधित तेल

३०. नागढुंगा सुरुङमार्ग निर्माणमा कसको सहयोग रहेको छ?

A) चीन

B) भारत

C) जापान

D) युरोपियन युनियन

३१. सोह्रौ योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुऱ्याउने लक्ष्य राखिएको छ?

A) २२५०

B) २२५१

C) २३५०

D) २३७१

३२. तल दिइएका समूह (अ) र समूह (आ) बिच जोडा मिलाइ कोडबाट सही विकल्प छनौट गर्नुहोस् ।

समूह (अ) समूह (आ)
क) नेवार १) जनै
ख) बाहुन २) सराय
ग) मगर ३) इही
घ) थारू ४) बरघर

A) क-३, ख-१, ग-२, घ-४

B) क-१, ख-३, ग-२, घ-४

C) क-२ ख-१, ग-४, घ-३

D) क - २ ख १ ग-३, घ-४

३३. सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको औसत बसाइ अवधि कति दिन रहेको थियो ?

A) ११.०

B) १३.३०

C) १५.०

D) १६.३४

३४. 'Father of Observational Physics' भनेर चिनिने वैज्ञानिक को हुन ?

A) ग्यालिलियो ग्यालिली

B) अल्बर्ट आइन्स्टाइन

C) आइज्याक न्युटन

D) आर्किमिडिज

३५. सूचना प्रविधिको क्षेत्रमा CDMA को पूर्णरूप के हो ?

A) Code Division Multiple Access

B) Code Division Machine Access

C) Computer Device Machine Access

D) Computer Device Machine Accessories

३६. Ecological Pyramid शब्द पहिलोपटक प्रयोग गर्ने व्यक्ति को हुन ?

A) Carl Troll

B) Charles Elton

C) A.G. Tansley

D) E.O. Wilson

३७. हावाको गति नाप्ने उपकरणलाई के भनिन्छ ?

A) Altimeter

B) Barometer

C) Aerometer

D) Anemometer

३८. सूचना प्रविधिको क्षेत्रमा GUI को पूरारूप के हो ?

A) Graphic User Internet

B) Geographical User Interface

C) Group User Interface

D) Graphical User Interface

३९. देहायका मध्ये कुन जीव नेपालमा संरक्षित छैन ?

A) अजिंगर

B) घडियाल गोही

C) सुनगोहोरो

D) मृग

४०. अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस कहिले मनाइन्छ ?

A) अप्रिल २२

B) जुन ५

C) सेप्टेम्बर १६

D) डिसेम्बर १०

४१. वनस्पतिको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?

A) Biology

B) Botany

C) Zoology

D) Physics

४२. जैविक विविधता अन्तर्गत देहायको कुन प्रणाली पर्दछ ?

A) वंशानुगत

B) प्रजातीय

C) पारिस्थितिक

D) माथिका सबै

४३. विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको हिस्सा कति प्रतिशत रहेको छ ?

A) करिब ०.१

B) करिब ०.५

C) करिब १

D) करिब २

४४. संयुक्त राष्ट्रसंघको आधिकारिक भाषा देहायका मध्ये कुन होइन ?

A) जर्मन

B) स्पेनिस

C) फ्रेन्च

D) चाइनिज

४५. देहायका मध्ये ASEAN र BIMSTEC दुवै संगठनको सदस्य राष्ट्र कुन हो ?

A) बंगलादेश

B) भुटान

C) श्रीलंका

D) म्यानमार

४६. सार्कको तेस्रो शिखर सम्मेलनको आयोजक राष्ट्र कुन हो ?

A) भारत

B) नेपाल

C) भुटान

D) माल्दिभ्स

४७. BIMSTEC को स्थायी सचिवालय कहाँ रहेको छ ?

A) नयाँ दिल्ली

B) याङ्गुन

C) जकार्ता

D) ढाका

४८. संयुक्त राष्ट्रसंघको पहिलो साधारण सभा कहाँ सम्पन्न भएको थियो ?

A) वेष्ट मिनिस्टर, लण्डन

B) पेरिस, फ्रान्स

C) न्यूयोर्क, संयुक्त राज्य अमेरिका

D) वासिङ्टन डि.सि., संयुक्त राज्य अमेरिका

४९. चिकित्सा क्षेत्रतर्फको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार - २०८१ प्राप्त गर्ने चिकित्सक को हुन ?

A) गोविन्द के.सी.

B) सन्दुक रुइत

C) भगवान कोइराला

D) ओममूर्ति अनिल

५०. भक्तराज आचार्यलाई कुन उपनामले चिनिन्छ ?

A) कवि शिरोमणि

B) भजन शिरोमणि

C) सङ्गीत शिरोमणि

D) वाद्य शिरोमणि

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 64
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 114
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 243
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA