Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

समसामयिक र केहि सान्दर्भिक सामान्य ज्ञान

  • Ajnabee Khadka
  • September 17, 2026
  • 117

समसामयिक र केहि सान्दर्भिक सामान्य ज्ञान

Current and some relevant general knowledge
प्रश्न (Question) उत्तर (Answer)
नेपालसँग दौत्य सम्बन्ध कायम भएको १८५ औँ राष्ट्र कुन हो ?

माइक्रोनेसिया (सन् २०२६ सेप्टेम्बर १४) — १८४ औँ राष्ट्र : गिनी बिसाउ (सन् २०२६ सेप्टेम्बर १)

नेपालको इतिहासमा अत्यन्तै अकल्पनीय र त्रासदीपूर्ण भोटेकोशी-रसुवागढी बाढी कहिले आएको हो ? वि.सं. २०८३ भदौ १०
हेमबहादुर मल्ल सम्मान २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ? रामेश्वरप्रसाद खनाल (पूर्वसचिव तथा पूर्वअर्थमन्त्री)
वर्ष २०८२ को मदन पुरस्कारबाट सम्मानित हुने कृति तथा कृतिकार को हुनुहुन्छ ? वीणा जोशी (राजभण्डारी), कृति : नेवार समुदायका परम्परागत मुकुन्डो नाच — यसैगरी, वर्ष २०८२ को जगदम्बाश्री पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिएको,)
मिस वर्ल्ड २०२६ को उपाधि विजेता प्रतिभा को हुन् ? जोहेरी मोला (डोमिनिकन रिपब्लिक)
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा वर्ष उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल खेलाडी को-को हुन् ? पुरुष तर्फ : चन्द्रबहादुर थापा (बक्सिङ), महिला तर्फ : एरिका गुरुङ (कराते)
प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? वि.सं. २०८३ भदौ २०-२१, सर्लाही
सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा कसलाई नियुक्त गर्‍यो ? डा. हरिप्रसाद लम्साल
उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको संगठन ब्रिक्सको १८ औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२६ सेप्टेम्बर १२-१३, नयाँ दिल्ली, भारत
एसीसी मेन्स प्रिमियर कप -२०२६ को उपाधि विजेता राष्ट्र कुन हो ? नेपाल (उपविजेता : संयुक्त अरब इमिरेट्स- युएई)
लोक सेवा आयोगको ६७औँ वार्षिक प्रतिवेदन (आ.व. २०८२/०८३) अनुसार सर्वाधिक दर्खास्त परेका प्रमुख ५ जिल्ला कुन-कुन हुन् ? क्रमशः : सर्लाही, धनुषा, बारा, महोत्तरी र सप्तरी
आगामी ९९औँ संस्करणको ओस्कार अवार्ड (एकेडेमी अवार्ड) का लागि नेपालबाट सिफारिस हुन सफल चलचित्र कुन हो ? तिनीहरू : एलिफेंट्स इन दी फग
प्रथम संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि कसले जित्यो ? अन्नपूर्ण स्पाइकर किङ्गस (पुरस्कार राशि : रु २० लाख)
दक्षिण एसिया वन्यजीव प्रवर्तन नेटवर्क (सावेन) को महासभा पहिलोपटक कहिले र कहाँ आयोजना भएको हो ? वि.सं. २०८३ भदौ २५-२६ (सन् २०२६ सेप्टेम्बर १०-११), काठमाडौँ
सेवाग्राहीलाई लक्षित गर्दै ग्रीन टोकन प्रणाली सुरुवात गर्ने जिल्ला प्रशासन कार्यालय कुन हो ? काभ्रेपलाञ्चोक
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन 'कोप-३१' कहिले र कहाँ हुने भएको छ ? सन् २०२६ नोभेम्बर ९-२०, अन्ताल्या, टर्किए
नेपाल प्रिमियर लिग (एनपिएल) को तृतीय संस्करण कहिले आयोजना हुने भएको छ ? वि.सं. २०८३ कार्तिक ९ - मंसिर ५
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा पर्यटकहरूको सरदर बसाइ अवधि कति रहेको छ ? १६.३४ दिन (गत वर्ष १३.३० दिन रहेको)
नेपाल-चीन सीमानास्थित भोटेकोशी-ल्हेन्दे खोलामा आएको भीषण बाढीका कारण प्रभावित जिल्लाका स्थानीय तहलाई कति समयका लागि "विपद् सङ्कटग्रस्त क्षेत्र" घोषणा गरिएको छ ? तीन महिना
ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ अनुसार वि.सं. २०९२ भित्र नेपालमा कुल कति विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ? २८,५०० मेगावाट
चुम्बकीय शक्तिले ट्रयाकभन्दा माथि नै तैरिएर दौडिने चिनियाँ अत्याधुनिक म्याग्लेभ रेलले कति गतिको रेकर्ड राखेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ ? ८०० कि.मि./घण्टा (परीक्षण : सन् २०२६ अगस्ट १३)
सार्वजनिक खरिद नियमावली, २०६४ को १६ औँ संशोधन कहिले भएको हो ? वि.सं. २०८३ भदौ ३
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयले कुन एकाइ स्थापना गर्ने भएको छ ? सेतु एकाइ (सिँचाइ कार्यान्वयन तथा अनुगमन एकाइ)
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता 'मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६' को उपाधि जित्ने नेपाली सुन्दरी को हुन् ? प्रतीक्षा थापा
सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ कसलाई प्रदान गरियो ? वरिष्ठ गायिका मीरा राणा
नर्वेका राजा हेराल्डको निधन कहिले भएको हो ? सन् २०२६ अगस्ट २८ (८९ वर्षको उमेरमा)
नेपाल टेलिकमले हालै समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको कुन प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रमा ४-जी सेवा सञ्चालनमा ल्याएको छ ? बाजुराको बडीमालिका क्षेत्र (उद्घाटन : वि.सं. २०८३ भदौ ८)
हालसालै सफल परीक्षण उडान गरेको ब्याट्रीबाट सञ्चालित विश्वकै सबैभन्दा ठूलो विद्युतीय विमान कुन हो ? एक्स-वान
प्रोफेसनल मिक्स मार्शल आर्ट्स (एमएमए) मा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी को हुन् ? सुस्मिता थापामगर
गुल्मीको धुर्कोट गाउँपालिकामा ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी निर्माण गरिएको पर्यटकीय पदमार्गलाई के नाम दिइएको छ ? धुर्कोट ग्रेटवाल
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको नयाँ मिति कुन हो ? वि.सं. २०८३ मङ्सीर १६-२९
बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडी 'बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र' को घोषणा कहिले गरिएको हो ? वि.सं. २०८३ साउन २७
इन्डोनेसियाको फ्लोरेस टापु नजिक ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो ? सन् २०२६ अगस्ट १५
सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका ४ जनालाई सरकारले सहिद घोषणा कहिले गरेको हो ? वि.सं. २०८३ साउन २६
सिरियाली अदालतले १४ वर्ष चलेको गृहयुद्धका क्रममा मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय कहिले सुनाएको हो ? सन् २०२६ अगस्ट ११
नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन कहिले भएको हो ? वि.सं. २०८३ साउन ३१
राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार २०८३ कसलाई प्रदान गरियो ? सीमाविद् बुद्धिनारायण श्रेष्ठ
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली एकदिवसीय टोलीको नयाँ कप्तानमा कसलाई नियुक्त गर्‍यो ? सन्दीप लामिछाने
नेपाल राष्ट्र बैंकद्वारा केन्द्रीय बैंक डिजिटल मुद्रा (सिबिडिसी) सम्बन्धी अवधारणा पत्र कहिले सार्वजनिक गरिएको हो ? वि.सं. २०८३ साउन २४
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन कहिले भएको हो ? वि.सं. २०८३ साउन १२
संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो ५९ वर्ष लामो सदस्यता त्याग गर्दै पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संगठन (ओपेक) र ओपेक प्लसबाट कहिले बाहिरिएको हो ? सन् २०२६ मे १ (सन् २०२६ अप्रिल २८ मा बाहिरिने घोषणा गरेको थियो ।)
साउदी अरब, पाकिस्तान र टर्कीबीच सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउने उद्देश्यका साथ मक्का संयुक्त रक्षा सम्झौता कहिले भएको हो ? सन् २०२६ अगस्ट ७
बाल्टिक सागर पौडिएर पार गर्दै ऐतिहासिक कीर्तिमान कायम गर्ने पौडीबाज को हुन् ? बार्तोमेज कुब्कोव्स्की (पोल्याण्डका पौडीबाज)
वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन कहिले भएको हो ? वि.सं. २०८३ साउन २५ (राति पौने एक बजे)
परराष्ट्र मन्त्रालयद्वारा प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको फोरम कुन हो ? मोफा नलेज फोरम (सुरुवात : वि.सं. २०८३ साउन २०)
साहस र समर्पणका पर्याय विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ नेपाली आरोहीको दुःखद निधन कहिले भएको हो ? वि.सं. २०८३ श्रावण १४ (सन् २०२६ जुलाई ३०)
राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अनुसार हाल नेपालमा बाघको सङ्ख्या कति पुगेको छ ? ४२९
राष्ट्रिय यातायात नीति, २०८३ कहिले स्वीकृत भएको हो ? वि.सं. २०८३ असार २४
'द हिडन ट्रेजर'द्वारा आयोजित मिस नेपाल २०२६ को मुख्य उपाधि (मिस नेपाल वर्ल्ड-२०२६) कसले जितेकी छन् ? दीपमाला ढकाल
मधेश प्रदेश मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो ? वि.सं. २०८३ श्रावण ११
नेपालको पहिलो आधुनिक यातायात सुरुङ्गमार्ग 'नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्ग' को औपचारिक उद्घाटन कहिले सम्पन्न भएको हो ? वि.सं. २०८३ साउन ११ गते
'विश्वप्रसिद्ध रोब रिपोर्ट'का अनुसार ५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६ को सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल नेपालको होटल कुन हो ? शिन्ता मणि मुस्ताङ
गणित क्षेत्रको नोबेल पुरस्कार मानिने प्रतिष्ठित 'फिल्ड्स मेडल' प्राप्त गर्ने पहिलो चिनियाँ गणितज्ञ को-को हुन् ? हङ वाङ र यू डेङ
संयुक्त राष्ट्रसंघ (युआएनओ) को ८१ औँ महासभाको अध्यक्षमा को निर्वाचित भएका छन् ? खलिलुर रहमान (बंगलादेशका परराष्ट्रमन्त्री)
अमेरिका र रुसको संयुक्त अन्तरिक्ष टोली २४१ दिन लामो अन्तरिक्ष अभियान पूरा गरी कहिले पृथ्वीमा अवतरण भएका हुन् ? सन् २०२६ जुलाई २६
लेबर पार्टीका पूर्व नेता केयर स्टारमरको बर्हिगमनपछि बेलायतको नयाँ प्रधानमन्त्रीका रूपमा कसलाई नियुक्त गरियो ? एन्डी बर्न्ह्याम
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गर्न सफल क्रिकेट र को हुन् ? वैभव सूर्यवंशी (भारत)
अन्तर्राष्ट्रिय प्रतिष्ठित युरो मनी अवार्ड्स फर एक्सिलेन्स, २०२६ अन्तर्गत तीन विधामा सम्मानित हुन सफल नेपाली बैंक कुन हो ? नबिल बैंक लि.
सौरमण्डलअन्तर्गत बुध ग्रहमा रहेको एउटा केटर (खाडल) लाई कुन नेपाली स्रष्टाको सम्मानमा 'सापकोटा केटर' नामकरण गरिएको छ ? कवि महानन्द सापकोटा
नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेर भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक कार्गो रेल विराटनगर कस्टम यार्ड कहिले आइपुगेको हो ? वि.सं. २०८३ साउन ४ (श्रावण १ मा कोलकाताबाट छुटेको)
मनोरम 'ढुम्बा ताल' कहाँ रहेको छ ? घरपझोङ, मुस्ताङ
१५ औँ साफ च्याम्पियनसिप पुरुष प्रतियोगिता कहिले आयोजना हुने भएको छ ? सन् २०२६ नोभेम्बर ४-१७, बङ्गलादेश
नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधन कहिले भएको हो ? वि.सं. २०८३ साउन १ (८७ वर्षको उमेरमा)
नेपाल सरकार, मन्त्रिपरिषद्द्वारा राष्ट्रिय सदाचार नीति, २०८३ कहिले स्वीकृत गरिएको हो ? वि.सं. २०८३ असार १५
छिन्नलता गीत पुरस्कार गुठीद्वारा छिन्नलता गीत विशेष सम्मान, २०८२ बाट कसलाई सम्मान गरियो ? वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (पुरस्कार राशि : रु. एक लाख)
स्पेनमा करिब १५० वर्षपछि शासन गर्ने रानी बन्ने तयारीमा रहेकी उत्तराधिकारी को हुन् ? राजकुमारी लियोनोर (सन् २०२६)
बंगलादेशका राष्ट्रपति मोहम्मद साहबुद्दीनले स्वास्थ्यको कारण देखाउँदै आफ्नो कार्यकाल सकिनु दुई वर्ष अगावै पदबाट राजीनामा कहिले दिएका हुन् ? सन् २०२६ जुलाई २४
भारतमा बहुचर्चित नीट मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणसँगै चर्किएको १ महिनाभन्दा लामो आन्दोलन शिक्षामन्त्रीको राजीनामासँगै आन्दोलनरत कक्रोच जनता पार्टी र सरकारबीच कुन मितिमा सहमति कायम भएको हो ? सन् २०२६ जुलाई २५
नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गरी कुल कति रुपियाँ आम्दानी गर्न सफल भएको छ ? रु. २९ अर्ब ३२ करोड ४७ लाख
राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ कहिले सम्पन्न भएको हो ? वि.सं. २०८३ असार ६-७
वि.सं. २०८३ असार १५ गते कतिऔँ राष्ट्रिय धान दिवस मनाइयो ? २३ औँ
मदन भण्डारी फाउण्डेसनद्वारा मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ कसलाई प्रदान गरियो ? लेखक तथा अध्येता रमेश रुछेन राई (कृति : श्वेतशार्दूल)
जि-सेभेनको ५२औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२६ जुन १५-१७, फ्रान्स
दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा शताब्दीपछिकै विनाशकारी भूकम्प कहिले गयो ? सन् २०२६ जुन २५
कपोरिट कमर्सियल भिकल अवार्ड २०२६ कसलाई प्रदान गरियो ? फोटेन
तपाईंको कामले नै तपाईंको पहिचान बनाउँछ, बोलीले त केवल भ्रम मात्र उत्पन्न गर्छ भन्ने व्यक्तित्व को हुन् ? चिनिया धनाढ्य ज्याक मा
योङ स्टार फाउन्डेसनद्वारा प्रदान गरिएको वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड बाट कसलाई सम्मानित गरियो ? रेनुका नगरकोटी
चौथो राष्ट्रिय मिडिया सम्मेलन कहिले सम्पन्न भएको हो ? वि.सं. २०८३ असार ६-७, बुटवल
चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८३ समारोहमा प्रतिष्ठित दीर्घ साधना सम्मान बाट कसलाई सम्मानित गरियो ? हास्य कलाकार मदनकृष्ण श्रेष्ठ (नगद ३ लाख ७५ हजार रुपियाँसहित)
विश्व संगीत दिवस कहिले मनाइने गरिन्छ ? जुन २१
बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार आ.व. २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर कति रहने अनुमान छ ? ५.४ प्रतिशत
बेलायतका प्रधानमन्त्री केयर स्टारमरले आफ्नो पदबाट राजीनामा दिने घोषणा कहिले गरेका हुन् ? सन् २०२६ जुन २२
विदेशमा रहेका नेपालीहरूको गुनासो सम्बोधन र उद्धार कार्यलाई सहज बनाउन परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एप कुन हो ? मोफा मित्र
सन् २०२६ जुनमा सार्वजनिक 'हेन्ली पासपोर्ट इन्डेक्स-२०२६' अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ? ९७ औँ
चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा हालै उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो ? सन् २०२६ जुन ८-९
सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष टी-२० छनोट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो ? नेपाल (१९ रनले विजयी)
छाँयाछवी क्रिएशनद्वारा आयोजित १७औँ डी सिने अवार्डमा वर्ष २०८१ को उत्कृष्ट चलचित्रको उपाधि विजेता चलचित्र कुन हो ? अञ्जिला
चीनको कुन अन्तरिक्ष अभियान अन्तर्गत ३ जना अन्तरिक्षयात्रीहरू २१० दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी हालै सकुशल पृथ्वीमा फर्किएका हुन् ? सेन्झोउ-२१
हालै फिलिपिन्सको मिन्डानाओ टापुनजिक समुद्रमा केन्द्रविन्दु बनाएर कति म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो ? ७.८ म्याग्निच्युड (सन् २०२६ जुन ८)
वि.सं. २०८३ मा प्रदान गरिएको मधुपर्क सम्मानबाट सम्मानित हुने स्रष्टा को-को हुनुहुन्छ ?

पद्यतर्फ : अग्रज कवि एवं गीतकार यादव खरेल,

गद्यतर्फ : कथाकार भाउपन्थी र मधुपर्क प्रतिभा : समालोचक गीता त्रिपाठी

अमेरिका, मेक्सिको र क्यानडाद्वारा संयुक्त रूपमा आयोजना गर्न लागिएको २३ औँ संस्करणको फिफा विश्वकपमा इतिहासमै पहिलोपटक कति राष्ट्र सहभागी हुँदैछन् ? ४८ राष्ट्र
रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा सन् २०२६ मेमा प्रकाशित विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? ८७ (स्कोर : ५४.८०)
सरकारद्वारा जग्गा प्रशासनसम्बन्धी काम गर्ने मालपोत कार्यालयको नाम परिवर्तन गरी के राखिएको छ ? भूमि प्रशासन कार्यालय
हाल विश्वमा अतिकम विकसित राष्ट्रहरूको संख्या कति रहेको छ ? ४४
२०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुख पदमा कसलाई चयन गरियो ? डोलप्रसाद (डिपी) अर्याल
हालै नासाले चन्द्रमाको परिक्रमा गर्ने उद्देश्यका साथ अन्तरिक्षयात्रीसहित पठाएको ऐतिहासिक मिसनको नाम के हो ? आर्टेमिस-२
वानीरा प्रज्ञा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? कवि तथा गीतकार श्री माधव खनाल 'भावुक'
बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय सरकारको गठन कहिले भएको हो ? वि.सं. २०८२ चैत्र १३
नेपालको ४७ औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह कहिले नियुक्त भएका हुन् ? वि.सं. २०८२ चैत्र १३
इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा सन् २०२६ मार्चमा सार्वजनिक प्रतिवेदन अनुसार आतंकवादी गतिविधि हुने देशहरूको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? ८९ औँ
वि.सं. २०८२ फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण कति पुगेको छ ? रू. २५ खर्ब ७८ अर्ब २९ करोड
चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार अवार्ड २०२६ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ? वन ब्याटल आफ्टर अनदर
विश्व खुसी सूचकाङ्क २०२६ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ? ९९ औँ (स्कोर : ५.१४७)
२१औँ नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप २०२६ अन्तर्गत एक्युरेसी पुरुषमा प्रथम स्थान हासिल गर्न सफल प्रतियोगी को हुन् ? अक्षय कुमार (भारत)
स्वास्थ्य बीमा बोर्डद्वारा राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य गरी स्वास्थ्य बीमालाई एनआईडी नम्बरमा आधारित बनाउने सम्बन्धी समझदारी-पत्रमा कहिले हस्ताक्षर भएको हो ? वि.सं. २०८२ चैत्र २
विश्वव्यापी ऊर्जाको मुख्य मार्ग हर्मुज जलडमरुले कुन-कुन खाडीलाई जोड्दछ ? पर्सियन खाडी र ओमानको खाडी
हालै (वि.सं. २०८२ फागुन २१) सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचन, २०८२ मा सबैभन्दा बढी मत ल्याई विजयी हुने उम्मेदवार को हुन् ? बालेन्द्र शाह (६८३४८, झापा ५)
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ? वि.सं. २०८२ फागुन १३ (सन् २०२६ फेब्रुअरी २५)
अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त हवाइ आक्रमणको सुरुवात कहिले भएको हो ? सन् २०२६ फेब्रुअरी २८
सरकारकाले जङ्गली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ? वि.सं. २०८२ फागुन ११
वि.सं. २०८२ फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारको हिस्सा कति रहेको छ ? ११.३९ प्रतिशत
वि.सं. २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकारसमक्ष कहिले पेश गरियो ? वि.सं. २०८२ फागुन २४
जापानको प्रधानमन्त्रीमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ? सानाए ताकाइची (सन् २०२६ फेब्रुअरी)
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०८२ माघसम्म इन्टरनेट प्रयोगकर्ताको संख्या कति रहेको छ ? ३ करोड ६ लाख ९८ हजार
नई प्रज्ञा पुरस्कार, २०८२ बाट सम्मानित हुने स्रष्टा को-को हुनुहुन्छ ? प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. शिवगोपाल रिसाल, प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. दयाराम श्रेष्ठ
सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा कहिले स्वीकृत गरेको हो ? वि.सं. २०८२ फागुन १२
डिलर अफ द इयर-साउथ एसिया रिजन, २०२६ अवार्डबाट सम्मानित हुने कम्पनी कुन हो ? एमएडब्लू अर्थ मुभर्स प्रा.लि.
विश्वभरका विश्वविद्यालयको वरीयता मापन गर्दै आइरहेको टाइम्स हाइअर एजुकेसन (टिएचई) का अनुसार सन् २०२६ मा त्रिभुवन विश्वविद्यालय कति औँ स्थानमा रहेको छ ? १५०१ औँ
२५ औँ संस्करणको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२६ फेब्रुअरी ६–२२, मिलान-कोर्टिना, इटाली
अभियान रत्न सम्मान, २०८२ बाट सम्मानित हुने कलाकार को हुन् ? ख्यातिप्राप्त अभिनेता स्व. सुनिल थापा (मरणोपरान्त)
सरकारले ५० करोड रुपैयाँ माथिको विदेशी लगानी पनि अब स्वचालित मार्गबाट नै गर्न सकिने गरी नयाँ नियम कहिले ल्याएको हो ? वि.सं. २०८२ फागुन ४ (राजपत्रमा प्रकाशित)
युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, २०२६ कसलाई प्रदान गरियो ? नृपेन्द्रलाल श्रेष्ठ
दक्षिण एसियाली मुलुक बंगलादेशको नयाँ प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुन् ? तारिक रहमान (सन् २०२६ फेब्रुअरी १७)
विश्व म्याराथन च्यालेन्जअन्तर्गत सात महादेशमा सात दिन लगातार सञ्चालन भएको सातवटा म्याराथनमा नेपाली पोसाक दौरा सुरुवालमा दौडेर विश्व कीर्तिमान कायम गर्ने धावक को हुन् ? बाल जोशी (नेपाली मूलका अमेरिकी धावक)
'एआई एम्प्याक्ट समिट २०२६' को आयोजना कहाँ गरियो ? नयाँदिल्ली, भारत (सन् २०२६ फेब्रुअरी १६ – २१)
अर्थ मन्त्रालयद्वारा वि.सं. २०८२ माघ २७ मा प्रस्तुत तथ्याङ्कअनुसार आ.व. २०८२/८३ मा मुलुकको आर्थिक वृद्धि कति हुने संशोधित अनुमान रहेको छ ? ३.५ प्रतिशत
'न्यूबिज बिजनेस वुमन समिट एन्ड अवार्डस् २०२६' मा लाइफ टाइम अचिभमेन्ट इन वुमन आन्ट्रप्रन्योरसिपबाट सम्मानित हुने महिला उद्यमी को हुन् ? कमला श्रेष्ठ (नेपालकै प्रथम ब्युटिसियन)
२०औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन (२०८२ फागुन) को उपाधि कसले जितेका छन् ? जुलियस मुरिउकी वाहोम (केन्याली धावक, २ घण्टा २३ मिनेट ३९ सेकेन्ड)
आइसीसी टी-२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी को बनेका छन् ? युवराज समारा (क्यानाडा, उमेर : १९ वर्ष १४१ दिन)
भारतद्वारा पशुपतिनाथ-वैद्यनाथ हाई-स्पीड करिडोर बनाउने घोषणा कहिले गरिएको हो ? सन् २०२६ फेब्रुअरी १०
नेपाल र भारतबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो ? वि.सं. २०८२ फागुन ६ (सन् २०२६ फेब्रुअरी १८)
भ्रष्टाचार अवधारणा सूचकांक-२०२५ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ? १०९ औँ (१८२ देशमा)
सरकारले जङ्गली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ? वि.सं. २०८२ माघ २९
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वि.सं. २०८२ माघ २९ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहन सफल प्रदेश कुन हो ? सुदूरपश्चिम प्रदेश (४५.७० अंक)
अमेरिका र रुसबिचको आणविक हतियार नियन्त्रण सम्झौताको अवधि कहिले सकिएको हो ? सन् २०२६ फेब्रुअरी ५
आइसीसी टी-२० विश्वकप, २०२६ (दसौँ संस्करण) को आयोजना मिति कुन हो ? सन् २०२६ फेब्रुअरी ७ – मार्च ८
नेपाल राष्ट्र बैंकका अनुसार आ.व. २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट कति रेमिट्यान्स बाहिरिएको छ ? रु. ६ अर्ब ९८ करोड २६ लाख
दक्षिण एसियाली राष्ट्र बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सफल पार्टी कुन हो ? बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)
नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? वि.सं. २०८२ माघ २६, माडी, चितवन
सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? मछिन्द्र फुटबल क्लब (उपविजेता : एपीएफ क्लब)
साफ यु-१९ महिला च्याम्पियनसिप, २०२६ को उपाधि कुन देशले जितेको हो ? भारत (उपविजेता : बंगलादेश)
अरनिको युवा कला पुरस्कार, २०८२ बाट कसलाई सम्मान गरिएको छ ? सुरेम देशार
अभिनेता सुनिल थापाको निधन कहिले भएको हो ? वि.सं. २०८२ माघ २४ (६८ वर्ष)
सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/८३-२०८६/८७) कहिले सार्वजनिक गरिएको हो ? वि.सं. २०८२ माघ १४
राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको बहुप्रतीक्षित काठमाडौँ-तराई द्रुतमार्गको निर्माण कार्य कति सम्पन्न भएको छ ? ४५.३३ प्रतिशत (वि.सं. २०८२ पौष मसान्त)
नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको टोली कहिले त्यसतर्फ प्रस्थान गरेको हो ? वि.सं. २०८२ माघ १९ (माघ २१ मा स्वदेश फर्किने कार्यक्रम)
सरकारले नेपाल प्रहरीको रासन स्केल र रासन वापतको दैनिक रकम वृद्धि गर्ने निर्णय कहिले गरेको हो ? वि.सं. २०८२ माघ १५ (फागुन १ गतेदेखि लागु)
तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको आयोजना मिति कुन हो ? वि.सं. २०८२ माघ २२-२३
नेपाललाई विश्वस्तरीय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यका साथ 'नेपाल स्पोर्ट्स समिट २०२६' (एनएसएस २०२६) का लागि तय गरिएको मिति कुन हो ? वि.सं २०८२ माघ २२ (सन् २०२६ फेब्रुअरी ५)
भारत र युरोपेली सङ्घ (इयु) बिच करिब बहुप्रतीक्षित व्यापार सम्झौता कहिले भएको हो ? सन् २०२६ जनवरी २७
विश्व सिमसार दिवस कहिले मनाइन्छ ? फेब्रुअरी २
हेम-गङ्गा अनुसन्धान तथा संरक्षण सम्मान, २०८२ बाट कसलाई सम्मानित गरियो ? वरिष्ठ चराविद् डा. हेमसागर बराल
अस्ट्रेलियन ओपन टेनिस २०२६ को पुरुष सिंगल्सतर्फको उपाधि विजेता को हुन् ? कार्लोस अल्काराज (स्पेन)
भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा संसद्मा प्रस्तुत (सन् २०२६ फेब्रुअरी १) वार्षिक बजेटमा नेपाललाई कति रकम अनुदान दिइने भएको छ ? भारू. ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ)
अमेरिकाको ब्रुमफिल्ड सिटी र ललितपुर महानगरबीच कहिले भगिनी सम्बन्ध कायम भएको हो ? वि.सं. २०८२ पौष २८ गते
१४औँ दक्षिण एसियाली खेलकुद (साग) कहिले र कहाँ आयोजना हुने निर्णय भएको छ ? सन् २०२७ मार्च २३–३१, पाकिस्तान
विश्वव्यापार सङ्गठन (डब्ल्युटिओ) ले सन् २०२६ जनवरीमा उल्लेख गरेअनुसार नेपाल अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा आयातमा आधारित र प्रशोधित उत्पादनको निर्यात कति हुने अनुमान गरिएको छ ? १२ देखि २५ प्रतिशतसम्म
राष्ट्रिय तथ्यांक कार्यालयले हालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढी गरिबीको दर रहेको प्रदेश कुन हो ? सुदूरपश्चिम प्रदेश (३४.१६ प्रतिशत)
नेपालको दोस्रो स्याटेलाइट-मुनाल कहिले प्रक्षेपण गरियो ? वि.सं. २०८२ पुस २८ (सन् २०२६ जनवरी १२)
नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो ? वि.सं. २०८२ पुस २७
नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ? ९०३
विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने डबल एभब नी आरोही को हुन् ? हरि बुढामगर
राष्ट्रिय रेसम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? वि.सं. २०८२ पुस २६, काठमाडौँ
एफएटीएफ/इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप मिटिङ हालै कहाँ सम्पन्न भएको हो ? बैंकक, थाइल्याण्ड (सन् २०२६ जनवरी ६)
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधन कहिले भएको हो ? सन् २०२५ डिसेम्बर ३० (८० वर्षको उमेरमा)
दरबार हाइस्कुलको पहिलो महिला प्रधानाध्यापक को हुन् ? शारदा कुमारी पौडेल
नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो ? कर्णाली नदीको शक्तिघाट क्षेत्र (बर्दिया र कैलालीको बिच)
२२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा वर्षका उत्कृष्ट खेलाडी को-को घोषित भए ? पुरुषतर्फ : दीपेन्द्रसिंह ऐरी (क्रिकेट) र महिलातर्फ : एरिका गुरुङ (कराँते)
आईएसओ ९००१: २०१५ को प्रमाण पत्र प्राप्त गर्न सफल नेपालको केवलकार कम्पनी कुन हो ? प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२६ जनवरी ५-६, नालन्दा खुल्ला विश्वविद्यालय, भारत
अमेरिकाद्वारा 'अपरेसन एब्सोल्युट रिजोल्भ' नामक सैन्य अपरेसनमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अप्रत्याशित रूपमा कहिले पक्राउ गरी अमेरिका लगिएको हो ? सन् २०२६ जनवरी ३
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा नेपालमा विभिन्न मुलुकबाट कति पर्यटकको आगमन भयो ? ११ लाख ५८ हजार ४५९
लेखनाथ साहित्य पुरस्कार, २०८२ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ? प्राध्यापक घनश्याम कँडेल
सरकारले कर्मचारी सरुवाको बेतिथि अन्त्य गर्ने उद्देश्यले कार्यान्वयन गर्न थालेको व्यवस्था कुन हो ? सफ्टवेयर पद्धति/माध्यम
प्रतिनिधि सभा निर्वाचन, २०८२ का लागि कुल मतदाता कति रहेका छन् ? १ करोड ८९ लाख ३ हजार ६८९
अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा सहभागी भई इतिहास रच्न सफल नेपाली खेलाडी को हुन् ? शिभाली गुरुङ
देशभरका सबै भन्सार कार्यालयमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कहिलेदेखि कार्यान्वयनमा आएको हो ? वि.सं. २०८२ पुस १८
वर्ल्ड वेदर एट्रिब्युस (डब्ल्यूडब्ल्यूए) र आर्कटिक रिपोर्ट कार्डसको प्रतिवेदन अनुसार हालसम्म सबैभन्दा तातो वर्षका रूपमा रहेको वर्ष कुन हो ? सन् २०२५
राष्ट्रिय तथ्यांक कार्यालयद्वारा दोस्रो आर्थिक गणनाका लागि तय गरिएको अवधि कुन हो ? वि.सं. २०८३ वैशाख २ - असार ७
लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ? वि.सं. २०८२ पौष १३
करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो ? केराबारी गाउँपालिका, मोरङ
राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ ? पुस १५
१९औँ संस्करणको 'चितवन हात्ती तथा पर्यटन महोत्सव, २०८२ मा हात्ती सुन्दरी' को उपाधि जित्ने हात्ती कुन हो ? पुनमकली
नेपाल प्रहरीले 'हाम्रो प्रहरी' अभियानको सुरुवात कहिले गरेको हो ? वि.सं. २०८२ पौष १३
सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले 'हिमाल सफा राख्नेसम्बन्धी कार्ययोजना २०८२-२०८६' कहिले स्वीकृत गरेको हो ? वि.सं. २०८२ मंसिर २८
अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर नयाँ विश्व रेकर्ड कायम गर्न सफल क्रिकेटर को हुन् ? गेदे प्रियान्दाना (इन्डोनेसिया)
नेपाल बीएफएसआई शिखर सम्मेलन २०२५ कहिले सम्पन्न भएको हो ? सन् २०२५ डिसेम्बर १९, काठमाडौँ
एनएसएसएफ १३ औँ किन्डर ओलम्पिकको उद्घाटन कहिले गरिएको हो ? वि.सं. २०८२ पुस १२
थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति कहिले भएको हो ? सन् २०२५ डिसेम्बर २७
निर्वाचन आयोगले वि.सं २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने खर्चको सीमा कति तोकेको छ ? रु. २५ लाखदेखि ३३ लाखसम्म
एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ डिसेम्बरमा सार्वजनिक गरेको 'एसियन वाटर डेभलपमेन्ट आउटलुक २०२५' अनुसार नेपालका सहरी क्षेत्रमा पानीको माग वार्षिक कति प्रतिशतले वृद्धि भइरहेको छ ? करिब १० प्रतिशत
विश्व भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स-जीएचआई), २०२५ मा नेपाल कतिऔँ स्थानमा रहेको छ ? ७२ औँ
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा पर्यटन आगमनको तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटक भित्रिने प्रमुख देशहरू कुन-कुन हुन् ? क्रमशः : भारत, अमेरिका, चीन, बेलायत, बंगलादेश
कानुनसम्बन्धी प्रतिपादित सिद्धान्तमा "कानुन भनेको सार्वभौमसत्ता सम्पन्न व्यक्तिको आदेश हो" (Law is the command of the sovereign) भन्ने प्रख्यात भनाइ वा परिभाषा कसको हो ? जोन अस्टिन
कार्यालय व्यवस्थापन तथा सञ्चार (Communication) को अवधारणासँग सम्बन्धित— "सञ्चार एक व्यक्ति वा संस्थाबाट अर्को व्यक्ति वा संस्थामा सूचना एवं समझदारी हस्तान्तरण गर्ने प्रक्रिया हो"— भन्ने प्रसिद्ध परिभाषा तलका मध्ये कसको हो? थ्यो हेमेन (Theo Haiman)
नेपालको सरकारी आर्थिक कार्यप्रणालीअन्तर्गत संस्थागत रूपमा आन्तरिक लेखापरीक्षण (Internal Audit) को सुरुवात कहिलेदेखि भएको हो? वि.सं. २०१८
नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य 'क्यान्जिङ उपत्यका' (Kyanjin Valley) तलकामध्ये कुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ? लाङटाङ राष्ट्रिय निकुञ्ज
नेपालका पहाडी जिल्लाहरूलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना 'पुष्पलाल (मध्यपहाडी) लोकमार्ग' को उद्गम बिन्दु (शुरुवाती जिल्ला) र अन्तिम बिन्दु रहेको जिल्ला क्रमशः कुन-कुन हुन्? पाँचथर र बैतडी
रसायन विज्ञान (Chemistry) अनुसार कार्बन (Carbon), हिरा (Diamond) र ग्रेफाइट (Graphite) लाई एकैसाथ जनाउनुपर्दा कुन वैज्ञानिक शब्दावलीको प्रयोग गरिन्छ? एलाट्रोप्स (Allotropes)
कुनै ठोस पदार्थलाई खुला हावामा राख्दा वायुमण्डलबाट आर्द्रता (Moisture) अवशोषित गरी पग्लाने वा तरल बन्ने रासायनिक गुणलाई के भनिन्छ? डेलिक्वेसेन्स (Deliquescence)
विश्व इतिहासमा संस्थागत प्रशासनिक कार्यका लागि "आधुनिक कार्यालय" (Modern Office) को औपचारिक सुरुवात कहिलेदेखि भएको मानिन्छ? सन् १७२६
नेपालको संवैधानिक तथा प्रशासनिक इतिहासमा सर्वप्रथम 'स्वतन्त्र महालेखापरीक्षक' को नियुक्ति कहिले भएको थियो? वि.सं. २०१६
सरकारी तथा संस्थागत आर्थिक कार्यप्रणाली अन्तर्गत लेखापरीक्षण (Audit) गर्ने क्रममा श्रेष्ठ तथा कागजातहरूको प्रारम्भिक 'रुजु' गर्ने कार्य कसले गर्दछ? लेखापरीक्षकको कर्मचारीले
प्रथम विश्वयुद्ध (First World War) मा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति व्यहोर्न पुगेका प्रमुख राष्ट्रहरूको समूह तलकामध्ये कुन हो? रूस, अस्ट्रिया, जर्मनी
नेपालको मध्यकालीन इतिहासअनुसार डोय राज्यको राजधानी र खस राज्यको ग्रीष्मकालीन राजधानी क्रमशः कहाँ-कहाँ रहेका थिए? बाराको सिम्रौनगढ र जुम्लाको सिञ्जा
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (SAARC) का सदस्य राष्ट्रहरूमध्ये कतिवटा राष्ट्रको राष्ट्रिय झण्डामा चन्द्रमा (Moon/Crescent) अङ्कित गरिएको छ? ३
बहुमूल्य तथा रेडियोधर्मी तत्त्व 'रेडियम' (Radium) मुख्यतया कुन खनिज पदार्थबाट शोधन गरी प्राप्त गरिन्छ? पिचब्लेन्ड (Pitchblende)
नेपाल सरकारले सार्वजनिक सेवा प्रवाहलाई जनमुखी बनाउन र नागरिकका गुनासा तत्काल सुन्नका लागि 'हेलो सरकार' (Hello Sarkar) कक्षको सुरुवात कहिलेदेखि गरेको हो? वि.सं. २०६८ कात्तिक १७
नेपालको सार्वजनिक खर्च व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी र यथार्थपरक बनाउने उद्देश्यले बजेट तर्जुमा गर्दा 'मध्यकालीन खर्च संरचना' (Medium Term Expenditure Framework - MTEF) पहिलो पटक कुन आर्थिक वर्षदेखि लागू गरिएको हो? आ.व. २०५९/६०
नेपालका आदिवासी जनजातिहरूका विभिन्न उपनाम र पहिचानका सन्दर्भमा, 'प्रजा' र 'उराव' भन्नाले क्रमशः कुन-कुन जातिलाई चिनिन्छ? चेपाङ र झाँगड
व्यवस्थापनमा योजना (Planning) को परिभाषा दिने क्रममा "के गर्ने, कसरी गर्ने, कहिले गर्ने र कसले गर्ने भनी अग्रिम रूपमा गरिने निर्णय नै योजना हो" भनी कसले भनेका हुन्? कुन्ज र ओडोनेल
व्यवस्थापकीय अध्ययन तथा मान्यताअनुसार, सङ्गठनका उच्च तहका प्रबन्धक (Top-level Managers) ले आफ्नो कुल कार्यसमयको करिब कति प्रतिशत समय सञ्चार (Communication) गतिविधिमा व्यतीत गर्ने गर्दछन्? ८७ प्रतिशत
विश्वमा 'विद्युतीय शासन' (E-Governance) शब्दको अवधारणालाई लोकप्रिय बनाउने अमेरिकी उपराष्ट्रपति एल गोरे (Al Gore) ले यो शब्दको पहिलो पटक औपचारिक प्रयोग कहिले गरेका थिए? सन् १९९३
नेपालका प्रसिद्ध पुरातात्विक तथा ऐतिहासिक महत्त्वका स्थलहरू 'सैनामैना' र 'मैनामैनी' क्रमशः कुन-कुन जिल्लामा अवस्थित छन्? रूपन्देही र उदयपुर
नेपालको योजनाबद्ध विकासको इतिहासमा 'अन्तरिम योजना' (Interim Plan) को रूपमा तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको पहिलो आवधिक योजना कुन हो? ११ औँ
राजनीति शास्त्रमा 'समावेशी लोकतन्त्र' (Inclusive Democracy) को अवधारणा पहिलो पटक अगाडि सार्ने विचारक वा यसका जन्मदाता भनेर कसलाई चिनिन्छ? टाकिस फोटोपाउलस
रसायन विज्ञानमा 'हाँस्ने ग्यास' (Laughing Gas) को रुपमा चिनिने रासायनिक यौगिक कुन हो? नाइट्रस अक्साइड (N2O)
सञ्चार (Communication) भन्ने अङ्ग्रेजी शब्दको उत्पत्ति मुख्यतया कुन प्राचीन भाषाबाट भएको मानिन्छ? ल्याटिन भाषा
नेपालको वर्तमान शासकीय स्वरूपअनुसार सार्वजनिक सेवा प्रवाहको सबैभन्दा तल्लो र नागरिकसँग प्रत्यक्ष जोडिने प्रत्यक्ष निकाय कुन हो? वडा तह
विद्युतीय शासन (E-Governance) को विकासक्रममा ऐतिहासिक मानिने 'गभर्नमेन्ट पेपरवर्क एलिमिनेसन एक्ट' (Government Paperwork Elimination Act) कुन राष्ट्रप्रमुखले जारी गरेका थिए? अमेरिकी राष्ट्रपति बिल क्लिन्टन (सन् १९९८ मा)
नेपालले राष्ट्रिय अर्थतन्त्रमा 'आर्थिक उदारीकरण' (Economic Liberalization) को नीति औपचारिक रूपमा कहिलेदेखि व्यापक रूपमा अवलम्बन गरेको मानिन्छ? वि.सं. २०४० को दशकको उत्तरार्द्ध
नेपालको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार, प्रतिव्यक्ति आय (Per Capita Income) सबैभन्दा बढी र सबैभन्दा कम भएका प्रदेशहरू क्रमशः कुन-कुन हुन्? बागमती र मधेश
नेपालको राजनीतिक इतिहासमा 'वसन्त पर्व' र 'बस्नेत पर्व' भन्नाले क्रमशः कुन-कुन ऐतिहासिक घटनालाई चिनिन्छ? प्रचण्ड गोर्खा र भण्डारखाल पर्व
ललितपुरको गोदावरीमा प्रत्येक बाह्र वर्षमा लाग्ने 'मकर मेला' र काठमाडौँमा 'सम्यक पूजा' गर्ने चलन चलाउने राजा क्रमशः को-को हुन्? निमिष र पृथ्वीनारायण शाह
नेपालको समाजमा विगतमा प्रचलित, गरिबलाई ऋणको बापत बन्धक राख्ने कुप्रथालाई के भनिन्छ? बाधा प्रथा
हिन्दु, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने 'एडम्स पिक' (Adam's Peak) नामक प्रख्यात पहाड कुन देशमा अवस्थित छ? श्रीलंका
अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कुन मुद्रा (Currency/Asset) लाई 'Paper Gold' (कागजी सुन) को उपनामले चिनिन्छ? एस.डी.आर. (Special Drawing Rights)
विश्वको सबैभन्दा लामो र उच्च पदमार्गको रूपमा परिचित 'ग्रेट हिमालयन ट्रेल' (Great Himalaya Trail) को सबैभन्दा बढी भाग कुन देशमा पर्दछ? नेपाल
संयुक्त राष्ट्रसंघको प्रमुख अङ्ग 'आर्थिक तथा सामाजिक परिषद्' (ECOSOC) मा नेपाल हालसम्म कति पटक सदस्यका रूपमा निर्वाचित भएको छ? ४
विद्युतीय उपकरणहरूको सन्दर्भमा, सामान्य बिजुलीको बल्ब (Electric Bulb) भित्र फिलामेन्टलाई जल्दबाट जोगाउन मुख्यतया कुन ग्यास भरिएको हुन्छ? नाइट्रोजन
रसायन विज्ञानका अनुसार, प्रकृतिमा पाइने सम्पूर्ण धातुहरू (Metals) मध्ये सबैभन्दा हल्का धातु (Lightest Metal) कुन हो? लिथियम (Lithium)
सञ्चार (Communication) शब्दको उत्पत्ति भएको ल्याटिन भाषाको शब्द 'Communis' को शाब्दिक अर्थ तलका मध्ये के हुन्छ? समान साझा वा बाँड्नु
नेपालमा सूचना प्रविधिको विकास र विद्युतीय शासन प्रणालीलाई व्यवस्थित गर्न 'विद्युतीय शासन गुरुयोजना' (E-government Master Plan) पहिलो पटक कहिले जारी (स्वीकृत) भएको हो? सन् २००६
'स्थानीय सरकार सञ्चालन ऐन, २०७४' बमोजिम कुनै पनि नगरपालिकामा कम्तीमा (न्यूनतम) र बढीमा (अधिकतम) कतिवटा वडाहरू रहन सक्ने कानुनी व्यवस्था छ? ९ देखि ३५
दोस्रो विश्वयुद्ध (Second World War) को क्रममा सबैभन्दा पहिले र सबैभन्दा अन्त्यमा आत्मसमर्पण (Surrender) गर्ने राष्ट्रहरू क्रमशः कुन-कुन हुन्? इटली र जापान
नेपालमा आधिकारिक रूपमा 'प्रथम राष्ट्रिय औद्योगिक गणना' (First Industrial Census) कुन सालदेखि सुरु भएको हो? वि.सं. २०२२
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (BIMSTEC) को स्थायी सचिवालय कहाँ अवस्थित छ र यसको स्थापना कहिले भएको हो? ढाका (बङ्गालदेश), सन् २०१४
पछिल्लो विश्वव्यापी तथ्याङ्क (सन् २०२४/२५ को सन्दर्भ) अनुसार, कुल गार्हस्थ्य उत्पादन (GDP) को अनुपातमा सबैभन्दा बढी र कुल रकमका आधारमा सबैभन्दा बढी विप्रेषण (Remittance) भित्र्याउने राष्ट्रहरू क्रमशः कुन-कुन हुन्? ताजिकिस्तान र भारत
कार्यालय व्यवस्थापनको अवधारणाअनुसार, कार्यालयलाई 'अग्र कार्यालय' (Front Office), 'मध्य कार्यालय' (Middle Office) र 'पृष्ठ कार्यालय' (Back Office) भनी गरिने वर्गीकरण मुख्यतया कुन आधारमा गरिएको हो? उपस्थिति को आधारमा
नेपालको बैंकिङ प्रणालीमा चेक क्लियरिङलाई व्यवस्थित र छिटोछरितो बनाउन 'विद्युतीय चेक सम्बन्धी नियम' (Electronic Cheque Clearing - ECC Rule Book) कहिलेदेखि औपचारिक रूपमा लागू गरिएको हो? सन् २०११ नोभेम्बर

संकलक: टंक के.सी (लोक सेवा र प्रतिस्पर्धात्मक परीक्षा तयारीका लागि मार्गदर्शन गर्ने शिक्षक तथा लेखक)

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 21
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 38
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 58
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 106
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA