गण्डकी प्रदेश, पाँचौ तह - २०८३/०४/२३
नोट: यी प्रश्नहरू गण्डकी प्रदेश लोक सेवा आयोगको आधिकारिक परीक्षा प्रश्नपत्र नभएर परीक्षार्थीहरूको स्मरणमा आधारित भई संकलन गरिएका स्मृति-प्रश्नहरू (Memory-based questions) हुन्।
१. नोबेल शान्ति पुरस्कार २०२५ कसले पाएका हुन् ?
A) नर्गेस मोहम्मदी (Narges Mohammadi)
(B) मारिया कोरिना माचाडो (María Corina Machado) ✓
(C) निहोन हिदान्क्यो (Nihon Hidankyo)
(D) मारिया रेसा (Maria Ressa)
२. फिफा विश्वकप २०२६ मा पहिलो ह्याट्रिक गर्ने खेलाडी को हुन् ?
A) Cristiano Ronaldo (क्रिस्टियानो रोनाल्डो)
B) Lionel Messi (लियोनल मेस्सी) ✓
C) Kylian Mbappé (केलियन एम्बाप्पे)
D) Erling Haaland (एर्लिङ हालान्ड)
३. १६ औँ योजनाले बैंक तथा वित्तीय क्षेत्रमा पहुँच कति पुर्याउने लक्ष्य राखेको छ ?
A) ७५ प्रतिशत
B) ८० प्रतिशत
C) ८५ प्रतिशत ✓
D) ९० प्रतिशत
४. Ring of the fire भनेर कुन महासागरलाई चिनिन्छ?
A) आन्ध्र महासागर
B) प्रशान्त महासागर ✓
C) हिन्द महासागर
D) सुमेरु महासागर
५. न्युयोर्क सहर कुन नदीको किनारमा अवस्थित छ ?
A) टेम्स नदी
B) हडसन नदी ✓
C) मिसिसिपी नदी
D) अमेजन नदी
६. ट्होटे पर्व कुन जातीले मनाउँछन् ?
A) राई
B) गुरुङ ✓
C) नेवार
D) लिम्बू
७. UNO को कार्यालय सञ्चालनको भाषा कुन हुन् ?
A) अंग्रेजी र स्पेनिस
B) अंग्रेजी र चिनियाँ
C) अंग्रेजी र फ्रान्सेली ✓
D) अंग्रेजी र रुसी
८. बिश्व मानचित्रमा नेपाल कुन दिशामा पर्छ ?
A) उत्तर-पश्चिमी गोलार्ध
B) दक्षिण-पूर्वी गोलार्ध
C) उत्तर-पूर्वी गोलार्ध ✓
D) दक्षिण-पश्चिमी गोलार्ध
९. त्रीमधुमा के-के पर्छन् ?
A) दुध, दही र घ्यु
B) चिनी, मह र घ्यु ✓
C) चिनी, दुध र मह
D) दही, मह र चिनी
१०. विषमता र विविधताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
A) अफ्रिका
B) एसिया महादेश ✓
C) उत्तर अमेरिका
D) युरोप
११. पारिस्थितिक प्रणालीमा के पर्दैन ?
A) वन
B) ताल
C) मरुभूमि
D) अन्तरिक्ष ✓
१२. नेपाल र बेलायतबीच मैत्री सन्धि कहिले भयो ?
A) सन् १९२३ डिसेम्बर २१ ✓
B) सन् १९५० नोभेम्बर १५
C) सन् १८१६ मार्च ३
D) सन् १९४७ अक्टोबर ३०
१३. VOIP को पुरा रुप के हो ?
A) Voice Over Information Protocol
B) Voice Over Internet Protocol ✓
C) Video Over Internet Protocol
D) Visual Over Internet Protocol
१४. जोडा मिलाउनुहोस्:
(A) थकाली — i) पोन्दिया
(B) मगर — ii) तोरन्लह
(C) थारु — iii) भूमे
A) A-i, B-ii, C-iii
B) A-ii, B-iii, C-i ✓
C) A-iii, B-i, C-ii
D) A-ii, B-i, C-iii
१५. नेपालमा सबैभन्दा उच्च गुणस्तरको फलाम खानी कहाँ रहेको छ ?
A) फुलचोकी, ललितपुर
B) धौबाधि, नवलपरासी पूर्व ✓
C) थोसे, रामेछाप
D) कुलेखानी, मकवानपुर
१६. निम्नमध्ये अन्नपूर्ण संरक्षण क्षेत्र कुन जिल्लामा फैलिएको छैन ?
A) म्याग्दी
B) मुस्ताङ
C) बागलुङ ✓
D) कास्की
१७. फिफा शान्ति पुरस्कार २०२५ को उपाधि कसले पाएका हुन् ?
A) जो बाइडेन
B) डोनाल्ड ट्रम्प ✓
C) भ्लादिमिर पुटिन
D) एम्मानुएल म्याक्रोन
१८. IPL, 2026 अनुसार जोडा मिलाउनुहोस्:
समूह 'क' (विधा)
1. प्रपल क्याप (Purple Cap)
2. सर्वाधिक रन बनाउने (Orange Cap)
3. मोस्ट भ्यालुयबल खेलाडी (MVP)
4. सर्वाधिक डट बल (Most Dot Balls)
समूह 'ख' (खेलाडी)
i. वैभव सूर्यवंशी (Vaibhav Sooryavanshi)
ii. कागिसो रवाडा (Kagiso Rabada)
iii. मोहम्मद सिराज (Mohammed Siraj)
विकल्पहरू:
A) 1-i, 2-ii, 3-ii, 4-iii
B) 1-ii, 2-i, 3-i, 4-iii ✓
C) 1-ii, 2-iii, 3-i, 4-ii
D) 1-iii, 2-i, 3-ii, 4-i
१९. महाभारतको सबैभन्दा अग्लो भू-भाग कुन हो ?
A) दामन, मकवानपुर
B) शैलुङ, दोलखा ✓
C) स्वर्गद्वारी, प्युठान
D) छिम्केश्वरी, तनहुँ
२०. वातावरण संरक्षण नीति कुन योजनाबाट आएको हो ?
A) पाँचौँ पञ्चवर्षीय योजना
B) छैटौँ पञ्चवर्षीय योजना
C) सातौँ पञ्चवर्षीय योजना ✓
D) आठौँ पञ्चवर्षीय योजना
२१. जोडा मिलाउनुहोस्:
समूह 'क' (सन्धि)
A. केरुङ सन्धि (Kerung Treaty)
B. बेत्रावती सन्धि (Betrawati Treaty)
C. थापाथली सन्धि (Thapathali Treaty)
D. सुगौली सन्धि (Sugauli Treaty)
समूह 'ख' (वि.सं.)
1. वि.सं. १८४६
2. वि.सं. १८४९
3. वि.सं. १८७२
4. वि.सं. १९१२
विकल्पहरू (Options):
A) A-1, B-2, C-4, D-3 ✓
B) A-2, B-1, C-3, D-4
C) A-1, B-2, C-3, D-4
D) A-2, B-1, C-4, D-3
२२. नेपालका प्रधानमन्त्रीहरुको कार्यकालको आधारमा क्रम मिलाउनुहोस्:
A) भिमसेन थापा, माथवरसिंह थापा, जंगबहादुर राणा, बमबहादुर राणा ✓
B) माथवरसिंह थापा, भिमसेन थापा, बमबहादुर राणा, जंगबहादुर राणा
C) जंगबहादुर राणा, बमबहादुर राणा, भिमसेन थापा, माथवरसिंह थापा
D) भिमसेन थापा, जंगबहादुर राणा, माथवरसिंह थापा, बमबहादुर राणा
२३. देवताहरूका वैद्य भनेर कसलाई चिनिन्छ ?
A) धन्वन्तरि
B) अश्विनी कुमार ✓
C) चरक
D) सुश्रुत
२४. कृतिम बादल बनाई वर्षा गराउने वैज्ञानिक को हुन् ?
A) भिन्सेन्ट जे शेपुर ✓
B) थोमस एडिसन
C) माइकल फराडे
D) अल्बर्ट आइन्स्टाइन
२५. कुनको मुख्यालय कहाँ छ जोडा मिलाउनुहोस्:
समूह 'क' (संस्था)
(A) विश्व हुलाक संघ / कार्यालय (UPU)
(B) विश्व खाद्य संगठन (FAO)
(C) विश्व स्वास्थ्य संगठन (WHO)
समूह 'ख' (मुख्यालय)
1. बर्न, स्विट्जरल्याण्ड (Bern, Switzerland)
2. रोम, इटाली (Rome, Italy)
3. जेनेभा, स्विट्जरल्याण्ड (Geneva, Switzerland)
विकल्पहरू (Options):
A) A-1, B-3, C-2
B) A-2, B-1, C-3
C) A-1, B-2, C-3 ✓
D) A-3, B-2, C-1
२६. नेपालले कहिलेदेखि शान्ति सेना पठाउन सुरु गर्यो ?
A) सन् १९५० (वि.सं. २००७)
B) सन् १९५८ (वि.सं. २०१५) ✓
C) सन् १९६० (वि.सं. २०१७)
D) सन् १९७२ (वि.सं. २०२९)
२७. जोडा मिलाउनुहोस्:
समूह 'क' (जाति)
(A) थकाली
(B) मगर
(C) थारु
समूह 'ख' (चाडपर्व)
i) पोन्दिया
ii) तोरन्लह
iii) भूमे
विकल्पहरू (Options):
A) A-i, B-ii, C-iii
B) A-ii, B-iii, C-i
C) A-iii, B-i, C-ii ✓
D) A-ii, B-i, C-iii
२८. वैज्ञानिक र तिनीहरूका आविष्कारहरू बीचको सम्बन्धका आधारमा तलका मध्ये 'बेमेल जोडा' (गलत विकल्प) छान्नुहोस्:
A) टेलिफोन — अलेक्ज्याण्डर ग्राहम बेल
B) बल्ब — थोमस एडिसन
C) रेडियो — अल्बर्ट आइन्स्टाइन ✓
D) पेन्सिलिन — अलेक्ज्याण्डर फ्लेमिङ
२९. नेपाल UNO को महासभामा पहिलो पटक कहिले उपाध्यक्षमा निर्वाचित चयन भयो ?
A) सन् २०१५ मे १०
B) सन् २०१६ जुन १४ ✓
C) सन् २०१७ जुलाई २०
D) सन् २०१८ अगस्ट २५
३०. संयुक्त राष्ट्र संघ (UNO) र नेपालको इतिहाससँग सम्बन्धित तलका तथ्यहरूका आधारमा सही विकल्प रोज्नुहोस्:
समूह 'क' (विवरण)
(A) नेपालले UNO शान्ति मिसन (UN Peacekeeping) मा सैनिक पठाउन सुरु गरेको वर्ष
(B) नेपाल पहिलोपटक UNO को सुरक्षा परिषद्को अस्थायी सदस्य (Non-Permanent Member) बनेको वर्ष
समूह 'ख' (सन्)
सन् १९५८ (1958 AD)
सन् १९६८ (1968 AD)
विकल्पहरू (Options):
A) A-सन् १९५८, B-सन् १९६८ ✓
B) A-सन् १९६८, B-सन् १९५८
C) A-सन् १९५५, B-सन् १९७०
D) A-सन् १९६०, B-सन् १९६५