नेपाल विधुत प्राधिकरण ५ औँ तह प्रशासन २०८१/०३/०८ लोकसेवामा सोधिएको प्रश्न
विद्युत प्राधिकरण प्रशासन पाँचौ तह २०८१/०३/०८
१. नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबलक कुन आधारमा नेपालको नागरिक ठहर्छ?
- जन्म
- अङ्गीकृत
- वंशज
- मानार्थ
२. संघ प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतबाट राजस्व उठाउन सक्ने व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ?
- ५७
- ५८
- ५९
- ६०
३. नेपाल सरकार (कार्य विभाजन) नियमावली २०७४ अनुसार संघीय तहमा मन्त्रालयको सङ्ख्या कति रहेको छ?
- २०
- २१
- २२
- २३
४. Father of Bureaucracy भनेर कसलाई चिनिन्छ?
- विड्रो विल्सन
- म्याक्स वेवर
- जोन मेजर
- हेनरी फियोल
५. नेपाल विद्युत प्राधिकरणको सहायक पाँचौं तहको पदको कार्य विवरण कसले स्वीकृत गर्ने व्यवस्था रहेको छ?
- मुख्य प्रशासकीय अधिकृत
- प्रशासन महाशाखा प्रमुख
- विभागीय प्रमुख
- कार्यालय प्रमुख
६. नेपाल विद्युत प्राधिकरणमा नयाँ स्थायी नियुक्ति हुने कर्मचारीलाई कति अवधि परीक्षणकालमा राखिन्छ?
- सबैलाई एक वर्ष
- पुरुषलाई एक वर्ष र महिलालाई छ महिना
- सबैलाई छ महिना
- परीक्षणकालमा राखिँदैन
७. नेपाल विद्युत प्राधिकरणको सहायक पाँचौं तहको रिक्त पदमा कति प्रतिशत खुला प्रतियोगिताद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ।?
- ४५
- ५०
- ६०
- ७०
८. नेपाल विद्युत प्राधिकरणको लेखा परीक्षण समितिले आफ्नो कार्यसम्पादन प्रतिवेदन वर्षमा कति पटक सञ्चालक समिति समक्ष पेश गर्नुपर्दछ?
- कम्तिमा एकपटक
- कम्तिमा दुईपटक
- कम्तिमा तीनपटक
- कम्तीमा चारपटक
९. महालेखा परीक्षकको ६० औँ प्रतिवेदनअनुसार नेपालमा हालसम्मको अध्यावधिक बेरुजी रकम कति रहेको छ?
- ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख
- ५ खर्ब ८८ अर्ब ३३ करोड ९५ लाख
- ५ खर्ब ८० अर्ब ३० करोड ९० लाख
- ५ खर्ब ८८ अर्ब २० करोड ९४ लाख
१०. खरिद कार्यलाई व्यवस्थित गर्न सार्वजनिक खरिद ऐन कहिलेदेखि लागू गरियो?
- विसं २०७५ फागुन १९
- विसं २०७३ असार २३
- विसं २०७२ फागुन १३
- विसं २०६३ पुस ३०
११. Plan Holiday भन्नाले के बुझिन्छ?
- कर्मचारीले वर्षभरिमा लिने बिदाको योजना
- योजनाविहीन वर्ष
- योजना तर्जुमा गर्न दिइने छुट्टी
- वित्तीय व्यवस्था नभएको योजना
१२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार हाल नेपालमा वन क्षेत्रले कति प्रतिशत भूभाग ओगटेको छ?
- ४१.१४
- ४२.५०
- ४३.१०
- ४५.३१
१३. नेपालमा हालसम्म सञ्चालित आवधिक योजनाहरूमध्ये कुन आवधिक योजनामा झन्डै ९९% रकम खर्च गरिएको थियो?
- आठौं
- चौथो
- तेस्रो
- दोस्रो
१४. कुम्भकर्ण हिमाल कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ?
- कञ्चनजङ्गा
- खुम्बु
- रोल्वालिङ
- धवलागिरी
१५. नेपालसँग सिमाना नजोडिएको नेपालबाट सबैभन्दा नजिकको मुलुक र दूरी तलकामध्ये कुन हो?
- भुटान ३२ किलोमिटर
- बङ्गलादेश ३२ किलोमिटर
- भुटान २७ किलोमिटर
- बङ्गलादेश २७ किलोमिटर
१६. नेपालको जस्तै नक्सा भएको जिल्ला कुन हो?
- संखुवासभा
- पर्वत
- बाग्लुङ
- रोल्पा
१७. किलर माउन्टेन भनेर चिनिने हिमाल कुन हो?
- मनास्लु
- चोयु
- मकालु
- माछापुछ्रे
१८. ताल र सम्बन्धित जिल्ला बीच जोडा मिलाई सही विकल्प छनोट गर्नुहोस्।
| ताल
क)जगदुल्ला ताल ख)बराहा ताल ग) घोडाघोडी ताल घ) बाह्रकुने ताल |
स्थान
१) दाङ २) डोल्पा ३) खोटाङ ४) कैलाली |
- क-२ ख-३ ग-४ घ-१
- क-३ ख-४ ग-२ घ-१
- क-२ ख-१ ग-४ घ-३
- क-४ ख-२ ग-१ घ-३
१९. रेड पाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो?
- लाङटाङ राष्ट्रिय निकुञ्ज
- सगरमाथा राष्ट्रिय निकुञ्ज
- शिवपुरी राष्ट्रिय निकुञ्ज
- मकालु वरुण राष्ट्रिय निकुञ्ज
२०. धौवादी फलाम खानी कति क्षेत्रफलमा फैलिएको छ?
- १००० हेक्टर
- १०० हेक्टर
- १० हेक्टर
- १ हेक्टर

२१. सप्तकोशीका सहायक नदीहरूमध्ये सबैभन्दा पश्चिमबाट बग्ने कुन हो?
- इन्द्रावती
- सुनकोशी
- लिखु
- तामाकोशी
२२. नेपालको चुरे पहाड र महाभारत पर्वतको १२०० देखि २१०० मिटरसम्मको उचाइमा पाइने हावापानीलाई के भनिन्छ?
- उष्ण मनसुनी
- न्यानो समशीतोष्ण
- ठण्डा समशीतोष्ण
- लेकाली
२३. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रति वर्ग किलोमिटर कति रहेको छ?
- २०६
- २०२
- १९८
- १९२
२४. सबभन्दा न्यून जनघनत्व भएको भौगोलिक क्षेत्र कुन हो?
- तराई
- पहाडी
- हिमाली
- भित्री मधेश
२५. हरिसिद्धि नाच हेर्दाहेर्दै मर्ने राजा को हुन्?
- योगेन्द्र मल्ल
- प्रताप मल्ल
- भुपालेन्द्र मल्ल
- सिद्धि नरसिंह मल्ल
२६. गौतम बुद्ध काठमाडौँ उपत्यका आएको समयमा काठमाडौँ उपत्यकामा कुन वंशका राजाहरूको शासनकाल थियो?
- किरात
- लिच्छवी
- मल्ल
- गोपाल
२७. लिच्छवी कालमा व्यापार वाणिज्यमा लगाइने करलाई के भनिन्थ्यो?
- विषय
- कर
- भोग
- चैल कर
२८. किराँत वंशका अन्तिम राजा को थिए?
- जितेदस्ती
- स्थुँ
- बिरुपाक्ष
- गस्ती
२९. काठमाडौँ उपत्यकामा हर्न बजाउन निषेध कहिलेदेखि गरिएको हो?
- विसं २०७३ फागुन ७
- विसं २०७४ वैशाख १
- विसं २०७४ साउन १
- विसं २०७४ असोज २८
३०. सहिद गंगालाल श्रेष्ठलाई कहिले मारिएको थियो?
- विसं १९९७ माघ १४
- विसं १९५७ माघ १४
- विसं २००४ माघ १४
- विसं २००७ फागुन ४
३१. नेपालको प्रथम जननिर्वाचित संसदका प्रमुख सभामुख कृष्णप्रसाद भट्टराई थिए भने उपसभामुख को थिए?
- मोहम्मद मोहसिन
- गोपाल मानसिंह कार्की
- विश्वबन्धु थापा
- महेन्द्र नारायण निधि
३२. नेपालको जनगणना गर्ने कार्य कहिलेदेखि सुरु भएको हो?
- विसं २००८
- विसं १९५८
- विसं १९७८
- विसं १९६८
३३. सुन्धाराको निर्माण कसले गरेका थिए?
- पृथ्वीनारायण शाह
- बहादुर शाह
- भीमसेन थापा
- प्रताप सिंह शाह
३४. नेपालमा सबैभन्दा धेरै वडा भएको महानगरपालिका कुन हो?
- काठमाडौँ
- भरतपुर
- विराटनगर
- पोखरा
३५. ‘सबै जातको फूलबारी’ नामक कृतिका लेखक को हुन्?
- गोपाल प्रसाद रिमाल
- लक्ष्मीप्रसाद देवकोटा
- डोरबहादुर बिष्ट
- बालकृष्ण सम
३६. नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो?
- खुम्बु
- च्छोरोल्पा
- तिलिचो
- गोसाइँकुण्ड
३७. ह्योल्मो जातिको बसोबासको मूल थलोको रूपमा कुन जिल्ला चिनिन्छ?
- ताप्लेजुङ
- सोलुखुम्बु
- सिन्धुपाल्चोक
- मुस्ताङ
३८. थारु जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ?
- दोचा
- खराउ
- बुट
- पोलो
३९. आर्थिक वर्ष २०८०/८१ को बजेटले वार्षिक आर्थिक वृद्धि दर कति प्रतिशत हुने लक्ष्य राखेको छ?
- ४.५
- ५.०
- ५.५
- ६.०
४०. आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन पश्चात बजेट रकम संशोधन गरी कति कायम गरिएको छ?
- रू. १५३०२६६२ लाख
- रू. १४२१३२६९ लाख
- रू. १५९३८६७३ लाख
- रू. १५३०८३७३ लाख
४१. सरकारी बजेट प्रणालीसँग जोडिएको MTEF को उद्देश्य के हो?
- वार्षिक बजेट र आवधिक योजना बीचमा तालमेल गर्ने
- सरकारी खर्च स्रोत जुटाउने
- सार्वजनिक बजेट तर्जुमा मापदण्ड निर्धारण गर्ने
- सरकारलाई बजेट खर्चको लागि सुझाव दिने
४२. नेपालको मुख्य व्यापारिक साझेदार मुलुक कुन हो?
- चीन
- अमेरिका
- भारत
- बङ्गलादेश
४३. सार्क वडापत्रमा कतिवटा धारा रहेका छन्?
- १०
- ११
- १५
- २०
४४. सन् २०२२ देखि हालसम्म BIMSTEC बिमस्टेकको अध्यक्षता कुन राष्ट्रले गरिरहेको छ?
- म्यानमार
- नेपाल
- बङ्गलादेश
- थाइल्याण्ड
४५. सार्कको अङ्ग तलकामध्ये कुन होइन?
- शिखर सम्मेलन
- मन्त्रिपरिषद्
- आर्थिक परिषद्
- प्राविधिक समिति
४६. ASEAN का वर्तमान महासचिवको नाम के हो?
- Lim Jock Hoi
- Kao Kim Hourn
- Le Luong Minh
- Jack Kao Hoi
४७. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कतिवटा जातजाति रहेका छन्?
- १२३
- १२५
- १३५
- १४२
४८. विश्व स्वास्थ्य संगठनले कोभिड १९ को विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा कहिले गर्यो?
- मे ५ २०२३
- जुन ५ २०२३
- डिसेम्बर ५ २०२३
- जनवरी ५ २०२४
४९. अन्तर्राष्ट्रिय फुटबलमा ५० भन्दा बढी गोल गरेर रेकर्ड राख्ने नेपाली महिला खेलाडी को हुन्?
- एन्जिला तुम्वा पो सुब्बा
- सावित्रा भण्डारी
- अन्जना राणा मगर
- निरु थापा
५०. नेपालको संविधान अनुसार कसैलाई मृत्युदण्डको सजाय हुनेगरी कानुन बनाइने छैन भन्ने व्यवस्था कुन हक अन्तर्गत पर्दछ?
- सम्मानपूर्वक बाँच्न पाउने हक
- स्वतन्त्रताको हक
- न्याय सम्बन्धी हक
- समानताको हक