लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)
१. जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ ‘जैविक विविधता रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना कहाँ गरियो ?
➤ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङ
- आयोजना मिति : वि.सं. २०८३ वैशाख ४६
- आयोजक : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ।
- समन्वय : कोशी प्रदेश सरकार, वन्यजन्तु विभाग, वन तथा भूसंरक्षण विभाग र रेडपाण्डा नेटवर्क ।
- सहभागी राष्ट्रहरू : नेपालसहित भारत, भुटान, बङ्गलादेश, अमेरिका, अस्ट्रेलिया, जर्मनी (पश्चिम एसिया युद्धका कारण प्रतिबद्धता जनाएका अन्य २३ मुलुक भने सहभागी हुन सकेनन्) ।
- मुन्दुम ट्रेल : सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने खोटाङको प्रमुख पदमार्ग । यसको लम्बाइ करिब १०७ किलोमिटर रहेको । यसलाई अब ‘रेडपाण्डाथार पदमार्ग’ का रूपमा प्रवर्धन गरिने भएको छ ।
- समुदायमा आधारित संरक्षण : दिक्तेल रूपाकोट मझुवागढी१० (पाथेका) र केपिलासगढी गाउँपालिका१ (फेदी) मा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

२. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२६ अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ ?
➤ २.७ प्रतिशत
सरकारको लक्ष्य : चालु वर्षका लागि ३.५ प्रतिशत (बजेटको अर्धवार्षिक समीक्षामार्फत) ।
एडिबीको प्रक्षेपण : आर्थिक वर्ष २०८३/८४ मा भने वृद्धिदर सुधार भई करिब ५ प्रतिशत पुग्ने अनुमान छ ।
गत आर्थिक वर्ष २०८१/८२ को वृद्धिदर ४.६ प्रतिशत रहेको थियो ।
वि.सं. २०८२ भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ पछि आएको आर्थिक शिथिलता, ढिलो मनसुन तथा बाढीका कारण कृषि क्षेत्र (विशेष गरी धान उत्पादनमा करिब ४.२ प्रतिशत) मा आएको गिरावट, मध्यपूर्वमा हाल जारी सैन्य तनाव र उद्योग क्षेत्रमा सुधार नआउनु आर्थिक वृद्धिदर सुस्त हुनुका मुख्य कारणहरू जनाइएको छ ।
चालु आर्थिक वर्षमा मुद्रास्फीति करिब ३.७ प्रतिशत रहने एडिबीको अनुमान छ । आगामी वर्ष बढेर करिब ४.५ प्रतिशत पुग्न सक्ने छ ।
३. प्रतिनिधि सभाको उपसभामुख पदमा चयन हुन सफल प्रतिनिधि सभा सदस्य को हुन् ?
➤ रुबीकुमारी ठाकुर (वि.सं. २०८२ चैत २७ मा चयन) ।
- ठाकुर श्रम संस्कृति पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।
- ऐतिहासिक कीर्तिमान : २५ वर्षकै उमेरमा चयन भई सबैभन्दा कम उमेरमा उपसभामुख बन्ने नयाँ कीर्तिमान कायम भएको छ ।
- प्राप्त मत परिणाम : पक्षमा अत्यधिक बहुमत अर्थात् २२९ मत प्राप्त ।
- समर्थन गर्ने प्रमुख दलहरू : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टी ।
- निकटतम प्रतिस्पर्धी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामा (लामालाई ५ मत प्राप्त भएको छ) ।

४. चर्चित बलिउड तथा पाश्र्व गायिका आशा भोसलेको निधन कहिले भएको हो ?
➤ सन् २०२६ अप्रिल १२ (९२ वर्षको उमेरमा)
- हृदयाघातका कारण मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा मृत्यु भएको हो ।
- जन्म र साङ्गीतिक सुरुवात : सन् १९३३ सेप्टेम्बर ८ मा महाराष्ट्रमा जन्म । मात्र १० वर्षको उमेरमा (सन् १९४३ मा) मराठी चलचित्रबाट साङ्गीतिक यात्रा सुरु ।
- विश्व कीर्तिमान : सन् २०११ मा ‘गिनिज बुक अफ वल्र्ड रेकड्र्स’ द्वारा सङ्गीत इतिहासमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने गायिकाको औपचारिक मान्यता ।
- नेपाली, हिन्दी, मराठी, बङ्गालीलगायत २० भन्दा बढी स्वदेशी तथा विदेशी भाषामा हजारौँ गीत रेकर्ड ।
- चर्चित नेपाली गीतहरू : मोहनी लाग्ला है (चिनो), यो हो मेरो प्राणभन्दा प्यारो (माइतीघर), पहाडको माथि माथि (लाहुरे), गैरी खेतको सिरै हान्यो (प्रेमपिण्ड) आदि ।
- सम्मान/पुरस्कार : दादासाहेब फाल्के पुरस्कार (सन् २०००) र पद्म विभूषण (सन् २००८) ।
- पारिवारिक सम्बन्ध : प्रख्यात गायिका लता मङ्गेसकरकी बहिनी तथा प्रख्यात सङ्गीतकार राहुल देव बर्मन (आरडी बर्मन) सँग विवाह ।

५. स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड२०८२ कसलाई प्रदान गरियो ?
➤ डा. उमाकान्त तिवारी (प्रमुख विशेषज्ञ, स्वास्थ्य सेवा कार्यालय, हुम्ला)
६. नेपालमा तेस्रो पुतली गणना अभियानको सञ्चालन अवधि कुन हो ?
➤ सन् २०२५ मार्च ३३१
- थिम : बटरफ्लाई म्याराथुन
७. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?
➤ वि.सं. २०४७ चैत ४
- वि.सं. २०८२ चैत ४ मा कोष ३५ वर्ष पूरा गरी ३६ औँ वर्षमा प्रवेश गरेको छ ।
८. पारदर्शिताको प्रवर्धन गरी प्रभावकारी सरकार बनाउने उद्देश्यका साथ ओपन गभर्नमेन्ट पार्टनरसिप (ओजिपी) को स्थापना कहिले गरिएको हो ?
➤ सन् २०११ सेप्टेम्बर २०
९. नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ ?
➤ द्रविड
१०. ‘डा. महेशराज पन्त सम्मान,२०८२’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?
➤ प्राडा सुरेन्द्र केसी
- नेपालका विशिष्ट विद्वान्, इतिहासविद् तथा लिपिविज्ञ धनवज्र वज्राचार्यको जन्मजयन्तीको अवसर पारेर वि.सं. २०८२ चैतमा यी सम्मान प्रदान गरिएको हो ।
- धनवज्र प्रज्ञा सम्मान : प्राडा रमेश ढुङ्गेल
- धनवज्र शोध सम्मान : पदम सुन्दास
- धनवज्र वज्राचार्य शोधसम्मान : प्राडा ज्ञानबहादुर कार्की र सहप्राध्यापक सन्ध्या खनाल पराजुली
- प्रधानाध्यापक कृष्णबहादुर मानन्धर स्मृति सम्मान : पार्थिवेश्वरप्रसाद तिमिल्सिना
- विज्ञानका कुरा सम्मान : वैज्ञानिक मुकेशकुमार चालिसे
- अच्युतरमण अधिकारी स्मृति साहित्यिक सम्मान : सूर्यरमणप्रसाद लाकजू

११. नासाद्वारा चन्द्रमाका लागि पठाइएको ओरायन अन्तरिक्ष यान अभियान पूरा गरी कहिले पृथ्वीमा फर्किएको हो ?
➤ सन् २०२६ अप्रिल १०
- प्रक्षेपण मिति : सन् २०२६ अप्रिल १ (नासाको केनेडी स्पेस सेन्टरबाट) ।
- अवतरण मिति : सन् २०२६ अप्रिल १० (प्रशान्त महासागरमा सुरक्षित अवतरण) ।
- मिसन अवधि : १० दिन चन्द्रमाको परिक्रमा गरी सफलतापूर्वक पृथ्वी फिर्ता) ।
- कुल दुरी : पृथ्वीबाट ४,०६,७७१ किलोमिटर (२५२,७५६ माइल) टाढा पुगी नयाँ मानव कीर्तिमान कायम गरेको छ ।
- अन्तरिक्षयान : ‘स्पेस लन्च सिस्टम’ रकेट र ‘ओरायन’ क्याप्सुलको प्रयोग ।
- चालक दल : ४ जना (रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यान्सन) ।
- प्रमुख उपलब्धि : ५० वर्षभन्दा बढीको समयपछि चन्द्रमाको कक्षमा पुग्ने पहिलो मानवसहितको मिसन ।
- ऐतिहासिक सहभागिता : चन्द्रमाको यात्रामा पहिलो पटक महिला (क्रिस्टिना कोच) र अश्वेत व्यक्ति (भिक्टर ग्लोभर) को सफल सहभागिता ।

१२. नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?
➤ शैलजा आचार्य
१३. तेक्वान्दो खेललाई आधिकारिक रूपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो ?
➤ सन् २००० को सिड्नी ओलम्पिकदेखि
१४. हाल गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा को चयन भएका छन् ?
➤ डा. हेमराज शर्मा
- वरिष्ठ उपाध्यक्ष : रोविनप्रसाद शेरचन
- महासचिव : डा. चिरञ्जीवी खड्का
- सम्मेलन आयोजना : वि.सं. २०८२ फागुन ३०चैत्र २ (सन् २०२६ मार्च १४१६), काठमाडौँ
- नारा : हाम्रो एकता, समृद्धिको आधार
- सम्मेलनले १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

१५. डार्विनको प्राकृतिक छनोटको सिद्धान्त भनेको के हो ?
➤ बढी उन्नतिशील जीवको छनोट र कम उन्नतिशील जीवको विनाश प्रकृतिबाट हुने प्रक्रिया
१६. जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति ‘सेतो बाघ’ हो भने कोरियन भाषामा प्रकाशित पहिलो नेपाली कृति कुन हो ?
➤ पल्पसा क्याफे
१७. सरकारले आफ्नो १०० दिने कार्यसूची अनुसार तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा आगामी ५ वर्षभित्र नेपालको प्रतिव्यक्ति आय कति पुर्याउने लक्ष्य रहेको छ ?
➤ ३ हजार अमेरिकी डलर (वि.सं. २०८३ वैशाख १ गते प्रस्तुत)
अर्थतन्त्र र विकास लक्ष्य
- आर्थिक वृद्धि : आगामी ५ वर्षभित्र औसत आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याइने ।
- प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर र जीडिपी १०० अर्ब डलर नजिक पु¥याइने ।
- गरिबी निवारण : हालको बहुआयामिक गरिबीलाई घटाएर १० प्रतिशत कायम गर्ने ।
- कर नीति : व्यावसायिक वातावरण तय गर्न आगामी १० वर्षसम्म करका दरहरू स्थिर राखिने ।
- रोजगारी : आगामी ५ वर्षमा १५ हजारलाई रोजगारी सिर्जना गर्ने लक्ष्य ।
- रिमोट वर्क र सीमापार सेवा निर्यातलाई प्रोत्साहन ।
- सुशासन/प्रशासनिक सुधार
- मन्त्रालय कटौती : हालको सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १७ वटामा सीमित गर्ने ।
- सम्पत्ति छानबिन : वि.सं. २०४६ सालपछिका सबै सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने ।
- प्रशासनिक पुनर्संरचना : आगामी ५ वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भिœयाउने ।
- सेवा प्रवाह : सार्वजनिक सेवामा ‘टाइम कार्ड’ र कागजविहीन डिजिटल प्रणाली लागु गर्ने ।
- राष्ट्रिय योजना आयोगलाई थिङ्क ट्याङ्क ढाँचामा लगिने ।
- उच्चस्तरीय प्रशासन संरचना पुनरवलोकन आयोग गठन ।
परराष्ट्र, ऊर्जा र पूर्वाधार नीति
- परराष्ट्र नीति : कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने । ‘नेपाल प्रथम र नेपाली प्रथम’ को अवधारणालाई पूर्णरूपमा आत्मसात् गर्ने ।
- ऊर्जा लक्ष्य : आगामी एक दशक (१० वर्ष) मा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राख्ने ।
- पूर्वाधार लगानी : ठूला पूर्वाधार विकासका लागि वार्षिक १ खर्ब रुपियाँ बराबरको ‘डायस्पोरा बन्ड’ जारी गर्ने ।
- राजमार्ग स्तरोन्नति : पूर्वपश्चिम (महेन्द्र) राजमार्गलाई ३ वर्षभित्र अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्ने ।
- स्वास्थ्य, शिक्षा, प्रविधि र कृषि
- राष्ट्रिय आरोग्य वर्ष : सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’ का रूपमा मनाउने ।
- स्वास्थ्य बजेट : वि.सं. २०८८ सम्ममा कुल बजेटको ८ प्रतिशत स्वास्थ्यतर्फ विनियोजन गर्ने ।
- शिक्षा नीति : विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै मोडेल’ लागु गर्ने ।
- कृषि तथा सामाजिक सुरक्षा :
- किसान क्रेडिट कार्ड, बिमा र योगदानमा आधारित किसान पेन्सन लागु गर्ने ।
- आइटी प्रवर्धन बोर्ड गठन ।
- सामाजिक न्याय तथा समावेशीकरण
- राज्यका तर्फबाट विगतका विभेदप्रति औपचारिक क्षमायाचना ।
- सबै तहमा महिलाको अर्थपूर्ण सहभागिता र समान ज्याला ।
प्रस्तुतकर्ता : टङ्क केसी