Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

राष्ट्रिय प्रसारण ग्रीड पाचौँ तह २०८१/०४/२२ मा सोधिएका प्रश्नहरू

  • Ritisha Shakya
  • August 08, 2024
  • 679

राष्ट्रिय प्रसारण ग्रीड पाचौँ तह २०८१/०४/२२ मा सोधिएका प्रश्नहरू

राष्ट्रिय प्रसारण ग्रीड पाचौँ तह २०८१/०४/२२ मा सोधिएका प्रश्नहरू

1. नेपालमा सरक्षित स्तनधारी जन्तुहरु कति प्रजातिका छन्?

A. १५

B. १८

C. २१

D. २३

2. संयुक्त राष्ट्रसंघको बडापत्र कहिलेदेखि लागू भएको हो ?

A. सन् १९४५

B. सन् १९४६

C. सन् १९४७

D. सन् १९४८

3. BIMSTEC का वर्तमान महासचिव कुन देशका हुन्?

A. भारत

B. नेपाल

C. फिलिपिन्स

D. श्रीलंका

4. पदार्थको अणुभित्र इलेक्ट्रोन प्रोटोन र न्यूट्रोन हुन्छ भने वैज्ञानिक को हुन् ?

A. सर आइज्याक न्यूटन

B. जोन डाल्टन

C. माइकल फराडे

D. चार्ल्स डार्विन

5. Jonas Edward Salk ले विकास गरेको खोप (Vaccine) देहायका मध्ये कुन हो?

A. Rabies

B. Rubella

C. Polio

D. Smallpox

6. नेपालसँगै दौत्य सम्बन्ध कायम भएको पछिल्लो मुलुक निम्न मध्ये कुन हो?

A. नाउरु

B. क्यामरुन

C. टोंगा

D. बेलिज

7. नेपालमा जस्तै शनिबारको दिन सार्वजनिक विदा कुन देशमा दिइन्छ?

A. इजरायल

B. बेलायत

C. संयुक्त राज्य अमेरिका

D. क्यानडा

8. विश्व आर्थिक स्वतन्त्रता सूचकांक, २०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

A. १४०

B. १४१

C. १४२

D. १४३

9. राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड कुन ऐन अन्तर्गत स्थापित निकाय हो?

A. कम्पनी ऐन, २०६३

B. नेपाल विद्युत प्राधिकरण ऐन, २०४१

C. संस्थान ऐन, २०२१

D. संस्था दर्ता ऐन, २०३४

10. राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको शेयर धनी निम्न मध्ये कुन निकाय होइन ?

A. भूमि व्यवस्था, सहकारी तथा गरिबी निर्वारण मन्त्रालय

B. गृह मन्त्रालय

C.उयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

D. रक्षा मन्त्रालय

11. राष्ट्रिय ग्रिडमा समावेश हुने गरी नेपाल सरकारले खरिद गर्ने विद्युतको खरिद दर् कसले निर्धारण गर्छ ?

A. नेपाल सरकार

B. ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय

C. नेपाल विद्युत प्राधिकरण

D. विद्युत नियमन आयोग

12. कुनै प्रसारण लाइन वा ग्रिडलाई राष्ट्रिय प्रसारण लाइन वा ग्रिड भनी कुन निकायले तोक्न सक्छ ?

A. राष्ट्रिय पसारण ग्रिड कम्पनी लिमिटेड

B. नेपाल विद्युत प्राधिकरण

C. विद्युत विकास विभाग

D. नेपाल सरकार

13. धेरैबाट थोरै जिल्लाहरू भएको प्रदेशको क्रम तलका मध्ये कुन ठिक हो ?

A. कोशी, मधेश, बागमती, लुम्बिनी

B. मधेश, बागमती, लुम्बिनी, कोशी

C. बागमती, कोशी, मधेश, लुम्बिनी

D. कोशी, बागमती, लुम्बिनी, मधेश

14. नेपालको हावापानीमा प्रभाव पार्ने तत्त्व तलका मध्ये कुन होइन ?

A. उचाइ

B. सामुद्रिक दूरी

C. स्थानीय वायु

D. माटो

15. समूह ( अ) र समूह ( आ) बीच जोडा मिलाई सही विकल्प छनोट गर्नुहोस् ?

समूह (अ )                                                    समूह (आ)

क) लाइब्रेरी पर्व                                            वि. सं. १९१०

ख) नेपालको पहिलो मुलुकी ऐन                    वि. सं. १९७५

ग) त्रिचन्द्र कलेजको स्थापना                        वि. सं. १९७७

घ) सती प्रथा उन्मूलन                                  वि. सं. १९८७

A. क-२, ख-१, ग-३, घ-४

B. क-४, ख-३, ग-२, घ-१

C. क-४, ख-१, ग-२, घ-३

D. क-४, ख-२, ग-१, घ-३

16. हनुमानढोका बाहिर हनुमानका दुईवटा मूर्ति स्थापना कुन राजाले गराएका हुन् ?

A. यक्ष मल्ल

B. महेन्द्र मल्ल

C. प्रताप मल्ल

D. जय प्रकाश मल्ल

17. साहित्यिक कृति ‘पापिनी आमा’ का सर्जक को हुन् ?

A. लक्ष्मीप्रसाद देवकोटा

B. माधवप्रसाद घिमिरे

C. भैरव अर्याल

D. भीम निधि तिवारी

18. हुक्काहुक्की पर्व कुन जातिमा प्रचलित छ ?

A. धिमाल

B. राजवंशी

C. थारु

D. झाँगड

19. नेपालमा पहिलोपटक कुन प्रधानमन्त्रीको पालामा संविधान जारी भएको हो ?

A. पद्म शमशेर

B. जुद्ध शम्शेर

C. मोहन शमशेर

D. मातृकाप्रसाद कोइराला

20. नेपालको संविधान बमोजिम सङ्घ प्रदेश र स्थानीय तहको सम्बन्ध कुन सिद्धान्तमा आधारित छ ?

A. सहिष्णुरता, भाइचारा र सामानता

B. सदाचारिता, सहअस्तित्व र सहकार्य

C. सहकारिता, समन्वय र सहअस्तित्व

D. असंलग्नता, अहस्तक्षेप र पारस्परिक सहयोग

21. सोह्रौँ योजनाले योजना अवधिको आर्थिक वृद्धि दरको औषत लक्ष्य कति प्रतिशत राखेको छ ?

A. ८.५

B. ७.१

C. ६.५

D. ६.२५

22. आर्थिक सर्वक्षण २०८०/८१ अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मस्तयपालनको योगदान कति प्रतिशत रहेको छ ?

A. २२.५

B. २३.०४

C. २३.९२

D. २४.०९

23. उत्पादन क्षमताका आधारमा निम्न जलविद्युत आयोजनाको ठुलोबाट सानो क्रम छान्नुहोस्।

A. काला गण्डकी, मर्स्याङ्दी, खिम्ती, चिलिमे

B. काला गण्डकी, खिम्ती, मर्स्याङ्दी, चिलिमे

C. मर्स्याङ्दी, काला गण्डकी, चिलिमे, खिम्ती

D. काला गण्डकी, मर्स्याङ्दी, चिलिमे, खिम्ती

24. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सङ्ख्याको आधारमा सबैभन्दा धेरै वैदेशिक अध्ययन अनुमतिपत्र कुन देशका लागि जारी भएको छ ?

A. अस्ट्रेलिया

B. संयुक्त राज्य अमेरिका

C. जापान

D. क्यानडा

25. जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रियसङ्घीय बैठक (COP ) को पहिलो बैठक सन् १९९५ मा कहाँ आयोजना भएको थियो ?

A. लन्डन

B. बर्लिन

C. पेरिस

D. मेड्रिड

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 100
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 114
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 29
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 128
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 150
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA