भारतको ७८ औं स्वतन्त्रता दिवस
आज (अगस्ट १५, २०२४) भारत बेलायत शासनबाट स्वतन्त्र भएको ७८औँ वार्षिकोत्सव हो।
- ब्रिटिश भारतलाई स्वतन्त्रता प्रदान गर्न र दुई सार्वभौम प्रभुत्व सिर्जना गर्न, भारतीय स्वतन्त्रता अधिनियम (जुलाई १८, १९४७) पारित भएको थियो।
- भारतीय स्वतन्त्रता अधिनियमको आधारमा भारतले १५ अगस्ट १९४७ को मध्यरातमा बेलायतको प्रतक्ष्य शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
- स्वोतन्त्रताको प्राप्तिपछि भारतको पहिलो प्रधानमन्त्रीको रुपमा जवाहरलाल नेहरू चयन भएका थिए र आजको समयमा भारत विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश रहेको छ।
- हरेक वर्ष १५ अगस्तको दिन भारतमा विशाल पर्वको रुप स्वोतन्त्रता दिवस मनाईन्छ र यस वर्षको स्वतन्त्रता दिवसको विषय ‘Viksit Bharat @ 2047’ रहेको छ।
- सन् १७५७ देखि सुरु भई, भारतमा बेलायतले १९० वर्षसम्म शासन गरेको थियो।
