Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

English/Nepali Translation for Officer Cadets: Tips and Past Questions

  • Engineering Nepal
  • August 26, 2024
  • 367

English/Nepali Translation for Officer Cadets: Tips and Past Questions

English/Nepali Translation for Officer Cadets: Tips and Past Questions

Translating foreign texts accurately and effectively can be a challenging task, but with practice and the following tips, you can improve your translation skills and strive for a perfect translation:

1.  Avoid translating text word-for-word, as this often results in awkward or inaccurate translations. Focus on conveying the meaning and intent of the source text. (शब्द-शब्दलाई एक एक गर्दै अनुवाद गर्दा अलिक मिल्दैन | यसो गर्दा अनुवादित वाक्य असान्दर्भिक हुन जान्छ ।)

  • उदाहरणको लागि :
    I eat rice everyday
    शब्द-शब्द अनुवाद गर्दा:
    I – म
    eat – खान्छु
    rice – भात
    everyday – हरेक दिन
    Incorrect: म खान्छु भात हरेक दिन
    माथिको वाक्य असान्दर्भिक हुन् गयो त्यसैले जहिले पनि दिईएको शब्दको भाव बुझेर वाक्यले के अर्थाउन खोजेको छ त्यो कुरा सरल रुपमा आर्को भाषामा ढाल्न खोज्नु होला ।Correct: म हरेक दिन भात खान्छु ।

2. Pay attention to idiomatic expressions, phrasal verbs, and cultural references, which may not have direct equivalents in the target language. उदाहरणको लागि:
निपात प्रयोग भएका शब्दको सिधा अंग्रेजी अनुवाद मिल्दैन अथवा कम हुन्छ ।

  • वाक्य : हामी त हिजो मेलामा गयौं नि ।
    अनुवाद: We went to the fair yesterday.त र नि झल्किने अंग्रेजी अनुवाद हुदैन
    Let us go to watch the cinema today.

    माथि  दिएको वाक्यको सन्दर्भमा (given context) ‘let us’ को अनुवाद निकाल्न अप्ठ्यरो हुन्छ |

    Translation: आज हामी सिनेमा हेर्न जाउँ ।

    OR: आउ आज हामी सिनेमा हेर्न जाउँ ।

    Sentence: Let us play.
    Translation: हामीलाई खेल्न देऊ ।
    Or आउ हामी खेलौँ

    थप उदाहरणको लागि उखान टुक्का/Idioms अनुवाद गर्दा:
    Sentence: Tit for Tat.
    Translation: जस्तालाई त्यस्तै ।

3. भरपर्दा सामाग्रीहरु एवं शब्दकोषहरु हेर्ने बानि बसल्नुहोस | अहिले बजारमा विभिन्न Mobile Apps ले nepali-english शब्दकोषको सेवा प्रदान गर्दछन् कुनै एक राम्रो review भएको Apps आफ्नो Mobile मा हालेर फुर्सदको बेलामा हेर्ने बानि बसाल्नुहोस | )
Google Translate हरु जस्ता online tools मा भर नपर्नुहोस् किनभने यसले अघि उल्लेख गरिए अनुसार शब्द-शब्द अनुवाद गर्न खोज्छ जसले गर्दा असान्दर्भिक वाक्यको निरमाण हुन्छ । तपाईले अभ्यास एवं अध्ययन गरिराख्नु भएको सामग्री गुणस्तरीय र भरपर्दो हुनपर्छ ।

4. एक पल्ट अनुवाद गरिसकेपछि आफ्नो लेखको शैलीको समीक्षा गर्नुहोस् र अरुसंग पनि प्रतिक्रिया माग्नुहोस् । आफुले अनुवाद गरेको कुरा पढेर सुनाउनुहोस् र कस्तो सुनिरहेको छ विचार गर्नुहोस् । त्रुटी रहित अनुवाद सधै गर्न सकिदैन ।

लोकसेवाले विगतमा सोधेका केहि प्रश्नहरू:

1. Translate the following English text into Nepali language. [5 marks]
On one fine sunny day, Akbar and Birbal were walking in the place garden. Suddenly, Akbar thought out testing Birbal’s wits, by asking him a tricky question. He asked Birbal, “How many crows are there in our kingdom? “Birbal could sense the amusement in the king’s voice and within a few minutes Birbal replied, “My king, there are eighty thousand nine hundred and seventy one crows in our kingdom. “Surprised and amazed, Akbar further tested Birbal, “What if we have more crows?” Birbal replied, “Oh, then the crows from the other kingdom must be visiting us.” “What if there are lesser crows?” asked Akbar. “Well, then some of our crows must be visiting other kingdoms”, replied Birbal with a grin on his face. Akbar smiled at Birbal’s great sense of humour and wit. [ Officer Cadet 2079/03/20 ]
Answer:

एक सुन्दर घाम लागेको दिन, अकबर र बीरबल दरबारको बगैंचामा हिंड्दै थिए। अचानक, अकबरले बीरबलको चतुराई जाँच्न उसलाई एउटा गाह्रो प्रश्न सोध्ने सोच बनाए। उनले बीरबललाई सोधे, “हाम्रो राज्यमा कति कागहरू छन्?” । बीरबलले राजाको स्वरमा रमाइलोको आभास गरे र केही मिनेटमा जवाफ दिए, “मेरो राजा, हाम्रो राज्यमा अस्सी हजार नौ सय एकाहत्तर कागहरू छन्।” अकबर अचम्मित र चकित भए, र बीरबललाई अझै जाँचे, “यदि हामीसँग अझ बढी कागहरू भए भने?” बीरबलले जवाफ दिए, “ओहो, तिनीहरू अर्को राज्यका कागहरू हाम्रोमा भ्रमण गर्न आएको हुनुपर्छ।” “यदि कागहरू कम भए भने?”, अकबरले सोधे। बीरबल मुस्कुराउँदै भने, “ए,  त्यसो भए त हाम्रो केही कागहरू अरू राज्यमा भ्रमणका लागि गएको हुनुपर्छ।” अकबर बीरबलको चतुराई र हास्यबोध देखेर मुस्कुराए।

2.  Translate the following passage into English. [ 5 marks ] 

पोखरा महानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ । पोखर शहर नेपालको ठूलो शहर हो। त्यसैले पोखरालाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ। यो शहर कास्की जिल्लाको जिल्ला सदरमुकामका साथै गण्डकी प्रदेशको पनि सदरमुकाम हो। पोखरा शहर नेपालको प्रमुख शहरमध्ये एक हो। पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये पर्दछ । देश अनि विदेशबाट हजारौं पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन् । [ Officer Cadet 2079/03/20 ]

Answer:

Pokhara Metropolitan City, located in the Pokhara Valley, is known as an extremely delightful place in Nepal. Pokhara city is a large city in Nepal. Therefore, Pokhara is also considered an important tourist destination in Nepal. This city is the district headquarters of Kaski District and also the headquarter of Gandaki Province. Pokhara city is one of the major cities of Nepal. Pokhara is one of the main tourist destinations in Nepal. Thousands of tourists from both within the country and abroad come to visit Pokhara.

🚀📲✨💥🔓 20 plus questions and more tips in the app officer cadet subscription…….. Subscribe for access…!

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 100
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 114
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 29
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 128
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 148
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA