Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (९ असोज २०८१, बुधबार)

  • GhokSewa
  • September 28, 2024
  • 261

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (९ असोज २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (९ असोज २०८१, बुधबार)

१. नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा स्पोर्टस् अवार्ड, २०८० को वर्ष खेलाडी कसलाई घोषणा गर्‍यो ?

➤ पुरुषतर्फ : रोहितकुमार पौडेल (क्रिकेट) र महिलातर्फ : एरिका गुरुङ (कराँते)

  • वर्ष उत्कृष्ट प्रशिक्षक : कराँतेका कुशल श्रेष्ठ
  • युवा वर्ष खेलाडी : हेमन्त पाल (भारोत्तोलन)
  • पिपुल्स च्वाइस अवार्ड : कविता भट्ट (भलिबल)
  • एनएसजेएफ पारा एथलेट अवार्ड : पलेशा गोवर्धन
  • लाइफटाइम अचिभमेन्ट अवार्ड : क्रिकेटका विनयराज पाण्डे (नेपाल क्रिकेट सङ्घका संस्थापक महासचिव)
  • एनएसजेएफ स्पेसल अवार्ड : कुमार राई (प्रशिक्षक, भलिबल)
  • एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड : हि दोङ जङ (अध्यक्ष : एआइपिएस एसिया)
  • टिम अफ दि इयर : नेपाली महिला कबड्डी टोली ।

२.  विश्वमै पहिलो पटक उच्चतम स्थानमा डान्स कोरियोग्राफी गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गर्न सफल व्यक्तित्व को हुन् ?

➤ सुरेन्द्र राई र सुसन तामाङ

  • सुरेन्द्र र सुसनले २०८१ जेठमा सोलुखुम्बुस्थित कालापत्थरमा ५४४१ (१७,८५१ फिट) उचाइमा नृत्य गरेका थिए ।

३.  भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीको निधन कहिले भएको हो ?

➤ सन् २०२४ सेप्टेम्बर १२

४.  दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण (पिएसबी) गठन गर्ने कानुन प्रतिनिधि सभाबाट कहिले पारित भएको हो ?

➤ वि.सं. २०८१ भदौ २५

राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक भाद्र २५ मा प्रतिनिधि सभाबाट पारित भएको हो ।

प्रमाणीकरण भएको ३१ औँ दिनबाट कार्यान्वयनमा आउने गरी संसद्ले विधेयक पारित गरेको हो ।

रूपान्तरित संस्थाको मुख्य कार्यकारी अङ्ग कार्यकारी समितिको अध्यक्ष चयनमा लोक सेवा आयोगको संलग्नता हुने छ ।

५.  बागवानीका एन्टिभाइरस भनी कसलाई चिनिन्छ ?

➤ मुकुन्द रञ्जित

६.  स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन कहिले गरिने भएको छ ?

➤ वि.सं. २०८१ मङ्सिर १६

  • वि.सं. २०८१ भदौ ३० को मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो ।
  • स्थानीय तह निर्वाचन ऐनले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, कुनै पनि पालिकाका प्रमुख र उपप्रमुख तथा वडाअध्यक्षलगायतको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पदकोे पूर्ति उपनिर्वाचनद्वारा हुने व्यवस्था गरेको छ।

७.  वि.सं. २०८१ भदौ ३१ को संवैधानिक परिषद्को बैठकले प्रधान न्यायाधीशमा कसलाई सिफारिस गर्ने निर्णय गर्‍यो ?

➤ प्रकाशमान सिंह राउत

८.  राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ?

➤ असोज १

१२ औँ (२०८१) को नारा विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि

९.  सुदूरपश्चिम प्रदेश सरकारले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटको राशि कति रहेको छ ?

➤ रु. ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार

♦ वि.सं. २०८१ भदौ ३१ मा प्रस्तुत:

  • पुँजीगततर्फ : रु १८ अर्ब ७६ करोड २३ लाख (५९.३२ प्रतिशत)
  • चालुतर्फ : रु. १२ अर्ब ८५ करोड ७४ लाख (४०.६५ प्रतिशत)
  • वित्तीय व्यवस्था तर्फ : रु. एक करोड (०.०३ प्रतिशत)

♦ खर्च बेहोर्ने स्रोत:

  • आन्तरिक राजस्व परिचालनबाट : रु. एक अर्ब ६० करोड ७० लाख
  • सङ्घीय सरकारको राजस्व बाँडफाँटबाट : रु. नौ अर्ब ९९ करोड १९ लाख
  • सङ्घीय रोयल्टी बाँडफाँटबाट : रु. चार करोड चार लाख
  • वित्तीय समानीकरण अनुदानबाट : रु. आठ अर्ब ७२ करोड २७ लाख
  • आव २०८०/८१ को विनियोजनबाट बचत : रु. छ अर्ब १५ करोड ८३ लाख
  • ससर्त अनुदान : रु. तीन अर्ब १३ करोड ३४ लाख
  • सङ्घीय समपूरक अनुदानबाट : रु. एक अर्ब ४२ करोड
  • विशेष अनुदानबाट : रु. ५५ करोड ६० लाख
  • यसअघि सदनमा पेस भएर पास हुन नसकेको बजेटलाई परिमार्जन गरी नयाँ बजेट ल्याइएको हो ।
  • तत्कालीन सरकारले असार १ मा पेस गरेको रु. ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट सरकार अल्पमतमा परेसँगै पारित हुन सकेको थिएन । बजेट पारित नहुँदा सुदूरपश्चिम प्रदेश दुई महिनादेखि बजेट विहीन अवस्थामा रहेको थियो ।

१०.  राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

➤ असोज २

२०८१ को नारा : ज्ञान, विज्ञान, सिप उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता

अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रूपमा मनाउने निर्णयबमोजिम प्रत्येक वर्ष असोज २ गतेका दिन यो दिवस मनाउन थालिएको हो ।

११.  राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा कहिले गरियो ?

➤ वि.सं. २०८१ असोज १

१२.  नेपाल टेलिभिजनद्वारा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?

➤ वि.सं. २०७५ असोज ६

१३. साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (एसएआरएफआइआई) को अध्यक्षमा को चयन भएका छन् ?

➤ गभर्नर महाप्रसाद अधिकारी

  • सार्फीको नेतृत्व नेपाल राष्ट्र बैङ्कमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैङ्कका तर्फबाट गभर्नर अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन् ।
  • मध्य अमेरिकी मुलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा सन् २०२४ सेप्टेम्बरमा भएको एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई)–ग्लोबल पोलिसो फोरम को बैठक अन्तर्गत आयोजित पाँचौँ सार्फी लिडर्स रुटिनेबलका क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैङ्कमा हस्तान्तरण भएको हो ।
  • बैठकले स्टेट बैङ्क अफ पाकिस्तानलाई सार्फीको उपाध्यक्ष चयन गरेको छ ।
  • यस अघि सार्फीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैङ्कका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
  • सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेडसीमा सम्पन्न ‘ग्लोबल पोलिसी फोरम’ को बाह्रौँ बैठकका क्रममा सार्फी स्थापना भएको ।
  • नेपाल राष्ट्र बैङ्कसहित बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैङ्कहरू उक्त सञ्जालमा आबद्ध छन् ।
  • क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीय स्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्नेलगायतका उद्देश्यसहित सार्फीको स्थापना भएको हो ।

१४.  वि.सं. २०८१ वैशाख पूर्णिमाका दिन कति औँ बुद्ध जयन्ती मनाइयो ?

➤ २५६८ औँ

१५.  क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को अध्यक्षमा कसलाई चयन गरियो ?

➤ रामकला खड्का (अन्नपूर्णकर्मी), विसं २०८१ भदौ

  • डब्लुडब्लुजेको स्थापना सन् २००६ मा भएको हो ।

१६.  बेस्ट इन डिजिटल बैङ्किङ अवार्डबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

➤ एनआइसी एसिया बैङ्क (सन् २०२४ अगस्ट)

  • इन्डियन चेम्बर अफ कमर्सको ‘बेस्ट इन डिजिटल बैङ्किङ अवार्ड अन्तर्गत सन् २०२४ अगस्टमा भारतको नयाँ दिल्लीमा आयोजित ‘बैङ्किङ कन्क्लेभ २०२४’ मा एनआईसी एसिया बैङ्किङलाई उक्त अवार्ड प्रदान गरिएको छ ।
  • यस अवार्डमा बिम्स्टेक अन्तर्गतका राष्ट्र नेपालसहित भारत, श्रीलङ्का, भुटान, म्यानमारलगायतका देशहरूका बैङ्कहरूले प्रतिस्पर्धा गरेका थिए ।
  • त्यस्तै, गरिमा विकास बैङ्क ‘द बेस्ट बैङ्किङ इन एसेट क्वालिटी’ अवार्डबाट सम्मानित भएको ।

१७.  राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ ? 

➤ भदौ २९

  • २०८१ (६० औँ) को नारा : बालबालिकामा लगानी : सुनिश्चित भविष्यको लगानी ।
  • नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन  गरेको दिनको सम्झनामा विसं २०६३ देखि भदौ ४  गतेको सट्टा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आएको छ ।

१८.  पद्मश्री साहित्य पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ?

➤ प्रा. कृष्ण गौतम (उपन्यासः अद्वैत)

  • द्वैत, अद्वैत तथा बहुलवादमा आस्था भए पनि मानवताको सार मूलतः एक रहेको तथा विश्वास, मत र मार्गहरू भए पनि मुहान एक रहेको व्याख्या गर्दै मानव समाजमा समभाव, समानुभू्ति तथा ऐक्यबद्धता स्थापना गर्ने विषयमा बोधगम्य भाषा शैलीमा उक्त उपन्यास लेखिएको हो ।
  • प्रा. गौतमका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
  • त्यस्तै, नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा निरन्तर सक्रिय साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको । चामलिङ २४ वर्ष भारतको सिक्किम राज्यका मुख्यमन्त्री भएका थिए ।
  • त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, पूर्वराजदूत तथा नागरिक समाजका अभियन्ता प्राडा केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिएको छ ।
  • यी पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको छ ।

१९.  युरो मनी अवार्ड फर एक्सेलेन्स २०२४ अन्तर्गत बेस्ट बैङ्किङ नेपाल र बेस्ट बैङ्किङ इएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल गरी दुई विधामा सम्मानित हुन सफल नेपाली बैङ्किङ कुन हो ?

➤ ग्लोबल आइएमइ बैङ्क (सन् २०२४ सेप्टेम्बर)

  • सन् २०२४ सेप्टेम्बर १२ मा सिङ्गापुरमा आयोजित एक समारोहमा युरो मनी म्यागेजिनका प्रतिनिधिद्वारा बैङ्किङका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई सो अवार्ड हस्तान्तरण गरिएको हो ।
  • यस अघि पनि ग्लोबल आइएमई बैङ्कले ‘युरो मनी अवार्ड फर एक्सेलेन्स २०२२–बेस्ट बैङ्क नेपाल प्राप्त गरेको थियो ।
  • सन् १९९२ मा युरो मनी म्यागेजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको प्रतिष्ठित अवार्ड हो ।

 प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 94
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 110
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 26
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 125
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 145
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA