Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३० असोज २०८१, बुधबार)

  • Ajnabee Khadka
  • October 16, 2024
  • 304

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३० असोज २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (३० असोज २०८१, बुधबार)

 १.  चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार विजेता वैज्ञानिक को हुन् ?

➤ अमेरिकी वैज्ञानिकद्वय भिक्टर इम्ब्रोस र म्यारी रभ्कन (‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि) 

  • भौतिकशास्त्र : जोन जे. हप्फिल्ड (अमेरिका) र जेफ्री हिन्टन (ब्रिटिस क्यानडेली); (आर्टिफिसियल न्युरल नेटवर्कमार्फत मेसिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कारका लागि)
  •  रसायनशास्त्र: डेभिड बेकर (अमेरिका); (कम्प्युटेसनल प्रोटिन डिजाइनका लागि)
  • जोन एम. जम्पर (अमेरिका), डेमिस हासाविस (बेलायत) ; (प्रोटिनको स्ट्रक्चर प्रेडिक्सन गरेबापत) 
  • साहित्य: हान काङ (दक्षिण कोरिया); (ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने काव्यात्मक गद्यका लागि)
  • शान्ति: निहन हिडन्क्यो (जापानी संस्था); (विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयास एवं आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने सन्देश) 
  • अर्थशास्त्र: डारोन एसिमोग्लु (अमेरिका), साइमन जोनसन (अमेरिका) र जेम्स ए. रोबिन्सन (अमेरिका); (संस्था कसरी निर्माण हुन्छन् र तिनीहरूले समृद्धिमा कसरी प्रभाव पार्छन् भन्ने अध्ययन गरेबापत)

२.  नेपालको संविधानको इतिहासमा वर्तमान संविधान कति औँ संविधान हो ?

➤ सातौँ

नेपालमा हालसम्म जारी भएका संविधान:

क.  नेपाल सरकार वैधानिक कानुन, २००४ 

–  लागु मिति ः २००५ वैशाख १ 

ख. नेपालको अन्तरिम शासन विधान, २००७ 

–  लागु मिति ः २००७ चैत २८ 

ग.  नेपाल अधिराज्यको संविधान, २०१५ 

–  लागु मिति ः २०१५ फागुन १

ङ.  नेपालको संविधान, २०१९ 

–  लागु मिति ः २०१९ पुस १

च.  नेपाल अधिराज्यको संविधान, २०४७ 

–  लागु मिति ः २०४७ कात्तिक २३

छ.  नेपालको अन्तरिम संविधान, २०६३ 

–  लागु मिति ः २०६३ माघ १

ज.  नेपालको संविधान (२०७२) 

–  लागु मिति ः २०७२ असोज ३

 

३.  नवौं संस्करणको महिला टी–२० विश्वकप कहिले र कहाँ तय भएको हो ?

➤ सन् २०२४ अक्टोबर ३–२०, दुबई (युएई)

–  महिला टी–२० विश्वकप सन् २००९ देखि इङ्ग्ल्यान्डबाट सुरु भएको हो । 

–  पुरुष टी–२० विश्वकप सन् २००७ देखि दक्षिण अफ्रिकाबाट सुरु भएको हो ।

४.  नेपालको बिजुली बङ्गलादेश निर्यात गर्ने सम्बन्धमा नेपाल, भारत र बङ्गलादेशबिच बहुप्रतीक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतामा हस्ताक्षर कहिले भयो ?

➤ वि.सं २०८१ असोज १७ (सन् २००४ अक्टोबर ३) 

  • असोज १७ मा राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजौल करिम र भारतको एनटिपिसी विद्युत् व्यापार निगमका प्रमुख कार्यकारी अधिकृत रेणु नारङ्गले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 
  • अनुसार प्राधिकरणले वर्षायामको छ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् बङ्गलादेशलाई बिक्री गरिने छ। 
  • बिजुली नेपाल र भारतबिच पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइन हुँँदै बङ्गलादेश निर्यात हुने छ । 

५.  अभ्यास क्याम्ब्रियन गस्ती–२०२४ मा स्वर्णपदक प्राप्त गर्न सफल सैन्य टोली कुन देशको हो ?

➤ नेपाल 

  • बेलायतको वेल्समा भएको (२०८१ असोज २३–२५) यस अभ्यासमा ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाको टोलीले स्वर्णपदक प्राप्त गरेको हो । 
  • प्रतियोगितामा बेलायतसहित ३७ राष्ट्रका १२१ टोलीको सहभागिता रह्यो । 
  • सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । 
  • दुई दिनभित्र हतियारसहित करिब ५० पाउन्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दुरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइँ तयारी, खबर सङ्कलन तथा घाइते, बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङ्कन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

६.  विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् ?

➤ दावा याङजुम शेर्पा (दोलखा)

७. बियोन्ड बेइजिङ समिति (बिबिसी) नेपालद्वारा बेइजिङ+३० राष्ट्रिय महिला सम्मेलनको आयोजना कहिले गरियो ?

➤ वि.सं. २०८१ साउन ३२, ललितपुर 

  • बियोन्ड बेइजिङ समिति (बिबिसी) मा सरकारले हस्ताक्षर गरी प्रतिबद्धता गरेबमोजिम हरेक पाँच वर्षमा त्यसको प्रगति, कार्यान्वयन गर्दा सामना गरेका चुनौती, अवसर र कार्यान्वयन गर्न बाँकी रहेका सवालगत कार्यबारे आवधिक समीक्षा प्रतिवेदन तयार गरी संयुक्त राष्ट्रसङ्घको महिलाको स्थितिसम्बन्धी आयोगको ६९ औँ सत्रमा पेस गर्नुपर्ने प्रावधान अनुसार समितिले सो सम्मेलन गरेको हो । 

८.  सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा को नियुक्त भएका छन् ?

➤ प्रकाशमानसिंह राउत

  • सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशका रूपमा राउतले कार्यभार समाल्नुभएको छ । २०८१ असोज २० मा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँले पदबहाली गर्नुभएको हो । 
  • राउतले २०८२ चैत १८ सम्म न्यायालयको नेतृत्व समाल्नु हुने छ । 

९.  २०८१ असोजसम्म साक्षर घोषित जिल्लाको सङ्ख्या कति पुगेको छ ?

➤ ६५ 

  • साक्षर घोषित ६५ औँ जिल्ला मुगु हो । 
  • २०८१ असोज ७ गते मुगु साक्षर जिल्ला घोषित भएको हो । 
  • पहिलो साक्षर घोषित जिल्ला: सिन्धुपाल्चोक (२०७१ असार २) 
  • ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षर भएमा साक्षर जिल्ला घोषणा गर्न सकिने व्यवस्था छ । 
  • सर्वप्रथम साक्षर घोषित प्रदेश: बागमती (२०७८ असोज ११) 
  • दोस्रो: गण्डकी (२०७८ असोज २४)
  • तेस्रो: कोशी (२०७९ भदौ २३)

१०.  सरकारले आरोहणका लागि थप ५७ हिमाल खुला गर्ने निर्णय कहिले गरेको हो ?

➤ विसं २०८१ असोज २१

११.  सातौँ संस्करणको महिला साफ च्याम्पियनसिपको आयोजना मिति कुन हो ?

➤ विसं २०८१ कात्तिक १–१४, काठमाडौँ

१२.  नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्धनका लागि नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेन्डसिप एसोसिएसनबिच दुई पक्षीय लगानी अभिवृद्धि एवं व्यापार सहजीकरण गर्नेबारे समझदारी कहिले भएको हो ?

➤ विसं २०८१ असोज १९ (सन् २०२४ अक्टोबर ५) 

१३.  कुनै वस्तुमा त्यसको स्थान वा स्थिति परिवर्तनको कारणले सञ्चित रहने शक्तिलाई के भनिन्छ ?

➤ स्थिति शक्ति (पोटेन्सियल इनर्जी)

  • तन्किएको रबरमा जम्मा भएको शक्ति, बाँधमा जम्मा गरिएको पानीमा हुने शक्ति, कुनै स्प्रिङ दबाउँदा वा तन्काउँदा स्प्रिङमा सञ्चित हुने शक्ति आदि स्थिति शक्ति अर्थात् पोटेन्सियल शक्तिका उदाहरण हुन् ।

 

१४.  अमेरिकास्थित म्यासाच्युसेट्स् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) विश्वविद्यालयद्वारा कुन नेपाली मूलकी चेलीको सम्मानमा उनको नामबाट एक सूक्ष्म ग्रहको नामकरण गरिएको छ ?

➤ देविना थापा 

  • विज्ञान प्रविधिको क्षेत्रमा देविनाले गरेको अनुसन्धान कार्यको सम्मान गर्दै विश्वविद्यालयले सूक्ष्म ग्रहको नाम ‘देविना थापा’ राख्ने निर्णय गरेको हो ।

 

१५.  ‘टाइम्स अप अभियान’ केसँग सम्बन्धित छ ?

➤ यौन हिंसा हलिउड अभिनेतृ, लेखिका तथा निर्देशकद्वारा यौनजन्य हिंसाविरुद्ध लड्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो ।

 

१६.  आइसिसी टी–२० अलराउन्डरको शीर्ष दुईमा स्थान बनाउन सफल नेपाली क्रिकेटर को हुन् ?

➤ दीपेन्द्रसिंह ऐरी 

  • पहिलो : इङ्ग्ल्यान्डका लियाम लिभिङ स्टोन

 

१७.  कोशी प्रदेशले कुन वर्षलाई कोशी पर्यटन वर्षका रूपमा घोषणा ग-यो ?

➤ विसं २०८२ (घोषणा: विसं २०८१ असोज) 

१८.  मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२४ को उपाधि जित्ने प्रतिभा को हुन् ?

➤ दिव्या पात्रा

  • त्यस्तै मिसेस हेरिटेज इन्टरनेसनल नेपाल २०२४ जित्ने सुन्दरी विभा बस्नेत हुन् । 
  • रोशनी महर्जन मिसेस अर्थ एलिट नेपाल २०२४ घोषित भएकी छन् । 
  • उपाधि जितेसँगै दिव्याले आगामी नोभेम्बरमा थाइल्यान्डमा हुने मिस हेरिटेज इन्टरनेसनल २०२४, विभाले मिसेस हेरिटेज इन्टरनेसनल २०२४ र  महर्जनले नोभेम्बरमै फिलिपिन्समा हुने मिसेस अर्थ एलिट २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर  प्राप्त गरेका छन् । 

१९.  नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई चिनिन्छ ? 

➤ जयपृथ्वीबहादुर सिंह

 

२०.  तामाङ भाषाको लिपि रोङ हो भने लिम्बू भाषाको लिपि कुन हो ? 

➤ सिरिजङ्गा

 

२१.  पाटन दरबारलाई पहिले के भनी चिनिन्थ्यो ? 

➤ मनिगल

 

२२.  ओजोन तह पत्ता लगाउने व्यक्ति जेसी फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ? 

➤ सेरउड रोल्यान्ड

 

२३.  अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने प्रावधान छ ?

➤ अर्थमन्त्री

 

२४.  संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) द्वारा प्रकाशित प्रतिवेदन अनुसार सबैभन्दा बढी बालविवाह हुने राष्ट्र कुन हो ?

➤ मध्य अफ्रिकी गणतन्त्र

 

२५..  औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?

➤ पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत चिह्न, व्यापारिक गोपनीयतालगायतका बौद्धिक सम्पत्तिका साथै प्रचलित कानुनले प्रतिलिपि अधिकारका रूपमा परिभाषित गरेको विषय ।

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 94
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 108
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 24
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 123
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 145
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA