सातौं महिला साफ च्याम्पियनसिप, २०२४
सातौं महिला साफ च्याम्पियनसिप, २०२४
- मिति: सन् २०२४ अक्टोबर १७ देखि ३० सम्म
- विजेता: बङ्गलादेश (दोस्रो पटक विजेता, पहिलोपटक विजेता सन् २०२२ मा)
- उपविजेता: नेपाल (छैटौं पटक उपविजेता)
- गोल अन्तर: २–१
- फाइनल खेलमा: नेपालका लागि अमिशा कार्कीले गोल गरेकी थिइन् र बङ्गलादेशकी रितु पोना चक्माले निर्णायक गोल गरेकी थिइन्।
- आयोजक: नेपाल
- जम्मा गोल: ६२
- धेरै गोल: डेकी ल्हाजोम , भुटान (८ गोल)
- खेल: १२
- टिम: ७ (अफगानस्तान बाहेक सार्कका सबै देश)
- फेयर प्ले अवाड : बङ्गलादेश
नेपाल र बङ्गलादेश दुबै राष्ट्रले सन् २०१० मा सम्पन्न पहिलो संस्करणदेखि नै साफ महिला च्याम्पियनसिपका सहभागिता जनाउँदै आएका छन्। पहिलो संस्करण बङ्गलादेशको कक्सबजारमा आयोजना भएको थियो।
साफ महिला च्याम्पियनसिप बारे
- आयोजना: हरेक २/२ वर्षमा
- सुरुवात: सन् २०१०
- पहिलो संस्करणको विजेता: भारत
- हालसम्म सम्पन्न संस्करण: सातवटा
- हालसम्म विजेता बनेका देश: २ वटा (पहिलोदेखि पाँचौंसम्म ५ पटक भारत र पछिल्लो दुई संस्करण बङ्गलादेश)
- हालसम्म नेपालले ३ (सन् २०१९, २०२२ र २०२४) पटक आयोजना गरेको छ भने ६ पटक उपविजेता बनेको छ।