Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१४ कात्तिक २०८१, बुधबार)

  • Ajnabee Khadka
  • November 04, 2024
  • 249

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१४ कात्तिक २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१४ कात्तिक २०८१, बुधबार)

१.  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले इजिप्टलाई औलोमुक्त घोषणा कहिले गरेको हो ?

➤ सन् २०२४ अक्टोबर २० 

  • इजिप्टको सभ्यता जत्तिकै पुरानो यो रोग अब त्यहाँको इतिहास बनेको छ । 
  • एनोफिलिज लामखुट्टेको टोकाइबाट हुने औलोको सङ्क्रमणको शृङ्खला तीन वर्षदेखि देशव्यापी रूपमा अवरुद्ध भएको कुरा कुनै देशले प्रमाणित गरेपछि डब्लुएचओले प्रमाणीकरण गर्छ । औलोमुक्त घोषणाका लागि कुनै पनि देशले पुनः सङ्व्रmमणको सम्भावना रोक्न क्षमता पनि प्रदर्शन गर्नु पर्छ । 
  • डब्लुएचओका अनुसार विश्वका ४४ देश र एउटा क्षेत्र औलोमुक्त घोषणा भएका । 

२.  पद्मश्री साहित्य पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

➤ प्रा. कृष्ण गौतम (२०८१ कात्तिक, उपन्यास : अद्वैतका लागि)

  • पद्मश्री साधना सम्मान सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ र पद्मश्री गौरव पुरस्कार प्रा. केदारभक्त माथेमालाई प्रदान गरिएको । 
  • पुरस्कारको राशि तीन–तीन लाख रुपियाँ रहेको । 

३.  व्यथित काव्य डायस्पोरा सम्मान–२०८० बाट सम्मानित हुने स्रष्टा को हुन् ?

➤ कवि सकुन ज्ञवाली 

४.  हाल उत्तर एट्लान्टिक सन्धि सङ्गठन ‘नेटो’ को सदस्य राष्ट्रहरूको सङ्ख्या कति रहेको छ ?

➤ ३२

  • ३२ औँ सदस्य राष्ट्र स्विडेन हो ।
  • स्विडेन सन् २०२४ मार्च ७ मा नेटोको सदस्य बनेको हो । 

 

५.  मिसेस नेपाल वल्र्ड २०२४ को उपाधि जित्ने सुन्दरी को हुन् ?

➤ डेनिला कार्की

  • उपाधिसँगै उनले स्कुुटरलगायत पुरस्कार प्राप्त गरेकी छन् । साथै उनले आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने छन् । 
  • उक्त प्रतियोगितामा एलिना घिमिरे फस्ट रनर अप, किरण कार्की सेकेन्ड रनर अप र अनु कार्की थर्ड रनर अप भएका ।
  • सो समारोहमा सुयशा राउतले मिसेस नेपाल इन्टरनेसनलको उपाधि जितेकी । 
  • रेश्मा घिमिरेले एमएस नेपाल इन्टरनेसनलको उपाधि जितेकी ।
  • यी दुई विजेताले सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन पाउने छन् । 
  • सो समारोहमा अग्रज अभिनेत्री बसुन्धरा भुसाललाई छ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पु¥याएवापत मानार्थ मिसेस नेपाल वल्र्ड सम्मान २०२४ बाट सम्मानित गरिएको ।

६.  अमेरिकाद्वारा प्रदान गरिने ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डबाट सम्मानित हुने नेपाली अभियन्ता को हुन् ?

➤ उर्मिला चौधरी

  • नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्धनमा उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले सो सम्मान प्रदान गरेको हो । 
  • चौधरीसहित विभिन्न देशका ६ अभियन्ताले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका हुन् । 
  • अवार्डबाट सम्मानित व्यक्तित्व :
    १.  उर्मिला चौधरी (नेपाल)
    २.  दिन्ताइ सुलताइरू (घाना)
    ३.  जोन लिर्डाम (नेदरल्यान्ड्स)
    ४.  एल्भिस शाकजिरी (उत्तर म्यासेडोनिया)
    ५.  तान्या दुआर्त (मेक्सिको)
    ६.  तामासा यार्हुइ ज्याकोम (बोलिभिया) 
  • पूर्वकमलरीसमेत रहेकी उर्मिला कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । उनले अहिलेसम्म संयुक्त राष्ट्रसङ्घको युथ करेज अवार्ड फर एजुकेसन, इन्टरनेसनल ह्युमन राइट्सलगायत आधा दर्जन बढी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छन् ।

७.  नेपालमा पाइने चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?

➤ ८९६ 

  • २०८१ श्रावणमा तालु धर्से अर्जुनक नामक चरा भेटिएपश्चात् नेपालमा पाइने चरा प्रजातिको सङ्ख्या ८९६ पुगेको । सो चरा माथिल्लो मुस्ताङको ३६५० मिटरको उचाइमा भेटिएको हो । स्पोटेड फ्लाइक्याचर अङ्ग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा हो । 

८.  सरकारले जलनको उपचार गर्न नसक्ने नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय कहिले गरेको हो ?

➤ वि.सं २०८१ कात्तिक २

९.  नेपालमा चिट्ठीमा टिकट टाँस्ने चलन कहिलेदेखि सुरु भएको हो ?

➤ वि.सं १९४४ असार ११

 

१०.  जङ्गली जनावरबाट मानिस एवं खेतीपातीको रक्षा गर्न लगाइएको विद्युतीय तारलाई के भनी चिनिन्छ ?

➤ एन्जाइवर

 

११.  हिमालयन इन्साइक्लोपेडिया भनी कसलाई चिनिन्छ ?

➤ एलिजावेथ हर्ली

 

१२.  ‘प्रोक्सिमा बी’ के हो ?

➤ पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवन अनुकूल रहेको ठानिएको एक ग्रह 

  • (प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ । यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा रहेको छ ।)

 

१३.  नौमती बाजा अन्तर्गत कुनकुन बाजा पर्छन् ?

➤ दुई सनाही, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलकी, कर्नाल र नरसिंहा

  • (यो नेपालको परम्परागत रूपमा चल्दै आएको लोकप्रिय बाजा हो । विवाह, व्रतबन्ध साथै शुभदिनको आगमन तथा विजयको सङ्केतका रूपमा बजाइने यस बाजामा दुई सनाही, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलकी, कर्नाल र नरसिंहा समावेश गरिएको हुन्छ ।) 

 

१४.  आइसिसी टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाई कीर्तिमान कायम गर्ने टिम कुन हो ?

➤ जिम्बावे 

  • जिम्बावेले आइसिसी पुरुष टी–२० सब–रिजनल छनोटमा गाम्बियाविरुद्ध चार विकेटको क्षतिमा ३४४ रन बनाएको हो ।
  • यस अघि सन् २०२३ मा चीनमा आयोजित एसियन गेम्समा नेपालले मङ्गोलियाविरुद्ध ३१४ रन बनाउँदै सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बनाएको थियो । 
  • टी–२० क्रिकेटमा तीन सय रन बनाउने पहिलो राष्ट्र नेपाल हो । 

१५.  हालै काठमाडौँमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कहिले सम्पन्न भयो ?

➤ वि.सं २०८१ कात्तिक ९–११

  • सम्मेलनमा भारत, चीन, मलेसिया, इन्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिकको सहभागिता रहेको । 
  • नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा सो वैज्ञानिक सम्मेलन सम्पन्न भएको । 

१६.  ग्लोबल फाइनान्स म्यागजिनको वेस्ट बैङ्क अवार्डबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

➤ ग्लोबल आइएमई बैङ्क लि.

  • ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो । 
  • ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैङ्क र वाणिज्य बैङ्कहरूलाई यो अवार्ड प्रदान गर्छ । 

 

१७. मनोरम गिडी ताल कहाँ रहेको छ ?

➤ जुम्ला

  • प्रकृतिको वरदान मनोरम गिडी ताल जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको । 
  • पहाडैपहाडको खोँचमा रहेको यस तालको वरिपरि जङ्गल रहेको । 
  • तालबाट बगेर जाने पानी गिडी खोलामा मिसिने र तालबाटै खोलाको नामकरण भएको ठानिने । गिडीखोला जुम्लाका विभिन्न ठाउँ हुँदै तिला नदीमा मिसिने ।

 

१८.  कुन देवतालाई पारसनाथ भनिन्छ ?

➤ पशुपतिनाथ

 

१९.  पञ्च महाभूत भन्नाले. के–केलाई बुझाउँछ ?

➤ पृथ्वी, जल, तेज, वायु र आकाश

 

२०. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारा लगायतका खगोलीय पिण्डहरू एवं धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?

➤ तारापुञ्ज

  • (सौर्यमण्डलमा रहेको तारापुञ्जलाई आकाशगङ्गा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको  छ ।)

 

२१.  नेपाल संवत्का प्रणेता एवं संस्थापक को हुन् ?

➤ शङ्खधर साख्वा 

  • (नेपाल सवत्को सुरुवात विसं. ९३६ (इसं ८७९ अक्टोबर २०) मा भएको ।)

 

२२.  डेमोग्राफी भन्नाले के बुझिन्छ ?

➤ जनसङ्ख्यासम्बन्धी अध्ययन गर्ने शास्त्र 

 

२३. अत्यधिक सन्तान उत्पादन, बाँच्नका लागि सङ्घर्ष, प्राकृतिक छनोट, परिवृत्ति र वंशज, नयाँ जातिको उत्पत्तिसम्बन्धी क्रमविकासको सिद्धान्तका प्रतिपादक को हुन् ?

➤ चाल्र्स डार्बिन

 

२४. ‘०’ डिग्री देशान्तर रेखालाई प्रधान मध्याह्न रेखा भनिन्छ भने ‘०’ डिग्री अक्षांश रेखालाई के भनिन्छ ?

➤ भूमध्येरेखा

 

२५.  कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?

➤ आर्य सभ्यता 

 

२६. नेपालको पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला कुन हो ?

➤ डोटी

 

२७. नेपाल सरकारद्वारा नागरिक एप कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?

➤ वि.सं २०७७ माघ २

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 92
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 107
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 23
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 119
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 144
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA