लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२१ कात्तिक २०८१, बुधबार)
१. बालोन डी’ ओर अवार्ड–२०२४ जित्ने फुटबल खेलाडी को हुन् ?
➤ रोड्री –स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर)
- रोड्री सन् १९६० पछि बालोन डी’ ओर अवार्ड जित्ने पहिलो स्पेनिस खेलाडी हुन् ।
- महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर आइटाना बोनमटीले बालोन डी’ ओर अवार्ड प्राप्त गरेकी हुन् । उनले लगातार दोस्रोपल्ट यो अवार्ड पाएकी हुन् ।
- वर्ष उत्कृष्ट क्लब : रियल म्याड्रिड
- उत्कृष्ट प्रशिक्षक : कार्लो एन्सेलोट्टी –रियल म्याड्रिड)
- कोपा ट्रफी : लामिन यामल –स्पेन)
- लिभ यासिन ट्रफी : इमिलियानो मार्टिनेज –अर्जेन्टिना)
- गर्ड मुलर ट्रफी : हेरी केन –युके) र केलियन एमबाप्पे –फ्रान्स)

२. सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय कहिले गरेको हो ?
➤ वि.सं. २०८१ कात्तिक ११
- मुलुकका तीन वटा सरकारी अस्पताल –कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर) मा क्यान्सरको उपचार सेवा निःशुल्क गर्ने निर्णय गरिएको ।
- नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको ।

३. सातौँ साफ महिला च्याम्पियनसिप, २०२४ को उपाधि कसले जित्यो ?
➤ बङ्गलादेश
- बङ्गलादेशले २–१ को गोल अन्तरमा घरेलु टोली नेपाललाई हराएको हो ।
- बङ्गलादेशले लगातार दोस्रो पटक फाइनलमा नेपाललाई हराउँदै उपाधि रक्षा गरेको । सन् २०२२ मा दशरथ रङ्गशालामै भएको उपाधि भिडन्तमा नेपाल बङ्गलादेशसँग ३–१ ले हारेको थियो ।
- खेल सञ्चालन : सन् २०२४ अक्टोबर १७–३०
- आयोजक : नेपाल
- सहभागी राष्ट्र : ७ –अफगानिस्तानबाहेक)
✪ हालसम्मका साफ महिला च्याम्पियनसिप विजेता:

४. पितृको सम्झनामा पितरा पर्व मनाउने जाति कुन हो ?
➤ माझी
- प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ ।
- एक वर्षमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र भाइटीकाको भोलिपल्ट यो पर्व मनाइने ।
- वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ । मरेका आफन्तका नाममा एक पटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन।
५. शुक्ला साहित्य पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ?
➤ भाषाविद् मुकुन्दशरण उपाध्याय
- पुरस्कार राशि रु. ५५,५५५।–

६. भारतमा हालै सम्पन्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को अध्यक्षमा को चयन भएको छ ?
➤ भारत (सन् २०२४ नोभेम्बर)
- भारत सन् २०२४–२०२६ सम्मको अवधिका लागि अध्यक्ष चयन भएको ।
- आइएसएको सह–अध्यक्षमा फ्रान्स चयन भएको ।
- विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने उद्देश्य साथ भारतमा आइएसएको सम्मेलन आयोजना भएको ।
- सो सम्मेलनमा नेपालले राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्नेलगायत विभिन्न सात कार्यव्रmममा आइएसएको साथ र सहयोगको अपेक्षा गरेको छ ।
- सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन –कोप–२१) मा आइएसएको घोषणा गरिएको ।

७. कुमारी हिमाल भनी कुन हिमाललाई चिनिन्छ ?
➤ माछापुछ्रे
✪ कुन हिमाललाई के उपनामले चिनिन्छ ?
- सगरमाथा : १५ औँ चुली, तेस्रो ध्रुव
- मनास्लु : किलर माउन्टेन
- आमदब्लम : लेडिज पिक
- कन्चनजङ्घा : नेपाल हिमाल
- धौलागिरी : सेतो हिमाल
- गौरीशङ्कर : पाथिभरा हिमाल
८. नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छ ?
➤ २०६२/६३ सालको जनआन्दोलन
९. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ?
➤ श्री ५ राजेन्द्र
१०. थाइ–एयर एसियाले बैङ्कक–भैरहवा–बैङ्कक उडान कहिलेबाट सुरु गरेको हो ?
➤ वि.सं. २०८१ कात्तिक १८
- सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाइ एसियाको एयरबस ए–३२० कात्तिक १८ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको ।

११. दुई लाख रुपियाँ राशिको विमल कृति पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?
➤ प्रकाश थाम्सुहाङ (निबन्ध सङ्ग्रह : शब्दथुम)
- ‘शब्दथुम’ मा पूर्वेली पहिचानको रैथाने संस्कृति एवं रैथाने जीवनशैली निबन्धको मुख्य विषयवस्तु बनाइएको ।
- पुरस्कारका लागि प्राप्त एक सय दुई लेखकका विभिन्न विधाका कृतिमध्ये १० वटा श्रेष्ठ कृति चयन गरिएको । तीमध्ये थाम्सुहाङको ‘शब्दथुम’ ले पुरस्कार प्राप्त गरेको ।

१२. सरकारले भूमि समस्या समाधान आयोगको गठन कहिले गरेको हो ?
➤ वि.सं. २०८१ कात्तिक १३
- हरिप्रसाद रिजालको अध्यक्षतामा सो आयोग गठन गरिएको ।
- २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि २०४७ सालमा बलबहादुर राईको संयोजकत्वमा गठित आयोगदेखि हालसम्म १६ वटा आयोग गठन भइसकेका ।

१३. हाल साक्षरताको आधारमा सर्वाधिक साक्षरता भएको जिल्ला कुन हो ?
➤ काठमाडौँ (८९.२३ प्रतिशत)
✪ साक्षरताको आधारमा पहिलो १० स्थानमा रहेका जिल्ला:

१४. राष्ट्रिय पर्यटन रणनीतिक योजनाको अवधि कुन हो ?
➤ सन् २०१६–२०२५
१५. सरकारले कुन प्रदेशबाट क्षय रोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो ?
➤ कर्णाली प्रदेश
- सरकारले २०७८ चैत २२ मा सो अभियान थालिएको जनाएको ।
१६. संयुक्त राष्ट्रसङ्घीय लागुऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट कहिले हटाएको हो ?
➤ सन् २०२० डिसेम्बर २
१७. बाहुबली झरनाको नामले चिनिने तीनधारे झरना कहाँ पर्छ ?
➤ रोशी गाउँपालिका, काभ्रेपलान्चोक
१८. बिस्केट जात्रा र महाकाली नाच कुन ठाउँमा नाचिने नाच हुन् ?
➤ भक्तपुर
१९. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइवर सेक्युरिटी’ को स्थापना कहिले गरिएको हो ?
➤ सन् २०१८ जनवरी २६
२०. चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागु भएको हो ?
➤ वि.सं. २०७५ साउन १
२१. आयुर्वेद कुन वेदको उपवेद हो ?
➤ अथर्ववेद
- विश्वकै प्राचीन चिकित्सा विज्ञान आयुर्वेद इसापूर्व तीन हजार देखि ५० हजार वर्ष अघि भारत वर्षबाट विकास भएको मानिन्छ ।
- आयुर्वेद उपचार विधि मात्र नभएर मानव जीवनका खानपिन, आहारविहारलाई निर्दिष्ट गर्ने विज्ञान हो, जसले मानवको शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ ।
२२. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ?
➤ छिमेकी चरा
- सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको ।
- सो एपमार्फत चराको सङ्ख्या, जिल्ला अनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको ।
- यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वन, जङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने ।
- एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बर पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आफुले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिने ।
- विदेशमा यस्तो अभ्यास धेरैअघिदेखि हुँदै आएको ।
२३. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?
➤ २५–४० किमी
२४. हिउँदे याममा पहिलो पटक माउन्ट के टु को सफल आरोहण गरी कीर्तिमान राख्ने टोली कुन हो ?
➤ नेपाली टोली –सन् २०२१ जनवरी १६)
२५. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’ को शुभारम्भ कहिले गरेको हो ?
➤ वि.सं. २०७७ माघ २
प्रस्तुतकर्ता : टङ्क केसी