Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२०८१ कार्तिक महिनाको समसमायिक विषय

  • GhokSewa
  • November 27, 2024
  • 500

२०८१ कार्तिक महिनाको समसमायिक विषय

२०८१ कार्तिक महिनाको समसमायिक विषय

१.) प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको अध्यक्षमा नियुक्त व्यक्ति - महेश्वर श्रेष्ठ (विसं २०८१ कार्तिक)

 

२.) जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुई दिने कार्यशाला सम्पन्न - वि.सं. २०८१ कात्तिक, रारा ताल क्षेत्र

  • वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’ को संयुक्त आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो । 
  • कार्यशालाले पाँचबुँदे घोषणापत्र जारी गरेको छ। 

 

३.)  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले इजिप्टलाई औलोमुक्त घोषणा - सन् २०२४ अक्टोबर २० 

  • इजिप्टको सभ्यता जत्तिकै पुरानो यो रोग अब त्यहाँको इतिहास बनेको छ । 
  • एनोफिलिज लामखुट्टेको टोकाइबाट हुने औलोको सङ्क्रमणको शृङ्खला तीन वर्षदेखि देशव्यापी रूपमा अवरुद्ध भएको कुरा कुनै देशले प्रमाणित गरेपछि डब्लुएचओले प्रमाणीकरण गर्छ । औलोमुक्त घोषणाका लागि कुनै पनि देशले पुनः संक्रमणको सम्भावना रोक्न क्षमता पनि प्रदर्शन गर्नु पर्छ । 
  • डब्लुएचओका अनुसार विश्वका ४४ देश र एउटा क्षेत्र औलोमुक्त घोषणा भएका । 

 

४.) पद्मश्री साहित्य पुरस्कार–२०८० - प्रा. कृष्ण गौतम (२०८१ कात्तिक, उपन्यास : अद्वैतका लागि)

  • पद्मश्री साधना सम्मान सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ र पद्मश्री गौरव पुरस्कार प्रा. केदारभक्त माथेमालाई प्रदान गरिएको । 
  • पुरस्कारको राशि तीन–तीन लाख रुपियाँ रहेको। 

 

५.) सरकारले जलनको उपचार गर्न नसक्ने नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको - वि.सं २०८१ कात्तिक २

 

६.) काठमाडौँमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सम्पन्न - वि.सं २०८१ कात्तिक ९–११

  • सम्मेलनमा भारत, चीन, मलेसिया, इन्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिकको सहभागिता रहेको। 
  • नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा सो वैज्ञानिक सम्मेलन सम्पन्न भएको।

 

७.) बालोन डी’ ओर अवार्ड–२०२४ जित्ने फुटबल खेलाडी - रोड्री (स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर)

  • रोड्री सन् १९६० पछि बालोन डी’ ओर अवार्ड जित्ने पहिलो स्पेनिस खेलाडी हुन् । 
  • महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर आइटाना बोनमटीले बालोन डी’ ओर अवार्ड प्राप्त गरेकी हुन् । उनले लगातार दोस्रोपल्ट यो अवार्ड पाएकी हुन् । 
  • वर्ष उत्कृष्ट क्लब : रियल म्याड्रिड
  • उत्कृष्ट प्रशिक्षक : कार्लो एन्सेलोट्टी –रियल म्याड्रिड)
  • कोपा ट्रफी : लामिन यामल –स्पेन)
  • लिभ यासिन ट्रफी : इमिलियानो मार्टिनेज –अर्जेन्टिना)
  • गर्ड मुलर ट्रफी : हेरी केन –युके) र केलियन एमबाप्पे –फ्रान्स)

 

७.) सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सरसम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय - वि.सं. २०८१ कात्तिक ११

  • मुलुकका तीन वटा सरकारी अस्पताल –कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर) मा क्यान्सरको उपचार सेवा निःशुल्क गर्ने निर्णय गरिएको । 
  • नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको । 

 

८.) सातौँ साफ महिला च्याम्पियनसिप, २०२४ को उपाधि जित्ने राष्ट्र - बङ्गलादेश

  • बङ्गलादेशले २–१ को गोल अन्तरमा घरेलु टोली नेपाललाई हराएको हो । 
  • बङ्गलादेशले लगातार दोस्रो पटक फाइनलमा नेपाललाई हराउँदै उपाधि रक्षा गरेको । सन् २०२२ मा दशरथ रङ्गशालामै भएको उपाधि भिडन्तमा नेपाल बङ्गलादेशसँग ३–१ ले हारेको थियो । 
  • खेल सञ्चालन : सन् २०२४ अक्टोबर १७–३०
  • आयोजक : नेपाल
  • सहभागी राष्ट्र : ७ –अफगानिस्तानबाहेक)

 

९.) शुक्ला साहित्य पुरस्कार, २०८१ - भाषाविद् मुकुन्दशरण उपाध्याय

 

१०.) भारतमा सम्पन्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को अध्यक्षमा चयन ................... Subscribe for full app access.

Categories

  • Current Affairs 561
  • Gorkhapatra 300
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

World Earth Day 2026
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Apr 22, 2026
  • 76
Biodiversity and Red Panda-Thar International Conference-2083
Current Affairs

जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३

  • Apr 22, 2026
  • 95
Participatory Management: Thematic Q&A (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

सहभागितामूलक व्यवस्थापन : विषयगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 20
Public Service Preparation Special: Objective Question and Answer (9 Baisakh 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (९ वैशाख २०८३, बुधबार)

  • Apr 22, 2026
  • 110
United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 141
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA