Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कर्णाली प्रदेश, हेल्थ असिस्टेन्ट, पाँचौं तह, आन्तरिक, २०८३/०५/०६

  • Ajnabee Khadka
  • August 24, 2026
  • 274

कर्णाली प्रदेश, हेल्थ असिस्टेन्ट, पाँचौं तह, आन्तरिक, २०८३/०५/०६

Karnali Province, Health Assistant, Fifth Level, Internal, 2083/05/06

1. रिग्म ताल भनेर कुन ताललाई चिनिन्छ? A. शे-फोक्सुण्डो ✓ B. रारा ताल C. कुपिण्डे दह D. बुलबुले ताल

2. कर्णाली प्रदेशका देहायका सांस्कृतिक सम्पदामध्ये युनेस्कोको विश्व सम्पदा अस्थायी सूची (World Heritage Tentative List) मा परेको स्थल कुन हो? A. बुलबुले ताल B. सिँजा उपत्यका C. रारा ताल D. काँक्रेविहार ✓

3. नेपाली लोक संस्कृति, सङ्गीत र परम्परागत लोक भाकाहरूको संरक्षण एवं सङ्कलनमा अतुलनीय योगदान पुर्याए वापत वर्ष २०८१ को 'जगदम्बा श्री सम्मान' प्राप्त गर्ने स्रष्टा को हुन्? A. टेकवीर मुखिया B. मोहन मैनाली C. प्रेमदेव गिरी ✓ D. सत्यमोहन जोशी

4. नेपालमा रहेका विभिन्न भू-स्वरूपहरूमध्ये "भित्री मधेश" लाई अर्को कुन नामले चिनिन्छ? A. भावर प्रदेश B. दून प्रदेश ✓ C. चुरे प्रदेश D. तराई प्रदेश

5. नेपालमा पहिलो पटक "न्यूक्लियर मेडिसिन सेवा" (Nuclear Medicine Service) को सुरुवात कहिले देखि भएको हो? A. वि.सं. २०७७ पुस ६ गते ✓ B. वि.सं. २०७८ पुस ६ गते C. वि.सं. २०७९ पुस ६ गते D. वि.सं. २०८० पुस ६ गते

6. कर्णाली प्रदेशमा कति वटा नगरपालिका तथा गाउँपालिका रहेका छन्? A. नगरपालिका-२५, गाउँपालिका-५४ ✓ B. नगरपालिका-२६, गाउँपालिका-५३ C. नगरपालिका-२५, गाउँपालिका-५४ D. नगरपालिका-२४, गाउँपालिका-५५

7. कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको प्रदेश विकासको पहिलो प्राथमिकता कुन हो? A. नवप्रवर्तन, उत्पादन र रोजगारी B. पूर्वाधार तथा अन्तर आवद्धता C. उद्योग, पर्यटन, वन तथा वातावरण ✓ D. डिजिटल कर्णाली तथा सुशासन

8. तलकामध्ये नेपालको कुन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूची (World Heritage List) मा सूचीकृत छ? A. चितवन राष्ट्रिय निकुञ्ज ✓ B. बर्दिया राष्ट्रिय निकुञ्ज C. शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज D. बाँके राष्ट्रिय निकुञ्ज

9. नेपालको सङ्घीय संरचना अनुसार सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धको आधार तलकामध्ये कुन हो? A. प्रतिस्पर्धा B. सहअस्तित्व, समन्वय र सहकार्य ✓ C. नियन्त्रण D. निर्देशन

10. संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो? A. सन् १९४० B. सन् १९४३ C. सन् १९४५ ✓ D. सन् १९५० 

11. कार्यालयमा सहायक कर्मचारीको प्रमुख कार्य हो? A. नीति निर्माणमा प्रत्यक्ष संलग्न हुनु B. नीतिगत निर्णयहरू लिनु C. कार्यालयका प्रशासनिक तथा सहायक कार्यहरू सम्पादन गर्नु ✓ D. बजेट विनियोजनका निर्णयहरू लिनु

12. दुई पक्षबीच तत्काल प्रतिक्रिया सुनिश्चित गर्ने कार्यालय सञ्चारको प्रभावकारी माध्यम कुन हो? A. इमेल B. प्रत्यक्ष बैठक वा छलफल ✓ C. लिखित प्रतिवेदन D. आधिकारिक परिपत्र

13. माथिल्लो निकायले आफ्ना मातहतका सबै कार्यालय वा कर्मचारीहरूलाई कुनै निश्चित विषयमा जानकारी दिन वा समान आदेश पालना गराउन जारी गरिने एकीकृत पत्रलाई के भनिन्छ? A. टिप्पणी B. परिपत्र ✓ C. तोक आदेश D. निवेदन

14. अभिलेख व्यवस्थापन अन्तर्गत अभिलेखको प्रकारमध्ये तलको कुन होइन? A. अति महत्वपूर्ण अभिलेख B. उपयोगी अभिलेख C. कम उपयोगी/पुन: उपयोगमा नआउने अभिलेख D. धुल्याइ सकिएको अभिलेख ✓

15. कर्णाली प्रदेशमा "स्थानीय सेवा दिवस" कहिले मनाइन्छ? A. प्रत्येक वर्ष भाद्र २९ गते B. प्रत्येक वर्ष आश्विन २९ गते ✓ C. प्रत्येक वर्ष साउन २९ गते D. प्रत्येक वर्ष कात्तिक २९ गते

16. मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्रीको निजी सचिवालयमा काजमा खटिने कर्मचारीलाई कति अवधिको लागि काजमा खटाउन सकिने व्यवस्था रहेको छ? A. बढीमा तीन महिनाको लागि ✓ B. बढीमा छह महिनाको लागि ✓ C. बढीमा एक वर्षको लागि D. समय सीमा लागू हुँदैन

17. कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० अनुसार प्रदेशको भौगोलिक क्षेत्रलाई कति वटा वर्गमा वर्गीकरण गरिएको छ? A. २ B. ३ ✓ C. ४ D. ५

18. सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ४ बमोजिम प्रत्येक सार्वजनिक निकायले आफ्नो कार्यालयसँग सम्बन्धित सूचनाहरू स्वत: प्रकाशन (Proactive Disclosure) गर्नुपर्ने कानूनी व्यवस्था छ। यसरी स्वत: प्रकाशन गरिने सूचनाहरू कति-कति समयमा अद्यावधिक गरी प्रकाशन गर्नुपर्छ? A. प्रत्येक महिनाको मसान्तमा B. प्रत्येक ३-३ महिनामा (त्रैमासिक रूपमा) ✓ C. प्रत्येक आर्थिक वर्षको अन्त्यमा (वार्षिक रूपमा) D. प्रत्येक ६-६ महिनामा

19. नेपालमा क्षतिपूर्ति सहितको नागरिक वडापत्रको सुरुवात कहिले देखि भयो? A. वि.सं. २०६१ B. वि.सं. २०७० ✓ C. वि.सं. २०७२ D. वि.सं. २०७४

20. बेलायती कानूनविद् ए.भी. डाइसी (A.V. Dicey) का अनुसार कानूनको शासन (Rule of Law) का तीन स्तम्भहरूमा तलकामध्ये कुन पर्दैन? A. कानूनको सर्वोच्चता (Supremacy of law) B. कानूनको नजरमा समानता (Equality before law) C. स्वविवेकीय अधिकारको व्यापकता (The extent of discretionary power) ✓ D. कानूनी भावनाको प्रधानता (Predominance of legal spirit)

21. Vertically transmitted diseases includes all of the following EXCEPT: A. Syphilis ✓ B. Gonorrhea C. AIDS D. Hepatitis B

22. Indication to start ART is: A. WHO stage 1 and 2 B. CD4 less than 500 CU/mm3 ✓ C. Once client's report HIV positive D. HIV with opportunistic infection

23. What is cold chain: A. Process of freezing all vaccine before administration. B. Process of de-freezing all vaccine before administration. C. System of maintaining vaccine at safe temperature from manufacture to vaccination site. ✓ D. System of keeping cold pack in vaccine carrier

24. According to Nepal health fact sheet 2025, maternal mortality rate in Nepal is 151/100000 live births, where as in Karnali province it is...... /100000 live births. A. 130 B. 152 C. 172 ✓ D. 207

25. Function of the FCHV include all EXCEPT: A. Vit. A distribution B. ORS and Zinc distribution C. Polio drop administration ✓ D. Malaria surveillance

26. What is the role of Local Health Committee in Nepal? A. Formulating National Health Policies B. Managing Provincial Health Directorate ✓ C. Overseeing Health Services at local level D. Proving Medical treatment in rural areas

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 64
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 114
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 243
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA