Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

खरिदार आन्तरिक प्रतियोगितात्मक परीक्षा – २०८३/०५/०४

  • Ajnabee Khadka
  • August 21, 2026
  • 432

खरिदार आन्तरिक प्रतियोगितात्मक परीक्षा – २०८३/०५/०४

Kharidar Internal Competitive Examination – 2083/05/04
  1. तलका मध्ये ठूलो उपत्यका कुन हो? (A) दाङ ✓ (B) देउखुरी (C) सुर्खेत (D) काठमाडौँ

  2. तलका मध्ये कुन जिल्ला भित्री मधेशमा पर्दैन? (A) उदयपुर (B) चितवन (C) सुनसरी ✓ (D) मकवानपुर

  3. नेपालले दक्षिण एशियाको कूल भूभागको कति प्रतिशत भूभाग ओगटेको छ? (A) ०.३% (B) ०.०३% (C) २.८२% ✓ (D) ३.२८%

  4. कोशी प्रदेशमा कतिवटा जिल्लाहरू रहेका छन्? (A) १२ (B) १३ (C) १४ ✓ (D) १५

  5. राष्ट्रिय जनगणना, २०७८ अनुसार औसत पारिवारिक आकार (Household size) प्रति परिवार कति रहेको छ? (A) ४.५० जना (B) ४.३७ जना ✓ (C) ४.७५ जना (D) ४.२५ जना

  6. कर्णाली नदीका सात सहायक नदीहरूमा तलका मध्ये कुन नदी पर्दैन? (A) तिला (B) बुढीगंगा (C) मस्याङ्दी ✓ (D) सानीभेरी

  7. सरकारी कार्यालयहरूमा शनिबार बिदा दिने चलन कुन राणा प्रधानमन्त्रीले चलाएका हुन्? (A) देव शमशेर (B) चन्द्र शमशेर (C) भीम शमशेर ✓ (D) घिर शमशेर

  8. वि.सं. २००७ साल फागुन ७ गते गठित मन्त्रिमण्डलको प्रधानमन्त्री को थिए? (A) मोहन शमशेर ज.ब.रा. ✓ (B) गणेशमान सिंह (C) सुवर्ण शमशेर ज.ब.रा. (D) बबर शमशेर ज.ब.रा.

  9. नेपाल र अंग्रेजबीचको सुगौली सन्धि कहिले भएको थियो? (A) वि.सं. १८७४ (B) वि.सं. १८७३ (C) वि.सं. १८७२ ✓ (D) वि.सं. १८७१

  10. भण्डारखाल पर्वमा सर्वप्रथम मारिने व्यक्ति को हुन्? (A) अभिमान सिंह बस्नेत (B) वीरध्वज बस्नेत ✓ (C) फत्तेजङ्ग शाह (D) वीरकिशोर पाण्डे

  11. सम्राट अशोक नेपाल आउँदा नेपालका राजा को थिए? (A) हुमती (B) पुश्का (C) जितेदास्ती (D) स्थुंको ✓

  12. नेपाललाई कहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको हो? (A) २०६४ चैत्र २८ (B) २०६५ जेठ १५ ✓ (C) २०६४ जेठ १० (D) २०६३ जेठ ५

  13. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा नेपाली पछि धेरै बोलिने भाषा कुन हो? (A) भोजपुरी (B) तामाङ (C) थारू (D) मैथिली ✓

  14. नेपालको कुन जात्रामा नेवार समुदायको व्यक्तिको जिब्रो छेड्ने चलन रहेको छ? (A) बिस्केटजात्रा ✓ (B) पोडेजात्रा (C) ईन्द्रजात्रा (D) गाईजात्रा

  15. नेपालको कुन जिल्लामा पुरातात्विक संग्रहालय रहेको छ? (A) भक्तपुर (B) काठमाडौँ (C) कपिलवस्तु ✓ (D) रूपन्देही

  16. शेर्पा जातिले लगाउने घुँडासम्मको परम्परागत छालाको जुत्तालाई के भनिन्छ? (A) पोलो (B) दोचा ✓ (C) बख्खु (D) चप्पल

  17. नेपालमा ५ वर्ष वा सो भन्दा बढी उमेर समूहको साक्षरता दर कति प्रतिशत रहेको छ? (A) ७०.१ (B) ७६.३ ✓ (C) ६७.५ (D) ८३.१

  18. 'चुम्बा' जातिको बसोबास नेपालको कुन ठाउँमा रहेको छ? (A) गोरखाको उत्तरी भेग ✓ (B) सुदूरपश्चिम (C) कर्णाली (D) सोलुखुम्बुको खुम्बु क्षेत्र

  19. नेपालको १६औँ आवधिक योजनाको अन्त्यसम्ममा आर्थिक वृद्धिदर कति प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ? (A) ६ (B) ६.३ (C) ७ (D) ७.३ ✓

  20. नेपालको चालू आवधिक योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ? (A) १९८५ (B) २१४५ (C) २३५१ ✓ (D) २५२७

  21. विश्व पर्यटन दिवस कहिले मनाइन्छ? (A) जुन २७ (B) जुन ५ (C) सेप्टेम्बर ५ (D) सेप्टेम्बर २७ ✓

  22. नेपालको सबैभन्दा पुरानो औद्योगिक क्षेत्र कुन हो? (A) पाटन औद्योगिक क्षेत्र (B) हेटौँडा औद्योगिक क्षेत्र (C) भक्तपुर औद्योगिक क्षेत्र (D) बालाजु औद्योगिक क्षेत्र ✓

  23. सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकको बसाइ अवधि कति दिन पुगेको छ? (A) १६.३४ ✓ (B) १५.५० (C) १३.३० (D) १२.४०

  24. चिलिमे जलविद्युत आयोजना स्थल कुन जिल्लामा अवस्थित छ? (A) रसुवा ✓ (B) सिन्धुपाल्चोक (C) दोलखा (D) नुवाकोट

  25. तलका मध्ये सबैभन्दा कम धान उत्पादन हुने नेपालको जिल्ला कुन हो? (A) मनाङ (B) जुम्ला (C) मुस्ताङ ✓ (D) गोरखा

  26. नेपालको चालू सोह्रौँ आवधिक योजनाको सोच (Vision) निम्नमध्ये कुन ठीक हो? (A) समृद्ध नेपाल सुखी नेपाली (B) सुशासन, सामाजिक न्याय र समृद्धि ✓ (C) स्वाधिन, समुन्नत तथा समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र (D) अतिकम विकसित राष्ट्रबाट स्तरोन्नती

  27. नेपालको संविधान जारी हुँदाका बखत संविधान सभामा कति सदस्य रहेका थिए? (A) ६०१ (B) ५९९ (C) ५९८ ✓ (D) ६००

  28. नेपालको संविधान अनुसार नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई तलका मध्ये कुन आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्दछ? (A) खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा ✓ (B) प्राकृतिक स्रोतको उपलब्धता र कानूनको आधारमा (C) प्राकृतिक स्रोतको उपलब्धता र राजस्व क्षमताको आधारमा (D) क्षेत्रफल र जनसंख्याको आधारमा

  29. निजामती कर्मचारीको कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गर्दा जेष्ठता वापत कति अङ्क छुट्याइएको छ? (A) ४० (B) १२ (C) ३० ✓ (D) १६

  30. आधुनिक सहकारीको सुरुवात कुन देशबाट भएको मानिन्छ? (A) फ्रान्स (B) चीन (C) बेलायत ✓ (D) भारत

  31. राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षको पदावधि नियुक्ति भएको मितिले कति वर्षको हुन्छ? (A) ४ (B) ५ (C) ६ ✓ (D) ७

  32. निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्दा पुनरावलोकनकर्ताले अधिकतम कति अङ्क दिन सक्दछन्? (A) ५ (B) १० ✓ (C) १४ (D) २०

  33. राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व सम्बन्धी विषयको कार्यान्वयन सम्बन्धमा अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्था नेपालको संविधानको धारा कतिमा गरिएको छ? (A) ५४ (B) ५५ ✓ (C) ५६ (D) ५७

  34. नेपालको संविधान अनुसार प्रदेश प्रमुख हुनका लागि कति वर्ष उमेर पूरा भएको हुनुपर्दछ? (A) २५ (B) ३५ ✓ (C) ४५ (D) ५०

  35. युरोपियन युनियन (EU) को स्थापना कहिले भएको हो? (A) नोभेम्बर १, १९९३ ✓ (B) अप्रिल १, १९९३ (C) मार्च ३, १९९३ (D) मे ३, १९९३

  36. पहिलो सार्क (SAARC) शिखर सम्मेलन कहाँ भएको थियो? (A) बंगलादेश ✓ (B) भारत (C) श्रीलंका (D) नेपाल

  37. संयुक्त राष्ट्रसंघका लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को थिए? (A) टंकप्रसाद आचार्य (B) पदमबहादुर क्षेत्री (C) ऋषिकेश शाह ✓ (D) चुडाप्रसाद शर्मा

  38. BIMSTEC का सदस्य राष्ट्रहरूमध्ये श्रीलंकाले Science, Technology and Innovation क्षेत्रको नेतृत्व गर्दछ भने बंगलादेशले कुन क्षेत्रको नेतृत्व गर्दछ? (A) Connectivity (B) Environment and Climate Change (C) Agriculture and Food Security (D) Trade, Investment and Development ✓

  39. वि.सं. २००७ साल सम्ममा नेपालले कुन-कुन मुलुकहरूसँग दौत्य सम्बन्ध कायम गरिसकेको थियो? (A) भारत, जापान, अमेरिका र बेलायत (B) अमेरिका, जापान, जर्मनी र असन्म (C) भारत, पाकिस्तान, बेलायत र अमेरिका (D) भारत, बेलायत, अमेरिका र फ्रान्स ✓

  40. कम्प्युटर भाइरस शब्दको प्रयोग सर्वप्रथम कसले गरेका थिए? (A) मार्क जुकरवर्ग (B) एलमन मस्क (C) ल्यारी पेज (D) फ्रेड कोहेन ✓

  41. हिरामा कार्बनको मात्रा कति प्रतिशत हुन्छ? (A) ७० (B) ८० (C) ९० (D) १०० ✓

  42. जैविक विविधताको दृष्टिकोणमा नेपाल विश्वको कतिऔँ स्थानमा पर्दछ? (A) पच्चिसौँ ✓ (B) एघारौँ (C) बीसौँ (D) पन्ध्रौँ

  43. क्षयरोग विरुद्ध दिइने खोपलाई के भनिन्छ? (A) DPT (B) BCG ✓ (C) TT (D) कलेरा भ्याक्सिन

  44. मानव शरीरलाई अत्यावश्यक पर्ने भिटामिन मध्येको एक Pantothenic Acid लाई सामान्य बोलीचालीको भाषामा के भनिन्छ? (A) Vitamin C (B) Vitamin B5 ✓ (C) Vitamin D (D) Vitamin B12

  45. राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम जनसंख्या भएको प्रदेश कर्णाली हो भने कम जनसंख्या भएको दोस्रो प्रदेश कुन हो? (A) मधेश (B) लुम्बिनी (C) सुदूरपश्चिम (D) गण्डकी ✓

  46. नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन (२०८३ जेठ ६ गते) हालसम्म सबैभन्दा बढी आरोहीद्वारा सगरमाथा आरोहण गरेकाथिए। सो दिन आरोहण गर्ने आरोहीको संख्या कति थियो? (A) २७४ जना ✓ (B) २२३ जना (C) २५० जना (D) ३०५ जना

  47. 'हेमलक' नामक विष कुन दार्शनिकलाई दिइएको थियो? (A) प्लेटो (B) एरिस्टोटल (C) सोक्रेटस ✓ (D) माथिका कुनै पनि होइनन्

  48. विश्व वातावरण दिवस कहिले मनाइन्छ? (A) २२ अप्रिल (B) २१ जुन (C) ५ जुन ✓ (D) ८ मार्च

  49. कुशल शासकलाई भविष्यको चिन्ता रहन्छ तर राजनीतिज्ञलाई चुनावको मात्र चिन्ता हुन्छ, यो भनाइ कसको हो? (A) नेल्सन मण्डेला (B) विन्स्टन चर्चिल ✓ (C) महात्मा गान्धी (D) अब्राहम लिङ्कन

  50. नेपाल सरकारले कति रुपैयाँको कागजी नोटमा नेपालको नया चुच्चे नक्सा अङ्कित गरी छपाइ गर्ने निर्णय गरेको छ? (A) रु पचास (B) रु एक सय ✓ (C) रु ५ सय (D) रु १ हजार

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1188
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

History of the establishment of the Non-Aligned Movement (NAM)
Others

असंलग्न आन्दोलन (NAM) को स्थापनाको इतिहास

  • Sep 22, 2026
  • 64
Nepal's diplomatic relations with BIMSTEC countries
Others

नेपालको बिमस्टेक (BIMSTEC) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 22, 2026
  • 112
Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 241
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 69
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 149
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA