Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लियोनल मेस्सीको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

  • Ajnabee Khadka
  • September 01, 2026
  • 267

लियोनल मेस्सीको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

Lionel Messi retires from international football

  • सन्यास घोषणा मिति: ३१ अगस्ट २०२६
  • घोषणा गर्दाको उमेर: ३९ वर्ष
  • अन्तिम अन्तर्राष्ट्रिय खेल: सन् २०२६ को फिफा विश्वकपको फाइनल खेल (अर्जेन्टिना स्पेनसँग १-० ले पराजित भएको,)
  • विशेष कारण: उनले २०२६ जुलाई २१ मै सन्यास पत्र लेखेका थिए, तर ८ अगस्ट २०२६ मा उनका पिता जर्ज मेस्सीको निधन भएपछि यो निर्णयमा थप दृढ भएको उल्लेख गरेका,
  • क्लब फुटबल: अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि उनी अमेरिकी क्लब इन्टर मियामी (Inter Miami) बाट सन् २०२८ सम्म व्यावसायिक फुटबल खेलिरहने,

लियोनल मेस्सीको व्यक्तिगत विवरण:

  • पूरा नाम: लियोनल एन्ड्रेस मेस्सी (Lionel Andrés Messi)
  • जन्म मिति: २४ जुन १९८७
  • जन्म स्थान: रोजारियो, सान्ता फे, अर्जेन्टिना (Rosario, Santa fe, Argentina)
  • पिता: जर्ज मेस्सी (Jorge Messi)
  • माता: सेलिया कुक्कीटिनी (Celia Cuccittini)
  • श्रीमती: एन्टोनेला रोकुजो (Antonela Roccuzzo)
  • छोराहरू: थियागो मेस्सी (Thiago), माटेओ मेस्सी (Mateo), र थिरो मेस्सी (Ciro)

लियोनल मेस्सीको खेल इतिहास:

  • पहिलो खेल (International Debut): १७ अगस्ट २००५ मा हंगेरीविरुद्धको मैत्रीपूर्ण खेल — मेस्सी दोस्रो हाफको ६३ औं मिनेटमा विकल्प खेलाडी (Substitute) को रूपमा मैदान छिरेका तर, विपक्षी खेलाडीलाई कुहिनोले प्रहार गरेको भन्दै मैदान छिरेको ४३ सेकेन्डमै उनले रातो कार्ड (Red Card) पाएर मैदान बाहिरिनु परेको,
  • पहिलो अन्तर्राष्ट्रिय गोल: १ मार्च २००६ मा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेल
  • विश्वकपको पहिलो खेल (World Cup Debut) र पहिलो गोल: १६ जुन २००६ मा सर्बिया एन्ड मोन्टेनेग्रोविरुद्ध (२००६ को विश्वकप) — उनी विश्वकपमा गोल गर्ने अर्जेन्टिनाकै सबैभन्दा कान्छा खेलाडी (१९ वर्ष २५ दिन) बनेका,
  • लियोनल मेस्सीको खेल अवधि: १७ अगस्ट २००५ – ३१ अगस्ट २०२६
  • अर्जेन्टिनाको लागि लियोनल मेस्सीको कुल गोल संख्या: २०७ अन्तर्राष्ट्रिय खेलमा १२५ गोल
  • लियोनल मेस्सीको प्रमुख अन्तर्राष्ट्रिय उपाधिहरू:
    • फिफा विश्वकप: १ पटक (सन् २०२२)
    • कोपा अमेरिका: २ पटक (सन् २०२१, २०२४)
    • फिनालिसिमा (Finalissima): १ पटक (सन् २०२२)
    • ओलम्पिक स्वर्ण पदक: १ पटक (सन् २००८)
  • खेल्ने स्थान (Position): अग्रपंक्तिका खेलाडी (Forward) र आक्रमणात्मक मध्यपंक्तिका खेलाडी (Attacking Midfielder)
  • जर्सी नम्बर: १० 
  • लियोनल मेस्सीले आफ्नो व्यावसायिक क्लब फुटबलको यात्रा सन् २००४ मा स्पेनिस क्लब बार्सिलोना (FC Barcelona) को सिनियर टोलीबाट सुरु गरेका,

लियोनल मेस्सीका विश्व कीर्तिमानहरू (अन्तराष्ट्रिय र कल्ब फुटबल दुवै):

  • एउटै क्लबका लागि सर्वकालीन उच्च गोलकर्ता — उनले बार्सिलोना (FC Barcelona) का लागि ६७२ गोल गरेका, 
  • बार्सिलोना (FC Barcelona) को इतिहासकै सर्वकालीन उच्च गोलकर्ता — ६७२ गोल
  • स्पेनिस ला लिगा (LaLiga) का सर्वकालीन उच्च गोलकर्ता — ४७४ गोल  
  • 'एल क्लासिको (El Clásico)' का सर्वकालीन उच्च गोलकर्ता — २६ गोल
  • एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोलको गिनिज वर्ल्ड रेकर्ड — ९१ गोल 
  • दक्षिण अमेरिकी राष्ट्रहरूमध्ये अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालीन उच्च गोलकर्ता
  • सन् २०१४ र २०२२ को फिफा विश्वकपका सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका,
  • दुईवटा विश्वकपमा 'गोल्डेन बल (Golden Ball)' जित्ने एक मात्र खेलाडी
  • बार्सिलोना (FC Barcelona) को इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने एकमात्र खेलाडी 
  • बार्सिलोना (FC Barcelona) का खेलाडीको रूपमा सबैभन्दा बढी उपाधि जित्ने कीर्तिमान — उनले बार्सिलोनाबाट मात्रै कीर्तिमानी ३५ वटा उपाधि जितेका,
  • स्पेनिस ला लिगा (LaLiga) को एकै सिजनमा सबैभन्दा बढी गोल — ५० गोल 
  • च्याम्पियन्स लिग (Champions League) मा एउटै टोलीका लागि सर्वकालीन उच्च गोलकर्ता — उनले बार्सिलोनाका लागि १२० गोल गरेका,
  • अर्जेन्टिनाको इतिहासमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी — २०७ खेल
  • अर्जेन्टिना राष्ट्रिय टोलीको इतिहासकै सर्वकालीन उच्च गोलकर्ता — १२५ गोल

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 27
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 46
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 64
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 107
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA