Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१४ फागुन २०८१, बुधबार)

  • Ajnabee Khadka
  • February 26, 2025
  • 900

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१४ फागुन २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१४ फागुन २०८१, बुधबार)

१.  कोशी एक्सिलेन्स अवार्ड–२०८१ कसलाई प्रदान गरियो ?

➤ साहित्यकार झमक घिमिरे 

  • शारीरिक रूपमा अशक्त साहित्यकार घिमिरेले विसं २०६७ मा जीवन काँडा कि फूलमार्फत मदन पुरस्कार प्राप्त गरेकी । 
  • कोशी एक्सिलेन्स अवार्ड समारोहमा विभिन्न १३ विधाका उत्कृष्ट १३ व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको ।

२.  नेपाल दोस्रो पटक फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को ग्रे लिस्टमा कहिले परेको हो ?

➤ वि.सं. २०८१ फागुन ९ (सन् २०२५ फेब्रुअरी २१)

  • फ्रान्सको पेरिसमा फेब्रुअरी २१ मा सम्पन्न एफएटिएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे) लिस्टमा राखेको । 
  • दुई वर्षअघि एफएटिएफको एसिया प्यासिफिक ग्रुप (एपिजी) को पारस्परिक मूल्याङ्कन प्रतिवेदन (एमइआर) ले दिएको सुझाव कार्यान्वयनमा अपेक्षित प्रगति नभएपछि नेपाल ग्रे लिस्टमा परेको जनाइएको । 
  • एफएटिएफ सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा लगानी रोक्न संसारभरका मुलुकले खडा गरेको अन्तरसरकारी निकाय हो । 
  • यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ब्ल्याक लिस्ट तथा ग्रे लिस्टमा राख्दै आएको छ । 
  • यसअघि सन् २००८ मा नेपाल यस्तै जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा परेको थियो । सन् २०१४ मा मात्रै नेपाल त्यो सूचीबाट स्तरोन्नति भएको थियो । 

३.  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको मातृभाषा राष्ट्रिय सेवा पुरस्कार कसलाई प्रदान गर्यो ?

➤ योगेश राल्फाली (योकबहादुर घिसिङ) 

  • घिसिङलाई एक लाख रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिएको ।
  • अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रतिष्ठानले फेब्रुअरी २१ मा घिसिङलाई सो पुरस्कार प्रदान गरेको । 

४.  विश्व आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन हालै कहाँ सम्पन्न भयो ?

➤ फ्रान्सको राजधानी पेरिस (सन् २०२५ फेब्रुअरी १०–११) 

  • दुई दिने यस सम्मेलनमा ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञलगायतको सहभागिता रहेको ।
  • फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले अध्यक्षता गरेको यस सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहअध्यक्षका रूपमा उपस्थित थिए । 
  • पहिलो सम्मेलन : सन् २०२३, बेलायत
  • दोस्रो सम्मेलन : सन् २०२४, दक्षिण कोरिया 
  • तेस्रो सम्मेलन : सन् २०२५, फ्रान्स 
  • यस पटक चिनियाँ एआई मोडल ‘डिपसिकको व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठुलो परिवर्तनका बिच यो सम्मेलन आयोजना भएको । 
  • पेरिस एआई सम्मेलनले आमप्रयोगकर्तालाई एआईमा स्वतन्त्र, सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने, वातावरणमैत्री एआई विकास गर्ने र प्रभावकारी एवं समावेशी एआईको सुनिश्चितता गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिएको । 

५.  चर्चित एआई डिपसिकका सर्जक को हुन् ?

➤ लियाङ्ग वेनफेङ

 

६.  नेपाल व्यवस्थापन सङ्घद्वारा प्रदान गरिएको ‘म्यानेजर अफ दी इयर अवार्ड–२०८१’ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

➤ उर्मिला श्रेष्ठ (सिइओ, साल्ट ट्रेडिङ कर्पोरेसन)

  • श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधीकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पु¥याएको भन्दै उनलाई यो अवार्डबाट सम्मानित गरिएको । 
  • त्यस्तै, वुमन म्यानेजर रिकग्निसन अवार्ड स्नेहा राजभण्डारी (बोटलर्स नेपाल लिमिटेड) लाई प्रदान गरिएको । 
  • सङ्घले पूर्वमुख्य सचिव तथा सङघका पूर्वअध्यक्ष डा. विमल कोइरालालाई पनि सम्मानित गरेको । डा. कोइराला सार्वजनिक नीति तथा प्रशासनिक सुधार एवं पैरवीका क्षेत्रमा व्रिmयाशील छन् । 

७.  नेपालमा हाल आरोहणका लागि खुला गरिएको हिमालको सङ्ख्या कति रहेको छ ?

➤ ४६१

  • वि.सं. २०८१ असोज २१ मा बसेको मन्त्रीपरिषद् बैठकले ५७ हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेसँगै नेपालका ४६१ हिमाल आरोहणका लागि खुला भएका। 

 

८.  पहिलो सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल टिम कुन हो ?

➤ सङ्कटा क्लब (विसं २०८१ माघ)

  • दशरथ रङ्गशालामा माघ १७ मा भएको फाइनल प्रतिस्पर्धामा सङ्कटाले बागमतीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको । 
  • आयोजक : लोकतान्त्रिक खेलकुद महासङ्घ (बागमती लोकतान्त्रिक खेलकुद सङ्घको टिम हो ।)
  • विजेता : सङ्कटा क्लब (पुरस्कार राशि : रु. २६ लाख)
  • उपविजेता : बागमती (पुरस्कार राशि : रु. १३ लाख)
  • सर्वोत्कृष्ट खेलाडी : दीप कार्की (कप्तान तथा गोलरक्षक : सङ्कटा क्लब)

९.  बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान, २०८१ बाट कसलाई सम्मानित गरियो ?

➤ बालसाहित्यकार स्व. जनकप्रसाद हुमागाईं (मरणोपरान्त), २०८१ 

  • शैली थिएटरले २०८० सालमा स्थापना गरेको सम्मान मरणोपरान्त हुमागाईंलाई प्रदान गरेको । 
  • उहाँका बालकृतिमा ‘बाआमाको माया,’ गुनिला पाँच बालकथा, मालतीको यात्रावर्णन, भाइबहिनीका कथा, नेपाली बालसाहित्य, लहरे पिपलको कथा आदि प्रकाशित छन्।

१०.  संयुक्त राष्ट्रसङ्घद्वारा कुन वर्षलाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरियो ?

➤ सन् २०२५ 

 

११. सत्यमोहन जोशी नेपाल भाषा साहित्य सिरपा (पुरस्कार)–२०८१ कसलाई प्रदान गरियो ?

➤ वरिष्ठ साहित्यकार तिलकप्रसाद कायस्थ (भक्तपुर), पुरस्कार राशि : रु. ५१ हजार 

 

१२.  अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?

➤ जनवरी २६

  • सन् २०२५ (७३ औँ) को नारा : कस्टम डेलिभरिङ अन इट्स कमिटमेन्ट टु इफिसिएन्सी, सेक्युरिटी एन्ड प्रस्परिटी

 

१३.  साहसिक खेल भिया फराटा नेपालमा पहिलो पटक कुन ठाउँमा आयोजना गरियो ? 

➤ ग्याल्जेन पिकको बेस क्याम्प (जुगल हिमाल)

 

१४.  अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?

➤ फेब्रुअरी २१

  • (सन् २००० देखि २१ फेब्रुअरीलाई विश्वभरि नै मातृभाषा दिवसका रूपमा मनाउन थालिएको ।)

 

१५. साहित्य लोकहितमा सृजित कलापूर्ण विषय एवं स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो भन्ने साहित्यकार को हुन् ?

➤ घटराज भट्टराई

 

१६. परेवालाई शान्तिको प्रतीक मानिन्छ भने हाँसलाई केको प्रतीक मानिन्छ ?

➤ न्याय (ढुकुरलाई प्रेमको प्रतीक मानिने ।)

 

१७.  देशको पहिलो विद्युत् चुहावटमुक्त घोषित नगरपालिका कुन हो ?

➤ कन्काई नगरपालिका, झापा

 

१८.  नागार्जुन दरबारको निर्माण कसले गरेका हुन् ?

➤ जुद्धशमशेर 

 

१९. बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ ?

➤ नेगुल्ट्रम

 

२०.  चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?

➤ सन् १९२९ 

  • (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलो पटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो ।)

 

२१.  विष्णुका दस अवतार के–के हुन् ?

➤ मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की

 

२२. “सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो ।” भन्ने विचारक को हुन् ?

➤ गौतम बुद्ध 

 

२३.  हाल कार्यान्वयनमा रहेको वाणिज्य नीति कुन हो ? 

➤ वाणिज्य नीति २०८१ 

  • सरकारले निर्यात प्रवर्धन गर्दै आयात प्रतिस्थापन एवं आपूर्ति प्रणाली सवलीकरण गरी कुल गार्हस्थ उत्पादनमा वाणिज्य क्षेत्रको योगदान बढाउने लक्ष्यसहित सो निति कार्यान्वयनमा ल्याएको । 
  • वाणिज्य नीति, २०७२ प्रतिस्थापन गरी यो नीति ल्याइएको । 
  • वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बढाउनु, निर्यात प्रवर्धन गर्दै आयातलाई निर्यातसँग अन्तरआबद्ध गरी व्यापार असन्तुलन कम गर्नु, व्यापारजन्य पूर्वाधारको विकास गरी प्रतिस्पर्धी क्षमता विकास गर्नु नीतिको उद्देश्य रहेको । 
  • व्यापार कूटनीति सुदृढ गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु तथा सेवाको पहुँच बढाउनु, आपूर्ति शृङ्खला सुदृढ गरी व्यापार लागत घटाउनु, व्यापारमा अन्तरसम्बन्धित निकाय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा तीन वटै तहका सरकारको सहभागिता समन्वय तथा साझेदारी बढाउने उद्देश्य पनि नीतिमा रहेको । 
  • वस्तु तथा सेवाको मूल्य अभिवृद्धि र गुणस्तर वृद्धि एवं नवीन प्रविधिको विकास तथा उपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धिमा नीतिले जोड दिएको ।

२४. डोटीको सिलगढीदेखि अछामको साँफेबगरसम्मको सडक खण्डलाई के नामकरण गरिएको छ ?

➤ पहलमानसिंह स्वाँर सडक

 

२५.  प्राचीन ओलम्पिक खेलको सुरुवात ग्रिसको ओलम्पिकबाट भएको थियो भने आधुनिक ओलम्पिक खेलको सुरुवात कहाँबाट भएको हो ?

➤ ग्रिसकै एथेन्सबाट 

 

२६. सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?

➤ नेपाल पिक

 

२७.  अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका थिए ?

➤ जयस्थिति मल्ल 

 

२८.  मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?

➤ छाउनी, काठमाडौँ

  • (१८ हजारभन्दा बढी महत्वपूर्ण एवं विश्वकै दुर्लभ कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय विसं १९९५ फागुन १ देखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको ।)

 

२९.  मिसोफोनिया भन्नाले के बुझिन्छ ?

➤ विभिन्न प्रकारका ध्वनि सुनेर हुने असहजपन (आवाजका कारण हुने विशेष कठिनाइ)

 

३०.  साइलन्ट स्प्रिङ नामक वातावरणसँग सम्बन्धित पुस्तकका लेखक को हुन् ?

➤ राचेल कारसन

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 65
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 37
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 96
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 92
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA