Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ माघ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • January 29, 2025
  • 604

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ माघ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ माघ २०८१, बुधबार)

१.  लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई सुरक्षित रूपमा राख्न "मङ्गला सहाना पुनर्स्थापना केन्द्रको" स्थापना कहाँ गरिने भएको छ ?

➤ सूर्यविनायक–८, भक्तपुर 

  • मङ्गलादेवी सिंह र सहाना प्रधान दुवै नेपाली राजनीतिका शिखर व्यक्तित्वका नाममा सरकारले पुनस्र्थापना केन्द्र स्थापना गर्न लागेको ।
  • भक्तपुरको गुन्डुमा बनाइने पुनस्र्थापना केन्द्रभित्र आवाससहितको भवन, अस्पताल, कर्मचारी आवास, तालिम हल, सुरक्षा गार्ड क्वाटर, पुस्तकालय, मनोरञ्जन कक्ष र भान्साघरसमेत हुने गरी संरचना निर्माण गरिने भएको । 

 

२.  ‘सहायता वित्त पोषण’ अन्तर्गत ‘अनुदान’ र ‘सहुलियत ऋण’ को विकल्प खुला राखी ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड को–अपरेसन’ मा नेपाल र चीनबिच कहिले हस्ताक्षर भएको हो ?

➤ वि.सं २०८१ मङ्सिर १९ (सन् २०२४ डिसेम्बर ४) 

  • प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा उच्च प्राथमिकतामा राखिएको चिनियाँ अवधारणा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को–अपरेसन फ्रेमवर्कमा नेपाल–चीनबिच हस्ताक्षर भएको । 
  • यो सँगै नेपालमा बिआरआई अन्तर्गतका परियोजना सहायता वित्त पोषण (एड फाइनान्सिङ) को ढाँचामा कार्यान्वयन गर्न बाटो खुला भएको । यो ढाँचामा अनुदान र सहुलियत ऋणको विकल्प खुला रहने । 
  • बेल्ट एन्ड रोड को–अपरेसनको फ्रेमवर्कमा परराष्ट्र सचिव अमृतबहादुर राई र चीनको डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपाध्यक्ष ल्यु सुसेद्वारा हस्ताक्षर भएको । 

★ बिआरआई फ्रेमवर्कमा १० परियोजना छनोट भएका । यी मध्ये अधिकांश पहिल्यै सहमति भएर कार्यान्वयनमा छन् ः 

१.  टोखा–छहरे सुरुङ मार्ग 

२.  हिल्सा–सिमकोट सडक परियोजना 

३.  किमाथाङ्का–खाँदबारी सडक र पुल 

४.  जिलोङ–केरुङ–काठमाडौँ सीमापार रेलमार्ग 

५.  डडेल्धुरास्थित अमरगढी सिटी हल 

६.  जिलोङ–केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार प्रसारण लाइन । 

७.  मदन भण्डारी विश्व विद्यालय

८.  काठमाडौँ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम 

९.  दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क 

१०.  झापा स्पोर्टस् एन्ड एथलेटिक्स कमप्लेक्स

३.  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङको ब्रेक थ्रु कहिले भएको हो ?

➤ वि.सं २०८१ माघ ११

  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भर्चुअल माध्यमबाट सुरुङको ब्रेक थ्रु गरिएको । 
  • सुरुङ मार्ग ११२६ मिटर लामो रहेको । 
  • सुरुङ मार्ग आयोजना कार्यालयका अनुसार ब्रेक थ्रु हुँदा सम्म भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको । 
  • सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्ने गरी तीन वटा बाइपास बनाउने कार्य पनि भइरहेको । 
  • निर्माण लागत अनुमान : सात अर्ब ३४ करोड २१ लाख

४.  राष्ट्रिय योजना आयोगले मुलुकको समग्र विकासका लागि कति वटा विषयगत क्षेत्र पहिचान गर्दै दिगो विकासको लक्ष्य पूरा गर्न सबैलार्ई सँगै डोर्याउने योजनासहित अघि बढेको छ ?

➤ १३

  • आयोगले १६ औँ योजना कार्यान्वयनका लागि विषयगत क्षेत्रगत नीति तथा कार्यक्रमबिच सामञ्जस्यता कायम गर्दै तीनै तहको सरकारसँग बलियो समन्वय र परियोजनालाई परिणाममुखी बनाउने कार्ययोजना अघि सारेको । 
  • उक्त कार्ययोजना आर्थिक वृद्धिमा मात्र केन्द्रित नभई दिगो विकासका साथै सामाजिक न्याय, समावेशिता र समान विकासका सिद्धान्तलाई कार्यान्वयन गर्ने दिशामा 
  • केन्द्रित रहेको । 
  • दिगो विकासको लक्ष्य ‘कसैलाई पनि पछि नछोड्ने’ भन्ने सिद्धान्तका आधारमा योजना तथा कार्यक्रमहरू तयार गरेको जनाइएको । 
  • कार्ययोजना विसं २०८१ माघ १० मा सार्वजनिक गरिएको । 
  • आयोगले आयोजना बैङ्कलाई अद्यावधिक गर्दै ७० अङ्क नल्याउने आयोजना ‘आयोजना बैङ्क’ मा प्रवेश नपाउने व्यवस्था गरेको । साथै तीन वर्षसम्म निष्क्रिय रहेका आयोजनालाई सूचीबाट हटाइने । 
  • आर्थिक, सामाजिक, पूर्वाधार अवस्था र राजस्व क्षमता अनुसार प्रदेशको वर्गीकरण । 
  • तुलनात्मक रूपमा स्रोतमा कमजोर पालिकाले केन्द्र सरकारबाट समपूरक अनुदान तुलनात्मक रूपमा बढी पाउने । 

५.  तावा भन्ज्याङ–टेम्के–मैयुङ–साल्पा–सिलिचुङ पदमार्गलाई के नामले चिनिन्छ ?

➤ मुन्दुम ट्रेलमार्ग 

  • मुन्दुम ट्रेल करिव एक सय सात किलोमिटर लामो दुरीको रहेको । 
  • पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्वु तथा सङ्खुवासभा सीमामा पर्ने मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । 
  • मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रको संयोजनमा २०८१ पुस १७ बाट मुन्दुम टे«ल भ्रमण वर्ष २०२५ औपचारिक रूपमा सुरु भएको । भ्रमण वर्षमा आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको । 
  • मनोरम प्रकृतिका साथै भेडी गोठ, घोडाका बथान, चौँरीखर्क, विविध प्रजातिका गुराँस, चाँप, कटुस, विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपान्डा, भिर मौरी आदि यस पदमार्गको विशेष आकर्षणका रूपमा रहेका । 

 

६.  सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

➤ माघ १४ (विसं २०८१ पुस १६ को मन्त्रीपरिषद्को निर्णय) 

 

७.  कृषि विकास बैङ्कको स्थापना कहिले भएको हो ?

➤ वि.सं २०२४ माघ ७ 

  • बैङ्कले विसं २०३२ बाट साना किसान विकास आयोजना कार्यक्रम सुरुवात गरेको । यसले बैङ्कको ग्रामीण विकासको एकाइको रूपमा रही कार्य गरेको । 
  • २०५२ साल पछि साना विकास कार्यक्रमलाई सहकारी संस्थाको रूपमा स्थानीयस्तरमा नै हस्तान्तरण प्रक्रिया सुरु गरिएको । हाल उक्त सहकारी संस्थाको प्रतिनिधिमूलक संस्थाको रूपमा साना किसान लघुवित्त किसान बैङ्क रहेको ।
  • विसं २०४१ मा यस बैङ्कले सामान्य वाणिज्य बैङ्किङ सेवाको सुरुवात गरेको । 
  • विसं २०६२ असार ३१ मा यो बैङ्क पब्लिक कम्पनीमा रूपान्तरण भएको । 
  • विसं २०६२ चैत्र ३ मा नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको वाणिज्य बैङ्किङ कारोबार इजाजत प्राप्त पूर्ण वाणिज्य बैङ्कमा रूपान्तरित भएको ।

 

 ८.  युरोप तथा अमेरिकी क्षेत्रबाहिर आयोजित पहिलो विश्वकप फुटबल कुन हो ?

➤ १७ औँ विश्वकप–२००२ (जापान र दक्षिण कोरियामा संयुक्त रूपमा)

 

९.  चीन र भारतबिच निर्धारण गरिएको सीमा रेखालाई के भनी चिनिन्छ ?

➤ मेक मोहन लाइन 

  • सन् १९१४ मा निर्धारण गरिएको ५५० माइल लामो यो सीमा रेखालाई चीनले अस्वीकार गर्दै आएको ।
  • सन् १९४७ मा भारत र पाकिस्तानबिच निर्धारण गरिएको सीमा रेखालाई रेड क्लिफ लाइन भनी चिनिने ।
  • सन् १९८३ मा भारत र अफगानिस्तानबिच निर्धारित सीमा रेखालाई ड्युरेन्ड लाइन भनी चिनिने जसलाई अफगानिस्तानले अस्वीकार गर्दै आएको ।
  • अमेरिका र लिवियाबिच निर्धारण गरिएको अन्तर्राष्ट्रिय जलसीमा रेखालाई मृत्युरेखा भनी चिनिने । 
  • जर्मनीद्वारा निर्मित जर्मनी र फ्रान्सबिचको सीमा रेखा सिगफ्रेड लाइन हो । त्यस्तै, दोस्रो विश्वयुद्धको समयमा जर्मनीको आक्रमणबाट सुरक्षित रहनका लागि फ्रान्सद्वारा स्विट्जरल्यान्डदेखि बेल्जियमसम्म निर्माण गरिएको किल्लालाई मेजिनट लाइन भनी चिनिने । 

 

१०. अफ्रिका महादेशको घाँसे मैदानलाई के भनी चिनिन्छ ? 

➤ भेल्ड

  • अफ्रिकाको घाँसे मैदानलाई भेल्ड भनी चिनिन्छ ।
  • उत्तर अमेरिकाको शीतोष्ण घाँसे मैदानलाई प्रेयरी भनी चिनिन्छ ।
  • दक्षिण अमेरिकाको अर्जेन्टिनामा फैलिएको घाँसे मैदानलाई पेम्पाज भनिन्छ । 
  • अस्ट्रेलिया पाइने घाँसे मैदानलाई डाउन्स भनी चिनिन्छ । 

 

११.  सिंहदरबारलाई नेपाल सरकारको कार्यालयका रूपमा कहिलेदेखि प्रयोग गर्न थालिएको हो ?

➤ वि.सं २००७

 

१२.  ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ ?

➤ बर्लिन (जर्मनी)

 

१३.  देश र महादेशको नाम एउटै भएको देश कुन हो ?

➤ अस्ट्रेलिया

 

१४.  भित्ते पात्रोको प्रचलन कुन देशबाट सुरु भएको हो ?

➤ इजिप्ट

 

१५. नेपालको चीनसँग दौत्य सम्बन्ध कहिले कायम भएको हो ?

➤ सन् १९५५ अगस्ट १

  • नेपाल र चीनबिच शान्ति तथा मैत्री सन्धि सन् १९६० अप्रिल २८ मा भएको । 
  • नेपाल र चीनबिच सीमासम्बन्धी सम्झौता सन् १९६१ मा भएको । 
  • नेपाल र चीनबिच सीमासम्बन्धी प्रोटोकलमा सन् १९७९ मा हस्ताक्षर भएको । 
  • काठमाडौँ उपत्यकामा बस्ती बसाउने मञ्जुश्री चीनबाट आएका थिए । 
  • नेपालको बारेमा यात्रा वृत्तान्त लेखी प्रचारप्रसार गर्ने पहिलो चिनियाँ नागरिक हुयान साङ रहेका । 
  • चिनियाँ झाङ जियानले पहिलोपल्ट सन् ४०६ मा लुम्बिनीको भ्रमण गरेका । 
  • प्राचीनकालमा नेपालको भ्रमण गर्ने दुई चिनियाँ यात्री : हुयान साङ र फाहियान रहेका । 

 

१६.  नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को सदस्य कहिले बनेको हो ?

➤ सन् १९७५ 

  • विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को स्थापना सन् १९७५ जनवरी २ मा भएको ।
  • यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको ।

 

१७.  विदेशबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो पत्रिका कुन हो ?

➤ गोरखाभारत जीवन

  • नेपालमा नै छापिएर प्रकाशित (विसं १९५५) पहिलो पत्रिका सुधासागर हो ।
  • नेपालको पहिलो मासिक पत्रिका सुधासागर हो ।
  • नेपालको पहिलो साप्ताहिक गोरखापत्र हो ।

 

१८.  बागवानीका एन्टिभाइरस भनी कसलाई चिनिन्छ ?

➤ बागवानीविज्ञ मुकुन्द रञ्जित

 

१९.  विश्वको पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ?

➤ अनुसेह अन्सारी

 

२०.  पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?

➤ परिभ्रमण 

  • (पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एक पटक घुम्छ ।)

 

२१.  मनसुनी वायु कति प्रकारका हुन्छन् ?

➤ दुई (ग्रिष्मकालीन मनसुन र शीतकालीन मनसुन)

 

२२.  शाहवंशीय इतिहासमा सबभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?

➤ श्री ५ त्रिभुवन 

 

२३.  नेपालमा सहिद दिवस कहिले मनाइन्छ ?

➤ माघ १६

  • प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी हरेक वर्ष माघ १६ का दिन सहिद दिवस मनाउने गरिएको ।

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 75
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 39
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 96
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 99
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA