Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१७ पुस २०८१, बुधबार)

  • Ajnabee Khadka
  • January 01, 2025
  • 629

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१७ पुस २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१७ पुस २०८१, बुधबार)

 

१. भारतका पूर्वप्रधानमन्त्री एवं भारतीय राष्ट्रिय कंग्रेसका नेता डा. मनमोहन सिंहको निधन कहिले भएको हो ? 

➤ सन् २०२४ डिसेम्बर २६

  • भारतमा आर्थिक सुधारका नायकका रूपमा चिनिने सिंहको ९२ वर्षको उमेरमा निधन भएको । 
  • सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका । 
  • ३३ वर्ष सांसद रहेका सिंह पिभी नरसिंह राव प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए । 

२. कुन राष्ट्रले विश्वकै ठुलो जलविद्युत् परियोजना निर्माणका लागि प्रक्रिया अघि बढाएको छ ? 

➤ चीन (सन् २०२४ डिसेम्बर)

  • परियोजना यार्लुङ स्याङ्पो नदीको तल्लो भागमा बनाइने । 
  • यस परियोजनाबाट हाल चीनमै रहेको विश्वको सबैभन्दा ठुलो थ्री गर्जेज जलविद्युत् परियोजनाको भन्दा तेब्बर बढी विद्युत् उत्पादन हुने जनाइएको । 
  • यार्लुङ स्याङ्पो नदीलाई भारतमा पुगेपछि ब्रह्मपुत्र भनिन्छ । यो नदी तिब्बत छोडेर दक्षिणबाट भारतको अरुणाचल प्रदेश, आसाम राज्य हुँदै बङ्गलादेश पुग्छ । 

३. हाल नेपालमा रात्रिकालीन उडानयोग्य विमानस्थल कति रहेका छन् ? 

➤ १० वटा

  • नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आइएफआर) प्रविधि जडान गरी रातको समयमा पनि उडान अवतरण गर्न सकिने विमानस्थलको सङ्ख्या १० रहेको । 
  • देशभर हाल ५५ विमानस्थल रहेका र तीमध्ये २१ वटा बन्द र ३४ वटा विमानस्थल सञ्चालनमा छन् । 
  • कन्ट्रोल एरोड्रम सेवा अन्तरगत सञ्चालित १२ विमानस्थलमध्ये १० विमानस्थलमा आइएफआर प्रविधि जडान गरी रात्रिकालीन उडानयोग्य बनाइएको हो । अब छिटै नै भरतपुर र सुर्खेत विमानस्थलमा पनि रात्रिकालीन उडान सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणले जनाएको । 

 

४. कैलाली, चिसापानीमा निर्माण हुने जापादेवी केबलकारको शिलान्यास कहिले गरिएको हो ? 

➤ वि.सं. २०८१ पुस १३

  • लम्कीचुहा नगरपालिका वार्ड नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वार्ड नं. ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबुलकारमा ३४ गोन्डोला रहने  
  • आइएमई समूहको लगानीमा निर्माण हुने यस केबुलकारको निर्माण लागत अनुमानित पाँच अर्ब रुपियाँ रहेको । 
  • यहाँ बन्ने केबलकार एवं होटलसहितको पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा ठुलो टेवा पुग्न जाने विश्वास गरिएको । 

५. बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कसलाई प्रदान गरियो ? 

➤ कलाकार तथा फिल्मकर्मी नीर शाह

  • पुरस्कार राशि एक लाख रुपियाँ रहेको । 
  • फिल्म निर्माण, निर्देशन, अभिनय एवं गीत लेखनमा समर्पित शाहले २०३२ सालदेखि निरन्तर नेपाली कलामा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको भीम विराग सङ्गीत तथा साहित्य कला प्रतिष्ठानले जनाएको । 
  • सर्वप्रथम यो पुरस्कार विसं २०६४ मा अम्बर गुरुङलाई प्रदान गरिएको । 

६. सरकारले शुल्क लिई धरहरा सञ्चालन गर्ने कार्य कहिलेदेखि थालेको हो ? 

➤ वि.सं. २०८१ मङ्सिर ९

  • वि.सं. २०८१ मङ्सिर ६ को मन्त्रीपरिषद्ले सोसम्बन्धी निर्णय गरेको । 
  • धरहरा चढ्नका लागि हाललाई नेपालीका लागि प्रतिव्यक्ति दुई सय रुपियाँ निर्धारण गरिएको । धरहरा चढ्न विद्यार्थी, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, १० वर्षभन्दा मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको । 
  • सार्क राष्ट्रका लागि पाँच सय र अन्य देशका लागि एक हजार रुपियाँ तोकिएको । 
  • सरकारले टेन्डरमार्फत निजी कम्पनीलाई धरहरा व्यवस्थापनको जिम्मा दिने जनाएको । 
  • यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क रूपमा धरहरा खुला गरिएको थियो । 

७. सिएनएनको साहसी खेलाडीको सूचीमा पर्न सफल नेपाली पर्वतारोही व्यक्तित्व को हुन् ? 

➤ पूर्णिमा श्रेष्ठ

  • फोटो पत्रकारसमेत रहेकी पूर्णिमा सिएनएनको द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४ को सूचीमा परेकी । 
  • उनले दुई हप्तामै तीन पटक सगरमाथाको आरोहण गर्ने संसारकै पहिलो महिलाको कीर्तिमान कायम गरेकी । 

८. अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधन कहिले भएको हो ? 

➤ सन् २०२४ डिसेम्बर २९

  • सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको राष्ट्रपति भएका कार्टरको सय वर्षको उमेरमा निधन भएको । 

९. दक्षिण कोरियामा १७९ जनाको ज्यान जाने गरी विमान दुर्घटना कहिले भएको हो ? 

➤ सन् २०२४ डिसेम्बर २९

  • थाइल्यान्डको राजधानी बैङ्ककबाट दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर सो दुर्घटना भएको । 
  • अमेरिकी बोइङ ७३७–८०० द्वारा सञ्चालित जेजु एयरको उडान नम्बर २२१६ को विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका चार सदस्यसहित १७९ जनाको निधन भएको । 

१०. चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ मा हात्ती सुन्दरी प्रतियोगिताको उपाधि जित्ने हात्ती कुन हो ? 

➤ विजुली कली

११. हाल गोरखापत्र दैनिकबाट प्रकाशन हुने मातृभाषाको सङ्ख्या कति पुगेको छ ? 

➤ ४५

  • बाम्बुले राई भाषा ४५ औँ भाषाका रूपमा विसं २०८१ पुस ११ बाट प्रकाशन हुन थालेको । 
  • ४४ औँ भाषा रानाथारु (विसं २०८१ कात्तिक ४) रहेको । 
  • गोरखापत्रमा नयाँ नेपाल बहुभाषिक पृष्ठमा विभिन्न मातृभाषामा सामग्री प्रकाशनको सुरुवात विसं २०६४ असोज १ बाट भएको । 

 

१२.  एनसेल वुमन आइकन आइसिटी अवार्ड–२०२४ विजेता व्यक्तित्व को हुन् ? 

➤ बन्दना शर्मा

  • सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्‍याएबापत उनलाई सो अवार्ड प्रदान गरिएको । 
  • शर्माले यो अवार्डसँग तीन लाख रुपियाँ नगद पुरस्कारसमेत प्राप्त गरेकी । 
  • नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याउने महिलालाई यो अवार्ड प्रदान गरिने ।

१३. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्युआई) कति हुनु पर्छ ?

➤ ५० एक्युआईभन्दा तल 

 

१४. नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्ष (२०८१) को प्रतिभा पुरस्कार कसलाई प्रदान गर्‍यो ?

➤ सन्ध्या सुब्बा सिङ्जाङ्गो (युवा इतिहासकार तथा याक्थुङ मुन्धुम अध्येता, सिक्किम, भारत)

  • पुरस्कार राशि रु. एक लाख रहेको । 
  • प्रतिष्ठानले प्रतिभा सम्मान ताप्लेजुङका अग्रज लेखक तथा सञ्चारकर्मी राजेश्वर थापालाई प्रदान गरेको । 
  • सम्मानको राशि रु. ५० हजार रहेको । 

 

१५. बिनाअक्सिजन १० पटक सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? 

➤ आङरिता शेर्पा

  • उनले लगातार १० पटक अक्सिजनबिना सगरमाथा आरोहण गरेर विश्वलाई आश्चर्यचकित बनाएका । 
  • सन् १९८३ मा पहिलो पटक आरोहण गरेका शेर्पाले सन् १९९६ सम्म आइपुग्दा १० पटक अक्सिजनबिना सगरमाथा आरोहण गरेका । 
  • हिउँ चितुवाको उपनाम पाएका शेर्पाले सन् १९८० र सन् १९९० को दशकमा पर्वतारोहण जगत्मा विविध कीर्तिमान कायम गरेका । 

 

१६.  ब्रेन पुलिङ भनेको के हो ?

➤ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा विदेशमा रहेका नेपाली प्राविधिक/वैज्ञानिकलाई नेपाल बोलाई देश विकासमा सरिक गराउन ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ भन्ने आह्वानका साथ सञ्चालित कार्यक्रम । 

 

१७.  ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक पुस्तकका लेखक को हुन् ?

➤ भीमनारायण रेग्मी

 

१८. ‘ज्येष्ठ पत्रकार वृत्ति’ वितरणको सुरुवात कहिलेदेखि गरिएको हो ?

➤ वि.सं. २०७९ श्रावण ९

  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको । 
  • पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको । 
  • सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वृत्ति वितरणको प्रारम्भ गरेका । 
  • पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ बमोजिम वृत्ति वितरण गरिएको । 
  • ३० वर्ष निरन्तर पत्रकारिता गरेका तथा ६५ वर्ष उमेर पुगेका पत्रकारलाई मासिक रूपमा वृत्ति प्रदान गरिने । 

 

१९.  ‘इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल’ नामक पुस्तकका लेखक को हुन् ?

➤ सीमाविद बुद्धिनारायण श्रेष्ठ 

  • यो पुस्तक अङ्ग्रेजी भाषाबाहेक अन्य आठ भाषामा लातिभिया ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले प्रकाशित गरेको । 
  • फ्रेन्च, स्पेनिस, जर्मन, डच, इटालियन, रुसी, पोर्चुगिज र पोलिस भाषामा प्रकाशन गरिएको । 

 

२०.  नेपालमा सामाजिक सुरक्षा कर कुन आर्थिक वर्षदेखि लिन सुरु गरिएको हो ?

➤ आ.व. २०६६/६७

 

२१.  अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

➤ प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 82
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 39
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 96
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 100
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA