Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

मानव विकासको अवधारणा : : विषयगत प्रश्नोत्तर (३० माघ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • February 12, 2025
  • 966

मानव विकासको अवधारणा : : विषयगत प्रश्नोत्तर (३० माघ २०८१, बुधबार)

मानव विकासको अवधारणा : : विषयगत प्रश्नोत्तर (३० माघ २०८१, बुधबार)

१. मानव विकास भनेको के हो ? मानव विकासका सम्बन्धमा अमत्र्य सेनको दृष्टिकोण उल्लेख गर्दै नेपालमा मानव विकासको क्षेत्रमा देखा परेका समस्या पहिचान गर्नुहोस् । 

 मानिसका क्षमता र छनोटका अवसर विस्तार गरी मानवीय जीवनलाई उन्नत बनाउने प्रक्रियालाई मानव विकास भनिन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले मानव विकासलाई मानवको क्षमता अभिवृद्धि, छनोटका दायरा विस्तार तथा सबै नागरिकको स्वतन्त्रता र मानव अधिकारको प्रवर्धन गर्ने प्रक्रियाको रूपमा अथ्र्याउँदै यसको मापन गर्न मानव विकास सूचकाङ्कको विकास गरेको छ । जसमा स्वास्थ्य (आयु), शिक्षा, र जीवनस्तर (आय) का तीन मुख्य पक्षहरू समावेश गरिएका छन् । 

अमर्त्य सेनको मानव विकाससम्बन्धी दृष्टिकोण :

– प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनले मानव विकासलाई व्यक्तिको स्वतन्त्रता तथा क्षमताको विस्तार गर्ने प्रक्रियाको रूपमा लिएका छन् । उनका अनुसार मानिसहरूलाई उनीहरूको जीवनमा सार्थक छनोट गर्न सक्ने बनाउनु नै वास्तविक विकास हो । आर्थिक वृद्धि केवल साधन मात्र हो । अमत्र्य सेनको मानव विकास दृष्टिकोणका मुख्य बुँदाहरू यस प्रकार छन् । 

क)  क्षमताको विस्तार : मानव विकासको मुख्य उद्देश्य व्यक्तिको क्षमता बढाउनु हो । व्यक्तिलाई आफ्नो जीवनस्तर सुधारका लागि विकल्पहरू छनोट गर्न सक्षम बनाउने प्रक्रियाको रूपमा मानव विकासलाई लिन सकिन्छ । गुणस्तरीय शिक्षा प्रदान गरेर रोजगारी पाउने, गुणस्तरीय स्वास्थ्य सेवा दिएर दीर्घ र आरोग्य जीवन जीवन सक्ने बनाउने तथा आयस्तर सुधार गरेर उन्नत जीवन जिउन सक्ने बनाउनु नै मानव विकास हो ।

ख)  स्वतन्त्रतामा जोड : सेनले स्वतन्त्रतालाई मानव विकासको केन्द्रविन्दु मानेका छन् । उनका अनुसार वास्तविक विकास भनेको व्यक्तिले आफ्नो जीवनमा स्वतन्त्रतापूर्वक छनोट गर्ने अवसर पाउनु हो ।

ग)  बहुआयामिक अवधारणा : सेनका अनुसार आयले मात्र व्यक्तिको जीवनस्तर निर्धारण गर्न सक्दैन । शिक्षा, स्वास्थ्य र आर्थिक, सामाजिक एवं राजनीतिक अधिकार जस्ता कुराहरू पनि महìवपूर्ण छन् । धेरै आय भए पनि यदि स्वास्थ्य सेवा वा शिक्षामा पहुँच छैन भने मानव विकास भएको मान्न सकिँदैन ।

घ)  समानता र न्याय : सेनले समानतामा आधारित समाज निर्माणलाई महत्व दिएका छन् । उनका अनुसार विकासले सबैलाई समान अवसर प्रदान गर्नु पर्छ । महिला, दलित र सीमान्त समुदायलाई समान अवसर प्रदान गरेर उनीहरूको पहुँच स्थापना गर्न सकिएमा मात्र विकासले पूर्णता प्राप्त गर्छ ।

ङ)  मानव अधिकार र मर्यादा : मानव विकासले मानवीय मर्यादा र अधिकारलाई सम्मान गर्नु पर्छ । व्यक्तिलाई शोषण, भेदभाव र असमानताबाट मुक्त गरेर मानव विकास गर्न सकिन्छ ।

नेपालमा मानव विकासका क्षेत्रमा देखा परेका प्रमुख समस्या

– नेपालको मानव विकासको अवस्थामा क्रिमिक सुधार भए तापनि दक्षिण एसियामा नेपालको अवस्था अद्यापि कमजोर नै छ । नेपालको मानव विकासको क्षेत्रमा देहायका समस्या विद्यमान छन् :

– मानव विकाससम्बन्धी नीति तथा कार्यक्रिममा सरकारको न्यून लगानी,

– मौलिक हकको रूपमा रहेका हक अधिकारहरूको कार्यान्वयन सुस्त,

– स्रोत साधन वितरण र उपयोगमा मानव विकासका सूचकहरूलाई कम ध्यान दिने गरिएको,

– गुणस्तरीय शिक्षा र आधुनिक सिपमूलक तालिमको कमीले श्रम बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ, 

– ग्रामीण क्षेत्र गुणस्तरीय शिक्षाबाट वञ्चित,

– उच्च शिक्षामा असमान पहुँच, 

– सिपमूलक र व्यावहारिक शिक्षाको अभाव,

– दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा, अस्पताल तथा औषधीको अभाव,

– न्यून पोषण तथा खाद्य असुरक्षा,

– खर्चिलो स्वास्थ्य सेवा,

– नेपालको ठुलो जनसङ्ख्या अझै पनि गरिबीको रेखामुनि रहेको,

– सीमित आन्तरिक रोजगारीका कारण युवाहरूको विदेश पलायन बढ्दो,

– श्रम बजारमा न्यून पारिश्रमिकको समस्या,

– महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, तथा नेतृत्व तहमा न्यून पहुँच,

– घरेलु हिंसा, बालविवाह, र लैङ्गिक विभेद जस्ता सामाजिक विकृतिहरूको विद्यमानता,

– लैङ्गिक, जातीय र क्षेत्रीय आधारमा शोषण र सीमान्तीकरण,

– ग्रामीण क्षेत्रमा विद्युत्, यातायात, सञ्चार, खानेपानी तथा सरसफाइलगायतका आधारभूत सेवाहरूको अपर्याप्तता,

– भ्रष्टाचार, अनियमितता तथा ढिलासुस्तीका कारण मानव विकासका कार्यक्रिमहरू प्रभावकारी हुन नसक्नु,

– जलवायु परिवर्तनका कारण कृषि तथा खाद्य प्रणाली र खानेपानी तथा सरसफाइ प्रभावित हुँदा मानव विकासमा अवरोध सिर्जना,

– बाढी, पहिरो, खडेरी र अन्य प्राकृतिक विपत्तिबाट मानव विकासमा नकारात्मक असर पर्नु,

– अन्त्यमा मानव विकासको अवधारणाले राज्यलाई आर्थिक वृद्धिमा मात्र केन्द्रित नभई व्यक्तिको समग्र हितमा काम गर्न प्रेरित गर्छ । 

– शिक्षा र स्वास्थ्यमा लगानी वृद्धि, गरिबी र असमानता न्यूनीकरण, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूति, लैङ्गिक समानता कायम, सहभागितामूलक विकासमार्फत सीमान्तकृत समुदायको मूलप्रवाहीकरण जस्ता कार्यबाट मानव विकासको अवस्थामा सुधार गर्न सकिन्छ । यसका लागि तिनै तहका सरकारको समन्वय र सहकार्य आवश्यक छ ।

 

२.  सामाजिक विकृति भनेको के हो ? सामाजिक विकृतिको रूपमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनका कारणहरू उल्लेख गर्दै लागुपदार्थ दुव्र्यसन न्यूनीकरण गर्ने उपायहरू उल्लेख गर्नुहोस् ।

 मानव जीवन, मानव सभ्यता र समाजको विकासका बाधकका रूपमा रहेका धर्म, संस्कृति, प्रथा, परम्परा, प्रचलन वा अभ्यासलाई सामाजिक विकृति भनिन्छ । दाइजो प्रथा, बोक्सी प्रथा, बालविवाह, लागुऔषध दुव्र्यसन, कुलतलगायतका सामाजिक व्यवहार नेपाली समाजमा सामाजिक विकृतिको रूपमा रहेका छन् । 

सामाजिक विकृतिको रूपमा बढ्दो लागुपदार्थ दुव्र्यसन र यसका कारण तथा न्यूनीकरणका उपायहरू :

– मानिसमा लागुपदार्थको प्रयोग गरौँ गरौँ हुने गरी लत लागेको अवस्थालाई लागुपदार्थ दुव्र्यसनको रूपमा बुझिन्छ । कानुनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, कोकिन आदिलाई अवैध लागुऔषधको रूपमा लिइन्छ । त्यस्तै गरी सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागुपदार्थको रूपमा चिनिन्छन् । विश्व स्वास्थ्य सङ्गठनले 

लागु पदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ ।

लागुपदार्थ दुव्र्यसन बढ्नुका कारण :

– गरिबी र बेरोजगारी,

– पारिवारिक कलह, विछोड एवं असहयोग,

– तनाव, डिप्रेसन र अन्य मानसिक समस्याबाट मुक्त हुने अभिलाषा,

– गलत सङ्गत र साथी समूहको दबाब,

– लागुपदार्थको हानिकारक प्रभावबारे सही सूचना र शिक्षाको कमी,

– कमजोर नियमन एवं लागुपदार्थ माथि सहज पहुँच,

– खुला सिमानाबाट लागुपदार्थको तस्करी नियन्त्रण नहुनु,

– कानुन कार्यान्वयन गर्ने निकायको कमजोर संस्थागत क्षमता,

– लागुपदार्थको बिक्री र वितरण नियन्त्रण गर्ने प्रयासहरूको न्यून प्रभावकारिता,

लागुपदार्थ दुव्र्यसन न्यूनीकरण गर्ने उपायहरू :

– नेपालमा लागुपदार्थ दुव्र्यसन न्यूनीकरण गर्न देहायका सुधारात्मक, प्रवर्धनात्मक, उपचारात्मक तथा दण्डात्मक उपायहरू अवलम्बन गर्नु पर्छ ।

– लागुपदार्थको तस्करी र वितरण नियन्त्रण गर्न समयानुकूल कानुनी सुधार गर्ने,

– विद्यमान कानुन कार्यान्वयन गर्ने निकायलाई स्रोतसाधन सम्पन्न बनाउँदै पेसागत दक्षता हासिल गर्ने,

– अपराध अनुसन्धान र अभियोजनालाई प्रभावकारी बनाउने, प्रत्येक घरपरिवारले छोराछोरीलाई सही मार्गदर्शन, सहयोग र सकारात्मक वातावरण प्रदान गर्ने,

– लागुपदार्थको हानिकारक प्रभावबारे टोल टोलमा सचेतना कार्यक्रिम सञ्चालन गर्ने,

– युवाहरूलाई गुणस्तरीय शिक्षा र रोजगारीको अवसर प्रदान गरी लागुपदार्थबाट टाढा राख्ने,

– युवाहरूलाई खेलकुद, साहित्य, सङ्गीत, संस्कृति संरक्षणलगायत सिर्जनात्मक कार्यमा आकर्षित गर्न वातावरण तयार पार्ने,

– स्थानीय क्लब, समूह, समिति जस्ता समुदायमा आधारित संस्थाहरूबाट लागुपदार्थविरुद्ध अभियान चलाउने कार्यमा स्थानीय समुदाय र स्थानीय सरकारले सहयोग गर्ने तथा हौसला प्रदान गरी समाज सुधारका लागि अग्रसर बनाउने, 

– लागुपदार्थविरुद्ध अभियानमा युवालाई नेतृत्व प्रदान गर्ने, तनाव, डिप्रेसन र अन्य मानसिक समस्याको उपचार गर्न मानसिक स्वास्थ्य सेवाहरू विस्तार गर्ने,

– लागुपदार्थ दुव्र्यसनबाट पीडित व्यक्ति  उपचारका लागि पुनस्र्थापना केन्द्रहरू स्थापना गर्ने ।

– अन्त्यमा समाजिक विकृतिको रूपमा विकसित भई रहेको लागुपदार्थ दुव्र्यसन नेपाली समाजको जल्दबल्दो समस्याको रूपमा रहेको छ । व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने लागुपदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याइदिन्छन् । नेपालको मानव पुँजी निर्माणमा बाधा सिर्जना गर्ने यस्ता विकृति न्यूनीकरण गर्न सामाजिक जागरण, शिक्षा तथा सचेतनाका साथै कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक पर्छ ।

 

३.  लोक सेवा आयोगको दोस्रो रणनीतिक योजनाले तय गरेका उद्देश्य र रणनीतिहरू उल्लेख गर्नुहोस् ।

 लोक सेवा आयोगले बदलिँदो परिवेश अनुसार आफ्नो संवैधानिक जिम्मेवारीलाई थप प्रभावकारी ढङ्गले सम्पादन गर्न रणनीतिक योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । यसमार्फत आयोगले दीर्घकालीन दृष्टिकोण तय गर्ने, मूल्यमान्यता घोषणा गर्ने, रणनीतिक उद्देश्य एवं रणनीति र कार्यनीति तय गर्ने तथा नतिजा खाका तयार गरी आफ्नो उपलब्धि मापन, अनुगमन र मूल्याङ्कन गर्नेलगायतका कार्य गरी आफ्नो कार्यसम्पादनमा सुधार गर्दै आएको छ । यसै व्रmममा लोक सेवा आयोगले दोस्रो रणनीतिक योजना २०७९÷८०–२०८३÷८४ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

क)  दोस्रो रणनीतिक योजनाका उद्देश्यहरू :

– उपयुक्त उम्मेदवार छनोट गर्दा योग्यता, स्वच्छता र निष्पक्षता प्रवर्धन गर्नु,

– उपयुक्त उम्मेदवार छनोट गर्न समसामयिक वैज्ञानिक परीक्षण विधि अवलम्बन गर्नु,

– उजुरी सुनुवाइलाई अनुमानयोग्य बनाउनु,

– आयोगको संस्थागत क्षमता सुदृढीकरण तथा कार्यक्षेत्रमुखी प्रवर्धनात्मक कार्य विस्तार गर्नु ।

ख)  दोस्रो रणनीतिक योजनाका रणनीतिहरू :

– योग्य उम्मेदवार छनोटसम्बन्धी विभिन्न चरणका क्रियाकलापलाई थप व्यवस्थित र विश्वसनीय बनाउने, सार्वजनिक सेवामा योग्य जनशक्ति आकर्षण गर्ने वातावरण सिर्जना गर्ने,

– विषय विज्ञ वा दक्षहरूको सेवालाई प्रभावकारी बनाउने,

– सङ्घीय निजामती सेवा तथा सङ्गठित संस्थाका सेवाका सर्तसम्बन्धी कानुन र सुरक्षा निकाय तथा अन्य सङ्घीय सरकारी सेवाका पदमा बढुवा गर्दा अपनाउनुपर्ने सिद्धान्तका विषयमा योग्यता प्रणाली सुनिश्चित हुने गरी परामर्श प्रदान गर्ने,

– परीक्षण विधि र प्रक्रियामा समसामयिक सुधार गर्ने,

– व्यवस्थापकीय पदमा नेतृत्व क्षमतासमेतका आधारमा उम्मेदवार छनोट गर्न वैज्ञानिक परीक्षण विधिको विस्तार गर्ने, सङ्घीय निजामती सेवामा हुने बढुवा सम्बन्धमा उजुरी सुन्ने र विभागीय सजायका विषयमा परामर्श दिने कार्यलाई बढी व्यवस्थित र प्रभावकारी बनाउने,

– आयोगको संस्थागत क्षमता सुदृढीकरण गरिने,

– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग कार्यगत सम्बन्ध र आपसी सहयोगका क्षेत्रको पहिचान गरी विस्तार गर्ने ।

– अन्त्यमा लोक आयोगले तयार गरेको पाँचबर्से रणनीतिक योजना कार्यान्वयन गरी नतिजा हासिल गर्न आयोगले आफ्नो स्रोतसाधन र संरचना परिचालन गर्नुका साथै नेपाल सरकारको पनि उत्तिकै साथ र सहयोगको आवश्यकता पर्छ ।

 

४.  मानवीय मूल्यमान्यताको अवधारणा प्रस्ट पार्दै निजामती कर्मचारीले मानवीय मूल्य मान्यताको आत्मसात् गर्नु किन आवश्यक मानिन्छ ? तर्कसहित स्पष्ट गर्नुहोस् ।

 समग्र मानवजाति र समाजको भलाइका लागि मानवले अवलम्बन गर्नुपर्ने आधारभूत मूल्यहरू नै मानवीय मूल्य हुन् । विश्वव्यापी रूपमा स्वीकार गरिएका मानवीय मूल्यहरूमा सत्यवादिता, इमानदारिता, निष्ठा, विश्वास, माया, दया, परोपकार, शान्ति, अहिंसा, भाइचारा आदि पर्छन् । मानिस एक सर्वश्रेष्ठ प्राणीका साथसाथै सामाजिक प्राणीसमेत भएको हुँदा सामाजिक सम्बन्धलाई सुमधुर राख्न, प्रकृति र मानवबिचको सम्बन्धलाई जीवन्त राख्न र आफ्नो जीवनयापनलाई सहज बनाउन मानवीय मूल्यहरू महìवपूर्ण हुन्छन् । यी मूल्यहरूले समाजलाई नैतिक, न्यायपूर्ण र सद्भावपूर्ण बनाउन मद्दत गर्छन् । मानवीय मूल्यमान्यताको अवधारणा मानवतावादी दृष्टिकोणमा आधारित छ र यसले सबै मानिसहरूलाई समान रूपमा मूल्यवान् ठान्ने दृष्टिकोणलाई महìव दिन्छ । मानवीय मूल्यमान्यताको अवधारणाको सम्बन्धमा निम्न कुराबाट प्रस्ट हुन सकिन्छ ः

– मानवीय मूल्यमान्यता न्याय, समानता र नैतिकता सँग सम्बन्धित हुन्छन्,

– यिनीहरू सभ्य, सुसंस्कृत र नैतिकतामा आधारित समाज निर्माणको आधारस्तम्भ हुन्,

– व्यक्तिलाई नैतिकवान्, इमानदार, सदाचारी बनाउन मद्दत गर्छन्,

– सत्य, अहिंसा, परोपकार, सदाचार जस्ता आधारभूत मानवीय मूल्यहरूले सबै धर्म र संस्कृतिलाई जोड्ने काम गर्छन्,

– मानवता, विश्व शान्ति र भाइचारा जस्ता मूल्यले समग्र मानवजाति र पृथ्वीलाई हेर्ने दृष्टिकोणलाई बृहत् बनाउँछन् । यसबाट अन्तर्राष्ट्रिय सहयोग वृद्धि गर्न र आतङ्कवाद नियन्त्रण, महामारी नियन्त्रण र जलवायु सङ्कट सामना जस्ता साझा मुद्दामा साझेदारीका लागि आधार प्राप्त हुन सक्छ ।

निजामती कर्मचारीले मानवीय मूल्यमान्यताको आत्मसात् गर्नु पर्नाको कारण ः 

 निजामती कर्मचारीले मानवीय मूल्यमान्यताको आत्मसात् गर्नु देहायका आधार र कारणबाट आवश्यक मानिन्छ । 

– निजामती कर्मचारीले नैतिक रूपमा सही निर्णय लिन सहयोग पु¥याउन,

– राजनीतिक कार्यकारीलाई नैतिक रूपमा सही निर्णयका लागि सुझाव प्रदान गर्न, 

– भ्रष्टाचार र अनैतिक व्यवहारलाई नियन्त्रण गर्न, 

– सामाजिक विविधता र भिन्नतालाई सम्मान गरी सामाजिक एकता र सद्भाव कायम गर्न गराउन,

– सेवाभित्रको विविधताबाट लाभ सिर्जना गर्न,

– कर्मचारीको आत्मसम्मान अभिवृद्धि गरी सङ्गठनको उद्देश्य प्राप्तिका लागि उत्प्रेरित गर्न,

– कर्मचारीमा सार्वजनिक सेवाप्रतिको समर्पण भावलाई जागृत गराउन,

– सार्वजनिक स्रोतसाधन र अधिकारको दुरुपयोग नियन्त्रण गर्न,

– नागरिकका समस्या र संवेदनाहरू बुझी सेवा प्रवाहलाई आवश्यकतामा आधारित बनाउन,

– सार्वजनिक सेवाको गुणस्तर बढाई नागरिकमा सुशासनको अनुभूति दिलाउन,

– सामाजिक न्याय, समावेशी विकास र सुशासन हासिल गर्न,

– प्राकृतिक स्रोतसाधनको दिगो उपयोग, पर्यावरणीय सन्तुलन कायम तथा जैविक विविधताको रक्षा गरी प्रकृतिसँगको सहअस्तित्वमा मानव जीवन सञ्चालन गर्न,

– अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउँदै राष्ट्रिय हितको रक्षा गर्न,

– अन्त्यमा मानवीय मूल्य र मान्यताहरू सङ्गठनात्मक जीवनका लागिसमेत उत्तिकै आवश्यक मानिन्छन् । निजामती कर्मचारीले सार्वजनिक क्षेत्रको प्रतिनिधित्व गर्ने र सार्वजनिक स्रोत तथा सार्वजनिक मामिलाहरूको व्यवस्थापनलाई नै आफ्नो पेसाको रूपमा अँगाल्ने हुँदा जनउत्तरदायी प्रशासन, लोक कल्याण, सामाजिक सद्भाव, पर्यावरणीय सन्तुलन, तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वबन्धुत्वको मर्म विस्तारको लागि समेत यी मूल्यहरूको आत्मसातीकरण आवश्यक छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 65
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 37
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 96
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 92
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA