राष्ट्रिय शिक्षा दिवस, २०८३
- दिवस मनाइने मिति: प्रत्येक वर्षको असोज २ गते — नेपाल सरकार मन्त्रिपरिषद्को २०८० जेठ ९ गतेको बैठकले असोज २ गतेलाई शिक्षा दिवस मनाउने निर्णय गरेको,
- दिवस मनाइने मितिको ऐतिहासिक पृष्ठभूमि:
- पहिलो पटक सुरु: राष्ट्रिय शिक्षा दिवस वि.सं. २०३१ सालदेखि फागुन १२ गते मनाउन सुरु गरिएको,
- इतिहास र परिवर्तन: वि.सं. २०६४ सालदेखि २०७६ सालसम्म अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन (सेप्टेम्बर ८) राष्ट्रिय शिक्षा दिवस मनाइएको,
- मनाउन रोकिएको अवधि: मिति र औचित्यको विवादका कारण वि.सं. २०७७, २०७८ र २०७९ मा राष्ट्रिय शिक्षा दिवस नमनाइएको,
- नयाँ मिति निर्धारण: नेपाल सरकार मन्त्रिपरिषद्को २०८० जेठ ९ गतेको बैठकले असोज २ गतेलाई शिक्षा दिवस मनाउने निर्णय गरेको,
- दिवस मनाइने मितिको ऐतिहासिक पृष्ठभूमि: अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणीकरण भएको ऐतिहासिक दिन (असोज २) को स्मरणमा यो मिति तय गरिएको,
- वि.सं. २०८३ को राष्ट्रिय शिक्षा दिवसको संस्करण: नेपालको नयाँ मिति तय भएपछिको चौथो (४ औँ) संस्करण
- आगामी पाँच वर्ष (सम्वत् २०८१ सालदेखि २०८५ सालसम्म) सम्मका लागि राष्ट्रिय शिक्षा दिवसको आदर्श वाक्य: “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता”