Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ मङ्सिर २०८२, बुधबार)

  • Ajnabee Khadka
  • December 03, 2025
  • 713

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ मङ्सिर २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (17 Mangsir 2082, Wednesday)

१.  सार्वभौम साखका लागि अन्तर्राष्ट्रिय मूल्याङ्कनकर्ता संस्था फिच रेटिङले गरेको मूल्याङ्कनमा नेपालले सन् २०२५ मा कुन रेटिङ प्राप्त गरेको छ ? 

➤ बिबी माइनस (गत वर्षकै यथावत्) 

  • फिच रेटिङले गरेको दोस्रो पटकको सार्वभौम साख परीक्षणमा पनि नेपालले गत वर्ष बराबरकै बिबी माइनस रेटिङ प्राप्त गरेको । 
  • अर्थ मन्त्रालयले यो मूल्याङ्कनलाई सन्तोषजनक परिणामका रूपमा व्याख्या गरेको । पछिल्ला महिनामा देखिएको सामाजिक, राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिबिच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गरेको अर्थ मन्त्रालयले जनाएको ।

 

२. संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक मामिला विभागद्वारा प्रकाशित ‘विश्व सहरीकरण प्रक्षेपण–२०२५ प्रतिवेदन अनुसार विश्वको सबैभन्दा घना आवादी भएको सहर कुन हो ?

➤ जकार्ता, इन्डोनेसिया

  • संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रतिवेदन अनुसार चार करोड १९ लाख जनसङ्ख्यासहित इन्डोनेसियाको राजधानी जकार्ता विश्वकै सबैभन्दा धेरै मानिस बसोबास गर्ने सहर भएको । 
  • जकार्तापछि दोस्रो स्थानमा बङ्गलादेशको राजधानी ढाका रहेको, जहाँ तीन करोड ६६ लाख मानिस बसोबास गर्ने । अहिलेकै दरमा जनसङ्ख्या बढे सन् २०५० सम्ममा ढाका विश्वको सबैभन्दा ठुलो सहर बन्ने राष्ट्र सङ्घको अनुमान रहेको ।
  • ढाकापछि टोकियो तेस्रो स्थानमा रहेको । संयुक्त राष्ट्रसङ्घले सन् २००० मा पहिलो पटक टोकियोलाई विश्वको सबैभन्दा धेरै मानिस बसोबास गर्ने सहर घोषित गरेको थियो । त्यसयता निरन्तर टोकियो शीर्ष स्थानमा रहेको थियो तर अहिले २५ वर्षपछि टोकियो सहर तेस्रो स्थानमा धकेलिएको । केही वर्षदेखि तुलनात्मक रूपमा स्थिर जनसङ्ख्या रहेको टोकियोमा हाल तीन करोड ३४ लाख मानिस बसोबास गर्छन् ।

३. राष्ट्र बैङ्कले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) अनुसार आव २०८१/८२ मा राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान कति रहेको अनुमान छ ? 

➤ ४.१९ प्रतिशत (प्रदेशगत हिस्सामा सबैभन्दा कम)

  • कृषि, उद्योग र सेवा तिनै क्षेत्रमा न्यून उत्पादन हिस्सा रहे पनि प्रदेशको समग्र आर्थिक वृद्धिदर भने ४.७४ प्रतिशत रहने नेपाल राष्ट्र बैङ्कको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले देखाएको । 
  • समीक्षा वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादनमा समग्र कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३१.५० प्रतिशत, ९.५८ प्रतिशत र ५८.९१ प्रतिशत रहने ।
  • गत आव २०८०/८१ मा यस्तो योगदान ४.२९ प्रतिशत रहने संशोधित अनुमान रहेको । 

४. थाइल्यान्डमा तीन सय वर्षयताकै ठुलो वर्षा कहिले भयो ? 

➤ सन् २०२५ नोभेम्बर 

  • मलेसियासँग सीमा जोडिएको हात–येई सहरमा तीन सय वर्षयता एकै दिन (नोभेम्बर २१) सबैभन्दा धेरै ३३५ मिलिमिटर पानी परेको जनाइएको । 
  • बाढीबाट १० वटा प्रान्त पूर्ण रूपले प्रभावित भएका । देशभर गरेर २० लाखभन्दा धेरै मानिस बाढीबाट प्रभावित बनेका । 

५. हालै भीषण बाढीपहिरोका कारण आपत्काल घोषणा गरिएको राष्ट्र कुन हो ? 

➤ श्रीलङ्का (सन् २०२५ नोभेम्बर)

  • श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले त्यहाँ सार्वजनिक आपत्कालको घोषणा गर्नुभएको । 
  • भारी वर्षा नोभेम्बर २४ देखि सुरु भएको थियो र नोभेम्बर २६ मा मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था थप गम्भीर बनेको । 

६. नेपाली पत्रकारिताको ऐतिहासिक विरासत बोकेको गोरखापत्र संस्थानद्वारा पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धिको उद्देश्यसहित ‘गोरखापत्र एकेडेमी’ स्थापना गर्ने निर्णय कहिले भएको हो ?  

➤ वि.सं. २०८२ मङ्सिर १२

  • पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक प्रकाशनलगायतका कार्य सञ्चालनका लागि एकेडेमी सञ्चालन गर्न लागिएको संस्थानले जनाएको । 
  • गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १७ (६) मा तोकिएको सीमाभित्र रहेर अनुसन्धान, तालिम, अन्वेषणलगायतका काम गर्ने गरी एकेडेमी सञ्चालन गर्न लागिएको।
  • संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले एकेडेमीमार्फत पत्रकारिताको विस्तारित आयाममा समग्र सञ्चारकर्मीको क्षमता विस्तार, पत्रकारिता, पाठ्यव्रmममा आधारित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताउनुभएको ।
  • एकेडेमी सञ्चालन गर्नका लागि संस्थानका अध्यक्ष तथा महाप्रबन्धक संरक्षक रहने गरी एक कार्यदल गठन गरिने छ । 

७. खुसी मिल्न सोचाइ, बोलाइ र गराइमा समानता हुनु पर्छ भन्ने भनाइ कसको हो ?  

➤ महात्मा गान्धी 

 

८. राष्ट्रिय युवा सेवा कोषले २०८२ को अरनिको युवा कला पुरस्कार कसलाई प्रदान गर्यो ? 

➤ सुरेम देसार

  • ललितपुर जिल्ला चापागाउँका देसार दुई दशकभन्दा बढी समयदेखि नेपाली आधुनिक चित्रकला कर्ममा सक्रिय हुनुहुन्छ । 
  • त्यस्तै, कोषले नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायिका रिता केसीलाई प्रदान गरेको । 

 

९. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रणालीलाई हरित सिपसँग एकीकृत गर्ने अभियान स्वरूप नेपालमा पहिलो पटक ग्रिन स्किल एडभाइजरी बोर्ड गठन कहिले गरिएको हो ? 

➤ वि.सं. २०८२ मङ्सिर

  • सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाको सहकार्यमा गठन गरिएको यस बोर्डले दिगो रोजगारी, दिगोपनामा आधारित विकास र वातावरणमैत्री तालिम प्रवर्धनका उद्देश्यसहित काम गर्ने । 
  • बोर्डले हरित सिपसम्बन्धी सचेतना अभिवृद्धि, वातावरणमैत्री तालिम नीतिका लागि नीति संवाद, सिप विकास, रोजगारीका अवसर सिर्जना तथा दिगो कृषि, हरित निर्माण, पर्यटनलगायतका क्षेत्रमा हरित सिप विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको । 
  • बोर्डमा सीटिइभिटी, शिक्षा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल निर्माण व्यवसायी महासङ्घको संस्थागत प्रतिनिधित्व रहेको । 

No photo description available.

१०. बिजुलीमाया वन अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ कसलाई प्रदान गरियो ? 

➤ गीतकार किरण खरेल 

  • पुरस्कार राशि : रु. एक लाख 
  • उनले एक सयभन्दा बढी नेपाली फिल्मका लागि गीति अक्षर कुँदेका छन् ।
  • ५० हजार रुपियाँबाट सुरु गरिएका पुरस्कारको राशि २०६७ सालदेखि एक लाख पु¥याइएको ।

 

११. विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य पुरस्कार २०८२ कसलाई प्रदान गरेको हो ? 

➤ नीलकण्ठ न्यौपाने 

  • विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता र महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने छ जनालाई पुरस्कृत तथा सम्मान गरेको । 
  • प्रतिष्ठानद्वारा स्थापित ग्रामीण पत्रकारिता पुरस्कार : वरिष्ठ पत्रकार गोविन्द भट्टराई
  • रेडियो पत्रकारिता पुरस्कार : नेपाल पत्रकार महासङ्घ पाल्पाका पूर्वअध्यक्ष राजेशकुमार अर्याल 
  • साहित्य पुरस्कार : साहित्यकर्मी नीलकण्ठ न्यौपान 
  • विनय कसजू बालसाहित्य सम्मान : शान्तदास मानन्धर
  • महिला सक्तीकरण सम्मान : सुशीला श्रेष्ठ 
  • पाल्पाको समकालीन पत्रकारिता सम्मान : झपेन्द्र गैरेलाई

विनय कसजू प्रतिष्ठानद्वारा छ जना सम्मानित « News of Nepal

१२. राष्ट्र बैङ्कले नेपालको चुच्चे नक्सासहितको एक सय रुपियाँ दरको नयाँ नोट कहिलेदेखि प्रचलनमा ल्याएको हो ?

➤ वि.सं. २०८२ मङ्सिर ११

  • साबिककै आकार तथा रङमा आएको सो नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको तथा नोटको मध्य भागमा नेपालको चुच्चे नक्सा र अशोक स्तम्भको चित्र रहेको । 
  • दृष्टिविहीनहरूले छामेर नोट पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला राखिएको । त्यस्तै, बायाँतर्फ अन्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र रहेको । सुरक्षाका लागि नोटमा दुई मिमी चौडा भएको र सिधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको ।
  • नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘विसं २०८१ लेखिएको छ ।

चुच्चे नक्सा भएको एक सय रुपैयाँको नोट चलनचल्तीमा - NepalKhoj

१३. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रोग्रामिङ समितिको ६१ औँ अधिवेशन कहिले सम्पन्न भएको हो ?

➤ वि.सं. २०८२ मङ्सिर १०

  • सार्क प्रोग्रामिङ समितिको ६१ औँ बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको ।
  • बैठकमा सदस्य राष्ट्रहरूबिचको सहकार्य र सार्कको भूमिकाबारे छलफल भएको ।
  • यस वर्षको अधिवेशनमा नेपालले अध्यक्षता गरेको । 
  • बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका संयुक्त सचिव तथा महानिर्देशकस्तरका राष्ट्रिय फोकल प्वाइन्टहरूले बैठकमा सहभागिता जनाएका।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१ औँ बैठक  श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ ।

१४. नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार चालु आवमा देशको कुल गार्हस्थ उत्पादनमा सो प्रदेशको योगदान हिस्सा कति रहेको अनुमान छ ? 

➤ ७.०३ प्रतिशत 

  • आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धि ३.३२ प्रतिशत रहने अनुमान गरिएको । 
  • सो प्रदेशमा कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी ३४.७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम ०.१३ प्रतिशत प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको हुने प्रारम्भिक अनुमान रहेको ।

 

१५. इथियोपियामा १२ हजार वर्षपछि हाइली गुब्बी ज्वालामुखी विस्फोट कहिले भएको हो ?

➤ सन् २०२५ नोभेम्बर २३

  • पूर्वोत्तर इथियोपियामा नोभेम्बर २३ मा सो ज्वालामुखी विस्फोट भएको । सो ज्वालामुखी करिब १२ हजार वर्षदेखि निष्क्रिय रहेको बताइएको ।
  • ज्वालामुखी विस्फोट हुँदा ठुलो मात्रामा सल्फर डाइअक्साइड उत्सर्जन भएको । 
  • ज्वालामुखी विष्फोटपछि निस्किएको धुलो र ग्यासको प्रभाव मध्यपूर्वी देशमा अत्यधिक देखिएको । 
  • ज्वालामुखीका कारण निस्किएको धुलोले वायु प्रदूषण र खरानीका साना कणहरूले भारत, पाकिस्तान, ओमान, साउदी अरबलगायत देशको एयररुटमा समेत प्रभाव पारेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका ।

इथियोपियामा १२ हजार वर्षपछि ज्वालामुखी विस्फोट

१६.  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिले मनाउने गरिन्छ ?

➤ हरेक वर्ष नोभेम्बर २५ – डिसेम्बर १० 

  • राष्ट्रिय नारा : प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ । 
  • अन्तर्राष्ट्रिय नारा : युनाइट टु इन्ड डिजिटल, भायोलेन्स अगेन्स्ट अल वुमन एन्ड गल्र्स । 

 

१७. अपर अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

➤ १०६३ मेगावाट (सङ्खुवासभा)

 

१८. बाह्य मिचाहा प्रजातिको प्रथम राष्ट्रिय सम्मेलन (राष्ट्रिय कोप–१) कहिले हुँदै छ ?

➤ वि.सं. २०८२ मङ्सिर २६–२७, ललितपुर

  • वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न सो सम्मेलनलाई राष्ट्रिय कोप–१ को रूपमा सम्बोधन गरिएको ।
  • आफ्नो प्राकृतिक भौगोलिक क्षेत्रबाट मानव क्रियाकलाप वा अन्य माध्यमबाट नयाँ स्थानमा फैलिएर स्थानीय प्रजाति, वातावरण तथा पर्यावरणीय सेवालाई नाकारात्मक असर पार्ने वनस्पति वन्यजन्तु तथा सूक्ष्म प्रजातिहरू नै बाह्य मिचाहा प्रजाति हुन् । 
  • नेपालमा १५ वानस्पतिक परिवार अन्तर्गत २६ प्रजातिका मिचाहा वनस्पति पाइने । 

May be an image of text that says 'First National Conference on Invasive Alien Species Management in Nepal (순가않는 আট 26-27 Mangsir, 2082'

प्रस्तुतकर्ता : टङ्क केसी  

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 146
  • Nepal Police 9

Latest Blogs

World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 32
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 77
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 80
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 109
Organized Organization, Nayab Subba (Fifth Level), 2083/06/03
Past Questions

संगठित संस्था, नायब सुब्बा (पाँचौं तह) , २०८३/०६/०३

  • Sep 19, 2026
  • 111
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA