Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

  • Ajnabee Khadka
  • November 05, 2025
  • 568

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (19 Kartik 2082, Wednesday)

१.  संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकास लक्ष्यका १७ युवा नेता (सन् २०२५ का लागि) मा पर्न सफल नेपाली अभियन्ता को हुन् ? 

➤ ऐश्वर्या श्रेष्ठ

  • यससँगै, श्रेष्ठले नेपाली युवाको नेतृत्व र योगदानलाई विश्व मञ्चमा प्रतिनिधित्व गर्ने अवसर पाएकी । सामाजिक कार्यकर्ता, अनुसन्धानकर्ता श्रेष्ठ ‘हर्ट अफ नेपाल’ र ‘अन्तरध्वनि नेपाल’ की सहसंस्थापक हुन् । 
  • यस पटक पहिलो पटक नवगठित संयुक्त राष्ट्रसङ्घ युवा कार्यालयमार्फत यो सूची सार्वजनिक  गरिएको ।
  • संयुक्त राष्ट्रसङ्घले हरेक दुई वर्षमा विश्वभरका असाधारण युवा परिवर्तनकर्तालाई ‘योङ लिडर्स फर दी एसडिजी’ को रूपमा सम्मान गर्दै आएको ।

२. संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ ? 

➤ अक्टोबर २४ 

  • सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भएको स्मरणमा हरेक वर्ष अक्टोबर २४ का दिन यो दिवस मनाउने गरिन्छ । 

 

३.  जेनजी पुस्ताद्वारा २०८२ भदौ २३–२४ मा भएको आन्दोलनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई सरकारले सहिद घोषणा गर्ने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ कात्तिक १७ 

  • सरकारले नेपालको राष्ट्र हित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको ।

सहिद घोषणा गरिएका व्यक्ति

१. बुद्धिबहादुर तामाङ           कीर्तिपुर–२, काठमाडौँ

२. सन्तोष विश्वकर्मा             बेलका–४, उदयपुर

३. सुलभराज श्रेष्ठ             नेपालगन्ज–१, बाँके

४. श्रीयम चौलागाईं             बेलबारी–११, मोरङ

५. इस्वतबहादुर अधिकारी     कामपा‍–११, काठमाडौँ

६. आयुष थापा             नेपालगन्ज–१, बाँके

७. गौरव जोशी             धनगढी–५, कैलाली

८. योगबहादुर श्रेष्ठ              बाह्रबिसे–६, सिन्धुपाल्चोक

९. माधव सारू मगर               भूमिकास्थान–४, अर्घाखाँची

१०.  विमलबाबु भट्ट             बारपाक सुलिकोट–५, गोरखा

११.  असहाब आलम ठकुराई    वीरगन्ज–१२, पर्सा

१२.  सौरनकिशोर श्रेष्ठ            बागलुङ–४, बागलुङ

१३.  सुभाषकुमार बोहरा           खप्तडछान्ना–७, बझाङ

१४.  रसिक खतिवडा खत्री        पनौती–१०, काभ्रे

१५.  विनोद महर्जन             ललितपुर–७, ललितपुर

१६.  दिलनारायण तामाङ          तिमाल–७, काभ्रे

१७.  योगेन्द्र न्यौपाने             गोलान्जोर–१, सिन्धुली

१८.  अभिषेक श्रेष्ठ             इनरुवा–६, सुनसरी

१९.  मोहन सरदार             इटहरी–१४, सुनसरी

२०.  छत्रमान कुथुमी              पाख्रिबास–२, धनकुटा

२१.  ओझन बुढा                   स्वामिकार्तिक खापर–२, बाजुरा

२२.  साजन राई             धरान–२२, सुनसरी

२३.  अनिश पराजुली             पालुङटार–३, गोरखा

२४.  सारकुमार राई             चौदन्डीगढी–३, उदयपुर

२५.  अर्जुन भट्ट              गण्डकी–४, गोरखा

२६.  धिरज श्रेष्ठ             तादी–३, नुवाकोट

२७.  देवकुमार सुवेदी             लालबन्दी–५, सर्लाही

२८.  उमेश महत चौतारा        साँगाचोकगढी–८, सिन्धुपाल्चोक

२९.  प्रवीण कुलुङ              सिलिचुङ–३, सङ्खुवासभा

३०. निखिता गौतम             कालिका–८, चितवन

३१.  अभिषेक चौलागाईं           शैलुङ–४, दोलखा

३२.  विजय चौधरी             लहान–१५, सिरहा

३३.  भिम राज धामी             दुर्गाथली–१, बझाङ

३४.  निरज पन्त                     दशरथ–६, बैतडी

३५.  दीपक सिंह                  साउद शिवनाथ–२, बैतडी

३६.  शुभराज बलामी श्रेष्ठ         ककनी–१, नुवाकोट

३७.  ज्ञानिन्द्र सेढाईं             अर्जुनधारा–११, झापा

३८.  दिनेश राजवंशी             अर्जुनधारा–८, झापा

३९.  कमल भण्डारी              हिलिहाङ–२, पाँचथर

४०.  दिपेश सुनुवार             तिनपाटन–६, सिन्धुली

४१.  महेश बुढाथोकी             विगु–३, दोलखा

४२.  लच्छुमान राई             पञ्चकन्या–२, नुवाकोट

४३.  मिलन राय             दुधौली–८, सिन्धुली

४४.  अमृत गुरुङ             रूपा–५, कास्की

४५.  उत्तम थापा             लेकाम–३, दार्चुला

४.  कार्यसम्पादन मूल्याङ्कन (आर्थिक वर्ष २०८१/८२) मा देशभरिकै उत्कृष्ट कार्यालय बन्न सफल जिल्ला प्रशासन कार्यालय कुन हो ? 

➤ पर्वत 

  • एक सय पूर्णाङ्कको नतिजामा पर्वत जिल्ला प्रशासनले ९५.७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको । 
  • गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैलीलगायतका मापदण्डका आधारमा मूल्याङ्कन गर्दै आएको । 
  • कार्यसम्पादन मूल्याङ्कनमा दोस्रो नम्बरमा भक्तपुर, तेस्रोमा नुवाकोट, चौथोमा मनाङ र पाँचौँमा धनकुटा परेका । सबैभन्दा कम नतिजा पाँचथर प्रशासनले पाएको । पाँचथरले ७३.८२ अङ्क प्राप्त गरेको ।

 

५. विसं २०८२ वैशाख शुक्ल पूर्णिमाका दिन कति औँ बुद्धजयन्ती मनाइयो ? 

➤ २५६९ औँ 

 

६.  सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूको सम्मेलन हालै कहाँ सम्पन्न भयो ? 

➤ हेटौँडा, विसं २०८२ कात्तिक १५ 

 

७. ‘सामाजिक विकासका लागि दोस्रो विश्व सिखर सम्मेलन’ मा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल कहिले कतार प्रस्थान गर्नुभएको हो ? 

➤ विसं २०८२ कात्तिक १७ 

  • सम्मेलन मिति : सन् २०२५ नोभेम्बर ४–६ (पहिलो सम्मेलन भएको ३० वर्षपछि दोस्रो सम्मेलन आयोजना भएको ।) 
  • स्थान : दोहा, कतार 
  • पहिलो सिखर सम्मेलन : सन् १९९५ (कोपनहेगन, डेनमार्क) 

 

८. अमेरिकाको वासिङ्टन डिसीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित ११७ औँ देवकोटा जयन्ती तथा पुरस्कार वितरण समारोहमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार, २०२५ बाट सम्मानित स्रष्टाको हुन् ? 

➤ रोसन थापा निरव (कृति : सन्त्रासका साठी दिन) (सन् २०२५ नोभेम्बर)

 

९. स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ? 

➤ विसं २०८२ कात्तिक १६–१७ (काठमाडौँ घोषणापत्र जारी ।)

 

१०.  सरकारले राष्ट्रिय सभामा रिक्त सदस्य पूर्तिका लागि कुन मितिमा निर्वाचन गर्ने निर्णय गरेको छ ? 

➤ विसं २०८२ माघ ११

  • वि.सं. २०८२ कात्तिक १२ गते बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको । 

 

११. “मेरो अभिव्यक्ति स्वतन्त्रताको अधिकार भनेको तिमीले जे सुन्न चाहन्नौँ, त्यो भन्न पाउनु हो ।” भन्ने विद्वान् को हुन् ? 

➤ जर्ज अर्वेल 

 

१२.  सरकारले विभिन्न ६ सेवा क्षेत्रलाई राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय कहिले गरेको हो ? 

➤ वि.सं. २०८२ कात्तिक १२ 

 

१३. अमेरिका–चीनबिचको व्यापार युद्ध रोक्ने सम्बन्धमा सहमति कहिले कायम भएको हो ? 

➤ सन् २०२५ अक्टोबर ३० 

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा आफ्ना देशबिच बढ्दो व्यापार तनावलाई थप बढ्न नदिन सो सहमति भएको जनाइएको ।
  • एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को सिखर सम्मेलनमा भाग लिन दक्षिण कोरिया पुगेका ट्रम्प र सीबिचको भेटवार्तामा दुई देशबिच चलिरहेको व्यापार युद्ध एक वर्षका लागि रोक्ने सहमति भएको । 

 

१४.  जापानको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न सफल नेतृ को हुन् ? 

➤ सानाई ताकाइची (अध्यक्ष : लिबरल डेमोक्रेटिक पार्टी ) 

  • सन् २०२५ अक्टोबर २१ मा संसद्को तल्लो सदनले उहाँलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको । 

१५.  सगरमाथाको उत्तरी मोहडामा रहेको हर्नविन कुलोयरमा स्की गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? 

➤ जिम मोरिसन (अमेरिकी पर्वतारोही, सन् २०२५ अक्टोबर)

 

१६. नेपाल सरकारले हरेक वर्ष कुन मितिमा वार्षिक बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ? 

➤ जेठ १५ गते 

तीन तहको बजेट प्रस्तुतसम्बन्धी प्रावधान :

 

१७.  हाल नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका मुलुक कति रहेका छन् ? 

➤ १०

  • नेपाल र मौरिससबिच सन् १९९९ अगस्त ३ मा भएको दोहोरो करमुक्ति सम्झौता सन् २०२५ अक्टोबर २९ मा रद्द भएसँगै नेपालसँग दोहोरो कर मुक्ति भएका मुलुकको सङ्ख्या १० कायम भएको । यसअघि डिटिएए भएका मुलुकको सङ्ख्या ११ रहेको । 

 

१८.  संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा चयन भएका नयाँ अस्थायी राष्ट्र कुन–कुन हुन् ? 

➤ बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया र लाटभिया 

  • कार्यकाल सुरु : सन् २०२६ जनवरी १ 
  • कार्यकाल समाप्त : सन् २०२७ डिसेम्बर ३१ 

 

१९.  विश्व खाद्य दिवस कहिले मनाइन्छ ?

➤ अक्टोबर १६ 

  • सन् २०२५ (४५ औँ) को नारा : स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 27
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 33
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 78
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 82
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA