Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (४ भदौ २०८२, बुधबार)

  • Ajnabee Khadka
  • August 20, 2025
  • 830

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (४ भदौ २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (4 Bhadra 2082, Wednesday)

१.  नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो ? 

➤ वि.सं. २०८२ भदौ २ 

  • विश्व स्वास्थ्य सङ्गठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रुबेला रोग निवारण भएको बताएको । 
  • दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रुबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई स्वीकृत गर्दै नेपालबाट रुबेला निवारण भएको बताएकी ।
  • नेपाल, विश्व स्वास्थ्य  सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको । 
  • सन् २०२६ भित्र दादुरा र रुबेलालाई जनस्वास्थ्य समस्याको रूपमा नरहेको अवस्थामा पु¥याउने लक्ष्य हासिल गर्ने सम्बन्धमा भुटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलङ्का, टिमोर–लेस्टे पछि नेपालले पनि रुबेला निवारणमा सफलता प्राप्त गरेको ।
  • दक्षिण–पूर्वी एसिया क्षेत्रमा दादुरा र रुबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको स्थापना मार्च २०१६ मा भएको थियो । यस आयोगले दादुरा र रुबेला निवारणतर्फको प्रगतिको निगरानी गर्छ ।
  • सन् २०१३ मा विश्व स्वास्थ्य  सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रले सन् २०२० सम्ममा दादुरा निवारण र रुबेला नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरेको थियो । सन् २०१९ मा उक्त समयसीमा परिमार्जन गरी सन् २०२३ सम्म दादुरा र रुबेला दुवै निवारण गर्ने लक्ष्य तय गरियो तर कोभिड–१९ महामारीका कारण खोप सेवाको कभरेजमा आएको कमीलाई ध्यानमा राख्दै सदस्य राष्ट्रहरूले लक्ष्य प्राप्तिको समयसीमा बढाएर सन् २०२६ सम्ममा दादुरा र रुबेला निवारण गर्ने नयाँ लक्ष्य निर्धारण गरेका हुन् ।

२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता कहिले भएको हो ? 

➤ सन् २०२५ अगस्त १५, अलास्का 

  • दुई नेताबिच एङ्कोरेज, अलास्का (अमेरिका) मा भेटवार्ता सम्पन्न भएको ।
  • रुस– युक्रेनबिचको युद्ध अन्त्य गर्ने सम्भावित कदमबारे छलफल गर्ने सम्बन्धमा भेटवार्ता केन्द्रित रहेको । सो बैठक लगभग तीन घण्टा चलेको थियो । 

३. ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५’ को बेस्ट बैङ्क अवार्डबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ? 

➤ ग्लोबल आइएमई बैङ्क लिमिटेड 

  • यस वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैङ्क तेस्रो पटक बेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैङ्कले ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ २०२२ र २०२४ मा बेस्ट बैङ्क अवार्ड प्राप्त गरेको ।
  • सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागजिन बैङ्किङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । 

 

४. नेपाल विद्युत् प्राधिकरणको स्थापना कहिले भएको हो ? 

➤ वि.सं. २०४२ भदौ १ (नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार गठित)

  • प्राधिकरण मुलुकको लगभग ९८ प्रतिशत जनसङ्ख्यालाई विद्युतीकरणमार्फत जोड्न सफल भएको । 
  • आर्थिक वर्ष २०८१/८२ मा भारतलाई १७ अर्ब रुपियाँ बराबरको बिजुली बिक्री गरेको । 
  • प्राधिकरणले ६,७६० सर्किट किलोमिटर उच्च भोल्टेजका प्रसारण लाइन, २,१८,०६७ सर्किट किलोमिटर वितरण लाइन र १४,१२३ एमभिए क्षमताका सबस्टेसनमार्फत हालसम्म मुलुकका ७७ वटै जिल्लामा करिब ६१ लाख घरधुरीसम्म विद्युत् पु¥याएको । 
  • साथै, विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ निर्माण तथा सञ्चालन, नवीकरणीय ऊर्जाको एकीकरण, प्रसारण र वितरण सञ्जालको स्तरोन्नति, प्रणाली चुहावट न्यूनीकरण र ग्रिड पूर्वाधारको आधुनिकीकरणमा पनि उल्लेखनीय प्रगति हासिल भएको । 
  • नेपाल सरकारद्वारा जारी ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ अनुसार नेपालले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको ।
  • त्यस्तै सन् २०३५ सम्ममा नेपालको सम्पूर्ण विद्युत् आवश्यकता पूरा गरी १५ हजार मेगावाट विद्युत् छिमेकी राष्ट्रहरूमा निर्यात गर्ने लक्ष्य लिइएको ।

 

५. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन ‘कोप–३०’ कहिले र कहाँ हुने भएको छ ? 

➤ सन् २०२५ नोभेम्बर १०–२१, बेलेम, ब्राजिल

  • जलवायु परिवर्तनसम्बन्धी पछिल्ला सम्मेलन
    • कोप २७ – सन् २०२२ नोभेम्बर ६–१८, सार्म एल शेख (इजिप्ट)
    • कोप २८–सन् २०२३ नोभेम्बर ३०–डिसेम्बर १२, युएई
    • कोप २९ – सन् २०२४ नोभेम्बर ११–१२, बाकु, अजरवैजान 

६. जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्र कहिलेदेखि वितरण गर्न थालिएको हो ? 

➤ वि.सं. २०७५ मङ्सिर ३

 

७. सबैका लागि समावेशी र समतामूलक शिक्षा उपलब्ध गराउन तर्जुमा गरिएको कार्यढाँचा (एसडिजी–४) अनुसार सन् २०३० सम्म आधारभूत तह १–५ मा खुद भर्ना दर कति प्रतिशत पु¥याउने लक्ष्य रहेको छ ?

➤ शतप्रतिशत

 

८. पूर्वको ग्रेट ब्रिटेन भनी जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनी कुनलाई चिनिन्छ ?

➤ न्युजिल्यान्ड

  • १९औँ शताब्दीको अन्त्यतिर जापानले तीव्र गति साथ औद्योगिक क्रान्ति, सैन्य शक्ति र आधुनिक शासन प्रणाली अङ्गीकार गर्यो, जसरी ब्रिटेनले युरोपमा नेतृत्व गरेको थियो ।
  • ब्रिटिस उपनिवेशकालमा न्यूजिल्यान्डलाई दक्षिणी गोलाद्र्धको ब्रिटेन जस्तै देखिने र “ब्रिटिस शैलीको बसोबास, संस्कृति र शासन पद्धति” भएको मानिन्थ्यो । त्यहाँ ब्रिटिस वंशका आप्रवासीको सङ्ख्या धेरै भएकाले समाज, भाषा, प्रशासन, कानुन र खेलकुदमा ब्रिटेनकै झल्को पाइन्थ्यो ।
  • त्यसैले इतिहासकार र उपनिवेशकालीन लेखहरूमा न्युजिल्यान्डलाई ‘दक्षिणको ग्रेट ब्रिटेन’ र जापानलाई ‘पूर्वको ग्रेट ब्रिटेन’ भनेर उल्लेख गरेको पाइन्छ । 

 

९. मालवाहक गाडीमा ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रेकिङ’ प्रणाली (भिसिटिएस) ‘वेब पोर्टल’ कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ? 

➤ वि.सं. २०७६ साउन १ 

 

१०. ‘बेल्ट एन्ड रोड’ साहित्यिक सञ्जालको स्थापना कहिले गरिएको हो ?

➤ सन् २०२१ सेप्टेम्बर ७

 

११. सरकारद्वारा ल्याइएको निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२ अनुसार शुक्रकिट वा डिम्ब दान गर्ने दाताको उमेर हद कति तोकिएको छ ? 

➤ २०–३५ वर्ष 

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभिएफ) सेवा नियमन गर्नका लागि पहिलो पटक निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ ल्याएको ।
  • मन्त्रालयका अनुसार मापदण्डमा आइभिएफ सेवा सञ्चालन गर्न अव अनिवार्य रूपमा स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने साथै प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिस्ट, एनेस्थेसियोलोजिस्टसहित दक्ष जनशक्ति उपलब्ध हुनुपर्ने छ ।
  • शुक्रकिट वा डिम्ब दान गर्ने दाताका लागि स्पष्ट मापदण्ड तोक्दै अबदेखि दाताको उमेर २० देखि ३५ वर्षभित्रको हुनुपर्ने, कुनै सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित गर्नुपर्ने र विवाहित भएमा दम्पती दुवैको लिखित सहमति अनिवार्य हुने व्यवस्था गरिएको । 
  • मापदण्डमा एक डिम्ब दान गर्ने व्यक्तिले छ पटकसम्म डिम्ब दान गर्न सक्ने र शुक्रकिट १० पटकसम्म दान दिन सक्ने व्यवस्था रहेको । यस्तै, दाताको पहिचान पूर्ण रूपमा गोप्य राखिनुपर्ने, प्रलोभन देखाएर वा दबाबमा पारी दान गराउन पूर्ण रूपमा निषेध गरिएको ।

 

१२. नेपालका तर्फबाट आणविक ऊर्जासम्बन्धी ‘कन्ट्री प्रोग्राम फ्रेमवर्क’ (सिपिएफ) मा कहिले हस्ताक्षर भएको हो ?

➤ सन् २०२२ सेप्टेम्बर २७

 

१३. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ? 

➤ नेदरल्यान्डको द हेग

 

१४. काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) लजिस्टिक हबका रूपमा कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ? 

➤ विसं २०७९ माघ २७

 

१५. अमेरिकाको इतिहासमा पहिलो पटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने व्यक्ति को हुन् ? 

➤ बाराक ओबामा  ४४ औँ राष्ट्रपति) 

 

१६.  मोबाइल फोनमा प्रयोग गरिने ‘सिम कार्ड’ को पूरा रूप के हो ?

➤ ‘सब्सक्राइबर आइडेन्टिटी मोड्युल’

 

१७. समुद्र सतह (न्यूयोर्क) देखि सगरमाथाको आरोहण यात्रा सुरु गरी सबैभन्दा कम समयमा सफल आरोहण गरेर किर्तिमान कायम गर्ने आरोही को हुन् ? 

➤ एन्ड्रयु उशाकोभ

  • एन्ड्रयु उशाकोभले समुद्र सतहदेखि सगरमाथाको शिखरसम्मको आरोहण सबैभन्दा छोटो समय (तीन दिन २३ घण्टा सात मिनेट) मा पूरा गरी इतिहास रच्न सफल भएका ।
  • उशाकोभले आफ्नो चुनौती सन् २०२५ मे १५ बिहान १२:३० बजे न्यूयोर्कको समुद्र सतहबाट सुरु गरेका थिए । त्यसपछि उनी काठमाडौँ हुँदै सगरमाथा आधार शिविर पुगेर मे १९ बिहान ९ः२२ (नेपाली समय) बजे सगरमाथाको चुचुरो चुम्न सफल भएका । 

 

१८. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ? 

➤ सन् २०२१ जुलाई ८

 

१९. शालिग्राम सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ? 

➤ बागलुङ

  • करिब एक सय मिटर लामो सुरुङभित्र निर्माण गरिएको सङ्ग्रहालयमा साढे एक लाख शालिग्राम, विश्वका विभिन्न नदीमा पाइने शिलासँगै गण्डकी सभ्यता झल्किने सामग्री सङ्गृहीत गरिएको ।
  • बागलुङ बजारदेखि तीन किलोमिटर पर कुँडुलेमा मानव निर्मित सुरुङभित्र बनाइएको सो सङ्ग्रहालयमा श्रीधराचार्य खण्ड (श्रीधराचार्यले गण्डकी सम्पूर्णता तथा शालिग्रामका बारेमा लेखेका पुस्तक, खोज अनुसन्धानसम्बन्धी सामग्री सङ्गृहीत), गण्डकी खण्ड (गण्डकी सभ्यतासम्बन्धी सामग्री सङ्गृहीत) एवं शालिग्राम खण्ड (विभिन्न प्रकृतिका दुर्लभ शालिग्राम सङगृहीत) रहेका साथै अर्काे खण्डमा सभाहल समेत निर्माण गरिएको । 
  • नेपालको कालीगण्डकी नदीमा पाइने शालिग्राम शिलाबाहेक भारत, चीन, पाकिस्तानलगायत देशका नदी तथा समुद्रमा पाइने शिलालाई असी मिटरको फ्रेममा सजाएर राखिएको । 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1185
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 50
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 37
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 92
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 90
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA