Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • December 20, 2023
  • 786

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. नेपालकै लामो जिपलाइन कहाँ सञ्चालनमा आएको छ ?

  • नगरकोट

– सो जिपलाइन वि.सं. २०८० मङ्सिर २९ मा उद्घाटन भएको हो । 

– लम्बाइ दुई हजार २५० मिटर रहेको छ । 

– सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकका लागि थप नयाँ गन्तव्य अर्थात् नयाँ प्रडक्टका रूपमा सो जिपलाइन रहेको छ ।

– जिपलाइन गर्न चाहनेका लागि हाललाई प्रतिव्यक्ति चार हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । 

– अहिले १४ वटा हार्नेस क्षमतामार्फत सुपरम्यान, क्लासिक जिपलाइन सेवा सुरु गरेको कम्पनीले निकट भविष्यमा टेन्डम जिपलाइन सेवा पनि ल्याउने बताएको छ । 

२. इन्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने आइएफएस योङ एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित हुने नेपाली चिकित्साकर्मी को हुनुहुन्छ ?

  • डा. अस्मिता पाण्डे 

– यो अवार्ड प्राप्त गर्ने पाण्डे पहिलो नेपाली हुनुहुन्छ । 

– प्रजनन स्वास्थ्य सम्बन्धमा अनुसन्धान, लेखन र सम्पादन जस्ता प्राज्ञिक काममा निर्वाह गरेको भूमिकाका कारण उहाँलाई सो अवार्ड प्रदान गरिएको हो । 

३. काठमाडौँको मञ्जुश्री पार्कमा ‘क्यानोपी जिपलाइन’ कहिलेदेखि सञ्चालनमा आएको हो ?

  • वि.सं. २०८० मङ्सिर ३०

– तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाइ करिब चार सय मिटर रहेको छ । 

– जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलविनायक मन्दिर, चोभारको गुम्बा, चन्द्रागिरि डाँडालगायत काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । 

४. सामुदायिक बिउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?

  • माछापुच्छे« गाउँपालिका (कास्की)

५. राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान–२०८० कसलाई प्रदान गरियो ?

  • सीताराम कोइराला (बागमती प्रदेश), पुरस्कार राशि : ५० हजार रुपियाँ 

६. वानिरा प्रज्ञा पुरस्कार–२०८० प्राप्त गर्ने स्रष्टा को हुनुहुन्छ ?

  • साहित्यकार वैरागी काइँला (राशि: एक लाख रुपियाँ)

७. हाल नेपालमा बेरोजगारी दर कति रहेको छ ?

  • ११.४ प्रतिशत

– बेरोजगारी दर महिला १३.१ प्रतिशत र पुरुष १०.३ प्रतिशत रहेको छ । 

– प्रदेशगत रूपमा सबैभन्दा बढी बेरोजगारी मधेश प्रदेश (२० प्रतिशत) र सबैभन्दा कम बागमती प्रदेश (७ प्रतिशत) रहेको छ । 

– सहरी क्षेत्रमा बेरोजगारी दर ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत रहेको छ । 

८. नेपालको पहिलो कारागार कुन हो ?

  • सदर जेल

– नेपालमा कारागारको सुरुवात वि.सं. १९७१ देखि भएको हो । नेपालको पहिलो कारागार (सदर जेल) हालको कारागार कार्यालय, काठमाडौँ (जगन्नाथ देवल) मा रहेको छ ।

– कारागार भएका जिल्ला : ७२

– दुई कारागार भएका जिल्ला काठमाडौँ र दाङ हुन् । 

– १६ वर्षमुनिका कैदी बन्दी राख्ने बालसुधार तीन वटा (सराङकोट, सानोठिमी र विराटनगर) रहेका छन् । 

– कारागार नभएका जिल्ला पाँच वटा (बारा, धनुषा, भक्तपुर, नवलपरासी सुस्ता पूर्व र रुकुम पूर्व) रहेका छन् । 

९. सन् २०२३ डिसेम्बरमा सम्पन्न एसिसी यू–१९ एसिया कपको उपाधि कसले जित्यो ?

  • बङ्गलादेश 

– घरेलु टिम युएईलाई १९५ रनले पराजित गर्दै बङ्गलादेशले एसिसी यू–१९ एसिया कपको उपाधि जितेको छ । 

– बङ्गलादेशले दिएको २८३ रनको लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।

– यसअघि सेमिफाइनलमा युएईले पाकिस्तान र बङ्गलादेशले भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए । 

१०. ‘डिप स्टिक टेस्ट’ कुन अङ्गमा लाग्ने रोगसँग सम्बन्धित छ ?

  • मिर्गौला 

११. जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ कहिले र कहाँ सम्पन्न भएको हो ?

  • सन् २०२३ नोभेम्बर ३० देखि डिसेम्बर १२, दुबई (संयुक्त अरब इमिरेट्स)

– जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने र हरितगृह ग्यास उत्सर्जनमा नियन्त्रण गर्न 

विभिन्न ऐतिहासिक निर्णय पारित गर्दै सम्मेलन सम्पन्न भएको छ ।

– नेपालले कोपनहेगनमा सञ्चालन भएको जलवायु विश्व सम्मेलनमा सन् २००९ देखि उठाउँदै आएको जलवायु परिवर्तनले हिमालमा पारेकोे असर र हिमाली अर्थतन्त्रको विषयलाई यस पटकको जलवायु विश्व सम्मेलनले प्रस्तावनामै उल्लेख गरी पर्वतीय मुलुकको मुद्दालाई विशेष ढङ्गले हेर्नुपर्ने कुरा पारित गरेको छ । 

– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टेरेसले सन् २०२३ डिसेम्बर १ मा कोप–२८ को उद्घाटन समारोहमा अन्टार्कटिका र नेपालमा हिउँ पग्लेको विषय सुरुमै उठाएर विश्वको ध्यानाकर्षण गराउनुभयो । कोप–२८ सम्मेलनमा महासचिव गुर्टेरेसले हिउँ पग्लिने विषयलाई रोगको सङ्ज्ञा दिँदै यो हाम्रो मौसमलाई घुँडा टेकाउने एउटा लक्षण मात्र हो । रोग त तपाईं विश्वव्यापी नेताहरूले मात्रै निको पार्न सक्नुहुन्छ भन्ने धारणा व्यक्त गर्नुभएको थियो । 

– कोप–२८ सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सन् २०२३ डिसेम्बर २ मा सम्बोधन गर्नुभएको थियो । 

– प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले सम्बोधन गर्नुअघि डिसेम्बर १ का दिन नेपालको अध्यक्षतामा भएको महìवपूर्ण लिडर्स इभेन्टमा सम्बोधन गर्नुभएको थियो । ग्लोबल स्टक टेक (हरेक पाँच वर्षमा भइरहेको जलवायु परिवर्तनको अवस्थाको समीक्षा गर्ने) कार्यव्रmममा अध्यक्षता गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी विषयमा नेपाल विश्व समुदायको नजरमा परेको उल्लेख गर्नुभएको थियो । 

– महासचिव गुर्टेरेस एक महिनाअघि २०८० कात्तिक ११ देखि १५ (२०२३ अक्टोबर २९ देखि नोभेम्बर १) सम्म नेपाल भ्रमणमा आउनुभएको र त्यस क्रममा उहाँले सगरमाथा र अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्नुभएको थियो ।

– विश्वमञ्चमा पहिलो पटक हिमाल र हिमाली अर्थतन्त्रको विषयको पहिचान स्थापित हुँदा पर्वतीय मुलुकको विषय औपचारिक रूपमा अन्तर्राष्ट्रियकरण हुन पुगेको छ ।

– सम्मेलनले सन् २०२४ भित्र जलवायु परिवर्तन र पर्वतीय मुलुकका मुद्दामा विषयविज्ञ, वैज्ञानिकहरूको छुट्टै सम्मेलन गर्न निर्देशन दिएको छ ।

– यसअघि नेपालले पर्वतीय मुलुकमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद गराउने निर्णय गरेको थियो । विश्वका विज्ञ, वैज्ञानिक, अध्येता तथा नीति निर्माता तहमा बस्ने सरोकारवालाको सहभागितामा गरिने भनिएको सगरमाथा संवाद कोभिडका कारण स्थगित भएको थियो । 

– यो शताब्दीको आधासम्ममा कार्बन उत्सर्जनलाई अन्त्य गर्ने कुरामा जलवायु विश्व सम्मेलन सहमत भएको छ । 

– कार्बन उत्सर्जनमा थप कडाइ गरिएको छ । कार्बन उत्सर्जनलाई शताब्दीको अन्त्यसम्म नभई शताब्दीको मध्यतिरै घटाउन पहल गर्ने कुरामा सहमति भएको छ । 

– तापक्रम घटाउने र मानव जगत्लाई सुरक्षित राख्ने कुरामा सबै मुलुकद्वारा दुबई सम्मेलनमा एकता प्रदर्शन गरिएको छ । 

– जलवायु अनुकूलन र न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न जलवायु वित्तलाई दोब्बर पार्दै लैजाने कुरामा विकसित मुलुक सहमत भएका छन् । 

१२. पहिलो महिला परराष्ट्र सचिव को हुनुभयो ? 

  • सेवा लम्साल

– उहाँ २५ औँ परराष्ट्र सचिव हुनुहुन्छ ।

– नेपालमा २००७ सालमा परराष्ट्र मन्त्रालय र परराष्ट्र सचिवको प्रचलन सुरु भएको थियो । त्यसयता २४ जना परराष्ट्र सचिव सबै पुरुष मात्र भए । २५ औँ परराष्ट्र सचिवका रूपमा कार्यभार सम्हाल्ने अवसर उहाँले प्राप्त गर्नुभएको हो । 

१३. संयुक्त राष्ट्रसङ्घ खाद्य र कृषि सङ्गठनद्वारा आयोजित इन्टरनेसनल ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालले कुन स्थान हासिल ग¥यो ? 

  • दोस्रो

– ‘इयर अफ मिलेट्स’ मा फोटोग्राफर राज अधिकारीले खिचेको तस्बिरले दोस्रो स्थान प्राप्त गरेको छ । 

– कोदो संरक्षणमा महिलाको भूमिकाबारे खिचिएको तस्बिर पनि दोस्रो स्थानमा पर्न सफल भएको छ । 

– ५८ देशका झन्डै आठ सय फोटोग्राफर सहभागी सो प्रतियोगितामा दक्षिण अफ्रिकाका फोटोग्राफर जोनाथन रिज प्रथम हुनुभयो । 

१४. आइसिसीको स्पिरिट अफ क्रिकेट उपाधि जित्न सफल नेपाली क्रिकेटर को हुनुहुन्छ ? 

  • आसिफ सेख

– आसिफ आइसिसिको स्पिरिट अफ क्रिकेट पुरस्कार पाउने पहिलो नेपाली हुनुहुन्छ । 

– टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीले २०७८ साल फागुनमा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेको थियो । पहिले ब्याटिङ गरेको आयरल्यान्डले १८ औँ ओभरको अन्त्यमा आठ विकेट गुमाएर मात्र ११३ रन बनाएको थियो । खेलको १९ औँ ओभरको तेस्रो बलमा मार्क अडेरले लेग साइडतर्फ बल प्रहार गरेर रन लिन लागेका थिए भने अर्का रन स्ट्राइकरका रूपमा रहेका एन्डी म्याकब्राइनले रन लिन खोज्दा नेपाली टोलीका बलर कमलसिंह ऐरीसँग ठोक्किँदा अल्झिएर लड्न पुग्नुभएको थियो । 

– उहाँ लडेर उठ्दा नेपाली टोलीका विकेट किपर आसिफ शेखको हातमा बल पुगिसकेको थियो । यसरी एन्डीलाई आउट गर्न पर्याप्त समय भए पनि आसिफले आउट नगरी ‘क्रिकेट इज जेन्टलमेन गेम’ को भावनालाई रक्षा गर्नुभयो । उहाँको यही कार्यका लागि सन् २०२२ को ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ प्रदान गरिएको हो ।

१५. नेपालको कुन ठाउँमा अटोभिलेज निर्माण गरिएको छ ?

  • बुटवल

१६. क्वाड्रिल्याट्रल सेक्युरिटी डाइलग–क्वाडको स्थापना कहिले भएको हो ? 

  • सन् २००७

– अन्तरसरकारी सुरक्षाका लागि रणनीतिक योजना निर्माण गर्ने उद्देश्यका साथ सन् २००७ मा यसको स्थापना भएको हो ।

– अवधारणा ल्याउने जापानका तत्कालीन प्रधानमन्त्री सिञ्जो आवे हुन्।

– सदस्य राष्ट्र : जापान, भारत, अस्ट्रेलिया र अमेरिका ।

१७. नेपालमा मन्ट्रियल सन्धि–१९९९ कहिलेदेखि लागु भएको हो ?

  • वि.सं. २०७५ मङ्सिर २९

१८. विश्व बैङ्कको सदस्य हुनका लागि कुन बैङ्कको सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था छ ?

  • अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)

१९. नेपालमा आयुर्वेदिक औषधी उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?

  • सिंहदरबार वैद्यखाना

– राजा प्रताप मल्लका पालामा यो निकाय वैद्यखानाका रूपमा स्थापना भएको हो ।

– शाहकालमा हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्गबहादुर राणाको पालामा थापाथलीमा सारिएको थियो ।

– चन्द्रशमशेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना नामकरण गरिएको हो ।

– वि.सं. २०५१ बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सिंहदरबार वैद्यखाना सञ्चालन हुँदै आएको छ ।

– कुनै समय १८५ प्रकारका औषधी उत्पादन भइरहेको वैद्यखानामा हाल करिब तीन दर्जन प्रकारका औषधि मात्र उत्पादन भइरहेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 67
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 94
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 24
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 120
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 58
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA