Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पढ्नैपर्ने १११ नेपाली पुस्तक

  • Ajnabee Khadka
  • December 28, 2023
  • 854

पढ्नैपर्ने १११ नेपाली पुस्तक

पढ्नैपर्ने १११ नेपाली पुस्तक

नेपाल बुझ्नका लागि पढ्नैपर्ने पुस्तकहरु

नेपाली इतिहास, समाज र परम्परासम्बन्धी धेरै पुस्तक राम्रोसँग लेखिएका छैनन् । जति लेखिए, विदेशी भाषामा र विदेशी लेखकले आफ्नै आँखाबाट लेखे ।

यहीअनुसार सामान्य प्रशासनिक नीतिदेखि देशको राजनीतिक परिवर्तनको आधार पनि विदेशी विज्ञ र उनीहरुको स्वार्थका आधारमा हुने गरेको आरोप लाग्ने गरेको छ ।

नेपालको राजनीति, सामाजिक र सांस्कृतिक अवस्था बुझाउन सक्ने धेरै पुस्तक लेखिएको रहेनछ भन्ने कुरा पुस्तकका लागि गरिएको सर्वेको नतिजाबाट देखिन्छ ।

यद्यपि, नेपालीमा त्यस्ता पुस्तक लेखिएकै छैनन् भन्नेचाहीँ होइन । विज्ञहरुले गरेको सिफारिसका आधारमा नेपाली भाषामा नेपाल बुझ्न पढ्नैपर्ने ११ वटा पुस्तकको नाम हामीले संकलन गरेका छौं ।

नेपाल बुझ्न यति कुरा पर्याप्त छ भन्ने होइन । तर, आजका पुस्ताले यी पुस्तक पढ्ने हो भने नेपालको एउटा सानो झलक राम्रोसँग पाउन सक्नेछन् भन्ने हाम्रो विश्वास छ ।

१) त्यस बखतको नेपाल- सरदार भीमबहादुर पाण्डे
२) यिनलाई मैलेजस्तो देखें (भीमसेन थापा)- बाबुराम आचार्य
३) अब त्यस्तो कहिल्यै नहोस्- बाबुराम आचार्य
४) जंगबहादुरको बेलायत यात्रा
५) जनरल भीमसेन थापा- चित्तरञ्जन नेपाली
६) सबै जातको फूलबारी- डोरबहादुर बिष्ट
७) हाम्रो समाज एक अध्ययन- जनकलाल शर्मा
८) असहमति- सौरभ
९) मैले देखेको नेपाल- हर्क गुरुङ
१०) राजा, राष्ट्रियता र राजनीति- गणेशराज शर्मा
११) बदलिँदो नेपाली समाज- चैतन्य मिश्र

आत्मकथा

विश्वमा हरेक प्रसिद्ध व्यक्तिले आत्मकथा लेख्ने प्रयास गरेका छन् । कलिलैमा चर्चित भएका जस्टिन बिबरले २१ वर्षमै आत्मकथा प्रकाशित गरेर यो विधामा पाको उमेर नै हुनुपर्ने मानक भत्काएका छन् । नेपालमा भने आत्मकथा लेख्ने चलन विस्तारै प्रचलनमा आउन थालेको छ ।

लेखिनुपर्ने धेरै राम्रा आत्मकथा संकोच र भोलिको पुस्ताले के भन्ला भनेर लेखिएनन् । अहिले त्यो सोच क्रमशः भत्किन थालेको छ । यद्यपि, यो पर्याप्त छैन ।

चर्चित लेखकको नाम हुनासाथ राम्रो आत्मकथा मान्न नसकिने सर्वेक्षणमा देखिएको छ । कतिपय सामान्य व्यक्तिका आत्मकथालाई समालोचक एवं पाठकहरुले उत्कृष्ट ठानेर सिफारिस गरेका छन् भने कतिपय चर्चित व्यक्तिका आत्मकथा सिफारिसमा परेका छैनन् ।

लेखकीय दृष्टिले राम्रो मानिएका ११ आत्मकथा 

१) ओलम्पियन- सुरेन्द्र हमाल
२) विनोद चौधरी- विनोद चौधरी
३) आत्मालाप- जगदीश घिमिरे
४) जीवन महाभियान- मदनमणि दिक्षित
५) मेरा कथाका पानाहरु- गणेशमान सिंह
६) आफ्नो कथा- विश्वेश्वरप्रसाद कोइराला
७) चिना हराएको मान्छे- हरिवंश आचार्य
८) महको म- मदनकृष्ण श्रेष्ठ
९) रुक्मांगत कटुवालको आत्मकथा- रुक्मांगत कटुवाल
१०) जीवन काँडा कि फूल- झमक घिमिरे
११) रोमाञ्चित जीवन- लोकराज बराल

किशोर पुस्तालाई आकर्षित गर्ने पुस्तकहरु

आजको पुस्तालाई सामाजिक सञ्जाल र युट्युब जेनेरेसन मानिन्छ । यो पुस्तालाई अत्यन्तै हतार छ र सबै कुरा रेडिमेट चाहन्छ । उनीहरु नेपाली पुस्तक पढ्नुभन्दा संसारभरका विषय एकै क्षणमा थाहा पाउन आतुर छन् । यही कारण हो, पाठ्यपुस्तकबाहेकका अन्य पुस्तक पढाउन निकै कसरत गर्नुपर्छ ।

यद्यपि, आजभोलि किशोर र युवापुस्तालाई केन्द्रमा राखेर धमाधम पुस्तक प्रकाशन हुन थालेका छन् । यीमध्ये आफ्ना सन्तानलाई कुन पुस्तक पढ्न दिने भन्ने अभिभावकमा दुविधामा देखिन्छ ।

समीक्षकहरुले युवा पुस्ताका लागि आकर्षक विषयवस्तु, सरल भाषा र अलिकति भए पनि सन्देश लुकेका पुस्तक किशोरहरुले पढ्नुपर्ने बताउँदै त्यस किसिमका पुस्तकलाई सिफारिस गरेका छन् ।

 युवा पुस्ताले पढ्ने पुस्तकहरुः

१) समर लभ- सुविन भट्टराई
२) सिस्टर कल्पना- युधिर थापा
३) जुकरबर्ग क्याफे- अश्विनी कोइराला
४) पर्पला- मिलन संग्रौला
५) बैंसको मान्छे- पारिजात
६) सर्पदंश- तारिणीप्रसाद कोइराला
७) करोडौं कस्तुरी- अमर न्यौपाने
८) पाठशाला- तीर्थ गुरुङ
१०) कान्तिपुर गाथा- किशोर नेपाल
११) फ्लासब्याकमा जिन्दगी- लक्ष्मी उप्रेती

महिलाहरुले पढ्नैपर्ने पुस्तक

साहित्यमा महिला वा पुरुषले पढ्नुपर्ने पुस्तकका रुपमा विभाजन गर्ने चलन छैन । यद्यपि, साहित्यमा खासै रुचि नभएका महिलाहरु नयाँ स्वादका पुस्तक पढ्न रुचाउँछन् भन्ने न्युयोर्क टाइम्सले बर्सेनि सार्वजनिक गर्ने सूचीबाट थाहा हुन्छ ।

यस्ता सूचीमा साहित्यभन्दा ‘चिकेन सुप फर सोल’जस्ता पुस्तक लाखौं प्रति बिक्री भएको देखिएको थियो । यही आधारमा साहित्यमा रुचि हुने र नहुने दुवै खालका महिलाका लागि विज्ञहरुले निम्न ११ वटा पुस्तक सिफारिस गरेका छन् ।

१) फूलको आँखामा- आनी छोइङ डोल्मा
२) लेखककी स्वास्नी- प्रगति राई
३) सेतो धरती- अमर न्यौपाने
४) तुइन- सुरेश प्राञ्जली
५) राधा- कृष्ण धरावासी
६) क्यासल रककी अप्सरा- सुन्दर जोशी
७) उनी- अश्विनी कोइराला
८) गौरी- माधव घिमिरे
९) स्वअस्तित्वको खोज- अर्चना थापा
१०) रुपान्तरणमा महिला- अस्मिता प्रकाशन गृह
११) मेरा जीवनका पाना- गौरा प्रसाईं

पढ्नैपर्ने साहित्यिक कृतिहरु

यो शीर्षकअन्तर्गत् हामीले नेपालका चर्चित साहित्यकारसँग पढ्नैपर्ने साहित्यिक कृतिको नाम सिफारिस गर्न आग्रह गरेका थियौं । हाम्रो आग्रहमा नेपालमा विश्वस्तरका कुन-कुन कृतिहरु छन् भन्ने प्रश्न पनि समावेश थियो ।

खगेन्द्र संग्रौला, अमर न्यौपाने, बुद्धिसागर, अविनास श्रेष्ठ, विप्लव ढकाल, राम लोहनीजस्ता चर्चित साहित्यकार एवं समीक्षकहरुलाई हामीले आफ्ना पाठकलाई पढ्नैपर्ने पुस्तकको नाम लिइदिन आग्रह गरेका थियौं । यस्ता २० जना लेखक-समीक्षक एवं केही पाठकबाट प्राप्त पुस्तकका आधारमा थप कृतिहरुको नाम यसरी सिफारिस भएर आएका छन् ।

पढ्नैपर्ने २१ उपन्यास

१) अनुराधा- विजय मल्ल
२) मुलुक बाहिर- लैनसिंह वाङ्देल
३) नयाँ क्षितिजको खोज- असित राई
४) शिरिषको फूल- पारिजात
५) घामका पाइलाहरु- धच गोतामे
६) माधवी- मदनमणि दीक्षित
७) अलिखित- डा. ध्रुवचन्द्र गौतम
८) आज रमिता छ- इन्द्रबहादुर राई
९) चपाइएका अनुहारहरु- दौलतविक्रम बिष्ट
१०) अविरल बग्दछ इन्द्रावती- रमेश विकल
११) कारागार- वानिरा गिरी
१२) द्वन्द्वको अवसान- राजेश्वर देवकोटा
१३) नरेन्द्र दाइ- विश्वेश्वरप्रसाद कोइराला
१४) पर्खालभित्र र बाहिर- पारिजात
१५) कट्टेल सरको चोटपटक- ध्रुवचन्द्र गौतम
१६) प्रेतकल्प- नारायण ढकाल
१७) उलार- नयनराज पाण्डे
१८) कर्नाली ब्लुज- बुद्धिसागर
१९) मिस्टिका- कुमार नगरकोटी
२०) पागल बस्ती- सरुभक्त
२१) पल्पसा क्याफे- नारायण वाग्ले

पढ्नैपर्ने ११ कवितात्मक कृति

१) आमाको सपना- गोपालप्रसाद रिमाल
२) तरुण तपसी- लेखनाथ पौडेल
३) घुम्ने मेचमाथि अन्धो मान्छे- भूपि शेरचन
४) आगोनेर उभिएको मान्छे- विमल निभा
५) हतारमा यात्रा- श्यामल
६) बिसे नगर्चीको बयान- श्रवण मुकारुङ
७) बीसौं शताब्दीको गीत- वासु शशी
८) किन्नर-किन्नरी- माधव घिमिरे
९) अतिरिक्त अभिलेख- दिनेश अधिकारी
१०) भोलि बास्ने बिहान- कृष्णभूषण बल
११) ल्याम्पपोस्टबाट खसेको जून- मनु मञ्जिल

पढ्नैपर्ने ११ कथासंग्रह

१) नयाँ सडकको गीत- रमेश विकल
२) इतर जिल्लावासी- राजव
३) छापामारकी छोरी- महेशविक्रम शाह
४) मोक्षान्त फिभर काठमाडौं- कुमार नगरकोटी
५) श्वेत भैरवी- विश्वेश्वरप्रसाद कोइराला
६) थोत्रो छाता- नव सिलवाल
७) ऐना- रामलाल जोशी
८) शुक्रराज शास्त्रीको चश्मा- राजेन्द्र पराजुली
९) लाटो पहाड- उपेन्द्र सुब्बा
१०) कथैकथा- गोविन्दबहादुर मल्ल ‘गोठाले’
११) इन्द्रबहादुर राईका कथाहरु

पढ्नैपर्ने पाँच नाटक

१) अन्धवेग- बालकृष्ण सम
२) मसान- गोपालप्रसाद रिमाल
३) निमावीय- सरुभक्त
४) बैकुण्ठ एक्सप्रेस- मोहनराज शर्मा
५) कोही किन बर्बाद होस्- विजय मल्ल

पढ्नैपढ्ने पाँच संस्मरणात्मक कृति

१) उत्तरोत्तर- धच गोतामे
२) धुपि, सल्ला र लालीगुराँसहरुको फेदमा- पारिजात
३) आफ्नै आँखाको लयमा- खगेन्द्र संग्रौला
४) सोच- कर्ण शाक्य
५) यार- नयनराज पाण्डे

पढ्नैपर्ने ११ अनुदित कृति

१) योगीको आत्मकथा
२) गौतम बुद्धको उपदेश र जीव्ानी
३) माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म
४) ली क्वान यु
५) लज्जा
६) वारेन बफेट
७) दी सेक्रेट
८) ओशोको स्वणिर्म बाल्यकाल
९) नेलकटर
१०) कल्याणी धर्ती
११) मलाला

विदेशीले नेपालका विषयमा लेखेका तीन चर्चित पुस्तक

१) जनता जागेका बेला- कियोको ओगुरा (जापानी)
२) त्यो नेपाल- फ्रान्सेली अनुभव (संकलक दधिराज सापकोटा)
३) नेपाल- सिल्वा लेभी

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 321
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 384
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 92
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 113
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 120
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA