असार २०८३ का समसामयिक घटनाक्रमहरू
|
मिति (वि.सं.)
|
घटनाको एकदम संक्षिप्त विवरण (लोकसेवा सान्दर्भिक तथ्यहरू)
|
|---|---|
|
असार १
|
सातै प्रदेशद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत: सबैभन्दा ठूलो बजेट बागमती प्रदेश (रु. ६६ अर्ब ९३ करोड ३३ लाख) र सबैभन्दा सानो बजेट गण्डकी प्रदेश (रु. ३२ अर्ब ९९ करोड ९९ लाख) को रहेको,
|
|
|
लोक सेवा आयोगको ७६औँ स्थापना दिवस: वि.सं. २००८ असार १ मा "नेपाल पब्लिक सर्भिस कमिसन" को रूपमा स्थापना भएको,
|
|
|
विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको चेतना दिवस, २०२६:"Beyond Awareness: Making Elder Abuse Prevention Work"
|
|
असार १–३
|
५२औँ G-7 शिखर सम्मेलन: फ्रान्सको एभियान-लेस-बेंसमा आयोजना भएको यस सम्मेलनको अध्यक्षता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले गरेका,
|
|
असार २
|
१२औँ चुरे संरक्षण दिवस, २०८३:"चुरेको माटो चुरेलाई, सफापानी सबैलाई"
|
|
|
अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस, २०२६: "Beyond Transfers: Turning Remittances into Rural Resilience, Entrepreneurship and Employment"
|
|
असार ३
|
विश्व खडेरी विरुद्ध संघर्ष दिवस, २०२६:"Rangelands: Recognize. Respect. Restore."
|
|
असार ४
|
दिगो गैस्ट्रोनोमी दिवस, २०२६:"Celebrating Food Heritage"
|
|
असार ५
|
द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, २०२६: नारा: "Conflict-Related Sexual Violence Against Children: Safeguarding Futures and Empowering Caregivers" रहेको छ।
|
|
|
राष्ट्रिय चलचित्र पुरस्कार, २०८२: 'ऊनको स्वीटर' उत्कृष्ट चलचित्र घोषित भएको र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई 'चलचित्र दीर्घ साधना सम्मान' प्रदान गरिएको,
|
|
असार ७
|
अन्तर्राष्ट्रिय योग दिवस, २०२६:"Yoga for Healthy Ageing"
|
|
|
अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६:"Fathers: Guiding Strength and Building Futures"
|
|
असार ९
|
अन्तर्राष्ट्रिय एकल महिला दिवस, २०२६: “Justice, Dignity and Economic Empowerment for Widows” र “Invisible Women, Invisible Problems”
|
|
|
नेपालको पहिलो इजाजतप्राप्त OTT प्लाटफर्म: डिसहोम डिजिटल अन्तर्गतको 'डिगो' (Digo) ले सूचना तथा प्रसारण विभागबाट औपचारिक रूपमा नेपालकै पहिलो इजाजतपत्र प्राप्त गरेको,
|
|
असार ९–१०
|
बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य सम्बन्धी दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलन (SAMC-EVAC): श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको यस सम्मेलनमा नेपाली टोलीको नेतृत्व सचिव राधिका अर्यालले गरेकी,
|
|
असार १२
|
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६: "The World Drug Problem: Persisting Issues, New Challenges, Innovative Responses"
|
|
असार १५
|
२३औँ राष्ट्रिय धान दिवस:"जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि"
|
|
|
नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा: बागलुङ जिल्लाको बडिगाड गाउँपालिका पोषणका तोकिएका ३४ वटै सूचक पूरा गरी देशकै पहिलो पोषणमैत्री गाउँपालिका घोषित भएको,
|
|
असार १६
|
अनलाइन कर्मचारी सरुवा सुरुवात: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा भौतिक निवेदन पूर्णतः निषेध गर्दै पहिलोपटक 'अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणाली' कार्यान्वयनमा ल्याइएको,
|
|
असार १७
|
शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकार नियुक्ति: शैलेन्द्र झा सल्लाहकार पदमा नियुक्त भएका,
|
|
त्रि.वि. सेवा आयोगमा नियुक्ति: अध्यक्षमा पहिलो पटक विश्वविद्यालय बाहिरका प्रशासनिक विज्ञ किशोर थापा र सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त भएका,
|
|
|
विश्व जनसंख्या दिवस, २०२६:"Realizing the hopes and aspirations of young people: today and for the future"
|
|
|
असार १८
|
गोरखापत्रको महाप्रबन्धक नियुक्ति: गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका,
|
|
असार १९
|
विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति: दलीय भागबण्डा अन्त्य गर्दै पूर्ण खुला प्रतिस्पर्धाबाट त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा सहित ७ वटा विश्वविद्यालयमा उपकुलपतिहरू नियुक्त भएका,
|
|
असार २०
|
१०४औँ अन्तर्राष्ट्रिय सहकारी दिवस:"Cooperatives for a Peaceful World" र
|
|
|
संयुक्त राज्य अमेरिकाको २५०औँ वर्षगाँठ: "अमेरिका२५० (America250)" उत्सवका साथ अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाएको,
|
|
असार २१
|
डायमनशमशेर साहित्यिक पुरस्कार वितरण: उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीको अवसरमा डा. टीकाराम पोखरेल, डा. माधव वियोगी, र उपप्रा. डा. विष्णु न्यौपानेलाई पुरस्कार प्रदान गरिएको,
|
|
असार २१–२२
|
१०औँ आइसीसी महिला टि-२० विश्वकप: इङ्गल्याण्ड र वेल्समा सम्पन्न प्रतियोगितामा आयोजक इङ्गल्याण्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले कीर्तिमान ७औँ पटक उपाधि जितेको,
|
|
असार २२
|
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास: ३४ वर्षको उमेरमा ब्राजिलका फुटबलर नेयमारले सन्यासको घोषणा गरेका,
|
|
असार २३
|
मौद्रिक नीति २०८३/०८४ जारी: नेपाल राष्ट्र बैंकद्वारा २५औँ मौद्रिक नीति सार्वजनिक गरिएको छ, जसले आर्थिक वृद्धिको लक्ष्य ७.०% र मुद्रास्फीति सीमा ५.५% प्रक्षेपण गरेको,
|
|
असार २३–२४
|
३६औँ नेटो (NATO) शिखर सम्मेलन: टर्कीको अंकारामा सम्पन्न भएको यस सम्मेलनमा सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा आफ्नो GDP को ५% रक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका,
|
|
असार २३–२४
|
पाँचौँ संयुक्त राष्ट्रसङ्घीय प्रहरी प्रमुख शिखर सम्मेलन (UNCOPS 2026): न्युयोर्कमा सम्पन्न सम्मेलनमा नेपाल प्रहरीका आइजीपी दान बहादुर कार्कीको नेतृत्वमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल सहितको नेपाली टोली सहभागी भएको,
|
|
असार २४
|
नेपाल सरकारको ३०औँ मुख्यसचिव नियुक्ति: नेपाल सरकारको मुख्यसचिव पदमा गोविन्दबहादुर कार्की नियुक्त भएका,
|
|
असार २६
|
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS) को उपकुलपतिमा डा. विवेक आचार्यसहित ६ वटा प्रतिष्ठानमा खुला र प्रतिस्पर्धात्मक पद्धतिबाट नयाँ उपकुलपति नियुक्त भएका,
|
|
|
आठौँ रेडियो कान्तिपुर राष्ट्रिय संगीत अवार्ड–२०८२: द प्लाजामा सम्पन्न यस कार्यक्रममा नीर शाहलाई 'लाइफ टाइम एचिभमेन्ट अवार्ड' प्रदान गरिएको,
|
|
असार २८
|
कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधन: ७४ वर्षको उमेरमा निधन भएका थानी "आधुनिक कतारका निर्माता" मानिन्छन्; यिनकै पालामा सन् २००६ मा नेपाल र कतारबीच ऐतिहासिक श्रम सम्झौता भएको,
|
|
|
समुद्री जीवको नामकरण 'अल्डिसा भोजिन्हा': केप भर्डेका फुटबल गोलरक्षक 'भोजिन्हा' को सम्मानमा क्यारेबियन सागरमा फेला परेको नयाँ प्रजातिको समुद्री चिप्लेकीरा (Sea Slug) को वैज्ञानिक नामकरण गरिएको,
|
|
असार २९
|
२१३औँ भानु जयन्ती र आदिकवि भानुभक्त पुरस्कार, २०८३: २१३औँ भानु जयन्तीको अवसरमा साहित्यकार भुवनहरि सिग्देललाई 'आदिकवि भानुभक्त पुरस्कार, २०८३' (राशी: रु. १ लाख २५ हजार) प्रदान गरिएको,
|
|
असार ३१
|
विश्व युवा दक्षता दिवस, २०२६:"Skills for a Shared Future"
|
|
|
आईसीसी (ICC) को नयाँ सदस्य: मौरिसस आईसीसीको १११औँ समग्र सदस्य तथा ९९औँ सह-सदस्य (अफ्रिकाको २३औँ राष्ट्र) बनेको,
|