Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महाकवि लक्ष्मीप्रसाद देवकोटा

  • Ajnabee Khadka
  • April 02, 2024
  • 1114

महाकवि लक्ष्मीप्रसाद देवकोटा

महाकवि लक्ष्मीप्रसाद देवकोटा

“मानिस ठुलो दिलले हुन्छ जातले हुदैन,”

  • जन्म: वि.सं. १९६६, कार्तिक २७ (लक्ष्मी पुजाको दिन जन्म भएको कारण उनको नाम “लक्ष्मीप्रसाद” हुन गएको)
  • न्वारानको नाउँ: तीर्थमाधव देवकोटा
  • जन्मस्थान: डिल्ली बजार (धोबीधारा टोल),काठमाडौं
  • पिता: तिलमाधव देवकोटा
  • माता: अमरराज्य लक्ष्मी देवी

उनी माता अमरराज्य लक्ष्मी देवी र पिता तिलमाधव देवकोटाका तेस्रो छोरा थिए।

  • पत्नी: मनदेवी चालिसे (१५ बर्षको उमेरमा विवाह गरेका,)

उनको ५ छोरी र ४ छोरा गरी ९ जना सन्तान थिए।

शैक्षिक योग्यता:

  • विद्यालय तह: दरबार हाई स्कूल
  • म्याट्रिक परीक्षा: पटना, भारत
  • विज्ञानको माध्यमिक (I. Sc.): त्रिचन्द्र कलेज
  • कला र कानूनमा स्नातक: पटना, भारत (वि.सं. १९८६ मा स्नातक उतिर्ण गर्ने एकमात्र नेपाली )

लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा सहित १३ वोटा अन्य भाषा बोल्न सक्थे।

लक्ष्मीप्रसाद देवकोटाका कृतिहरु बारे विस्तृत जानकरी:

  • पहिलो कृति: “घनघोर दु:ख सागर” (उनले यो कृति १० वर्षको उमेरमा लेखेका थिए।)

“घनघोर दु:ख सागर संसार जान भाई
नगरे घमण्ड कहिले मर्नू छ हामीलाई”

  • पहिलो प्रकाशित कृति: “पूर्णिमाको जलनिधि” (यो कविता वि.सं. १९९१ मा गोर्खापत्रमा प्रकाशित भएको थियो।)
  • पहिलो प्रकाशित पुस्तक: “समर्पण” (यो पुस्तक वि.सं. १९८८ मा प्रकाशित भएको थियो।)
  • पहिलो महाकाव्य: शकुन्तला (नेपाली भाषामा लेखिएको पहिलो महाकाव्य,)
  • पहिलो खण्डकाव्य: मुना मदन (नेपालको सबैभन्दा धेरै बिक्री भएको पुस्तक र लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा परिचित कृति,)

उनले आफ्नो साहित्यिक जीवनमा ७०० फुटकर कविता, ६ वोटा महाकाव्य र ८ वोटा खण्डकाव्य रचना गरेका थिए।

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्य जगतमा “महाकवि” को रुपमा परिचित छन्।

राणा शासनको अन्त्यपछि राजा त्रिभुवन वीर विक्रम शाहदेवले लक्ष्मीप्रसाद देवकोटालाई वि.सं. २००८ मा सल्लाहकार सभाको सदश्यको रुपमा मनोनित गरेका थिए।

लक्ष्मीप्रसाद देवकोटाले वि.सं. २०११ मा ११० दिनको लागि शिक्षा मन्त्रीको रुपमा नियुक्त भएका थिए (राजा: महेन्द्र वीर विक्रम शाहदेव र मन्त्रीपरिषद: के.आइ सिंह)।

  • मृत्यु: वि.सं. २०१६, भाद्र २९ (मृत्युको कारण: आन्द्राको क्यान्सर)

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 306
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 367
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 80
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 100
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA