Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संचार तथा सूचना प्रविधि

  • Bikash Shrestha
  • August 15, 2025
  • 884

संचार तथा सूचना प्रविधि

Communication and Information Technology

 

नेपालको भौगोलिक बनावटका कारण शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापारजस्ता आर्थिक र सामाजिक क्षेत्रको दिगो विकासमा चुनौतीहरू छन्। यी चुनौतीको सामना गर्न संचार तथा सूचना प्रविधि (ICT) एक सशक्त पूर्वाधारका रूपमा स्थापित भएको छ। यसले कानुनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन, सार्वजनिक सेवा प्रवाह र स्रोतको कुशल व्यवस्थापनजस्ता सुशासनका आधारभूत मान्यतालाई आत्मसात् गर्दै सर्वसाधारणलाई छिटो, छरितो र कम खर्चिलो तरिकाले सेवा उपलब्ध गराउन सम्भव बनाएको छ।

प्रारम्भिक विकास

नेपालमा पहिलोपटक वि.सं. २०२८ सालको राष्ट्रिय जनगणनाको तथ्यांक प्रशोधनका क्रममा कम्प्युटर प्रविधि प्रयोग भएको थियो। त्यसपछि वि.सं. २०३८ सालको जनगणनामा पनि कम्प्युटर प्रयोग गरियो।
सन् १९३० मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राविधिक प्रशिक्षण संस्थान स्थापना भयो, जसलाई १९७२ मा "इन्स्टिच्युट अफ इन्जिनियरिङ" नाम दिइयो। १९९४ र १९९८ मा क्रमशः कम्प्युटर इन्जिनियरिङ र सूचना प्रविधिसम्बन्धी पाठ्यक्रम सुरु गरियो।
सन् १९७४ मा "न्याशनल कम्युटर सेन्टर" स्थापना भयो, जसको नाम ६ वर्षपछि परिवर्तन गरियो।
१९९४ मा तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले इन्टरनेट प्रयोगमा ल्यायो। सन् १९९८ मा दूरसञ्चार प्राधिकरण स्थापना भयो र नेपाल टेलिकमले सन् २००० देखि इन्टरनेट सेवा प्रदान गर्न सुरु गर्‍यो।

नीतिगत तथा कानूनी विकास

सन् २००२ मा सूचना प्रविधि विकास, व्यवस्थापन र विद्युतीय सुशासनका लागि "आईटी पॉलिसी" ल्याइयो।
सन् २००८ मा प्रमाणीकरण नियन्त्रकको कार्यालय स्थापना भयो।
सन् २००० मा सूचना प्रविधि ऐन लागू गरियो, जसलाई २०१५ मा अद्यावधिक गरियो। साथै, २००८ मा ई–गभर्नेन्स ऐन लागू गरियो।

दूरसञ्चारको विकासक्रम

नेपालमा दूरसञ्चार सेवा वि.सं. १९७० मा दूरसञ्चार सेवा स्थापना पश्चात् सुरु भयो।
वि.सं. १९७१ मा काठमाडौं–कस्माण्डु (रक्सौल) बीच ट्रंक टेलिफोन सेवा सुरु भयो।
वि.सं. १९९२ मा २५ लाइनको अटोमेटिक टेलिफोन जडान गरियो र त्यही वर्ष टेलिफोन सेवा सर्वसाधारणका लागि खुला गरियो।
वि.सं. १९९३ मा काठमाडौं–धनकुटा ट्रंक सेवा सुरु गरियो।
वि.सं. २००६ मा नेपालगञ्ज, विराटनगर, इलाम लगायतका ठाउँमा आकाशवाणी सेटहरू स्थापना गरियो।
वि.सं. २००७ मा काठमाडौंमा १०० लाइनको म्यानुअल एक्सचेन्ज सुरु गरियो।
वि.सं. २०१४ मा नेपाल अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को सदस्य बन्यो।
वि.सं. २०१६ मा दूरसञ्चार विभाग स्थापना भयो।
वि.सं. २०१९ मा ४०० लाइनको अटोमेटिक क्रसबार एक्सचेन्ज स्थापना गरियो।
वि.सं. २०२१ मा अन्तर्राष्ट्रिय टेलिफोन सेवा सुरु भयो।
वि.सं. २०२६ मा दूरसञ्चार समिति गठन भयो।
वि.सं. २०२८ मा टेलेक्स सेवा सुरु भयो र अन्तरदेशीय माइक्रोवेभ ट्रान्समिसन लिङ्क स्थापना भयो।
वि.सं. २०५४ मा दूरसञ्चार प्राधिकरण स्थापना भयो।
वि.सं. २०५५ मा नेपालका सबै टेलिफोनलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न थालियो।
वि.सं. २०५६ मा मोबाइल सेवा सुरु भयो।
वि.सं. २०६० मा दूरसञ्चार नीति लागू भई प्रिपेड मोबाइल सेवा सुरु गरियो।
वि.सं. २०६१ मा दूरसञ्चार संस्थानलाई आधिकारिक रूपमा "नेपाल टेलिकम" मा रुपान्तरण गरियो।

नवीनतम स्थिति

वि.सं. २०६९ मा रेडियो फ्रिक्वेन्सी नीति ल्याइयो।
आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार—

  • २०८० फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच: ९३% जनसंख्या

  • डिजिटल टेलिभिजन पहुँच: ७२% घरधुरी

  • इन्टरनेट ग्राहक घनत्व: १४३.८%

  • टेलिफोन प्रयोगकर्ता: ३ करोड ५४ लाख ५९ हजार (असारमा ३ करोड ४७ लाख ८३ हजार)

  • मोबाइल सेवाको विस्तारसँगै फिक्स्ड टेलिफोनको संख्या घट्दो क्रममा

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 157
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 180
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 59
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 79
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 94
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA