श्रावन २०८३ का समसामयिक घटनाक्रमहरू
|
मिति (वि.सं.)
|
घटनाको संक्षिप्त विवरण (लोकसेवा सान्दर्भिक तथ्यहरू)
|
|---|---|
|
साउन १
|
बागमती प्रदेशको मन्त्रालय पुनर्गठन: बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ वटाबाट घटाएर (६ वटा मन्त्रालय खारेज गरिएको,) ८ वटा कायम गरिएको,
|
|
|
भारतको पहिलो हाइड्रोजन ट्रेनको उद्घाटन: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा हरियाणाको जिन्द रेलवे स्टेसनबाट १० डिब्बा भएको पूर्ण रूपमा कार्बन उत्सर्जनरहित (Zero Carbon Emission) रहेको रेलको उद्घाटन गरिएको,
|
|
साउन २
|
एसीसी महिला यु-१९ प्रिमियर कप २०२६ सम्पन्न: मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनल खेल वर्षाका कारण प्रभावित भएपछि थाइल्यान्ड र युएईलाई संयुक्त विजेता घोषणा गरिएको; नेपाल तेस्रो स्थानमा रहन सफल भएको,
|
|
साउन ३
|
प्रधानमन्त्री कार्यसम्पादन एकाइ स्थापना: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत बेलायतको 'डेलिभरोलोजी (Deliverology)' मोडेलमा आधारित भई यसको स्थापना गरिएको,
|
|
|
२३औँ फिफा विश्वकप २०२६: न्यू जर्सीको मेटलाइफ रङ्गशालामा सम्पन्न फाइनल खेलमा स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि चुमेको,
|
|
साउन ४
|
मदन पुरस्कार २०८२ को श्रेष्ठ-सूची सार्वजनिक: मदन पुरस्कार गुठीले कूल २९८ पुस्तकहरूमध्येबाट उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ-सूची सार्वजनिक गरेको,
|
|
|
भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड २०८३: भीपी अग्रवाल साइन्स फाउन्डेसनद्वारा सामुदायिक विद्यालयमा कार्यरत ५ जना उत्कृष्ट शिक्षकहरूलाई जनही रु. २,२२,२२२/- सहित यो पुरस्कार प्रदान गरिएको,
|
|
|
बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त: लेबर पार्टीका ५६ वर्षीय एन्डी बर्नह्याम बेलायतको ५९औँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका,
|
|
साउन ५
|
नेपाल-रूस कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव: वि.सं. २०१३ साउन ५ (सन् १९५६ जुलाई २०) मा औपचारिक सम्बन्ध स्थापना भएको सम्झनामा यो वार्षिकोत्सव मनाइएको,
|
|
साउन ६
|
विशेष, श्रम र गुठी संस्थानमा नियुक्तिहरू: विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारी र गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवर नियुक्त भएका,
|
|
|
नेपाली पुरुष भलिबल टोली विश्व वरीयतामा समावेश: नेपाली टोली इतिहासमै पहिलो पटक FIVB को आधिकारिक विश्व वरीयतामा प्रवेश गर्दै ८३औँ स्थान हासिल गर्न सफल भएको,
|
|
साउन ७
|
फिल्ड्स मेडल २०२६ घोषणा: गणित क्षेत्रको नोबेल पुरस्कार मानिने यो पुरस्कार फिलाडेल्फियामा ४ जना गणितज्ञहरूलाई प्रदान गरिएको,
|
|
साउन ९
|
४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान वितरण: सभामुख डोलप्रसाद (डिपी) अर्यालद्वारा प्रदान गरिएको यस सम्मान अन्तर्गत विशेष सम्मान वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई र उत्कृष्ट गीत रचनातर्फ डा. नवराज लम्साललाई प्रदान गरिएको,
|
|
साउन १०
|
अमेरिका-रुस संयुक्त अन्तरिक्ष टोली पृथ्वीमा अवतरण: नासाका क्रिस विलियम्स र रोस्कोस्मोसका सर्गेई मिखाएभ र सर्गेई कुड-स्भेर्चकोभ २४१ दिन लामो अन्तरिक्ष अभियान पूरा गरी सोयुज एमएस-२८ यानमार्फत कजाखस्तानमा अवतरण गरेका,
|
|
साउन ११
|
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन: नेपालको पहिलो आधुनिक २.६८८ कि.मी. लामो सुरुङमार्गको औपचारिक उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापानी राजदूतद्वारा संयुक्त रूपमा गरिएको,
|
|
अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान: भारतका १५ वर्ष ११८ दिनका वैभव सूर्यवंशीले जिम्बावे विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा १८ बलमा अर्धशतक प्रहार गरी नेपालका कुशल मल्लको कीर्तिमान (१५ वर्ष ३४० दिन) तोडेका,
|
|
|
विश्व हेपाटाइटिस दिवस, २०२६: "Hepatitis: Let’s break it down"
|
|
|
साउन १२
|
कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त: नेकपाका संसदीय दलका नेता मङ्गलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका,
|
|
|
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन: पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको,
|
|
साउन १४
|
नेपालमा बाघको कुल सङ्ख्या ४२९ पुगेको घोषणा: विश्व बाघ दिवसको अवसरमा सार्वजनिक पाँचौँ राष्ट्रिय बाघ गणना अनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको (सन् २०२२ को तुलनामा ७४ ले बढी)
|
|
|
विश्व बाघ दिवस, २०२६: "Securing the future of Tigers with Indigenous Peoples and Local Communities at the heart"
|
|
|
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्ति: प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा गुरुप्रसाद वाग्ले र राजीव सुब्बा नियुक्त भएका,
|
|
स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त: जनस्वास्थ्यविद् डा. प्याकुरेल खुला प्रतिस्पर्धात्मक प्रणालीका आधारमा बोर्डको अध्यक्ष छानिएका,
|
|
|
कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन: विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा 'निम्स दाइ' को ४३ वर्षको उमेरमा पाकिस्तानको ब्रड पिक हिमाल (८,०५१ मिटर) मा हिमपहिरोमा परी दुखद निधन भएको,
|
|
|
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६: "Trapped Behind the Scam"
|
|
|
साउन १५
|
'पद्मश्री साहित्य पुरस्कार' उत्कृष्ट पाँच सङ्क्षिप्त सूची सार्वजनिक: खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा उत्कृष्ट ५ कृतिहरू: तोरकीन, महायुग, स्वस्पर्श, सलह र हिउँद छनोट गरिएको सूची सार्वजनिक गरिएको,
|
|
साउन १६
|
दोस्रो राष्ट्रिय कोदो दिवस: “कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन”
|
|
मिस नेपाल २०२६ सम्पन्न: ललितपुरको 'द प्लाजा' मा आयोजित फाइनलमा प्रतियोगी नम्बर १७ की दीपमाला ढकालले 'मिस नेपाल वर्ल्ड २०२६' को उपाधि जितेकिईन,
|
|
|
३२औँ प्रकाश मानव अधिकार पुरस्कार प्रदान: इन्सेकद्वारा सिन्धुलीका अधिकारकर्मी रुद्रबहादुर खड्कालाई रु. ५०,०००/- नगद सहित यो पुरस्कार प्रदान गरिएको,
|
|
|
साउन १७
|
विश्व स्तनपान सप्ताह २०२६ सुरु: साउन १७ देखि २३ सम्म यो सप्ताह "Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works" नाराका साथ मनाइएको,
|
|
बागमती प्रदेशको मन्त्री नियुक्ति: हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका,
|
|
|
भारतीय अभिनेता प्रदीप रावतको निधन: बहुचर्चित चलचित्र 'गजनी' र 'लगान' मा अभिनय गरेका खलनायक प्रदीप रावतको ७४ वर्षको उमेरमा रगतको क्यान्सरका कारण निधन भएको,
|
|
|
साउन २०
|
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त: लगानी बोर्डको इतिहासमा प्रमुख कार्यकारी अधिकृत (CEO) बन्ने उनी पहिलो महिला बनेकीईन,
|
|
साउन २३
|
नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award घोषणा: रोकथाम गर्न सकिने अन्धोपन निवारण र समतामूलक आँखा उपचार सेवाको विस्तारमा पुर्याएको योगदानका लागि विश्व स्वास्थ्य संगठनले यस संघलाई पुरस्कृत गर्ने घोषणा गरेको,
|
|
साउन २४
|
३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस: "Honouring Indigenous Midwives: Safeguarding Life and Well-being"
|
|
राष्ट्रिय भू-संरक्षण दिवस, २०८३: वि.सं. २०३१ साउन २४ गते "भू तथा जल संरक्षण विभाग" स्थापना भएको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ,
|
|
|
साउन २५
|
दाहाल यज्ञनिधि पुरस्कार, २०८३: साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई जनही रु. १ लाख ५० हजार नगद सहित यो पुरस्कार प्रदान गरिएको,
|
|
नेपाली पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान: क्यानले सन्दीप लामिछानेलाई दोस्रो पटक कप्तान नियुक्त गरेको घोषणा
|
|
|
वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन: मैथिली साहित्यका अग्रणी स्रष्टा तथा भाषाविद् डा. विमलको ७९ वर्षको उमेरमा जनकपुरधाममा निधन भएको,
|
|
|
कोलम्बियामा शक्तिशाली भूकम्प: कोलम्बियाको चोको प्रान्त केन्द्रविन्दु भई ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको,
|
|
|
साउन २७
|
अन्तर्राष्ट्रिय युवा दिवस, २०२६: "Different Contexts, Common Aspirations"
|
|
साउन २९
|
जेन-जी सम्झौता कार्यान्वयन सहजीकरण समिति गठन: वि.सं. २०८२ को जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयन गर्न सहसचिव हेमराज अर्यालको संयोजकत्वमा समिति गठन
|
|
सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त: नेकपाका खगराज भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त
|
|
|
काठमाडौँ विश्वविद्यालय (KU) को उपकुलपतिमा नियुक्ति: मेकानिकल इञ्जिनियरिङका प्राध्यापक प्रा. डा. विवेक बराल उपकुलपति नियुक्त भएका (उनी काठमाडौँ विश्वविद्यालयमै अध्ययन गरी सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति)
|
|
|
साउन ३०
|
भारतको ८०औँ स्वतन्त्रता दिवस: यस वर्षको मुख्य नारा 'वन्दे मातरम्को १५० वर्ष' र 'विकसित भारत@२०४७ का लागि युवा शक्ति' रहेको,
|
|
|
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प: इन्डोनेसियाको पूर्वी क्षेत्रमा फ्लोरेस टापुको एन्दे सहर केन्द्रविन्दु भई ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको,
|
|
साउन ३१
|
'द भ्वाइस किड्स नेपाल' सिजन-५ को विजेता घोषणा: ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाकी सुवासना खड्काले उपाधि जितेकिईन,
|