सुदूरपश्चिम प्रदेश, शाखा/लेखा/राजस्व अधिकृत - २०८३/०४/३१
1. नेपालको संविधानले प्रत्याभूत गरेको कुन मौलिक हक डिजिटल गभर्नेंस सँग प्रत्यक्ष सम्बन्धित छ ?
(A) सूचनाको हक
(B) सम्पत्तिको हक
(C) धर्मको हक
(D) भाषाको हक
2. विभिन्न आविष्कार र तिनका आविष्कारकहरू बीच जोडा मिलाउनहोस् ?
a- क्यामरा — 1. Gaspard Kollner & Augustus Kotter
b- राइफल — 2. Denish Papin
c- ब्यारोमिटर — 3. Joseph Niepce
d- प्रेसर कुकर — 4. Evangelista Torricelli
(A) a-4, b-1, c-3, d-2
(B) a-3, b-2, c-1, d-4
(C) a-3, b-1, c-4, d-2
(D) a-2, b-1, c-4, d-3
3. ब्लकचेन प्रविधिसँग सम्बन्धित तलको कुन कथन सही हो ?
a. यसको प्रयोग क्रिप्टोकरेन्सीमा गरिन्छ
b. यो सुरक्षित, विकेन्द्रीकृत र डिजिटल खाता हो
c. ब्लकचेनमा हुने Mining प्रणालीले गर्दा यो प्रविधिमा उर्जाको खपत उच्च हुन्छ
(A) तीनवटै भनाई सही हुन्
(B) भनाई a र b मात्र सही हुन्
(C) भनाई a र c मात्र सही हुन्
(D) भनाई b मात्र सही हो
4. कुनै पनि व्यक्तिलाई आफू पक्राउ परेको कारण सम्बन्धमा जानकारी पाउने हक कुन हो ?
(A) गोपनीयताको हक
(B) अपराध पीडितको हक
(C) न्याय सम्बन्धी हक
(D) यातना विरूद्धको हक
5. सुशासनका प्रमुख तत्वहरू के हुन् ?
(A) पारदर्शिता
(B) जवाफदेहिता र उत्तरदायित्व
(C) जनसहभागिता र सहजता
(D) माथिका सबै
6. मदन पुरस्कार गुठीद्वारा प्रदान गरिने मदन पुरस्कारको हालको पुरस्कार राशी कति रहेको छ?
(A) रु २ लाख
(B) रु ३ लाख
(C) रु ४ लाख
(D) रु ५ लाख
7. वास्तुकलाको उपवेदको रुपमा कुन वेदलाई लिइन्छ ?
(A) ऋग्वेद
(B) यजुर्वेद
(C) सामवेद
(D) अथर्ववेद
8. प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहाँ सम्पन्न भएको थियो ?
(A) काठमाडौँ, नेपाल
(B) दिल्ली, भारत
(C) लाहोर, पाकिस्तान
(D) ढाका, बंगलादेश
9. मानव अधिकार उल्लंघन र अपराधमा के फरक हुन्छ ?
(A) दुवै एउटै हुन
(B) व्यक्ति वा समूहले गर्ने कसुर अपराध र राज्य वा पदाधिकारीबाट हुने कसुर उल्लंघन
(C) ज्यादतिका घटनाहरू उल्लंघन र अपराध हुन
(D) माथिका सबै हुन
10. अन्तर्राष्ट्रिय अदालतको प्रधान कार्यालय कुन देशमा रहेको छ ?
(A) नेदरल्याण्ड
(B) अमेरिका
(C) स्वीजरल्याण्ड
(D) बेलायत
11. देहायका कथन विचार गर्नुहोस्।
a. UNHCR (United Nation High Commissioner for Refugee) Award 2025, Martin Azia Sodea लाई प्रदान गरिएको हो ।
b. UNHCR को मुख्यालय जेनेभा, स्वीजरल्याण्डमा रहेको छ।
माथिका उल्लेखित भनाईका आधारमा सही उत्तर कुन हो ?
(A) a मात्र सही
(B) b मात्र सही
(C) दुवै सही
(D) कुनै पनि सही होइन
12. अतिकम विकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि मापदण्ड र सूचक तय गर्ने काम UNO अन्तर्गतको कुन समितिको हो?
(A) कानुनी समिति
(B) प्रशासनिक तथा बजेट समिति
(C) विकास नीति समिति
(D) आर्थिक तथा वित्तीय समिति
13. दिगो विकासका लक्ष्यहरूमा "जलवायु परिवर्तनमा तत्काल पहल " कतिऔँ लक्ष्य अन्तर्गत समावेश गरिएको छ ?
(A) १२ औँ
(B) १३ औँ
(C) १४ औँ
(D) १५ औँ
14. तलका मध्ये कुन आवधिक योजनाले गरिबीलाई ४२ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो ?
(A) सातौँ
(B) आठौँ
(C) नवौँ
(D) दशौँ
15. खुला बजार अर्थतन्त्रमा वस्तुको मूल्य मुख्यतयाः कसले निर्धारण गर्छ ?
(A) संसदले
(B) सरकारले
(C) माग र आपूर्तिले
(D) उद्योग र कारखानाले
16. नेपाल संयुक्त राष्ट्रसंघको सदस्य कहिले बनेको हो ?
(A) १९५० डिसेम्बर १४
(B) १९५५ डिसेम्बर १४
(C) १९५६ जनवरी १
(D) १९६० जुलाई २१
17. एसियाली विकास बैंकले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?
(A) सन् २०२५-२०२९
(B) सन् २०२६-२०३०
(C) सन् २०२७-२०३१
(D) सन् २०२८-२०३२
18. तलका मध्ये कुन देश ब्रिक्स (BRICS) अन्तर्गत पर्दैन ?
(A) ब्राजिल
(B) चीन
(C) साउदी अरब
(D) अर्जेन्टिना
19. विश्व व्यापार संगठन (WTO) को स्थापना कहिले भएको हो ?
(A) १ जनवरी १९९३
(B) १ जनवरी १९९४
(C) १ जनवरी १९९५
(D) १ जनवरी १९९६
20. वैज्ञानिक व्यवस्थापनका पिता F.W. Taylor को प्रसिद्ध कृति Theory of Scientific Management कहिले प्रकाशित भएको हो?
(A) सन् १९११
(B) सन् १९१२
(C) सन् १९१३
(D) सन् १०१४
21. निमुखालाई न्याय, विपन्नलाई आय कार्यक्रम मार्फत नेपालमा वि.सं. २०५६ साल देखि तलका मध्ये कुन कार्यक्रम प्रयोगमा ल्याईएको हो ?
(A) शासकीय सुधार कार्यक्रम
(B) नागरिक बडापत्र
(C) सार्वजनिक सुनुवाई
(D) घुम्ती सेवा
22. The Study of Administration का लेखक को हुन् ?
(A) Woodrow Wilson
(B) F.W. Taylor
(C) Dalton
(D) Elton Mayo
23. बेलायतको प्रसिद्ध म्याग्नाकार्टा के सम्बन्धी दस्तावेज हो ?
(A) धार्मिक दस्तावेज
(B) शान्ति सम्झौता
(C) अधिकार तथा स्वतन्त्रताको ऐतिहासिक घोषणापत्र
(D) व्यापारिक सन्धि
24. तल दिईएका ऐतिहासिक घटनाक्रम र सो सँग सम्बन्धित मिति बीच जोडा मिलाई सही विकल्प छान्नुहोस् ।
a- विस्तृत शान्ति सम्झौता — 1. २०६९ जेठ १४
b- पहिलो संविधानसभा विघटन — 2. २०७० मंसिर १४
c- दोस्रो संविधानसभा निर्वाचन — 3. २०६५ जेठ १५
d- संविधानसभाको पहिलो बैठक — 4. २०६३ मंसिर ५
(A) a-4, b-1, c-2, d-3
(B) a-1, b-4, c-3, d-2
(C) a-4, b-2, c-1, d-3
(D) a-3, b-1, c-2, d-4
25. फलित ज्योतिष सम्बन्धी विकास तलका मध्ये कुन सभ्यतामा भएको थियो ?
(A) सिन्धुघाटीको सभ्यता
(B) रोमको सभ्यता
(C) मेसोपोटामियाको सभ्यता
(D) प्राचिन चीनको सभ्यता
26. सुमात्रा टापु कुन महासागरमा अवस्थित छ ?
(A) प्रशान्त
(B) आन्ध्र
(C) हिन्द
(D) सुमेरु
27. तलका भनाई बारे विचार गर्नुहोस् ।
a. विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज हो
b. सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सन् १९८४ मा सूचीकृत भएको हो
c. नेपालको सबै भन्दा पछिल्लो स्थापना भएको राष्ट्रिय निकुञ्ज छायानाथ राष्ट्रिय निकुञ्ज हो
माथि उल्लेखित कुन भनाई ठीक छ ?
(A) a मात्र ठीक
(B) a र b मात्र ठीक
(C) a र c मात्र ठीक
(D) माथिका सबै ठीक
28. नेपालका संरक्षित क्षेत्र र तिनको अवस्थिति सम्बन्धमा जोडा मिलाउनहोस् ।
a- अन्नपूर्ण संरक्षित क्षेत्र — 1. कास्की
b- कन्चनजङ्घा संरक्षित क्षेत्र — 2. बर्दिया
c- मनास्लु संरक्षित क्षेत्र — 3. ताप्लेजुङ्ग
d- कृष्णसार संरक्षित क्षेत्र — 4. गोरखा
(A) a-2, b-3, c-1, d-4
(B) a-1, b-3, c-2, d-4
(C) a-1, b-3, c-4, d-2
(D) a-1, b-4, c-3, d-2
29. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको सबै भन्दा बढी महिला साक्षरता दर भएको जिल्ला कुन हो ?
(A) काठमाडौँ
(B) भक्तपुर
(C) ललितपुर
(D) कास्की
30. आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कति प्रतिशत योगदान रहेको छ ?
(A) ७.०३%
(B) ४.९९%
(C) १३.१६%
(D) ८.९८%
31. सुदूरपश्चिम प्रदेशको स्थानीय तहमा सबै भन्दा धेरै र सबै भन्दा कम वडा संख्या भएका जिल्ला कुन कुन हुन् ?
(A) कञ्चनपुर-डडेल्धुरा
(B) बझाङ-कञ्चनपुर
(C) कैलाली-डडेल्धुरा
(D) कैलाली-बाजुरा
32. नेपालको संविधान, २०७२ को धारा ................ मा 'नागरिकका कर्तव्य' को व्यवस्था गरिएको छ।
(A) ४५
(B) ४६
(C) ४७
(D) ४८
33. सुदूरपश्चिम प्रदेश सरकार कार्यविभाजन नियमावली अनुसार मानव अधिकारको संरक्षण र प्रवर्द्धन सम्बन्धी कार्य कुन निकायको हो ?
(A) आन्तरिक मामिला तथा कानून मन्त्रालय
(B) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
(C) सामाजिक विकास मन्त्रालय
(D) माथिका कुनै पनि निकायको हैन
34. संवैधानिक व्यवस्था र सो सँग सम्बन्धित धारा बीच जोडा मिलाई सही विकल्प छान्नुहोस् ।
a- प्रदेश मन्त्रिपरिषद् गठन — 1. धारा १६८
b- अन्तरप्रदेश परिषद् — 2. धारा २४४
c- प्रदेश लोक सेवा आयोग — 3. धारा २३४
d- मुख्य न्यायाधिवक्ता — 4. धारा १६०
(A) a-1, b-3, c-2, d-4
(B) a-2, b-4, c-1, d-3
(C) a-1, b-3, c-4, d-2
(D) a-4, b-2, c-1, d-3
35. CITES को ७८ औँ Standing Committee (SC78) को बैठक कहाँ बसेको थियो ?
(A) जेनेभा, स्वीजरल्याण्ड
(B) लण्डन, युके
(C) न्यूयोर्क, यू एस ए
(D) समरकन्द, उज्बेकिस्तान
36. तलका शब्दावली र सो सँग सम्बन्धित विषयवस्तु बीच जोडा मिलाई ठीक विकल्प छान्नुहोस् ।
a- AQI — 1. विपद् व्यवस्थापन
b- Ring of Fire — 2. हावाको गुणस्तर
c- Carbon Sink — 3. भुकम्प
d- Sendai Framework — 4. जलवायु परिवर्तन न्यूनीकरण
(A) a-2, b-3, c-4, d-1
(B) a-2, b-4, c-1, d-3
(C) a-1, b-3, c-4, d-2
(D) a-4, b-2, c-1, d-3
37. तलका कथनहरु बारे विचार गर्नुहोस् ।
a. रामसार सन्धि इराकको रामसार भन्ने स्थानमा हस्ताक्षर भएको थियो
b. यो सन्धिमा सन् १९७१ मा हस्ताक्षर भएको हो
c. सिमसार क्षेत्रको पर्यावरण संरक्षण गर्नु यसको मुख्य उद्देश्य हो
(A) a बेठीक, b र c ठीक
(B) a ठीक, b र c बेठीक
(C) a र b ठीक, c बेठीक
(D) सबै ठीक
38. राणाकालिन समयमा विभाजित ३५ जिल्लाहरु मध्ये पहाड तर्फ हालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कुन कुन जिल्लाहरु पर्दछन्?
(A) डोटी, बैतडी, डडेल्धुरा
(B) डोटी, बैतडी, अछाम
(C) डोटी, अछाम, डडेल्धुरा
(D) बैतडी, अछाम, डडेल्धुरा
39. चमेलिया विद्युत आयोजना कुन जिल्लामा पर्दछ?
(A) दार्चुला
(B) अछाम
(C) डोटी
(D) बझाङ
40. तलका मध्ये नसर्ने रोग कुन हो ?
(A) रिकेट्स
(B) निमोनिया
(C) दादुरा
(D) कालाजार
41. सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा मुख्यतः कुन सामाजिक मुद्दासंग सम्बन्धित छ ?
(A) लैङ्गिक विभेद
(B) जातीय विभेद
(C) आर्थिक विभेद
(D) भेगीय विभेद
42. "International Criminal Court" को क्षेत्राधिकारमा नपर्ने कार्य तलका मध्ये कुन हो ?
(A) देशहरू बीचको कानूनी विवाद
(B) युद्ध अपराध
(C) नरसंहार
(D) मानवता विरुद्धको अपराध
43. नेपाल WTO को कति औँ सदस्य राष्ट्र हो ?
(A) १४३ औँ
(B) १४५ औँ
(C) १४७ औँ
(D) १४८ औँ
44. नेपालमा वैकल्पिक उर्जा केन्द्रको स्थापना कहिले भएको हो ?
(A) २०५१ कात्तिक १८
(B) २०५२ कात्तिक १८
(C) २०५३ कात्तिक १८
(D) २०५४ कात्तिक १८
45. जलवायुको तापक्रम मापनमा सेल्सियस 'Zero' बाट सुरु हुन्छ भने फरेनहाइट कतिबाट सुरु हुन्छ ?
(A) ३१
(B) ३२
(C) ३४
(D) माथिका कुनै पनि होइन