Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका सांस्कृतिक सम्पदाको विवरण

  • Bikash Shrestha
  • July 24, 2025
  • 1813

नेपालका सांस्कृतिक सम्पदाको विवरण

Description of Nepal's cultural heritage

नेपालका सांस्कृतिक सम्पदाको विवरण

प्राचीनकालदेखि परम्परागत रूपमा अभ्यास हुँदै आएका मानव जीवनशैली तथा संस्कारहरूलाई नै संस्कृति भनिन्छ। धार्मिक आस्था, विश्वास, परम्परा, रीतिरिवाज आदिसँग सम्बन्धित सांस्कृतिक पक्षहरूलाई सांस्कृतिक सम्पदा भनिन्छ । हाम्रा परम्परागत मूल्य–मान्यता, रहनसहन, धर्म, धार्मिक ग्रन्थ, लोकनृत्य, अभिलेख, शिलालेख आदि सबै सांस्कृतिक सम्पदाका उदाहरण हुन्। सन् २०१९ सम्म विश्वभर ८६९ ओटा ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानहरू विश्व सम्पदा सूचीमा सूचीकृत भइसकेका छन् । नेपालका चारवटा स्थानहरू पनि यस्ता सूचीमा समावेश छन्, जसमा दुईवटा स्थान ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्वका छन् । यी सम्पदाहरूले हाम्रो समाजका विशिष्ट विशेषतालाई प्रतिबिम्बित गर्छन्। सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि नेपालमा पुरातत्त्व विभागको स्थापना गरिएको हो । सांस्कृतिक सम्पदा दुई प्रकारका हुन्छन्—भौतिक र अभौतिक।


१. भौतिक सांस्कृतिक सम्पदाहरू

यी दृष्टि र स्पर्श गर्न सकिने वस्तुहरू हुन्, जस्तैः

  • प्राचीन मठ–मन्दिर, गुम्बा, स्तूप

  • मूर्ति, सालिक, ऐतिहासिक दरबारहरू

  • ताम्रपत्र, शिलालेख, अभिलेखहरू

  • लोकनृत्य, लोकबाजा, चित्रकला

  • ऋषिमुनिका तपोभूमिका रूपमा रहेका हिमाल–पहाड तथा नदीहरू

  • ऐतिहासिक गुफा, तीर्थस्थल

  • श्रीखण्ड, रूद्राक्ष, धार्मिक महत्व भएका वृक्षहरू

  • पुराना गहना तथा हातहतियारहरू


२. अभौतिक सांस्कृतिक सम्पदाहरू

यी अनुभव गरिने तर देख्न र छोउन नसकिने सम्पदाहरू हुन्, जस्तैः

  • धर्म, परम्परा, रहनसहन

  • भेषभूषा, चालचलन, रीतिरिवाज

  • चाडपर्व, तिथि, व्रत आदि

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 193
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 221
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 63
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 82
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA