Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पहिलो निर्वाचित सरकार

  • Bikash Shrestha
  • June 19, 2025
  • 816

पहिलो निर्वाचित सरकार

First elected government

पहिलो निर्वाचित सरकार

वि.सं. २००७ साल फागुन ७ गते राजा त्रिभुवनले संविधानसभाको चुनाव गराउने घोषणा गरेका थिए। त्यसको आधारमा वि.सं. २०१५ साल फागुन ७ गते प्रतिनिधिसभाको तल्लो सदनका लागि आमनिर्वाचन सुरु भयो र वि.सं. २०१६ साल वैशाख २८ गते चुनावको नतिजा सार्वजनिक गरियो।

यस चुनावमा नेपाली कांग्रेसले अत्यधिक बहुमत प्राप्त गर्‍यो। त्यसैको आधारमा कांग्रेस नेता विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा वि.सं. २०१६ साल जेठ १३ गते नेपालमा पहिलो निर्वाचित सरकार गठन भयो।

वि.सं. २०१६ असार १६ गते प्रतिनिधिसभाको पहिलो अधिवेशन सुरु भयो। सोही वर्ष असोज महिनामा बिर्ता प्रथा उन्मूलन विधेयक पारित भयो र जिल्ला विकास बोर्डहरू गठन गरियो।

तर, वि.सं. २०१७ साल पुष १ गते राजा महेन्द्रले संविधानको धारा ५५ को प्रयोग गर्दै बि.पी. कोइरालाको मन्त्रिमण्डल विघटन, संसद्‌को दुवै सदन भंग तथा संविधानका विभिन्न धाराहरू निलम्बन गरे। यससँगै शासन अधिकार राजाको हातमा गयो।

यसरी, वि.सं. २००७ सालमा सुरु भएको प्रजातन्त्र राजा महेन्द्रको २०१७ सालको शाही कदमसँगै अवसानमा पुगेको थियो।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 215
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 248
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 70
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 87
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 102
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA