Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वैदेशिक रोजगारी

  • Bikash Shrestha
  • July 17, 2025
  • 857

वैदेशिक रोजगारी

Foreign employment

वैदेशिक रोजगारी

वर्तमान विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारी आर्थिक विकासको एक महत्वपूर्ण आयामका रूपमा स्थापित भएको छ। विशेषगरी बेरोजगारी र देशभित्रको अनुप्रयोगविहीन श्रमशक्तिलाई उनीहरूको योग्यता, सीप र दक्षताअनुसार विभिन्न देशहरूमा रोजगारीका लागि पठाएर नेपालले विप्रेषण (रेमिट्यान्स), सीप, प्रविधि र अनुभव स्वदेशमा भित्र्याउँदै आएको छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्रहरूको अर्थतन्त्रमा वैदेशिक रोजगारीले सकारात्मक प्रभाव पारिरहेको छ। नेपालको अर्थतन्त्रमा यसको योगदान उल्लेखनीय छ। द्वन्द्वकालका कारण कृषि, उद्योग, व्यापार लगायतका आन्तरिक क्षेत्रहरूमा नकारात्मक असर परेका बेला समेत वैदेशिक रोजगारीले अर्थतन्त्रलाई निरन्तर टेवा पुर्‍याएको देखिन्छ । नेपालका लागि वैदेशिक रोजगारी अवसर मात्र होइन, बाध्यता पनि बनेको छ। देशमा आर्थिक, सामाजिक र औद्योगिक क्षेत्रमा अपेक्षाकृत विकास हुन नसक्दा ठूलो संख्यामा युवाशक्ति वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता देखिन्छ। चालु १५औं योजना अनुसार, प्रत्येक वर्ष झन्डै पाँच लाख नयाँ श्रमिक श्रम बजारमा प्रवेश गर्दैछन्। तर, आन्तरिक श्रम बजारले पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य भएका छन्।

आंकडाहरूका अनुसार
अर्थिक सर्वेक्षण २०८०/०८१ का अनुसार नेपालले हालसम्म १११ देशलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ। २०८० फागुनसम्म वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको संख्या ५९ लाख ६८ हजार पुगेको छ। तीमध्ये पुरुषको संख्यामा ९३.८% र महिलामा ६.२% योगदान देखिन्छ। चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजारमध्ये ८६.४% पुरुष र १३.६% महिला छन् । इपिएस प्रणालीमार्फत २०८० फागुनसम्म १ लाख ४ हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका छन्। यहाँ पनि पुरुष ९३.२% र महिला ६.८% रहेका छन् । वैदेशिक रोजगारीका प्रमुख गन्तव्य देशहरूमा कतार, मलेसिया, साउदी अरेबिया, यूएई र कुवेत छन्। पछिल्लो समय यूएई, जापान, माल्दिभ्स, साउदी अरेबिया र युरोपतिर जाने कामदारको संख्या बढ्दो क्रममा छ ।

चुनौती र अवसरहरू
वैदेशिक रोजगारीले विशेषगरी गरिबी निवारणमा उल्लेखनीय भूमिका खेलेको छ। सरकारले पनि यसको प्रवर्द्धन गरिरहेको छ। तर, यो दीर्घकालीन विकासको स्थायी स्रोत होइन। दीर्घकालीन समाधानका लागि मुलुकभित्रै कृषि क्षेत्रको आधुनिकीकरण, औद्योगिक विकास, र विविध स्वरोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ । यसरी बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गरी दक्ष र सीपयुक्त श्रमशक्तिलाई मात्र वैदेशिक रोजगारीमा परिचालन गरियो भने, वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सकिन्छ। यसले नेपालको आर्थिक विकासमा अझ बढी लाभ लिन सहयोग पुर्‍याउनेछ।

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 203
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 227
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 64
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 83
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA