Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मौलिक हक र कर्तव्य

  • Ajnabee Khadka
  • February 09, 2026
  • 1140

मौलिक हक र कर्तव्य

Fundamental rights and duties
  • नेपालको संविधानको भाग–३ मा धारा १६ देखि धारा ४८ सम्म मौलिक हक र कर्तव्यको व्यवस्था गरिएको,

नेपालको संविधान: मौलिक हकहरू (धारा १६ देखि ४६ सम्म):

क्रम संख्या मौलिक हकको नाम धारा मुख्य व्यवस्था
१ सम्मानपूर्वक बाँच्न पाउने हक १६ प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ र मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन।
२ स्वतन्त्रताको हक १७ कानुन बमोजिम बाहेक वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन।
३ समानताको हक १८ सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्।
४ सञ्चारको हक १९ सामग्री प्रकाशन वा प्रसारण गर्न पूर्व प्रतिबन्ध लगाइने छैन।
५ न्याय सम्बन्धी हक २० पक्राउ परेका व्यक्तिलाई कारण सहितको सूचना नदिई थुनामा राखिने छैन।
६ अपराध पीडितको हक २१ मुद्दाको अनुसन्धान तथा कारबाही सम्बन्धी जानकारी पाउने हक हुनेछ।
७ यातना विरुद्धको हक २२ थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने छैन।
८ निवारक नजरबन्द विरुद्धको हक २३ पर्याप्त आधार बिना कसैलाई पनि निवारक नजरबन्दमा राखिने छैन।
९ छुवाछूत तथा भेदभाव विरुद्धको हक २४ जात, जाति वा पेशाको आधारमा छुवाछूत वा भेदभाव गरिने छैन।
१० सम्पत्तिको हक २५ सम्पत्ति आर्जन गर्ने, भोग गर्ने र बेचबिखन गर्ने हक हुनेछ।
११ धार्मिक स्वतन्त्रताको हक २६ आफ्नो आस्था अनुसार धर्मको अवलम्बन र अभ्यास गर्ने स्वतन्त्रता हुनेछ।
१२ सूचनाको हक २७ आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुनेछ।
१३ गोपनीयताको हक २८ जीउ, आवास, सम्पत्ति र तथ्याङ्क लगायतको गोपनीयता अनतिक्रम्य हुनेछ।
१४ शोषण विरुद्धको हक २९ धर्म वा परम्पराको आधारमा कसैलाई पनि शोषण गर्न पाइने छैन।
१५ स्वच्छ वातावरणको हक ३० स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ।
१६ शिक्षा सम्बन्धी हक ३१ प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ।
१७ भाषा तथा संस्कृतिको हक ३२ आफ्नो भाषा प्रयोग गर्ने र सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ।
१८ रोजगारीको हक ३३ रोजगारीको हक र रोजगारीको छनौट गर्न पाउने हक हुनेछ।
१९ श्रमको हक ३४ प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ।
२० स्वास्थ्य सम्बन्धी हक ३५ राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ।
२१ खाद्य सम्बन्धी हक ३६ प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ।
२२ आवासको हक ३७ प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ।
२३ महिलाको हक ३८ लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ।
२४ बालबालिकाको हक ३९ पहिचान सहित नामकरण र जन्म दर्ताको हक हुनेछ।
२५ दलितको हक ४० राज्यका निकायमा समानुपातिक समावेशी आधारमा सहभागी हुने हक हुनेछ।
२६ ज्येष्ठ नागरिकको हक ४१ राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ।
२७ सामाजिक न्यायको हक ४२ पछाडि परेका नागरिकलाई राज्यका निकायमा सहभागिताको हक हुनेछ।
२८ सामाजिक सुरक्षाको हक ४३ विपन्न र असहाय नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ।
२९ उपभोक्ताको हक ४४ गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ।
३० देश निकाला विरुद्धको हक ४५ कुनै पनि नागरिकलाई देश निकाला गरिने छैन।
३१ संवैधानिक उपचारको हक ४६ मौलिक हकको प्रचलनका लागि उपचार पाउने हक हुनेछ।
 
नागरिकका कर्तव्य (धारा ४८):
प्रत्येक नागरिकका कर्तव्यहरू देहाय बमोजिम हुनेछन्:
१. राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
२. संविधान र कानुनको पालना गर्नु, 
३. राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
४. सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु,

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 65
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 77
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 61
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 83
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA