Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Ajnabee Khadka
  • August 08, 2026
  • 47

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

NA.PRA.S.(Agriculture), 2083/04/23
  1. देहायका मध्ये कुनचाहिँ नेपालमा उन्मोचन गरिएको भटमासको उन्नत जात होइन?

    • (A) पूजा

    • (B) लुम्ले-१

    • (C) तरकारी भटमास-१

    • (D) खुमलटार मसिना

  2. प्रजनन बीउलाई तलका मध्ये कुन गुणबाट छुट्याउन सकिन्छ?

    • (A) सेतो ट्याग, प्रमाणित बीउ उत्पादनको स्रोतको रूपमा प्रयोग

    • (B) पहेँलो ट्याग, मूल बीउ उत्पादनको स्रोतको रूपमा प्रयोग

    • (C) निलो ट्याग, मूल बीउको स्रोत

    • (D) बैजनी ट्याग, प्रमाणित बीउ उत्पादनको स्रोत

  3. परपरागसेचन (Cross pollinated) हुने बाली तलका मध्ये कुन हो?

    • (A) धान

    • (B) मकै

    • (C) गहुँ

    • (D) माथिका कुनै होइनन्

  4. निम्न मध्ये कुन शत्रुजीव हो?

    • (A) खुम्रे कीरा

    • (B) लाही कीरा

    • (C) सेतो झिंगा

    • (D) माथिका सबै

  5. नेपालमा व्यावसायिकरूपमा पालिने मौरीको प्रमुख प्रजाति कुन हो?

    • (A) Apis dorsata

    • (B) Apis cerana

    • (C) Apis Florea

    • (D) Apis mellifera

  6. Seed rate per ha for maize crop is

    • (A) 20-25 kg

    • (B) 25-30 kg

    • (C) 30-35 kg

    • (D) 40-50 kg

  7. विश्व स्वास्थ्य संगठनको वर्गीकरण अनुसार पहेँलो लेबलको विषादी भन्नाले के बुझिन्छ?

    • (A) अत्यन्त खतरनाक

    • (B) मध्यमरूपले खतरनाक

    • (C) खतरनाक

    • (D) सामान्यरूपले खतरनाक

  8. कुनै पनि कृषि उपजको उत्पादन हुँदामात्र लाग्ने खर्चलाई के भनिन्छ?

    • (A) अचल खर्च

    • (B) चल खर्च

    • (C) भैपरी खर्च

    • (D) ओभरहेड खर्च

  9. कृषि उपजको न्यूनतम समर्थन मूल्य कसले निर्धारण गर्दछ?

    • (A) सरकार

    • (B) व्यापारी

    • (C) वस्तुको माग र आपूर्ति

    • (D) कालिमाटी तरकारी बजार समिति

  10. तलका तथ्याङ्क सङ्कलनका विधिहरू/स्रोतहरू मध्ये सहायक तथ्याङ्कको विधि/स्रोत कुन हुन सक्छ?

    • (A) अन्तर्वार्ता

    • (B) अवलोकन

    • (C) परीक्षण

    • (D) प्रगति प्रतिवेदन

  11. नेपालमा न्यूनतम समर्थन मूल्य (MSP) निर्धारण गर्दा कृषि अर्थशास्त्री र प्राविधिक समितिले कुन प्रमुख आर्थिक आधारलाई मुख्य सूत्र मान्ने गर्दछ?

    • (A) विश्व बजारको मूल्य

    • (B) कृषकको वास्तविक उत्पादन लागत खर्च र त्यसमा थपिने न्यूनतम नाफा

    • (C) भारतीय बजारको खुद्रा मूल्य

    • (D) उपभोक्ताको वार्षिक आय

  12. डिजिटल स्वाईल म्याप (Digital soil map) बाट के फाइदा लिन सकिन्छ?

    • (A) टाढाबाट पनि कुनै स्थानको माटोमा भएको प्रमुख खाद्य तत्त्वको अवस्था थाहा पाउन सकिन्छ

    • (B) कुनै स्थानको माटोको अवस्था अनुसार खेती योजना बनाउन मद्दत गर्दछ

    • (C) माटोको प्रमुख खाद्य तत्त्वको अवस्था छोटो समयमा अवगत गर्न सकिन्छ

    • (D) माथिका सबै

  13. नेपालको पहाडी क्षेत्रको पि.एच. ५.५ भएको बलौटे दोमट प्रकारको माटोलाई प्रति रोपनी कति के.जी. कृषि चुनको सिफारिस गरिएको छ?

    • (A) १००

    • (B) ११०

    • (C) १२०

    • (D) १३०

  14. माटोमा क्षारीयपना बढी भएमा सुधार गर्न के उपाय गर्नु पर्दछ?

    • (A) कृषि चूनको प्रयोग

    • (B) जिपसमको प्रयोग

    • (C) फस्फोरस

    • (D) एमोनियम सल्फेट

  15. काउलीमा बोरोनको कमीहुँदा कस्तो लक्षण देखिन्छ?

    • (A) खोक्रो डाँठ

    • (B) डाँठ फुट्ने

    • (C) A र B दुबै

    • (D) माथिका कुनै पनि होइनन्

  16. रामेछापको ठोसे कुन खनिज पदार्थका लागि प्रसिद्ध छ?

    • (A) तामा

    • (B) अभ्रख

    • (C) फलाम

    • (D) चुनढुंगा

  17. भलमन्सा प्रथा कुन जातिसँग सम्बन्धित रहेको छ?

    • (A) सुनुवार

    • (B) थकाली

    • (C) धिमाल

    • (D) थारू

  18. आर्थिक वर्ष २०८२/०८३ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने अनुमान गरिएको छ?

    • (A) ३.१०%

    • (B) ३.८०%

    • (C) ३.८५%

    • (D) ३.९०%

  19. विश्व वातावरण दिवस, २०२६ को नारा के रहेको छ?

    • (A) प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व

    • (B) समृद्ध भविष्यको आधार: जलवायु एवम् प्रकृतिमैत्री विकास

    • (C) हाम्रो भूमि, हाम्रो भविष्य

    • (D) प्लास्टिकजन्य प्रदूषण .......... विकल्पको उपयोग गरौँ

  20. स्टिम इन्जिनका आविष्कारक को हुन्?

    • (A) मार्क जुकरवर्ग

    • (B) थोमस एल्वा एडिसन

    • (C) न्यूटन

    • (D) जेम्स वाट

  21. तलका मध्ये कुन सरुवा रोग होइन?

    • (A) हेपाटाइटिस बि

    • (B) एच.आई.भी. एड्स

    • (C) क्यान्सर

    • (D) मलेरिया

  22. नेपालको संविधानमा कतिवटा अनुसूचीहरू रहेका छन्?

    • (A) ७

    • (B) ८

    • (C) ९

    • (D) १०

  23. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्र कति वर्षका लागि चुनिन्छन्?

    • (A) १

    • (B) २

    • (C) ३

    • (D) ४

  24. आसिएानका सदस्य राष्ट्रहरूमध्ये एकमात्र भूपरिपेष्ठित राष्ट्र कुन हो?

    • (A) थाइल्याण्ड

    • (B) मलेसिया

    • (C) इन्डोनेसिया

    • (D) लाओस

  25. फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ मा सहभागी राष्ट्रहरूको संख्या कति रहेको थियो?

    • (A) ३२

    • (B) ३८

    • (C) ४४

    • (D) ४८

  26. कार्यालयमा द्वन्द (Conflict) उत्पन्न हुनुको मुख्य कारण देहायका मध्ये कुन हो?

    • (A) स्पष्ट कार्य विभाजन हुनु

    • (B) स्रोत साधनको अभाव र सञ्चारको कमी हुनु

    • (C) सुमधुर सम्बन्ध हुनु

    • (D) पारदर्शी कार्य प्रणाली हुनु

  27. निजामती सेवा ऐन, २०४९ अनुसार निजामती सेवाको गठन अन्तर्गत देहायमध्ये कुन सेवा पर्दैन?

    • (A) नेपाल कृषि सेवा

    • (B) नेपाल सूचना प्रविधि सेवा

    • (C) नेपाल वन सेवा

    • (D) नेपाल विविध सेवा

  28. निजामती सेवा ऐन, २०४९ अनुसार निजामती कर्मचारीको अवकाश उमेर कति वर्ष रहेको छ?

    • (A) ५६

    • (B) ५८

    • (C) ६०

    • (D) ६२

  29. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित कति जना आयुक्तहरू रहने व्यवस्था छ?

    • (A) ३

    • (B) ४

    • (C) ५

    • (D) ६

  30. नेपालको पहिलो महालेखापरीक्षक को हुन्?

    • (A) भीम बहादुर पाण्डे

    • (B) प्रेम नरसिंह प्रधान

    • (C) चन्द्र बहादुर थापा

    • (D) राम प्रसाद जोशी

  31. सार्वजनिक सेवा प्रवाहमा नागरिक वडापत्र (Citizen Charter) को अवधारणा सर्वप्रथम कुन देशबाट सुरु भएको हो?

    • (A) अमेरिका

    • (B) बेलायत

    • (C) फ्रान्स

    • (D) नेपाल

  32. नेपालमा स्वतन्त्र र स्वायत्त संस्थाकोरूपमा राष्ट्रिय मानव अधिकार आयोग विधिवतरूपमा कहिले गठन भएको हो?

    • (A) वि.सं. २०५३

    • (B) वि.सं. २०५७

    • (C) वि.सं. २०५८

    • (D) वि.सं. २०६३

  33. उत्प्रेरणा (Motivation) भन्नाले तलका मध्ये कुनलाई बुझाउँछ?

    • (A) संवेदनालाई बुझ्ने र ग्रहण गर्ने मानिसको क्षमता

    • (B) मानिसलाई लक्ष्य प्राप्तिका लागि निर्देशित गर्ने आन्तरिक अवस्था

    • (C) सांस्कृतिक मूल्य र मान्यतालाई बुझ्न सक्ने मानिसको क्षमता

    • (D) कार्य वातावरणलाई ग्रहण गर्न सक्ने मानिसको क्षमता

  34. व्यवस्थापनमा “Division of work” सिद्धान्तको मुख्य उद्देश्य के हो?

    • (A) कर्मचारीको संख्या बढाउनु

    • (B) विशेषज्ञता र दक्षता बढाउनु

    • (C) अधिकार सीमित गर्नु

    • (D) सञ्चार घटाउनु

  35. नेपालको संविधानको कुन धारामा नागरिकका कर्तव्यको व्यवस्था गरिएको छ?

    • (A) ४३

    • (B) ४५

    • (C) ४८

    • (D) ५१

  36. नेपालको सन्दर्भमा कृषिमा मुख्यरूपमा तलका मध्ये जलवायु परिवर्तनको असर कुन हो?

    • (A) कृषि उत्पादनमा वृद्धि

    • (B) बाढी र सुख्खामा वृद्धि

    • (C) बाढी र सुख्खामा कमी

    • (D) रोग कीरामा कमी

  37. टिपिएर पकाउन सकिने फललाई कुन समूहमा राख्न सकिन्छ?

    • (A) Climacteric

    • (B) Non climacteric

    • (C) Both A and B

    • (D) None of the above

  38. कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि तलका मध्ये कुन बढी महत्त्वपूर्ण छ?

    • (A) टुक्रिएका जग्गाको चक्लाबन्दी

    • (B) फार्म यान्त्रीकरण

    • (C) उन्नत प्रविधिको प्रयोग

    • (D) माथिका सबै

  39. नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला कुन हो?

    • (A) झापा

    • (B) रूपन्देही

    • (C) बाँके

    • (D) दाङ

  40. नेपालको सोह्रौं आवधिक योजनाको अन्त्यमा आर्थिक वृद्धिदर कति पुर्याउने लक्ष्य लिइएको छ?

    • (A) ५.८%

    • (B) ६.५%

    • (C) ७.३%

    • (D) ८.०%

  41. “राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम” ले कुन संरचना अन्तर्गत रही कार्य गरेको छ?

    • (A) कृषि विभाग

    • (B) नेपाल चिया तथा कफी विकास बोर्ड

    • (C) नेपाल कृषि अनुसन्धान परिषद्

    • (D) बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र

  42. फर्सी समूहका बालीहरूमा 3G कटिङ्ग किन गरिन्छ?

    • (A) उत्पादन बढाउन

    • (B) धेरै पोथी फूल पैदा गराउन

    • (C) भाले फूलको संख्या कम गर्न

    • (D) माथिका सबै

  43. नेपालमा विकास गरिएको गोलभेडाको हाईब्रिड जात कुन हो?

    • (A) मनप्रेक्स

    • (B) सिर्जना

    • (C) लप्सीगेडे

    • (D) CL 1131

  44. Stratification केसँग सम्बन्धित छ?

    • (A) Dormancy breaking of seed of temperate fruit

    • (B) Dormancy breaking of bud

    • (C) Dormancy breaking of potato tuber

    • (D) None of the above

  45. नेपालमा पञ्जीकृत भएको कागतीको जात तलका मध्ये कुन हो?

    • (A) पहेँलो कागती

    • (B) हरियो कागती

    • (C) तेह्रथुम स्थानीय

    • (D) माथिका सबै

  46. कृषि बजार मूल्यको सूचना कसरी लिन सकिन्छ?

    • (A) टेलिफोनबाट

    • (B) वेवसाइटबाट

    • (C) बजार एप्सबाट

    • (D) माथिका सबै

  47. नेपालमा प्रयोग भएका प्रविधि प्रसारका माध्यममध्ये कुन माध्यम कृषकसँग प्रत्यक्ष दोहोरो अन्तरक्रियामा आधारित छ?

    • (A) रेडियो कृषि कार्यक्रम

    • (B) टेलिभिजन कार्यक्रम

    • (C) किसान कल सेन्टर

    • (D) मोबाईल एप्लिकेसन

  48. नेपालमा अपनाइएको सबैभन्दा महत्त्वपूर्ण कृषि प्रसारको तरिका तलका मध्ये कुन हो?

    • (A) समूहगत

    • (B) व्यक्तिगत

    • (C) आम समूहगत

    • (D) माथिका सबै

  49. आधारभूत कृषि अनुसन्धान कार्य तलका मध्ये कुन स्थानमा गरिन्छ?

    • (A) कृषकको खेतबारीमा

    • (B) अनुसन्धान केन्द्रमा

    • (C) प्रसार प्रयोगशालामा

    • (D) सरकारी फार्ममा

  50. यथार्थ संकेतपत्र (Truthful labelling) मा तलका मध्ये कुन विवरण हुनुपर्दछ?

    • (A) उत्पादन वर्ष

    • (B) बीउको तौल

    • (C) सिफारिस क्षेत्र

    • (D) माथिका सबै

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1135
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 24
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 46
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 51
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 81
Largest and smallest countries of each continent
Others

महादेश र तिनका सबैभन्दा ठुलो र सानो देश

  • Aug 06, 2026
  • 100
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA