Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१० पुस २०८१, बुधबार)

  • Ajnabee Khadka
  • December 25, 2024
  • 414

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१० पुस २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१० पुस २०८१, बुधबार)

१. घरेलु क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल टिम कुन हो ? 

➤ जनकपुर बोल्ट्स

  • त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएर एनपिएलको पहिलो च्याम्पियन बनेको ।
  • च्याम्पियन जनकपुर बोल्ट्सले ट्रफीसँगै एक करोड १० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको ।
  • टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रनको स्कोर तयार पारेको थियो ।
  • लाहिरु मिलान्थाले ४९ बलमा सर्वाधिक ८७ रनको विस्फोटक पाली खेलेपछि जनकपुरले चार बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १८५ रन बनाएर लक्ष्य हासिल गरेको ।

  • कसले के पुरस्कार पाए ?
    • विजेता (जनकपुर बोल्ट्स) : एक करोड १० लाख
    • उपविजेता (सुदूरपश्चिम रोयल्स) : ५१ लाख
    • तेस्रो (कर्णाली याक्स) : २५ लाख
    • चौथो (चितवन राइनोज) : १५ लाख
  • कसले के पाए ?
    • दीपेन्द्र सिंह ऐरी : ओमोडा इभी कार
    • ललित राजवंशी : छ लाख रुपियाँ र मोटरसाइकल
    • सैफ अली जैब : पाँच लाख
    • विपिन शर्मा : रु. ५० हजार नगद र १० लाख बराबरको छात्रवृत्ति ।

 

२. सिरियामा सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा कसलाई चयन गरियो ? 

➤ मोहम्मद अल बसिर (सन् २०२४ डिसेम्बर १०)

  • बसरलाई अपदस्थ गर्न प्रमुख भूमिका खेलेको इस्लामिक समूह हयात तहरिर अल साम (एचटिएस) ले बसिरलाई सङ्क्रमणकालीन सरकार प्रमुखको जिम्मेवारी दिएको हो ।
  • अल बसिरले प्रधानमन्त्री चयन भएलगत्तै विदेशमा रहेका देशवासीलाई स्वदेश फर्किन आह्वान गरेका ।
  • सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित हुन पुगेका ।

३. सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा कति धारा रहेका छन् ? 

➤ १०

  • विसं २००७ साउन १६ गते तदनुसार इस्वी संवत् १९५० जुलाई ३१ तारिखका दिन यो सन्धिमा हस्ताक्षर (काठमाडौँमा) भएको ।

 

४. स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त हुने पहिलो नेपाली को हुन् ? 

➤ गोरख राणा

  • सन् २०२५ जनवरी १ तारिखदेखि लागु हुने गरी उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका ।
  • राणा दिवंगत राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यकी छोरी श्रुति शाहका श्रीमान् हुन् ।

५. झापाको दमकमा निर्मित १८ तले दमक भ्यु टावर (बिजनेस कम्प्लेक्स) को उद्घाटन कहिले भएको हो ? 

➤ विसं २०८१ मङ्सिर २३

  • २०७६ असार २६ मा ठेक्का सम्झौता भएको भ्यु टावरको निर्माण गत वर्षको माघमा सकिएको थियो ।
  • यसको निर्माण लागत एक अर्ब ६३ करोड ५४ लाख रुपियाँ रहेको सहरी विकास मन्त्रालयले जनाएको ।
  • भ्यु टावर दृश्यवलोकनका साथै व्यापारिक, मनोरञ्जनात्मक एवं कर्पोरेटसम्बन्धी गतिविधि सञ्चालनार्थ प्रयोग हुने बताइएको ।

६. मेजर लिग सकर (एमएलएस) को सर्वोत्कृष्ट खेलाडी २०२४ को अवार्ड जित्ने खेलाडी को हुन् ? 

➤ लियोनल मेसी

  • मेसीले मेजर लिग सकरकै मस्ट भ्यालुएबल प्लेयरको अवार्ड जितेका ।
  • उनले बालोन डिओर आठ पटक, फिफा बेस्ट प्लेयर आठ पटक, स्पेनिस ला लिगका सर्वोत्कृष्ट खेलाडीको अवार्ड सात पटक, युइएफए प्लेयर अफ द इयर, च्याम्पियन्स लिगका सर्वोत्कृष्ट खेलाडी, विश्वकप, क्लब विश्वकपलगायतमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितिसकेका ।

७.  दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

➤ ६७० मेगावाट

  • यस आयोजनाको लागत अनुमान दुई अर्ब २० करोड डलर रहेको ।
  • जलासययुक्त प्रकृतिको यो परियोजना खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा रहने ।

 

८. अफ्रिकी वर्ष खेलाडी–२०२४ घोषित हुन सफल खेलाडी को हुन् ? 

➤ एडेमोला लुकम्यान (नाइजेरिया), सन् २०२४ डिसेम्बर

९. रमेश विकल वाङ्मय पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ? 

➤ नृत्यशास्त्री भैरवबहादुर थापा

  • रमेश विकल–सुशीला समाजसेवा पुरस्कार : मासिक एक सय अभियान
  • रमेश विकल सिर्जना पुरस्कार : साहित्यकार युवराज मैनाली
  • रमेश विकल बाल साहित्य पुरस्कार : अमरकुमार प्रधान
  • रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार : चिनिमाया माझी
  • रमेश विकल कला सङ्गीत पुरस्कार : रामकृष्ण दुवाल
  • दर्शनाचार्य शोध सम्मान : कमला रेग्मी

१०. नोम चोम्स्की नर्थ स्टार गोल्ड मेडल लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? 

➤ प्रोफेसर गोपी उप्रेती

  • काठमाडौँ विश्वविद्यालय र एसटिआर स्कोलर्स नेटवर्क अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा सो अवार्डबाट उहाँलाई सम्मानित गरिएको ।

 

११.  इलामको चुलाचुली–५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कहिले गरिएको हो ?

➤ वि.सं. २०८१ भदौ

  • बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अन्तर्गत ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

 

१२.  सङ्घीयतालाई सबल बनाउने रणनीतिसहितको १० वर्षे रणनीतिक योजनाको अवधि कुन हो ?

➤ आव २०७७/७८–२०८७/८८

  • सरकारले सबल सङ्घीयताको परिकल्पनालाई साकार पार्ने भन्दै चार वर्षअघि १० वर्षीय रणनीतिक योजना तर्जुमा गरी लागु गरेको ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको सो रोडम्यापका चार रणनीतिक स्तम्भहरू ः
    • सङ्घीयता कार्यान्वयन सहजीकरण
    • सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन
    • स्थानीय पूर्वाधार विकासमा सहजीकरण
    • सेवा प्रवाह र सुशासन ।

 

१३. संस्मरणात्मक कृति ‘इन टु द फायर’ का लेखक को हुन् ? 

➤ सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापा

 

१४. युनिभर्स पिस फेडेरेसन (युपीएफ)ले प्रदान गर्ने लिभिङ फर अदर अवार्ड कसलाई प्रदान गरियो ? 

➤ केदार रायमाझी ‘जीवन’ (समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष)

  • अस्ट्रेलियाको जर्ज स्ट्रिट चिपेनडलमा आयोजित विशेष समारोहमा रायमाझीसहितलाई सो अवार्ड प्रदान (डिसेम्बर, २०२४) गरिएको ।

१५. दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट कसलाई सम्मानित गर्यो ?

➤ गीतकार कालीप्रसाद रिजाल (पुरस्कार राशि : रु. ५५,५५५।–)

  • दैवज्ञ साहित्य पुरस्कार (राशि : रु. ३३,३३३।–) कवि श्रीकृष्ण न्यौपानेलाई प्रदान गरिएको ।
  • दैवज्ञ बाल साहित्य पुरस्कार (राशि : रु. ३३,३३३।–) प्रा. प्रभा भट्टराईलाई प्रदान गरिएको ।
  • दैवज्ञ समाजसेवा पुरस्कार (राशि : रु. ३३,३३३।–) बाबुराम न्यौपानेलाई प्रदान गरिएको ।

 

१६. काठमाडौँ महानगरका पहिलो मेयर प्रेमलाल (पिएल) सिंहको निधन कहिले भएको हो ? 

➤ वि.सं. २०८१ पुस १

  • २०४९ को निर्वाचनमा काठमाडौँ नगरपालिकाको मेयर भएका पिएलकै पहलमा वि.सं. २०५२ मा काठमाडौँलाई महानगर घोषणा गरिएको ।

१७. भूपि काव्य पुरस्कार २०८१ कसलाई प्रदान गरियो ? 

➤ साहित्यकार असफल गौतम

  • प्रत्येक दुई वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु. ५० हजार र ताम्रपत्र रहेको ।

१८. नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०८० कसलाई प्रदान गरियो ? 

➤ बोमबहादुर कार्की, नगेन्द्र थापा, धन लामा, प्रकाश सायमी, अनुराधा गोर्खाली, बुद्धवीर लामा, दिवाकर खड्का र किरण केशी 

  • त्यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०८० हिमाल सागर, विन्दु परियार, वी पाण्डे, आशिष अविरल र सम्राट थापालाई प्रदान गरिएको ।
  • नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८० भोला पौडेल, डेभिड शङ्कर, स्मिता दाहाल र कल्याण सिंहलाई प्रदान गरिएको ।
  • नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०८० रमेश पोखरेललाई प्रदान गरिएको ।

१९. नेपाल बैङ्कर्स सङ्घको अध्यक्षमा कसलाई चयन गरियो ? 

➤ सन्तोष कोइराला (विसं २०८१ पुस)

२०. फिफा सर्वोत्कृष्ट खेलाडी २०२४ कसलाई घोषणा गरियो ? 

➤ पुरुषतर्फ : भिनिसियस जुनियर र महिलातर्फ : आइताना बोनमती

  • फिफाले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यस पटक स्पेनिस क्लब रियल मेड्रिडका ब्राजिली फरवार्ड भिनिसियस र वार्सिलोनाकी स्पेनी खेलाडी बोमतीलाई प्रदान गरिएको ।
  • सर्वोत्कृष्ट पुरुष प्रशिक्षक :कार्लो एन्सेलोटी
  • सर्वोत्कृष्ट महिला प्रशिक्षक : एम्मा हेज
  • सर्वोत्कृष्ट गोलकिपर (पुरुष) : एमिलियानो मार्टिनेज (अर्जेन्टिना)
  • सर्वोत्कृष्ट गोलकिपर (महिला) : एलिसा नेहर (अमेरिका)
  • पुस्कास अवार्ड (पुरुषतर्फ) : अलेक्जान्ड्रो गोरान्चो
  • पुस्कास अवार्ड (महिलातर्फ) : मार्टा (ब्राजिल)
  • अफ्रिकी महिला वर्ष खेलाडी : बार्बरा बान्दा (जाम्बिया)

२१. लगातार पाँच ओलम्पिकसम्म गोल्ड मेडल जिती कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ? 

➤ मिजान लोपेज (क्युबा)

  • (क्युबाका लोपेजले पेरिस ओलम्पिक्स (२०२४) अन्तर्गत कुस्तीको १३० केजी तौल समूहको फाइनलमा चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर दुर्लभ कीर्तिमान कायम गरेका हुन् । यसअघि उनले सन् २००८, २०१२, २०१६ र २०२० मा गोल्ड मेडल जितेका थिए ।)

 

२२.  नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?

➤ लिच्छविकाल

 

प्रस्तुतकर्ता : टङ्क केसी   

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 135
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 96
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 149
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 244
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 172
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA