Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२ (विस्तृतमा)

  • Ajnabee Khadka
  • March 24, 2026
  • 354

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२ (विस्तृतमा)

Annual Status Review of Public Institutions, 2082

सार्वजनिक संस्थानहरूको कुल संख्या र क्षेत्रगत अवस्था:

  • हाल नेपालमा जम्मा ४५ वटा सार्वजनिक संस्थान अस्तित्वमा रहेका,
  • कुल गार्हस्थ्य उत्पादन (GDP) सँग सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात: ११.५७ प्रतिशत (यो अनुपात अघिल्लो आर्थिक वर्ष २०७९/८० (१२.२९ प्रतिशत) को तुलनामा ०.७२ प्रतिशत विन्दुले कम)

सार्वजनिक संस्थानहरूको क्षेत्रगत विवरण:

क्र.सं. क्षेत्र संस्थानको संख्या
१ औद्योगिक क्षेत्र (१०) 
  • दुग्ध विकास संस्थान
  • जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड 
  • हेटौँडा सिमेण्ट उद्योग लिमिटेड
  • जनकपुर चुरोट कारखाना लिमिटेड
  • नेपाल औषधि लिमिटेड
  •  उदयपुर सिमेण्ट उद्योग लिमिटेड
  • नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटे
  •  बुटवल धागो कारखाना लिमिटेड
  • नेपाल मेटल कम्पनी लिमिटेड
  • धौबादी फलाम कम्पनी लिमिटेड
२ व्यापारिक क्षेत्र (४) 
  • कृषि सामग्री कम्पनी लिमिटेड
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
  • नेपाल आयल निगम लिमिटेड
  • नेपाल वन निगम लिमिटेड
३ सेवा क्षेत्र (११)
  • औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड
  •  नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
  • नेपाल वायुसेवा निगम
  • राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड
  • नेपाल नागरिक उड्डयन प्राधिकरण
  • साझा यातायात सहकारी संस्था लिमिटेड
  •  नेपाल रेल्वे कम्पनी लिमिटेड
  • विशाल बजार कम्पनी लिमिटेड
  • नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड
  •  नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमिटेड
  • नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेड
४ सामाजिक क्षेत्र (५)
  • सांस्कृतिक संस्थान
  • गोरखापत्र संस्थान
  • जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
  •  सार्वजनिक सेवा प्रसारण नेपाल (नेपाल टेलिभिजन)
  • राष्ट्रिय आवास कम्पनी लिमिटेड
५ जनोपयोगी क्षेत्र (५) 
  • नेपाल खानेपानी संस्थान
  • नेपाल विद्युत प्राधिकरण
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
  • विद्युत उत्पादन कम्पनी लिमिटेड
  • राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड
६ वित्तीय क्षेत्र (१०) 
  • कृषि विकास बैंक लिमिटेड
  • राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड
  • राष्ट्रिय बीमा कम्पनी लिमिटेड
  •  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
  • निक्षेप तथा कर्जा सुरक्षण कोष
  • नेपाल स्टक एक्सचेञ्ज लिमिटेड
  • नागरिक लगानी कोष
  • हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड
  • नेपाल बैंक लिमिटेड
  • सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड
  जम्मा संख्या ४५
  • यी मध्ये ६ वटा संस्थानहरू (जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल ईन्जिनियरिङ कन्सल्टेन्सी, नेशनल कन्स्ट्रक्सन कम्पनी, नेपाल मेटल कम्पनी र नेपाल ओरियण्ड म्याग्नेसाइट) कानूनी रूपमा अस्तित्वमा रहे पनि हाल व्यावसायिक कारोबारमा संलग्न नरहेको,

 

सार्वजनिक संस्थानहरूको स्वामित्व संरचनाको झलक:

स्वामित्वका आधारमा संस्थानहरूलाई पूर्ण सरकारी र बहुसंख्यक सरकारी स्वामित्वमा विभाजन गरिएको;

  • पूर्ण सरकारी स्वामित्व (१००% सेयर): २० वटा संस्थान
  • अधिकांश सरकारी स्वामित्व (५०% भन्दा बढी): २५ वटा संस्थान
  • नेपाल सरकारको ९० प्रतिशत वा सोभन्दा बढी सेयर भएका संस्थान: ३२ वटा
  • नेपाल सरकारको ६० प्रतिशत वा सोभन्दा बढी सेयर भएका संस्थान: ३६ वटा

 

नेपालका सार्वजनिक संस्थानहरूको क्षेत्रगत सेयर स्वामित्व संरचना:

  • सार्वजनिक संस्थानहरूमा कुल चुक्ता पुँजी रु. ४ खर्ब २१ अर्ब ६४ करोड ४७ लाख पुगेको (यसमा नेपाल सरकारको औसत हिस्सा ९१.९७ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ८.०३ प्रतिशत रहेको,)

क्षेत्रगत आधारमा सेयर स्वामित्व (प्रतिशतमा):

क्र.सं. क्षेत्र नेपाल सरकारको लगानी (%) अन्य संस्थान/निजी क्षेत्र (%)
१ सामाजिक क्षेत्र १००.०० ०.००
२ सेवा क्षेत्र ९९.५४ ०.४६
३ व्यापारिक क्षेत्र ९९.३५ ०.६५
४ जनोपयोगी क्षेत्र ९८.७३ १.२७
५ औद्योगिक क्षेत्र ९५.६१ ४.३९
६ वित्तीय क्षेत्र ६५.९८ ३४.०२
  कुल औसत ९१.९७ ८.०३

 

नेपालका सार्वजनिक संस्थानहरूको कानुनी संरचना:

क्र.सं. स्थापनाको आधार (कानुनी व्यवस्था) संस्थानको संख्या
१ कम्पनी ऐन ३४
२ विशेष ऐन (संस्थान विशेष ऐन) ८
३ सञ्चार संस्थान ऐन १ (सांस्कृतिक संस्थान)
४ सहकारी ऐन १ (साझा यातायात)
५ संस्थान ऐन १ (दुग्ध विकास संस्थान)
  जम्मा संस्थानहरू ४५

 

नेपालका सार्वजनिक संस्थानहरूको मन्त्रालयगत वर्गीकरण:

  • हाल कायम रहेका ४५ वटा सार्वजनिक संस्थानहरूलाई ११ वटा सम्पर्क मन्त्रालयहरू अन्तर्गत वर्गीकरण गरिएको,
क्र.सं. सम्बद्ध मन्त्रालय संस्थानको संख्या
१ उद्योग, वाणिज्य तथा आपूर्ति १४
२ अर्थ मन्त्रालय १०
३ भौतिक पूर्वाधार तथा यातायात ५
४ ऊर्जा, जलस्रोत तथा सिँचाइ ३
५ सञ्चार तथा सूचना प्रविधि ३
६ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ३
७ कृषि तथा पशुपन्छी विकास २
८ वन तथा वातावरण २
९ शहरी विकास १
१० खानेपानी १
११ शिक्षा, विज्ञान तथा प्रविधि १
  जम्मा ४५

 

सार्वजनिक संस्थानहरूको वित्तीय कार्यसम्पादन (आ.व. २०८०/८१):

सूचक विवरण तथा तथ्याङ्क
कुल सम्पत्ति रु. २९ खर्ब १० अर्ब १७ करोड (GDP को ५०% भन्दा बढी, २.२०% वृद्धि)
कुल सञ्चालन आय रु. ६ खर्ब ६० अर्ब १५ करोड (गत वर्षको तुलनामा ०.२२% ले कमी)
नाफा/नोक्सान स्थिति २८ वटा संस्थान नाफामा र १५ वटा घाटामा
- कुल खुद नाफा रु. ४२ अर्ब ६२ करोड १६ लाख (१२.८८% ले कमी)
- कुल सञ्चित नाफा रु. ९२ अर्ब ७२ करोड ३६ लाख (४१.०३% ले वृद्धि) (सबैभन्दा बढी सञ्चित नाफा नेपाल दूरसञ्चार कम्पनीको रहेको (रु. ४८ अर्ब ३ करोड)
कुल सेयरधनी कोष (Net Worth) रु. १० खर्ब ३७ अर्ब ५८ करोड
ऋणात्मक नेटवर्थ (Negative Net Worth) ७ वटा संस्थान (सबैभन्दा बढी नेपाल वायुसेवा निगमको रु. ५ अर्ब ५३ करोड ऋणात्मक)
  • नाफामा रहेका सावर्जनक संस्थानको संख्या – २८ वटा
  • घाटामा रहेका सावर्जनक संस्थानको संख्या – १५ वटा 
  • शुन्य कारोबार रहेका सावर्जनक संस्थानको संख्या – ६ वटा (कानूनी रूपमा अिस्तत्वमा रहे पनि हाल व्यावसायिक कारोबार नगरेका)
  • सबैभन्दा धेरै नाफा कमाउने सावर्जनक संस्थान (एकल) – नेपाल विद्युत प्राधिकरण (आ.व. २०८०/८१ मा खुद नाफा रु. १० अर्ब ५२ करोड ७१ लाख)
  • सबैभन्दा धेरै घाटामा रहेको सावर्जनक संस्थान (एकल) – नेपाल वायसुेवा नगम (आ.व. २०८०/८१ मा खुद नोक्सानी रु. १ अर्ब ४ करोड ७९ लाख)

 

नेपाल सरकारको लगानी र प्रतिफल (सार्वजनिक संस्थान):

सूचक विवरण तथा तथ्याङ्क
कुल लगानी (Total Investment) रु. ७ खर्ब ३ अर्ब ९३ करोड ८८ लाख
सेयर लगानी (Share Capital) रु. ३ खर्ब ६४ अर्ब ८६ करोड
ऋण लगानी (Loan Investment) रु. ३ खर्ब ३९ अर्ब ७ करोड
प्राप्त लाभांश (Dividend) रु. ८ अर्ब ८३ करोड ५६ लाख (गत वर्षको तुलनामा कम)

 

राज्यकोषमा योगदान र रोजगारीको अवस्था (आ.व. २०८०/८१):

सूचक  विवरण तथा तथ्याङ्क
कुल राजस्व योगदान रु. १ खर्ब ८३ अर्ब ४३ करोड ८० लाख (आयकर, VAT र अन्तःशुल्क समेत)
मूल्य अभिवृद्धि कर (VAT) हिस्सा रु. ५२ अर्ब २० करोड
कुल जनशक्ति (Employment) ३४,९५१ जना कार्यरत
उच्चतम रोजगारी क्षेत्र जनोपयोगी क्षेत्र (१४,६७४ जना जनशक्ति)

 

सार्वजनिक संस्थानहरूको क्षेत्रगत समीक्षा (आ.व. २०८०/८१):

क्षेत्र प्रमुख सूचक तथा अवस्था
व्यापारिक क्षेत्र कुल सञ्चालन आयमा ५६.५९% हिस्सा (नेपाल आयल निगमको मात्रै ५५.२२%)
वित्तीय क्षेत्र शतप्रतिशत (सबै) संस्थानहरू नाफामा रहेका
औद्योगिक क्षेत्र वित्तीय अवस्था चिन्ताजनक; रु. २१ अर्ब ७० करोड ७७ लाख सञ्चित नोक्सानी
सामाजिक क्षेत्र सञ्चालन आयमा अघिल्लो वर्षको तुलनामा २१.६४% को गिरावट

 

चुनौती र समस्याहरू:

  • लेखापरीक्षण: ४५ मध्ये २१ वटा संस्थानले मात्र आ.व. २०८०/८१ सम्मको अन्तिम लेखापरीक्षण सम्पन्न गरेका (नेपाल ओरियण्ड म्याग्नेसाइटले २०६४/६५ देखि लेखापरीक्षण नगराएको,)
  • वित्तीय जोखिम: कोषमा व्यवस्था नगरिएको दायित्व रु. ६२ अर्ब ६१ करोड र सम्भावित दायित्व रु. २१ खर्ब २६ अर्ब पुगेको,
  • रुग्ण संस्थान: जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना जस्ता संस्थानहरू लामो समयदेखि बन्द वा रुग्ण अवस्थामा रहेका,

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 114
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 79
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 118
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 228
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 156
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA