Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

चलचित्र

  • Bikash Shrestha
  • August 04, 2025
  • 565

चलचित्र

Cinema

चलचित्र

नेपालमा पहिलो पटक सार्वजनिक रूपमा चलचित्र प्रदर्शन २००६ सालमा नयाँ सडकस्थित जनसेवा हलमा गरिएको थियो। तर, ती चलचित्रहरू हिन्दी सिनेमा जगतबाट ल्याइएका हुन्थे। नेपाली भाषामा बनेको पहिलो कथानक चलचित्र ‘सत्य हरिशचन्द्र’ हो, जुन २००८ सालमा दार्जिलिङमा बसोबास गर्ने केही नेपालीहरूले निर्माण गरेका थिए। विगतमा प्रचार विभाग (हालको सूचना तथा प्रसारण विभाग) ले आफ्नै स्रोत र पुँजीमा वृत्तचित्र तथा समाचार चलचित्रहरूको निर्माण गर्दै आएको थियो। सोही क्रममा, वि.सं. २०२१ सालमा विभागले ‘आमा’ नामक कथानक चलचित्र निर्माण गर्‍यो, जुन सरकारी स्रोतबाट बनेको पहिलो नेपाली चलचित्र हो। त्यसपछि सो विभागले ‘हिजो आज भोलि’, ‘परिवर्तन’ लगायतका चलचित्रहरू पनि निर्माण गर्‍यो। यसरी नेपाली चलचित्रको इतिहासमा पहिलो पहिचान दिने काम यही विभागबाट सुरु भएको हो। नेपाली चलचित्र क्षेत्रको समग्र विकास र प्रवर्द्धन गर्न सरकारले चलचित्रकर्मीहरूको माग र सम्भावनालाई ध्यानमा राख्दै वि.सं. २०५७ साल असार १६ गते चलचित्र विकास बोर्ड गठन गर्‍यो।

यस बोर्डको नियमित कार्यहरूमा निम्न समावेश छन्:

  • चलचित्र तथा श्रव्य-दृश्य विज्ञापन निर्माण, वितरण र प्रदर्शनको अनुमति दिनु,

  • इजाजतपत्र नविकरण गर्नु,

  • च्यारिटी शोको अनुमति दिनु,

  • विदेशी भूमिमा नेपाली चलचित्रको छायाङ्कन, प्रदर्शन, मिक्सिङका लागि सिफारिस र अनुमति प्रदान गर्नु।

चलचित्रको परीक्षण भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गरिन्छ। निजी क्षेत्रको सहभागितासँगै चलचित्र निर्माणमा तीव्र गति लिइरहेको छ। नेपाली चलचित्रको विकासलाई थप सहयोग पुर्‍याउन सरकारले सुविधासम्पन्न चलचित्र नगर निर्माण गर्ने योजनासमेत अघि सारेको छ। चलचित्रको बहुआयामिक विकासका लागि सरकारले चलचित्र नीति २०७१ कार्यान्वयनमा ल्याएको छ।

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 113
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 78
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 118
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 227
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 156
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA