Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लिच्छवि शासनको स्थापना

  • Bikash Shrestha
  • June 09, 2025
  • 703

लिच्छवि शासनको स्थापना

Establishment of Lichchhavi rule

लिच्छवि शासनको स्थापना

किरात राजाहरूको शासनपछि लिच्छवि वंशका राजाहरूले नेपालमा शासन सञ्चालन गरेको उल्लेख पाइन्छ। विभिन्न वंशावली र पुराणहरूमा सूर्यवंशी क्षत्रीयहरूले किरातहरूलाई पराजित गरी नेपालमा शासन व्यवस्था स्थापना गरेको उल्लेख छ। गुपालराजवंशावलीमा "अनि सूर्यवंशीका प्रभुहरूले नेपालमा किरात राजालाई जितेर लिच्छवि राजवंश चलाए" भन्ने उल्लेख छ।

पशुपति पुराणमा पनि किरातहरूलाई विश्वासमा पारेर तथा युद्धमा परास्त गरी वैशालीका शासकहरूले शासन सत्ता कायम गरेको उल्लेख छ। हिमवत्खण्डमा समेत यसै प्रकारको विवरण पाइन्छ।

गुपालराजवंशावली अनुसार अन्तिम किरात राजा ‘खिगु’, भाषा वंशावली अनुसार ‘गालिज’ र राइट वंशावली अनुसार ‘गस्ति’ लाई पराजित गरी लिच्छवि राजाहरूले नेपालमा शासन सुरु गरेका थिए।

इतिहासकार बाबुराम आचार्यका अनुसार, किरात शासन भंग गरी लिच्छविहरूले आफ्नो स्वतन्त्र राज्य स्थापना गरेका थिए। लिच्छविहरू भारतको वर्तमान मुजफ्फरपुरतिरको ‘बसाढ’ भन्ने ठाउँमा गणतन्त्रात्मक शासन प्रणाली अनुसार शासन गर्थे। पछि अजातशत्रुबाट पराजित भई लिच्छविहरू नेपाल प्रवेश गरेका थिए।

शक्तिशाली लिच्छविहरूले तत्कालीन स्थानीय शासकहरूसँग संघर्ष गरी सत्ता हात पारेका थिए। यस क्रममा जनताको असन्तुष्टि, युद्ध र रक्तपात पनि भएको थियो। किरातहरू युद्धमा हारेर पूर्वी भेगतिर विस्थापित भए।

लिच्छविहरूले जनहितमुखी शासन, संगठित जनजीवन, आर्थिक विकास, शिक्षा, र कला–संस्कृतिमा प्रगति ल्याएका कारण लिच्छवि काललाई नेपालको इतिहासमा ‘स्वर्ण युग’ को रूपमा मानिन्छ।


प्रसिद्ध लिच्छवि शासकहरू

सुपुष्प

सुपुष्प लिच्छवि वंशका संस्थापक मानिन्छन्। गुपाल वंशावली, भाषा वंशावली र राइट वंशावलीमा उनीलाई विभिन्न नामले उल्लेख गरिएको छ: ‘सुपुष्पदेव’, ‘पशुपुष्पवर्मा’, ‘पशुपुक्षेदेव’। उनले नेपालमा वर्ण व्यवस्था लागू गरे, पशुपतिनाथ मन्दिर निर्माण तथा छाना हाल्ने कार्य गरे, सहर विकास गरे, न्याय व्यवस्था लागू गरे।

मानदेव प्रथम 

मानदेव कुशल शासक थिए। उनले ४१ वर्ष शासन गरे। उनको पालामा पहिलो मुद्राहरू जारी भए, राजदरबार ‘मानगृह’ जस्ता भवनहरू बने। कोसीदेखि गण्डकी र हिमालयसम्म उनको राज्य फैलिएको थियो। उनको शासनकालबाट नेपालमा प्रामाणिक इतिहासको सुरुवात भएको मानिन्छ।

अंशुवर्मा

पहिलो मन्त्री जसले राजसत्ता हात पारे। उनले ‘महाराजाधिराज’ उपाधि प्रयोग गरे। तिब्बतसँग वैवाहिक सम्बन्ध (भृकुटी विवाह), कुटनीति, कलाशिल्प र व्यापारमा ठूलो प्रगति भयो। उनले ‘शब्दविद्या’ (व्याकरण) पनि तयार पारेका थिए।

नरेन्द्रदेव 

तिब्बतबाट फर्केर शासन पुनः स्थापन गरे। तिब्बत र चीनसँग व्यापारिक सम्बन्ध स्थापना गरे। उनले ‘परमभट्टारक’ को उपाधि प्रयोग गरे र सिंहासनको प्रयोग सुरु गरे।

जयदेव द्वितीय 

उनी कवि र वीर शासक थिए। 'परचक्रकाम' उपनामले चिनिन्थे। उनले पशुपति शिलालेखमा कविता लेखेका थिए। मुलुक विस्तारमा रुचि राख्थे।


अन्य उल्लेखनीय लिच्छवि शासकहरू

  • जयदेव प्रथम

  • हरिदत्त वर्मा

  • वृषदेव

  • शंकरदेव

  • धर्मदेव

  • महिदेव

  • वसन्तदेव

  • उदयदेव

  • मानदेव द्वितीय

  • शिवदेव प्रथम

  • शिवदेव द्वितीय

  • जयदेव तृतीय

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 122
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 89
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 132
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 232
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 164
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA