Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको अन्तरिम संविधान, २०६३ का विशेषताहरू:

  • Bikash Shrestha
  • June 29, 2025
  • 1150

नेपालको अन्तरिम संविधान, २०६३ का विशेषताहरू:

Features of the Interim Constitution of Nepal, 2063:

नेपालको अन्तरिम संविधान, २०६३ का विशेषताहरू:

  1. दोस्रो जनआन्दोलनको भावना तथा त्यसमा सहभागी आठवटा राजनीतिक दलहरूको सामूहिक प्रयासबाट निर्माण गरिएको।

  2. नेपालको इतिहासमा पहिलोपटक जनताबाट घोषणासहित जारी गरिएको संविधान।

  3. नेपालको सार्वभौमसत्ता र राजकीय शक्ति नेपाली जनतामा निहित भएको प्रष्ट उल्लेख।

  4. नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको रूपमा स्वीकार गरिएको।

  5. कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित रहेको।

  6. गणतन्त्रको स्थापना गरिएको।

  7. राष्ट्राध्यक्षको रूपमा राष्ट्रपतिको व्यवस्था गरिएको।

  8. व्यवस्थापिकाको कार्य संविधानसभाले गर्ने व्यवस्था।

  9. संविधानसभा गठनका लागि आधार तय गरिएको र ६०१ जना सदस्य रहने प्रावधान।

  10. राष्ट्रिय मानवअधिकार आयोगलाई संवैधानिक अङ्गको रूपमा मान्यता दिइएको।

  11. निर्वाचनका लागि दल दर्ता गर्दा कम्तीमा १०,००० मतदाताको समर्थनसहित हस्ताक्षर आवश्यक।

  12. प्रधानसेनापतिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने।

  13. प्रधानमन्त्रीको अध्यक्षतामा रक्षामन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीले तोकेको तेस्रो मन्त्रीसहितको राष्ट्रिय सुरक्षा परिषद् गठनको व्यवस्था।

  14. संविधान संशोधन व्यवस्थापिका–संसद्को दुईतिहाइ बहुमतबाट मात्र सम्भव हुने।

  15. प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, सभामुख, प्रमुख विपक्षी दलका नेता र प्रधानमन्त्रीले तोकेका तीनजना मन्त्रीसहितको संवैधानिक परिषद् गठनको व्यवस्था।

  16. कुनै पनि अदालत, विशेष अदालत, सैनिक वा अन्य न्यायिक निकायबाट दिइएको सजाय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सकिने।

  17. राष्ट्रपतिबाट नेपाली राजदूत तथा अन्य विशेष प्रतिनिधिको नियुक्ति मन्त्रिपरिषद्को सिफारिसमा गरिने।

  18. राज्यबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा दिइने।

  19. राष्ट्रिय महत्वका विषयमा जनमतसङ्ग्रह गर्न सकिने व्यवस्था।

  20. कुनै पनि बाधा वा अड्चन फुकाउने अधिकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिमा रहने, र संसदले त्यसको अनुमोदन एक महिनाभित्र गर्नुपर्ने व्यवस्था।

Categories

  • Current Affairs 559
  • Gorkhapatra 298
  • Others 954
  • Vacancy 1
  • Past Questions 67

Latest Blogs

United Nations member states and accession dates
Others

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू र प्रवेश मिति

  • Apr 15, 2026
  • 118
Detailed statistical targets related to the industrial (manufacturing) sector in the Sixteenth Plan
Others

सोह्रौं योजनामा उद्योग (उत्पादमूलक) क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्याङ्कीय लक्ष्यहरू

  • Apr 15, 2026
  • 84
The Sixth National Conference of Public Service Commissions concluded
Current Affairs

लोकसेवा आयोगहरूको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

  • Apr 15, 2026
  • 127
Gorkhapatra begins publishing news in 48 languages
Current Affairs

गोरखापत्रमा ४८ भाषामा समाचार प्रकाशन सुरुवात

  • Apr 14, 2026
  • 230
Major international organizations and their current heads
Others

प्रमुख अन्तर्राष्ट्रिय संघ-संगठन र तिनका वर्तमान प्रमुखहरू

  • Apr 14, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA